
काठमाडौं । समाजवादी मोर्चाले हालैका घटनाक्रमको गम्भीर समीक्षा गर्दै प्रतिगामी कदमलाई असफल बनाउन बुद्धिजीवि र नागरिक समाजसँग अन्तरक्रिया गर्ने निर्णय गरेको छ । शुक्रबार नेकपा (एकीकृत समाजवादी) को आलोकनगरस्थित कार्यालयमा बसेको बैठकले वर्तमान परिस्थितिलाई जटिल भन्दै आगामी चैत्र १५ गते काठमाडौंमा वृहत विरोध प्रदर्शन गर्ने निर्णय गरेको हो ।
नेकपा नेता खड्गबहादुर विश्वकर्माका अनुसार, उक्त प्रदर्शनलाई भव्य बनाउँदै हजारौँ जनताको सहभागिता सुनिश्चित गर्ने योजना छ । बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमको विश्लेषण गर्दै समाजवादी मोर्चाले प्रतिगामी हर्कतविरुद्ध एकजुट भएर प्रतिकार गर्ने निष्कर्ष निकालेको छ । यसैअनुसार, विरोध कार्यक्रमको तयारीस्वरूप भोलि बिहान ११ बजे बुद्धिजीवि र नागरिक समाजसँग अन्तरक्रिया गर्ने तथा दिउँसो साढे २ बजे पत्रकार सम्मेलन आयोजना गर्ने तय गरिएको छ ।
साथै, मोर्चाले संसदवादी दलहरूसँग मात्र नभई संसदीय राजनीतिबाहिर रहेका अन्य राजनीतिक दल तथा नेताहरूसँग पनि छलफल गर्ने रणनीति लिएको छ । समाजवादी मोर्चाले प्रतिगामी प्रवृत्तिलाई परास्त गर्न सबै लोकतान्त्रिक शक्तिहरूसँग सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ ।
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनसँग आफ्नो राम्रो सम्बन्ध रहेको बताएका छन् । उनी र किम जोङ उनबिच अझै पनि राम्रो सम्बन्ध रहेको उनले बिहीबार भनेका हुन् ।
दुई देशबिच पहिले नै धेरै शिखर सम्मेलनहरू भइसकेका भन्दै ट्रम्पले फेरि एक पटक किम जोङलाई आणविक शक्तिको रूपमा उल्लेख गर्दै चिन्ता पनि व्यक्त गरे । के उनी किमसँग सम्बन्ध पुनर्स्थापित गर्ने योजनामा छन् रु भनेर ट्रम्पलाई सोधिएको थियो । यसको जवाफमा ट्रम्पले किम र आफूबिच निकै राम्रो सम्बन्ध रहेको र अब के हुन्छ भनेर हामी हेर्नेछौँ भनेका थिए ।
तर, उत्तर कोरिया निश्चित रूपमा एक आणविक शक्ति भएकोमा पनि ट्रम्पले जोड दिएका थिए । जनवरी २० मा आफ्नो दोस्रो कार्यकालको पहिलो दिनमै ट्रम्पले उत्तर कोरियालाई आणविक शक्ति राष्ट्र भनेका थिए । यसपछि ट्रम्पले आणविक हतियार हटाउनुको सट्टा हतियारको सङ्ख्या घटाउनेबारे पो प्योङयाङसँग वार्ता गर्ने हुन् कि भनेर प्रश्नहरू उब्जिएका थिए ।
रुस र चीनको आणविक हतियार भण्डारको उल्लेख गर्दै यी दुवै देशले आणविक हतियारको सङ्ख्या घटाउन माने यो नै ठुलो उपलब्धि हुने ट्रम्पले बताएका थिए । भारत, पाकिस्तान र आणविक हतियार भएका अन्य देशहरूलाई पनि यस प्रक्रियामा संलग्न गराउन आवश्यक हुने उनले भनेका थिए ।
काठमाडौं महानगरपालिका-९ पिङ्गला स्थान चोक नजिक शिवदर्सन होटलबाट अवैध लागूऔषध गाँजा करिब ९ सय ९६ ग्राम, नियन्त्रित लागूऔषध ट्रामोल १० ट्याब्लेट, नगद ३५ हजार ४ सय ५० रूपैयाँ र मोबाइल २ थान सहित ३ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने सुनसरी घर भएका २१ वर्षीय सुरज राई, काठमाडौं एयरपोर्ट बस्ने सिन्धुपाल्चोक घर भएका २१ वर्षीय बिशाल थापा र कास्की घर भएका १६ वर्षीय किशोर रहेका छन् । प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले होटल तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
बाँके, नेपालगंज उपमहानगरपालिका-४ बाईपास रोड नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ सय २० मिलिग्राम सहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जाजरकोट छेडागाड नगरपालिका-१० बस्ने २३ वर्षीय पारस बुढामगर र दैलेख महाबु गाउँपालिका-२ बस्ने १८ वर्षीय किशोर रहेका छन् । अस्थायी प्रहरी पोष्ट बसपार्क बाँकेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगगरी बाँके, नेपालगंज उपमहानगरपालिका-४ बाईपास रोड धौलाकोटी होटल नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ६० मिलिग्राम सहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुर्खेत वीरेन्द्रनगर नगरपालिका-२ बस्ने १९ वर्षीय असिम रावत र पञ्चपुरी नगरपालिका-६ बस्ने २० वर्षीय आकाश खड्का रहेका छन् । अस्थायी प्रहरी पोष्ट बसपार्क बाँकेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
झापा, कनकाई नगरपालिका-४ मनकामना टोलबाट अवैध लागूऔषध गाँजा ८ किलो ४० ग्राम सहित सोही ठाउँ बस्ने ३३ वर्षीय ईन्द्र चौधरी र उनकै श्रीमती ३२ वर्षीया ममता चौधरीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सुरूङगाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।
मोरङ, बिराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ७ सय ९० मिलिग्राम सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुनसरी धरान उपमहानगरपालिका-८ बस्ने २३ वर्षीय कुबिर राई र सोही उपमहानगरपालिका-१५ बस्ने २१ वर्षीय समिर राई रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.२३ प ४१ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
कैलाली, धनगढी उपमहानगरपालिका-३ त्रिनगर ब्यारेलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ८ सय ४० मिलिग्राम सहित धनगढी उपमहानगरपालिका-१३ कैलालीगाउँ बस्ने १७ वर्षीय किशोर समेत २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
बर्दिया, बाँसगढी नगरपालिका-१ चेपाङ बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ५० मिलिग्राम सहित ३ जनालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुर्खेत गुर्भाकोट नगरपालिका-९ दमार बस्ने २० वर्षीय गणेश वादी, २४ वर्षीय दिलिप वादी र २५ वर्षीय धुर्व वादी रहेका छन् । उक्त स्थानमा खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
कञ्चनपुर, लालझाडी गाउँपालिका-३ बल्मी बस्ने २२ वर्षीय मिलन राना र सोही गाउँपालिका-२ कञ्ज बस्ने २७ वर्षीय पुरन रानालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ सय ६० मिलिग्राम सहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी कञ्चनपुर, भिमदत्त नगरपालिका-६ बनगाउँ चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ४० मिलिग्राम सहित सोही नगरपालिका-६ ऐठपुर बस्ने २० वर्षीय दिवस चन्दलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उक्त लागूऔषध भिमदत्त नगरपालिका-१८ बागवाणी बस्ने नरेश बमबाट खरिद गरेको भन्ने खुल्न आएपश्चात नरेशको घर तलासी गर्दा १ ग्राम ३९ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन फेला पारी नरेश र उनकै श्रीमती हिरा बमलाई समेत प्रहरीले पक्राउ गरेको छ ।
सुनसरी, धरान उपमहानगरपालिका-१३ जिरोप्वाईन्टबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम २ सय २० मिलिग्राम सहित सोही ठाउँ बस्ने २४ वर्षीय धने राईलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी अमरहाटबाट खटिएको प्रहरीले भानुचोकबाट जिरोप्वाईन्टतर्फ पैदल जाँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।





