
काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारको नेतृत्व गर्ने राजनीतिक दलका शिर्ष नेताहरु संघीयताप्रति उदार बन्न नसकेको बताएका छन् ।
मंगलवार ललितपुरमा संघीयता सबलीकरणको कसीमा प्रदेशका सवालहरु विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन् ।
‘हामी राजनीतिक दलका नेताहरु, म पनि हो त्यसमा । जसले जसले यो शासकीय जिम्मेवारी लिन्छौँ । हामी कोही पनि संघीयताप्रति उदार छैनौँ,’उनले भने‘हामी एकदमै अनुदार छौँ । हाम्रो यसमा रुची छैन । हामी यसलाई यसैबाट अघि बढाउँछौँ भन्ने छैन ।’
उनले संघीयताप्रति अनुदार भएर विकासका कामहरु हुन नसक्ने बताए । महामन्त्री थापाले संघीयतासम्बन्धी बन्न नसकेका कानून बनेनन् भने सरकारबाट बाहिरिन्छु भन्नेकुरा नयाँ र क्षेत्रीय दलहरुले समेत भन्न नसकेको बताए । ‘मैले नयाँ दल पनि हेरेँ । मैले यो क्षेत्रीय दलहरु पनि हेरेँ । सँगै सरकारमा पनि बस्यौँ । जसले बाहिर जेजे भने पनि भित्र सरकार चलाउने बेला कसैले पनि शर्त राख्दैन । संघीय निजामति विधेयकमा, संघीय प्रहरी विधेयकमा । निजामति विधेकय र प्रहरी विधेयक पारित नहुने भए म सरकारबाट बाहिरिन्छु भनेर मैले आजसम्म कसैले भनेको सुनेको छैन । कसैले भन्दैन । सबैले बाहिर भन्छन्, सरकार चलाउने ठाउँमा गइसकेपछि त्यो सबै जना हामी अधिकारलाई कसरी मुठीमा राखिराख्ने भन्ने नै हुन्छौँ । सबै मिल्छौँ हामी । यसले गर्दा दुर्घटना हुने भयो’ उनले भने ।
उनले सबैलाई सरकारमा बस्नका लागि शर्त नराखिकन अघि बढ्ने गरेको बताए । उनले शासन गर्ने ठाउँमा गइसकेपछि अधिकार मुठीमा लिनेगरी सोच बनाइने गरेको बताए ।
महामन्त्री थापाले नतिजा राम्रो नआएपछि सबैले प्रदेशलाई भारी बोकाउने गरेको बताए ।
प्रदेश र स्थानीय सरकारलाई दिने अधिकार दिनुपर्छ भनेर नै अहिलेको सरकारले काम गरिरहेको बताए । र्‘संघीयता नेपालमा अनवरत चल्छ । प्रदेशहरु रही नै राख्छन् । यो संवैधानिक व्यवस्थाको सबै हामी पक्षमा छौँ,’उनले भने ‘तर हामी प्रदेशहरुलाई, सिंगो संघीय व्यवस्थालाई स्थानीय सरकार पनि यो भित्र पर्छ । हामी यसलाई फङ्सनल बनाउनेवाला भएनौँ अब । यसलाई प्रभावकारी बनाउने भएनौँ । रिजल्ट ओरियन्टेट बनाउने भएनौँ । यसबाट परिणाम नआउने भयो ।’
काठमाडौं । चीनमा मंगलबार बिहान गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ५३ पुगेको छ भने ६२ जना घाइते भएका छन् ।
तिब्बतस्थित क्षेत्रीय विपद् राहत मुख्यालयलाई उद्धृत गर्दै समाचार संस्था सिन्ह्वाले भूकम्पबाट ज्यान जानेको संख्या ५३ पुगेको जानकारी दिएको हो ।
यसैबीच राष्ट्रपति सी जिनपिङले भूकम्पपछि जीवन जोगाउन र क्षतिलाई न्यून गर्न सक्दो उद्धार प्रयास गर्न निर्देशन दिएका छन् ।
चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिका महासचिव र केन्द्रीय सैन्य आयोगका अध्यक्षसमेत रहेका सीले घाइतेहरूको उपचारमा उच्च प्राथमिकता दिन निर्देशन दिएका छन् ।
उनले सम्भावित थप क्षति रोक्न, प्रभावित बासिन्दाहरूलाई उचित रूपमा पुनर्स्थापित गर्न र घटनापछिको कामलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्न निर्देशन दिए ।
सीले भनेका छन्, ‘भूकम्पको निगरानी र पूर्वसूचना प्रणालीलाई बलियो बनाउन, आपत्कालीन उद्धार सामग्री तत्काल पठाउन, क्षतिग्रस्त पूर्वाधारको मर्मत कार्य छिटो सम्पन्न गर्न, प्रभावितहरूको आधारभूत आवश्यकता पूरा गर्न र सबैको सुरक्षित तथा न्यानो जाडो सुनिश्चित गर्न आवश्यक छ ।’
समाचार एजेन्सी सिन्ह्वाका अनुसार भूकम्पको केन्द्रविन्दु २८.५ डिग्री उत्तर अक्षांश र ८७.४५ डिग्री पूर्व देशान्तरमा मापन गरिएको थियो । आज बिहान नेपाली समय अनुसार ६ बजेर ५० मिनेटमा चीनको जिजाङ्ग प्रान्तको सिगात्सेस्थित दिङ्गी गाउँमा केन्द्रविन्दु भएर शक्तिशाली भूकम्प गएको थियो ।
भूकम्पको धक्का नेपालमा समेत महसुस भएको थियो । नेपालको भूकम्प मापन केन्द्रले ७ म्याग्निच्युडको भूकम्प गएको रेकर्ड राखे पनि चीनको भूकम्प नेटवर्क केन्द्रले ६.८ तीव्रता मापन गरेको छ । यो भूकम्प १० किलोमिटर गहिराइमा थियो ।
चिनियाँ सञ्चार माध्यमहरुका अनुसार भूकम्पका कारण दिङ्गी काउन्टीको चाङ्गसुओ क्षेत्रका गाउँमा घरहरु भत्किएका छन् ।
चीनको भूकम्प नेटवर्क केन्द्रका अनुसार आज भूकम्प गएको स्थानदेखि २०० किलोमिटर वरपरको क्षेत्रमा विगत पाँच वर्षको अवधिमा ३ म्याग्निच्युड माथिका २९ वटा भूकम्प गएको रेकर्ड छ । तर, आज बिहानको भूकम्प सबैभन्दा शक्तिशाली हो ।
काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले सातदोबाटोस्थित एक कल सेन्टरमा छापा मारेको छ ।
कल सेन्टर बाट सिआईबिले दुई भारतीयसहित ५३ जनालाई अनलाइन जुवा खेलाएको अभियोगमा पक्राउ गरेको छ ।
सिआइबीका प्रवक्ता प्रहरी उपरीक्षक होविन्द्र बोगटीका अनुसार उनीहरूलाई ‘अनलाइन क्यासिनो’ खेलाएका अभियोगमा पक्राउ गरिएको हो ।
हाल अनुसन्धान जारी रहेको तथा आज अदालतबाट म्याद लिएर थप अनुसन्धान गरिने उनले बताए । अभियुक्तहरूबाट ८५ वटा ल्यापटप कम्प्युटर ८२ थान मोबाइल फोन पनि बरामद भएको छ । उनीहरूले अनलाइन जुवालगायत अवैध गतिविधि सञ्चालन गरेको पाइएको उनले बताए ।
काठमाडौं– चीनको तिब्बतस्थित शिगात्से क्षेत्रलाई केन्द्रबिन्दु बनाउँदै मंगलबार बिहान गएको भूकम्पमा ५३ जनाको मृत्यु भएको छ ।
चीनको सरकारी अनलाइन सीजीटीएनले जनाएअनुसार भूकम्पमा परेर अहिलेसम्म ५३ जनाको मृत्यु भएको छ । भूकम्पमा परेर तिब्बतमा अहिलेसम्म ३८ जना घाइते भएका छन् ।
चिनियाँ भूकम्प मापन केन्द्रले उक्त भूकम्पलाई ६.८ रेक्टर स्केल मापन गरेको छ । भूकम्पबाट भएको भौतिक क्षतिका विषयमा अहिलेसम्म विस्तृत विवरण नआइसकेको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् ।
चीनको राज्य परिषद्को भूकम्प राहत विभाग र आपतकालीन व्यवस्थापन विभागले मङ्गलबार सियाङ स्वायत्त क्षेत्रको सिगात्से सहरमा गएको भूकम्पपछि तीन तहको आपतकालीन उद्धार प्रक्रिया सक्रिय गराइएको जनाएको छ ।
उद्धार र राहत कार्यमा मार्गदर्शन गर्न बेइजिङबाट कार्यदल पठाइएको सीजीटीएनले उल्लेख गरेको छ ।





