
काठमाडौं । शिक्षक सेवा आयोगले निम्नमाध्यमिक तह तृतीय श्रेणीका लागी ६८८ जना शिक्षक माग गरेको छ ।
आयोगले बिहीबार जारी गरेको सूचनाअनुसार नेपाली, अंग्रेजी, गणित, विज्ञान, सामाजिक, स्वास्थ्य तथा शारीरिक शिक्षा, संस्कृत व्याकरण र संस्कृत भाषा विषयमा शिक्षक माग गरेको हो।
उमेर हद १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको हुनुपर्नेछ। परीक्षा दस्तुर सात सय रुपैयाँ र समावेशी समूहतर्फका थप विज्ञापनमा पाँच सय रुपैयाँ लाग्नेछ।
पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा बाबुराम भट्टराईले नेपालको अर्थ राजनीति गम्भीर सङ्कटमा रहेको बताउनुभएको छ ।
आज घोराहीमा आयोजित एक कार्यक्रममा उहाँले ढिलो या छिटो सहमति जुटाएर प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली कायम गर्न सकेमा हाल देखापरेका समस्या समाधान हुने बताउनुभयो । संविधानले राजनीतिक अधिकार स्थापित गरेपनि वर्तमान शासकीय स्वरूपले अपेक्षाअनुसार काम गर्न नसक्दा प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली अबको आवश्यकता रहेको उहाँको भनाइ छ ।
उहाँले प्रत्यक्ष निर्वाचित कार्यकारी भएमा सरकार स्थिर रहने देशमा आर्थिक विकास संस्थागत हुने बताउनुभयो । “रोगको समयमा उपचार भएन भने अस्थिरता अझ बल्झिन्छ”, उहाँले भन्नुभयो, “२०७२ को संविधानले राजनीतिक अधिकार दियो तर आर्थिक विकासका मुद्दा अघि बढाउन सकेन । त्यसैले जनतामा निराशा बढेकोे हो ।”
काठमाडौँ । समाजवादी मोर्चाले शुक्रबार गणतन्त्रको पक्षमा काठमाडौँमा विरोध प्रदर्शनको गर्न लागेको छ । समाजवादी मोर्चाले शुक्रबारको विरोध प्रदर्शनको रुट तयार परेको छ ।
मोर्चाका अनुसार बिहान ११ बजेदेखि जुलुस निकाल्न सुरु हुनेछ । रुट नम्बर–१ (कोटेश्वर–नयाँ बानेश्वर–माइतीघर–भद्रकाली–भृकुटीमण्डप रहने छ ।
यस्तै रुट नम्बर–२ (कुपन्डोल–त्रिपुरेश्वर–सुन्धारा–शान्ति बाटिका–भृकुटिमण्डप रत्नपार्कतर्फको भाग रहने) छ भने रुट नम्बर–३ मा (सोह्रखुट्टे–लैनचौर–नागपोखरी–पुतलीसडक–भृकुटीमण्डप आर.आर. क्याम्पसतर्फको भागमा रहने छ ।
जुलुस सोह्रखुट्टे चोक, बबरमहल (पुलको छेउ), कुपण्डोल (हनुमानथान), त्रिपुरेश्वर चोक, सुन्धारा, न्युरोड गेट, मैती देवी चोकमा भेला भएर सुरु हुनेछ । १ बजेदेखि हुने वृहत जनसभाको कार्यक्रमिक मन्च भने भृकुटीमण्डपबाट निस्कने चोकमा टी आकारमा रहने मोर्चाको भनाइ छ ।
काठमाडौँ । प्रतिनिधि सभाको बैठक बस्नुअघि सभामुख देवराज घिमिरेले प्रमुख राजनीतिक दलका प्रमुख सचेतकहरूसँग छलफल गरिरहेका छन्।
विद्युत् प्राधिकरणबाट कुलमान घिसिङलाई हटाउनुको कारणबारे प्रधानमन्त्री केपी शर्मा ओलीले रोस्ट्रममा उभिएर जवाफ नदिएसम्म संसद् बैठक चल्न नदिने अडान विपक्षी दलले लिएका छन्।
जसका कारण बुधबार पनि प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठक सुरु हुनासाथ विपक्षी दलले अवरुद्ध पारेका थिए।
काठमाडौं । नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोलामा १३ सय रुपैयाँले बढेर एक लाख ७४ हजार ८ सय रुपैयाँ कायम भएको हो । यसअघि बुधबार प्रतितोलामा एक लाख ७३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । बुधबार तोलाको एक हजार ९९० रुपैयाँ कायम भएको चाँदीको मूल्य आज ३० रुपैयाँले बढेर तोलामा दुई हजार २० रुपैयाँ भएको महासंघको भनाइ छ ।





