२०८३ बैशाख १७ बिहीबार
२०८३ बैशाख १७ बिहीबार

रामेछाप । रामेछाप अस्पताल रामेछापको अस्पताल व्यवस्थापन समितीको अध्यक्षमा पुनः यम कुमार पाख्रिन नियुक्त भएको छ । बाग्मती प्रदेश स्वास्थ्य मन्त्रालयको मन्त्रीपरिषदको यहि पौष ७ गतेको निर्णय अनुसार रामेछाप अस्पताल रामेछापको अस्पताल व्यवस्थापन समितीको अध्यक्षमा पाख्रिनलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

दुई वर्ष अघि पनि पाख्रिनले अस्पताल व्यवस्थापन समितीको अध्यक्ष भएर उत्कृष्ट काम गरेर देखाइसकेका छन् ।

अध्यक्षमा दोहोरिए सँगै उनले यसभन्दा अगाडि चाहेर पनि गर्न नसकेको कामलाइ यो पटक मुख्य प्राथमिकतामा राखेर अघि बढ्ने बताए । अध्यक्ष पाख्रिनले अस्पतालको समग्र विकासका निम्ति आफु लागिपर्ने प्रतिबद्धता जनाएका छन् ।

अखिल (क्रान्तिकारी)को २३औँ राष्ट्रिय सम्मेलनले विद्यार्थी राजनीतिमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको थियो तर, यसले उठाएका प्रश्नहरू र उत्पन्न गरेका विवादहरूले यसको सान्दर्भिकता माथि गम्भीर प्रश्न उठाएका छ। धेरै समय नेतृत्व चयनमै खर्च भयो। यसले गर्दा अन्य महत्वपूर्ण विषयहरूमा छलफल हुन सकेन। यस सम्मेलनले देशको शैक्षिक अवस्था, समाजवाद, विज्ञान र संस्कृति जस्ता गम्भीर विषयहरूमा गहन बहस चलाउनु पर्ने थियाे तर त्यसाे नहुदा विद्यार्थीहरूमा निराशा पैदा पारेकाे छ । नेताका आफन्त र आसेपासेलाई नेतृत्वमा पुर्‍याउन विभिन्न जिल्लाबाट आशाका किरणा लिएर आएका प्रतिनिधिहरूलाई प्रभाव पार्ने प्रयास गरियो। यसले भरपुर माध्यममा विद्यार्थी राजनीतिमा विकृति ल्याएको छ साथै सम्मेलन गर्ने भनी विभिन्न समूहहरूबीच विवाद र असमझदारी उत्पन्न गराएर संगठनलाई कमजोर बनाउने दुस्प्रयाससमेत गरिएकाे छ ।

आजकाे याे २१ औँ शताब्दीमा हामीले प्रविधिको अधिकतम प्रयोग गरेर कामलाई सहज बनाउन सक्छौँ । अन्य देशहरूले आफ्नो राष्ट्र प्रमुख छनोट गर्न डिजिटल भोटिङको प्रयोग गरिरहेका छन् । हामीले पनि अखिल (क्रान्तिकारी)को नेतृत्व चयनका लागि डिजिटल निर्वाचनको प्रयोग गर्न सक्छौँ ।


अमेरिकाका, युरोपेली युनियनका धेरै देशहरूका विश्वविद्यालयहरू, एशियाकाे भारत, जापान, दक्षिण कोरिया जस्ता देशहरूका केही विश्वविद्यालयहरूले समेत विद्यार्थी संघको निर्वाचनका लागि अनलाइन मतदान प्रणाली प्रयोग गर्दै आएका छन् । अझ केही विश्वविद्यालयहरूले ब्लकचेन प्रविधि प्रयोग गरेर मतदान प्रक्रियालाई अझ सुरक्षित बनाउने प्रयास पनि गरेका छन् । अष्ट्रेलियाका केही विश्वविद्यालयहरूले त झन मोबाइल एप्स कै प्रयोग गरेर विद्यार्थीहरूलाई मतदान गर्न सजिलो बनाएका छन् । यी त ज्वलन्त उदाहरण मात्र हुन् । अहिलेकाे याे विज्ञन तथा प्रविधिकाे युगमा विश्वविद्यालयका विद्यार्थीहरू त झन नयाँ नयाँ सीप, ज्ञान हासिल गरि प्राविधिक क्षेत्रमा त अग्रसर हुनु पर्नेमा अझै पनि त्यहि पुरातनबादि साेच विचार लिएर हिडेकाे पाइन्छ । आखिर याे कसकाे कम्जोरी हाे त ?

अब त डिजिटल निर्वाचन गरि मतदान प्रक्रियालाईअगाडि बढाएर पारदर्शीता बनाई भोट चोरी र अन्य अनियमितताहरूलाई रोक्न सहयाेग गर्नु पर्ने समयमा अझै पनि परम्परागत शैली अपनाएर विद्यार्थीहरूकाे समय र आर्थिक रूपमा खर्च गरेकाे देखिन्छ । तर त्यसाे नगरि अबका दिनमा डिजिटल निर्वाचन गरेमा विद्यार्थीहरूको मतदानमा सहभागिताकाे प्रतिशातमा समेत वृद्धि गराउन सकिन्छ याे तर्फ चाहिँ नेतृत्वको ध्यान कहिले जान्छ ।

अबकाे अखिल (क्रान्तिकारी)को २३ औँ राष्ट्रिय सम्मेलनले विद्यार्थी राजनीतिमा देखिएका विकृतिहरूलाई उजागर गरि कमजोरीहरूलाई सच्याएर संगठनलाई नयाँ दिशा तर्फ लैजान जरूरी छ । साथै अबका विश्वविद्यालयका विद्यार्थीहरूलाई २१औँ शताब्दीको चुनौतीहरूको सामना गर्न तयार पार्नेछ र भावी पुस्ताहरू सक्षम र क्षमतावान उत्पादन हुनेछन् भन्ने कुरामा पनि विश्वास राखेकाे छु ।

सानाेठिमी क्याम्पस, सानाेठिमी भक्तपुर
स्ववियु सदस्य तथा अखिल (क्रान्तिकारी) सनोठिमी क्याम्पस समिति सचिव
दिपक कुमार खड्का

काठमाडौँ । संघीय संसदमा विचारधीन विधेयकहरूबारे छलफल गर्न सत्तारूढ नेपाली कांग्रेस र नेकपा (एमाले) ले कार्यदल गठन गरेको छ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको दुई दलका शीर्ष नेताहरूको बैठकले विधेयकहरूमा सहमति जुटाएर आउँदो अधिवेशनमा पेस गर्न सहज हुने गरी छलफल गर्न र सुझाव पेस कार्यदल बनाउने निर्णय गरेका हुन्।

कार्यदलमा दुवै पार्टीका संसदीय विभागका प्रमुखहरू, संसदीय दलका प्रमुख सचेत तथा सचेतकहरू सदस्य रहनेछन्।

एमाले संसदीय विभागका प्रमुख योगेश भट्टराईका अनुसार कार्यदलले सबै विचाराधीन विधेयकहरूमा छलफल गरेर साझा धारणाा तय गर्नेछ।

विधेयकहरू अघि नबढ्दा संसदले बिजनेस नपाएको टिप्पणी भइरहेका बेला दुई दलले संसदीय काम कारबाही प्रभावकारी बनाउने भन्दै कार्यदल बनाउने निर्णय गरेका हुन्।

यो संयन्त्रमा एमालेका वरिष्ठ नेता ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल र उपमहासचिव विष्णु रिमाल छन्।

कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, परराष्ट्र मन्त्री आरजु राणा देउवा र गृहमन्त्री रमेश लेखक संयन्त्रमा छन्।

https://www.khabarpetika.com/2024/12/25/9434/

काठमाडौँ । उपप्रधान एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले सबै दलहरूसँग छलफल गरेर नै संविधान संशोधनको प्रक्रिया अगाडि बढ्ने बताएका छन्।

बुधबार रूपन्देहीमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उपप्रधानमन्त्री सिंहले संविधान संशोधन गर्न नेपाली काँग्रेस र नेकपा एमालेले कार्यदल बनाएर आन्तरिक रूपमा काम सुरू गरिसकेको बताए।

‘संविधान संशोधनको प्रक्रियालाई अगाडि बढाउन कांग्रेस र एमालेको कार्यदल गठन भइसकेको छ’, उनले भने, ‘कार्यदलले सबै राजनीतिक दलसँग छलफल गर्छ। सबै दलहरूसँग छलफल गरेर नै संविधान संशोधनको प्रक्रिया अगाडि बढ्छ।’

सत्तारूढ दल काँग्रेस र एमालेले संघीय संसदमा विचारधीन विधेयकहरूबारे छलफल गर्न मंगलबार कार्यदल बनाएको छ।

कार्यदलमा दुवै पार्टीका संसदीय विभागका प्रमुखहरू, संसदीय दलका प्रमुख सचेत तथा सचेतकहरू सदस्य रहनेछन्।

https://www.khabarpetika.com/2024/12/25/9432/

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सहकारी ठगी प्रकरणमा संलग्न सबैमाथि छानबिन हुने बताएका छन् ।

बुधबार काठमाडौँमा आयोजित तमु पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा बोल्दै उनले सहकारी ठगीमा संलग्नलाई कुनै दलमा आबद्ध भएको कारण छाड्न नसकिने बताए । रास्वपाका नेतालाई मात्रै सहकारी प्रकरणमा कारबाही गर्‍यो भन्नु गलत भएको उनको भनाइ छ ।

गुरुङले राज्यले गर्ने छानबिनलाई सबैले सहयोग गर्नुपर्ने र अदालतको आदेशलाई सबैले पालना गर्नुपर्नेमा जोड दिए । छानबिनलाई नै प्रभाव पार्ने काम गैरकानूनी भएको उनले बताए ।

सरकारका प्रवक्ता समेत रहेका गुरुङले सहकारी सम्बन्धी अध्यादेश ल्याउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय मंगलबारको मन्त्रीपरिषद् बैठकले गरेको जानकारी दिए । त्यस्तै उनले मुलुकको सुरक्षा, आर्थिक विकास समृद्धिको लागि सरकारले काम गरिरहेको धारणा राखे ।

काठमाडौँ । जाडोयाममा कन्डमको खपत बढ्ने गरेको तथ्याङ्कले देखाएको छ । चालु आर्थिक वर्षको पाँच महिनाको आवधिमा नेपालमा १ एक करोड ५८ लाख पिसभन्दा बढी कन्डम आयात भएको छ ।

भन्सार विभागको तथ्याङ्क अनुसार सो वापत १० करोड ५४ लाख ९२ हजार रुपैयाँ खर्च भएको छ । यस्तै सो कन्डम आयात गरेर ३ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ ।

गत आर्थिक वर्षभरमा ३ करोड ९२ लाख ३२ हजार ८५० वटा कन्डम आयात भएको थियो । सो कन्डम आयात गर्दा २४ करोड ६९ लाख ८७ हजार रुपैयाँ खर्च भएको थियो र सरकारले ५५ हजार राजस्व सङ्कलन गरेको थियो । सो वर्षभरमध्ये मङ्सिर महिनामा मात्रै १ करोड ९४ लाख २ हजार ४७३ वटा कन्डम आयात गरिएको विभागको तथ्याङ्कमा छ । यो महिनासम्म १२ करोड ०२ लाख ८३ हजार रुपैयाँको कन्डम आयात भएको थियो । मङ्सिर महिना जाडोयाममा बढी कन्डम आयात भएको देखिन्छ ।

अघिल्लो आर्थिक वर्ष २०७९८० मा ३ करोड ६५ लाख ९९ हजार २९० वटा कन्डम आयात भएको छ । त्यसबापत २१ करोड २८ लाख ४४ हजार रुपैयाँ खर्च भएको छ । सरकारले यो वर्ष ७ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको थियो । उक्त वर्ष मङ्सिरमा मात्रै १ करोड ८४ लाख ०७ हजार ३९० वटा कन्डम आयात भएको थियो । मङ्सिरमा कन्डम आयात गर्दा ९ करोड २८ लाख ५८ हजार रुपैयाँ खर्च भएको विभागको तथ्याङ्कमा उल्लेख छ ।

काठमाडौं । सानेपास्थित रेडियन्ट रिडर्स एकेडेमीले करातेका एरिका गुरुङ र कुशल श्रेष्ठलाई मंगलबार नगदसहित सम्मान गरेको छ ।
लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा भएको रेडियन्ट रिडर्सको वार्षिक खेलकुद दिवसका अवसरमा दुवैलाई सम्मान गरिएको हो ।

उनीहरुलाई ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन र रेडियन्ट रिडर्सका संस्थापक प्रिन्सिपल डिके ढुंगानाले दोसल्ला ओढ्याउनुका साथै नगद र प्रशंसा पत्र प्रदान गरी सम्मान गरे । एरिकाले आफ्नो खेल करियरमा विश्व च्याम्पियनसिपसहित समग्रमा छ अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेकी छन् । विश्व च्याम्पियनसिप बाहेक एरिकाले पाँच अन्तर्राष्ट्रिय प्रतियोगितामा ४ स्वर्ण, ३ रजत र १ कांस्य गरी ८ पदक जितेकी छन् । सबै प्रतियोगितामा पदक जित्दा कुशलनै एरिकाको प्रशिक्षक थिए । कुशल दसौं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता पनि हुन् ।


कार्यक्रमलाई सम्बोधन गर्दै मेयर महर्जनले विद्यालयले खेलकुद गतिविधिलाई प्राथमिकता दिएकोमा खुशी व्यक्त गर्दै खेल क्षेत्र अन्तर्राष्ट्रिय जगतमा राष्ट्रलाई पहिचान गराउन सक्ने महत्वपूर्ण माध्यम भएको बताए ।


संस्थापक प्रिन्सिपल ढुंगानाले विस्तारै नेपालमा पनि खेलकुदमै लागेर जीवीकोपार्जन गर्न सक्ने अवस्था बन्दै गएको धारणा व्यक्त गर्दै विद्यालयले गुणस्तरीय शिक्षासंगै अत्तिरिक्त क्रियाकलापमा पनि विशेष जोड दिएको   बताए ।


वार्षिक खेलकुद दिवसका अवसरमा फुटबल, कराते, क्रिकेट, जिम्न्याष्टिक, टग अफ वारलगायत विविध गतिविधि भएको थियो ।

तेहरान । पछिल्लो समय इरान केही लचिलो बन्दै गइरहेको छ । इन्टरनेटमा कडा प्रतिबन्ध र विभिन्न मामिलामा कडा कानुन लगाउने भनेर देश चिनिएको इरान अहिले नम्र बनेको छ । केही समयदेखि अघि इरानमा हिजाब कानूनसम्बन्धी विवादास्पद कानुनको विश्वभर आलोचना भएको थियो ।

त्यसपछि इरान सरकारले झुक्दै यो कानुन फिर्ता लिनुपर्‍यो । अब इरानले आफ्नो देशमा अनलाइन पेमेन्ट एप गुगल पे र मेटाको मेसेजिङ एप ह्वाट्सएप चलाउन अनुमति दिएको छ । प्रतिबन्ध हटाउने विषयमा बहुमतले मतदान गरेको र यो सकारात्म भएको इरानका सञ्चारमन्त्री हाशमीले बताएका छन् ।

इरानी अधिकारीहरूले पनि इन्टरनेटमा लगाइएका बाँकी प्रतिबन्धहरूमध्ये मेटाको इन्स्ट्यान्ट मेसेजिङ प्लेटफर्म व्हाट्सएप र गुगल पेमाथिको प्रतिबन्ध हटाइएको बताए ।

इरानको आधिकारिक समाचार एजेन्सी आईआरएनएले मंगलबार राष्ट्रपति मसुद पेजेस्कियानको अध्यक्षतामा भएको बैठकलाई उद्धृत गर्दै यो जानकारी दिएको हो । ‘आज इन्टरनेटमाथिको प्रतिबन्ध हटाउनेतर्फ पहिलो कदम चालिएको हो ।’ हाशमीले भनेका छन् । एजेन्सी

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।