२०८३ बैशाख १७ बिहीबार
२०८३ बैशाख १७ बिहीबार

काठमाडौं । नेसनल प्याब्सनका वर्तमान अध्यक्ष सुबास न्यौपानेले आफू विजय भएसँगै दिएको अन्तर्वार्तामा अर्को कुनै नेसनल प्याब्सन नभएको बताएका छन् । मेगा टेलिभिजनको कार्यकक्रम शैक्षिक बहसमा शिक्षा पत्रकार नवराज चौलागाईंको तपाईहरू त दुईवटा एनप्याबसन हुनुभएछ नि हो ? भन्ने प्रश्नमा उनले अर्को कुनै नेसलन प्याब्सन नभएको अर्को गुट भएको बताएका छन् । अघिल्लो महाधिवेशनमा भएको भद्र सहमतिमा मिलेर आधा आधा अर्थात् अठार अठार महिनाको समय नेतृत्व गर्ने भन्ने थियो तर त्यसो नगरी एकछत्र नेतृत्व दाबी गर्दै असहज परिस्थिति सिर्जना गरेपछि सङ्गठन चिरा परेको हो । उनले भने,“अझै पनि बहुसङख्यक प्याब्सनिस्ट हामीसँग हुनुहुन्छ ।” अबका दिन हामी नै आधिकारिक हौँ, हामी कानुनसम्मत छौँ ।

यही फाल्गुन १६ र १७ गते माननीय गृह मन्त्री रमेश लेखक को प्रमुख आतिथ्यमा सम्पन्न महाधिवेशनले अध्यक्ष सुवास न्यौपानेको, वरिष्ठ उपाध्यक्षहरूः शम्भु कुमार अधिकारी, राम विनय चौरासिया, जय बहादुर श्रेष्ठ, याम खड्का, श्याम सिंह मौनी यसैगरी उपाध्यक्षहरूः बिष्णु प्रसाद पराजुली, राम कुमार मोची, राजेन्द्र कुमार गुरुङ, जय प्रकाश चौधरी, प्रकाश कुमार शर्मा, याशिवा रहमान, तेजराज खनाल, महासचिव प्रकाशचन्द्र खड्का, उपमहासचिवः बिष्णु प्रसाद पौडेल, गोविन्द बहादुर खड्का, सत्येश बहादुर चन्द, सचिवहरूः वेद प्रसाद पन्त, सन्दिप राई, राम बहादुर थापा, बालकृष्ण शर्मा, बालाकृष्ण तिवारी, डम्बर दत्त अवस्थी, सुशील भट्टराई, मनोज कुमार श्रेष्ठ, शरद भण्डारी, कोषाध्यक्षः खडक बहादुर बस्नेत, सह-कोषाध्यक्षहरूः कल्पना काफ्ले (भुषाल), सुमन कुमार चौधरी, र सदस्यहरूः नेत्र प्रसाद न्यौपाने, हिक्मत दाहाल, भीष्म पाण्डे, युवराज (युवक) लामिछाने, दिनेश भण्डारी, दिपक भट्ट, झंकर राज जोशी, राजेन्द्र प्रसाद चापागाईं, नेत्र लाल न्यौपाने, सागर कुमार खड्का, जितेन्द्र प्रकाश महतो, सुदर्शन कखड्का, विमल गौतम, बिल प्रसाद गुरुङ, भिष्मराज ढकाल, मनोज कुमार साह, श्याम योञ्जन, अग्नि प्रसाद ज्ञवाली, विकेश महर्जन, अग्नि प्रसाद कोईराला, सुदिप कुमार कार्की, गेन्द्र लामा र पुरूषोत्तम बस्याल लगायत सबै पदाधिकारी एवं सदस्यहरूलाई निर्विरोध निर्वाचित गरेको थियो ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजतन्त्र ब्युँताउने कुरा गर्नु स्वीकार्य नभएको बताएका छन् ।

मानवअधिकार रक्षकहरूको पाचौँ राष्ट्रिय सम्मेलन एवं राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्च नेपाल (मानव अधिकार एलायन्स) को छैटौँ राष्ट्रिय महाधिवेशनको बुधबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

पञ्चायती शासनविरुद्धको आन्दोलनका क्रममा जेल सार्ने बहानामा २०२९ सालको आजकै दिन झापाको सुखानी जङ्गलमा लगेर हत्या गरिएका सहिदहरू रामनाथ दाहाल, नेत्र घिमिरे, कृष्ण कुइँकेल, वीरेन राजवंशी र नारायण श्रेष्ठ तथा अन्य कालखण्डका सहिदहरूलाई सम्झँदै प्रधानमन्त्री ओलीले जनताको अधिकारका लागि लागेकालाई मृत्युदण्ड दिने त्यस्ता शासकका पक्षधरहरूले राजतन्त्र ब्युँताउने कुरा गर्नु स्वीकार्य नभएको बताए ।

उनले मानवअधिकारका लागि आन्दोलन गर्ने दुई ठूला दलको सहभागितामा अहिलेको सरकार बनेकाले यसले मानवअधिकारको उल्लङ्घन हुन नदिन र कानुनी शासनको पालना गर्नमा विशेष महत्त्व दिने स्पष्ट गरे ।

काठमाडौं– प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर र United Nations Headquarters New York, Director Of UN Police Division (UN Police Commissioner) Faisal Shahkar तथा Selection and Recruitment Section Chief Ata Yenigun बीच बुधबार नेपाल प्रहरी प्रधान कार्यालयमा शिष्टाचार भेटघाट भएको छ । 

भेटघाटको क्रममा उहाँहरूबीच आपसी सहयोग, सूचना आदान प्रदान तथा समन्वय लगायतका विषयमा छलफल समेत भएको थियो । 

सो अवसरमा युएन प्रतिनिधि मण्डलको उपस्थितिमा आयोजित कार्यक्रममा प्रहरी नायव महानिरीक्षक दान बहादुर कार्कीले नेपाल प्रहरीको सांगठनिक परिचय, इतिहास, संरचना, काम कर्तव्य, संयुक्त राष्ट्र संघीय शान्ति मिसनमा नेपाल प्रहरीको सहभागिता एवम् अन्तर्राष्ट्रिय समन्वय तथा सहकार्य सम्बन्धी विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो ।   

कार्यक्रममा United Nations Headquarters New York, Director Of UN Police Division (UN Police Commissioner) Faisal Shahakar तथा Selection and Recruitment Section Chief Ata Yenigun ले सहभागीहरूबाट उठेका जिज्ञासाहरूको निरूपण गर्दै संयुक्त राष्ट्र संघीय मिसनमा नेपाल प्रहरीको सहभागिता लगायतमा नेपाल प्रहरीसँग सहकार्य गरिने बताउनुभयो । 

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो । 

युएन प्रतिनिधि मण्डलको टोली ४ दिने भ्रमणका सिलसिलामा बुधबार नेपाल आउनु भएको हो । उहाँहरूलाई नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक कुवेर कडायत लगायतका प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा हार्दिक स्वागत गर्नुभएको थियो ।

भ्रमणको क्रममा युएन प्रतिनिधि मण्डलको टोली राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंज र नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल कपन लगायतका स्थानमा आयोजना हुने समारोहमा सहभागी हुने कार्यक्रम रहेको छ । विशेषत उहाँहरू नेपाल प्रहरीको तालिम केन्द्रहरूको अवलोकन र संयुक्त राष्ट्र संघको शान्ति मिसनसँग सम्बन्धित विषयमा केन्द्रीत हुनुहुनेछ ।

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक (एमडी) कुलमान घिसिङले आफूलाई सरकारले कार्यसम्पादनमा मूल्याङ्कनमा शून्य दिएको कुराले कुनै माने नराख्ने बताएका छन् ।

बुधबार नेपाल विद्युत प्राधिकरणको लुम्बिनी प्रदेश प्रादेशिक कार्यालय बुटवलमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले आफूलाई सय वा शून्य अंकले केही फरक नपार्ने बताएका हुन् । ‘मलाई शून्य दिएपनि, सय दिएपनि त्यसले पनि माने राख्दैन,’– उनले भने ।

साथै, सरकारले आफूलाई आज हो कि भोलि हो गरेर हटाउने भन्ने हल्ला आइरहेको उनले बताए । आफूले अन्तिम मिनेटसम्म जिम्मेवारीमा रहेर काम गर्ने उनले बताए । सरकारले अहिलेसम्म आफूलाई ५÷६ वटा स्पष्टीकरण सोधिसकेको र त्यसमा जवाफ पनि पठाएको उनले बताए ।

‘आज हो कि भोलि हो भन्ने हल्ला तपाईँहरुले सुन्नुभएको होला । तर, भएपनि लास्ट मिनेटसम्म काम गर्नुपर्छ भन्ने मेरो मान्यता हो । मलाई ५÷६ वटा स्पष्टीकरण सोधियो होला । जवाफ दिए होला, त्यसले माने राख्दैन,’– उनले भने ।

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।