
काभ्रे । तेमाल गाउँपालिका वडा नम्बर १ को लामा गाउँमा रहेको मणिकपुर म्हेमे न्हर्बु नामग्याल छ्योर्तेन गुठिको आयोजनामा ह्राप्ने पुजा भइरहेको छ ।
पौष २३ देखि सुरु भएको छ्योर्तेन ह्राब्ने सात दिन सम्म सँचालन हुने स्थानीय रेडियो नमोबुद्वको संवाददाता श्याम योन्जनले जानकारी दिए ।




योन्जनका अनुसार पौष २६ गते बेलुका विषेश लामा गुरुहरु नाचेका थिए भने विभिन्न स्थानबाट ह्राप्ने हेर्न आउनेहरु फापारे गीत गाउँदै रमाएका थिए ।
२०५४ सालमा स्थापना भएको गुम्बामा प्रत्येक तीन वर्ष पूरा भएर चार वर्षमा प्रवेश गदा ह्राप्ने गर्ने गरिएको गुठीका अध्यक्ष कान्छामान तामाङले जानकारी दिए ।
सात दिनसम्म सँचालन भएको ह्राप्ने आज भव्यताको साथ सम्पन्न भएको छ ।
काठमाडौँ । स्वर्णलक्ष्मी सहकारीमा रहेको बचतकर्ताहरूको रकम ठगी गरेको अभियोगमा बयान सकिए पनि थुनछेक बहस नहुँदा रवि लामिछाने जिल्ला प्रहरी परिसर काठमाडौँको न्यायीक हिरासतमा गएका छन् ।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले सोमबार पुनः अदालत पेस गर्नेगरी रविलाई प्रहरीको जिम्मा लगाउन आदेश गरेको छ।
जिल्ला अदालत कास्कीले सूर्यदर्शन सहकारीको रकम ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोगमा ६५ लाख धरौटीमा रिहा गरे पनि उनलाई अन्य अदालतमा मुद्दा रहेको भए बुझाउन भन्ने आदेश नदिँदा उनी हिरासतमुक्त भएका थिए।
बिहीबार बेलुका हिरासतमुक्त भएका उनले शुक्रवार आफैँ काठमाडौँ जिल्ला अदालतमा हाजिर हुने बताए पनि उनी आइतबार मात्र उपस्थित भएका थिए। आइतबार बिहान अदालत हाजिर भएका उनको बयानको काम सुरु भएको थियो।
उनको बयान सकिएपछि आइतबारै थुनछेक बहस सुरु गर्न तयारीपछि सरकारी पक्षले आफूहरूले लामिछानेको बयान अध्ययन नगरेको भन्दै थुनछेक बहस सुरु नगर्न अनुरोध गरेपछि न्यायाधीशले रविलाई न्यायिक हिरासतका लागि प्रहरीमा बुझाउन आदेश दिए।
काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक आइतबार २५.४१ अंकले घटेको छ । नेप्से ०.९६ प्रतिशतले घटेर २६०९.६७ को विन्दुमा झरेको हो
यस दिन तीन अर्ब ९९ करोड ७९ लाख रुपैयाँमा ८० लाख २१ हजार ६३१ कित्ता सेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।
४३ कम्पनीको सेयर मूल्य बढेको छ । १९४ कम्पनीको सेयर मूल्य घटेको छ । ६ कम्पनीको सेयर मूल्य स्थिर छ । कारोबारमा रहेका १३ समूहगत परिसूचक सबै घटेका छन् ।
वेन नेपाल लघुवित्त र सिन्धु विकास बैंकको सेयर १० प्रतिशतले बढेको छ । न्यादी हाइड्रोको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले घटेको छ ।
मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले अफिम, चरेस र गाजासहित तीन जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार उनीहरू सवार दुई वटा भारतीय कारलाई पनि नियन्त्रणमा लिइएको छ ।
गएराति करिब २ बजे आसपासमा थाहा नगरपालिका–११ टिस्टुङ नौखनडेस्थित त्रिभुवनराजपथमा इलाका प्रहरी कार्यालयले भारतीय नम्बर प्लेट डिएल ८ सिएक्स १२२४ को कार जाँचका क्रममा २१ केजी चार सय ६० ग्राम चरेस, तीन केजी चार सय ७० ग्राम अफिमसहित कारमा सवार भारतीय हरियाणा राज्री जिल्ला हिसार गोविन्दनगर बस्ने २५ वर्षीय कुनाल गोथ्वाल र सोही ठाउँका २० वर्षीय मनिस कुमारलाई नियन्त्रणमा लिइएको जनाइएको छ ।
साथै आज बिहान ५ः३० बजे हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटे चेकपोस्टमा चितवनबाट वीरगञ्ज जाँदै गरेको भारतीय नम्बर प्लेट डिएल १३ सी १५६१ को कार जाँच गर्दा एक सय एक केजी गाजासहित पर्सा वीरगञ्ज महानगरपालिका–२६ अठराह सुगौलीका २० वर्षीय राजन राउत कुर्मीलाई नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ । पक्राउ परेकाहरू उपर अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
काठमाडौं । स्वर्णलक्ष्मी सहकारी संस्थाको बचत अपचलनसम्बन्धी मुद्दामा काठमाडौं जिल्ला अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा बयान जारी छ ।
आज बयान सकिएन भने लामिछाने हिरासतमा राखेर भोलि पुनः बयान लिइने अदालतका स्रेस्तेदार रामु शर्माले बताएका छन् । बयान सकियो र थुनछेकको बहस भयो भने न्यायाधीशको आदेशबमोजिम हुने उनले बताए ।
सूर्य दर्शन सहकारी ठगी प्रकरणमा गत कार्तिक २ गते पक्राउ परेका लामिछाने ८४ दिन पछि गत बिहिवार साँझ ६५ लाख धरौंटी बुझाएर छुटेका थिए । त्यहाँवाट छुटे पनि शुक्रबार जिल्ला अदालतमा स्वयं हाजिर हुने भनिए पनि समय अभावका कारण उनी काठमाडौं जिल्ला अदालतमा हाजिर हुन सकेका थिएनन् ।
जिल्ला प्रहरी कास्कीको हिरासतमुक्त भए पनि शुक्रबार राती मात्रै काठमाडौं आइपुगेका कारण उनी शुक्रबार अदालतमा हाजिर हुन नसकेको उनकी श्रीमती निकिता पौडेलले जानकारी दिएकी थिइन् । अहिले अदालतमा कालिमाटीस्थित स्वर्णलक्ष्मी वहुउद्देश्यीय सहकारी संस्थामा भएको रकम अपचलनसम्बन्धी मुद्दामा लामिछाने प्रतिवादी बनाइएकोले बयान लिइरहेको हो ।
जिल्ला प्रहरी परिसर, काठमाडौंले गत पुस २१ गते लामिछानेसहित ३९ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दर्ता गर्न सुझाव दिए पछि उनी अदालतमा हाजिर हुन पुगेका हुन । उक्त सहकारीबाट ६९० बचतकर्ताको एक अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना गरेको आरोप छ ।
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान अयोगले जलस्रोत तथा सिँचाइ विभाग वा अन्तर्गतका विभिन्न कार्यालयहरूमा कार्यरत तत्कालीन इन्जिनियर विष्णुपुकार श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
इन्जिनियर श्रेष्ठको चार करोड रुपैयाँभन्दा धेरै सम्पत्तिको स्रोत नखुलेकाले विशेष अदालतमा मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयो ।
सरकारी सेवामा प्रवेश गरेको २०४६ साल असार ३० गतेदेखि २०७७ साल असार ३१ गतेसम्मको अवधिमा श्रेष्ठले तलब भत्ता, जग्गा बिक्री, शेयर बिक्री लगायतबाट ११ करोड २५ लाख ६५ हजार एक सय ९९ रुपैयाँ १७ पैसा वैधानिक रूपमा आय गरेको देखिएको अख्तियारले जनाएको छ ।
तर यस अवधिमा चार करोड ८८ लाख ३० हजार तीन सय २९ रुपैयाँ ५४ पैसा बराबरको खर्च तथा लगानीको स्रोत खुल्न नसकेको अख्तियारको विज्ञप्तिमा उल्लेख छ । उनले गैरकानूनी रूपमा आर्जन गरेको सम्पत्ति श्रीमती, बुबा, आमा र छोराको नाममा राखेको पाइएको छ ।
वैधानिक स्रोत खुल्न नसकेको रकमलाई बिगो मानेर त्यस बराबरको सम्पति तथा नगद जफत गर्न पनि अख्तियारले मागदाबी गरेको छ । यस्तै इन्जिनियर श्रेष्ठले स्रोत खुल्न नसकेको सम्पत्तिको जफत गर्ने प्रयोजनका लागि अख्तियारले उनकी श्रीमती लक्ष्मीकुमारी, बुबा हरिकुमार, आमा इन्द्रकुमारी र छोरा विवेकलाई प्रतिवादी बनाएको छ ।
धरान उपमहानगरपालिका-१९ हरियाली चारकोसे जंगलबाट १ थान भरूवा बन्दुक, भरूवा बन्दुकमा लाग्ने फलामको गोली ३ थान, टोटा बन्दुकको गोली २ थान, बारूद र खुकुरी १ थान सहित इटहरी उपमहानगरपालिका-१३ बस्ने ३५ वर्षीय ज्योतिष चौधरी समेत ५ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले धरानबाट रासतालतर्फ जाँदै गरेको बा.४ च ४३३ नम्बरको कारलाई जाँच गर्दा उक्त हातहतियार फेला पारी कारमा सवार उनीहरूलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले बबरमहलस्थित काठमाडौँ जिल्ला अदालतको भवनअघिको मुलसडक पेटीमा अनाधिकृतरुपमा पार्किकमा राखिएका मोटरसाइकल हटाएको छ।
महानगरको प्रहरीले आइतबार त्यहाँ पार्किङमा राखिएका बाइक हटाएको हो। पार्किङ गर्नेहरुलाई आवश्यक जरिवाना तिराएर मात्रै अब ती बाइक दिइने महानगर प्रहरीले बताएको छ ।
इस्लामाबाद । पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरिफले देशमा दुई करोड २० लाखभन्दा बढी बालबालिका विद्यालय नगएको बताउँदै मुस्लिम राष्ट्रहरूले बालिकाहरूको शिक्षामा ध्यान केन्द्रित गर्नुपर्ने कुरामा जोड दिनुभएको छ ।
इस्लामाबादमा दुई दिने ‘मुस्लिम समुदायमा बालिका शिक्षा : चुनौती र अवसर’ सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा बोल्दै उहाँले बालिकालाई शिक्षामा समान पहुँच प्रदान गर्न मुस्लिम विश्वले सामना गर्ने महत्त्वपूर्ण अवरोधहरूलाई स्वीकार गर्नुभयो ।
प्रधानमन्त्री शरिफले आगामी दशकमा लाखौँ युवा बालिकाहरू श्रमशक्तिमा प्रवेश गर्ने भन्दै उनीहरूले आफू र आफ्नो परिवारलाई गरिबीबाट माथि उठाउन मात्र नभई विश्व अर्थतन्त्रमा समेत योगदान गर्न सक्ने सम्भावनामा जोड दिनुभयो ।
पाकिस्तानको कूल जनसङ्ख्याको आधाभन्दा बढी महिला भए पनि महिला साक्षरता दर ४९ प्रतिशत मात्र रहेको उहाँले जानकारी दिनुभयो । पाँचदेखि १६ वर्ष उमेर समूहका करिब दुई करोड २८ लाख बालबालिका विद्यालय बाहिर रहेको र बालिकाहरूको सङ्ख्या असमान रहेको पनि उहाँले उल्लेख गर्नुभयो ।
“बालिकाहरूलाई शिक्षाबाट वञ्चित गर्नु भनेको उनीहरूको आवाज र छनोटबाट वञ्चित गर्नु हो र उज्ज्वल भविष्यको अधिकारबाट वञ्चित गर्नु हो”, डनले प्रधानमन्त्री शरिफलाई उद्धृत गर्दै भनेको छ ।
सम्मेलनमा नोबेल शान्ति पुरस्कार विजेता मलाला युसुफजाईसहित मुस्लिम बहुल देशका धेरै अन्तर्राष्ट्रिय प्रतिनिधिहरूले भाग लिइरहेका छन् ।
मलालाले सम्मेलनमा विश्व नेताहरूसँग सहभागी हुन पाउँदा उत्साहित रहेको बताउँदै एक्समा आइतबार बालिकाहरूको शिक्षाको अधिकार संरक्षणको महत्त्व र तालिबानले अफगान महिला तथा बालिकाहरूप्रति गरेको व्यवहारका लागि जिम्मेवार ठह¥याउनुपर्ने विषयमा बोल्नुहुने बताउनुभएको छ ।
“म विश्वभरका मुस्लिम नेताहरूसँग बालिका शिक्षाको महत्त्वपूर्ण सम्मेलनमा सहभागी हुन उत्साहित छु… आइतबार म सबै बालिकाहरूको विद्यालय जाने अधिकारको संरक्षणका बारेमा र नेताहरूले अफगान महिला र बालिकाहरूविरुद्धको अपराधका लागि तालिबानलाई किन जिम्मेवार ठह¥याउनुपर्छ भन्ने विषयमा बोल्नेछु”, उहाँले एक्समा लेख्नुभएको छ ।
बुधबार पाकिस्तान विदेश कार्यालयको वक्तव्यलाई उद्धृत गर्दै डनले जनाएअनुसार शिक्षामार्फत बालिकाहरूलाई सशक्त बनाउन मुस्लिम देशहरूको साझा प्रतिबद्धता उल्लेख गरिएको इस्लामाबाद घोषणापत्र हस्ताक्षर गरी सम्मेलन समापन हुनेछ ।
प्रधानमन्त्री शरीफले यो घोषणापत्र उम्माह (मुस्लिम समुदाय) को सामूहिक लक्ष्यको रूपमा संयुक्त राष्ट्रसङ्घ र सुरक्षा परिषद्समक्ष पेस गरिने बताउनुभयो ।
प्रतिनिधिहरूले विश्वभर बालिका शिक्षा अघि बढाउने प्रतिबद्धता जनाउँदै अन्तर्राष्ट्रिय साझेदारी सम्झौतामा पनि हस्ताक्षर गरेका छन् ।
काठमाडौँ । पूर्वसभामुख एवं नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले संसद अधिवेशन आह्वान नगरिएकोप्रति आपत्ति जनाएका छन् ।
आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले संसद अधिवेशन नबोलाइएकोप्रति आपति जनाएका छन् । उहाँले आफू सभामुख हुँदा र अरु बेलामा पनि मंसिर २८ सम्म अधिवेशन आह्वान गरिएको भएपनि अहिले यति ढिलो किन गरेको भन्दै प्रश्न गरेका छन् । उनले संसद अधिवेशन किन नबोलाइएको भन्ने जानकारी आम नागरिकले बुझ्न चाहेको बताएका छन् । उनले संसद कुनैपनि देशको महत्वपूर्ण संस्था हुने र यसले सुशासनदेखि धेरै कुराको सन्देश प्रवाह गर्ने जिकिर गरे । उनले संसदबाट राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुखको जन्म हुने भएकाले संसदलाई बन्द गर्न नहुने बताए ।
उहाँले भने , ‘संसद कुनैपनि देशको महत्वपूर्ण संस्था हो । यसबाट शक्तिशाली सुशासनको धेरै ठूलो सन्देश जाने गर्दछ । हाम्रोले के त्यस्तो सन्देश दिन सकेका छौँ ? पूरै राष्ट्रलाई प्रतिध्वनित गर्न सकेका छौँ । त्यही संसदबाट राष्ट्रपतिको जन्म हुन्छ, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीशको जन्म हुन्छ, सभमुखकै जन्म हुन्छ । त्यस्तो संस्थालाई त्यत्तिकै राख्नु हुँदैन । म सभामुख हुँदा पनि मंसिर २८ सम्म संसद सुचारु भएको छ । यत्ति ढिला बोलाउने कुरा भएको छैन । के कारणले संसद नबोलाइएको हो ? वास्तवमा यो मैले भनिरहेको होइन, जनसाधारणलाई समेत खुल्दुली छ । त्यो कारण पत्ता लागेको छैन ।’
उपाध्यक्ष सापकोटाले आर्थिक, विकास र समृद्धिका लागि विज्ञान, प्रविधि र नवप्रवर्तनको चमत्कारिक विकास आवश्यक भएको बताएका छन् । उनले अहिले नेपाल जटिल र पेचिलो अवस्थामा रहेको बताएका थिए ।





