२०८३ बैशाख १७ बिहीबार
२०८३ बैशाख १७ बिहीबार

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंसिर १६ गते हुने उपनिर्वाचन ०८४ को निर्वाचनका लागि आँखिझ्याल बन्ने दाबी गरेका छन् ।

बिहीबार कीर्तिपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने क्रममा अध्यक्ष प्रचण्डले कीर्तिपुर नगरपालिकासहित देशभरका ४४ स्थानमा हुने उपनिर्वाचनले ८४ को चुनावबारे बोल्ने बताएका हुन् ।

‘यो पटक यो नगरपालिकाबाट दिने सन्देश र ४४ वटा उपनचुनावबाट दिने सन्देश ८४ को लागि आँखीझ्याल हुनेछ । यहाँबाट ८४ कस्तो हुनेछ भन्ने देखिन्छ,’ प्रचण्डले भने ।

साथै, उनले कोही कसैको पनि डर, धाक, प्रलोभन र लोभमा नफसि विकास निर्माणको अभियानमा अघि बढ्न आग्रह गरे ।

‘हामी कसैको डर, धाक, प्रलोभन, लोभ लाचनमा नफसिकन एकचोटी विकास निर्माणको नयाँ अभियानमा अघि बढ्ने अवसर हामीसँग छ । कीर्तिपुरले फेरि एउटा रेकर्ड बनाउनेछ भन्ने विश्वास पनि व्यक्त गर्न चाहन्छु,’ प्रचण्डले भने ।

कीर्तिपुरका सांस्कृतिक पर्वहरू, सांस्कृतिक झांकी, बाजागाजाको संरक्षण र संवद्र्धन गर्ने जिम्मेवारी आफूहरूको काँधमा रहेको जिकिर गरे ।

काठमाडौँ । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरी र दक्षिण कोरियाका राजदूत पार्क टेइयंगबीच बिहीबार मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ ।

भेटवार्तामा मन्त्री शाहीले दक्षिण कोरिया र नेपालबीचको सम्बन्धलाई मजबुत बनाउन नेपाल सरकार तयार भएको बताए । सोही भेटमा मन्त्री शाहीले दक्षिण कोरियाले नेपालका लागि विकास निर्माणमा सहयोग गरिरहेको र आगामी दिनमा कोरियाले नेपालको विकास निर्माणमा सहयोग गर्ने अपेक्षा रहेको बताए ।

उनले कोरिया सरकारले नेपालका हजारौं युवालाई रोजगारी प्रदान गरिरहेको र नेपालले कोरियालाई पूर्ण सहयोग गर्नेसमेत बताए । साथै भेटमा उनले हालै अजरबैजानको राजधानी बाकुमा सम्पन्न जलवायु सम्मेलनमा नेपालले प्रमुख मुद्दाहरूलाई राखेको जानकारीसमेत गराए ।

काठमाडौं । सिन्धुलीमा बुद्धचित्तको माला लुटपाट प्रकरणका आरोपी दूधराज तामाङ पक्राउ परेका छन् । उनलाई गएराति नौ बजे ललितपुरको हरिसिद्धीबाट प्रहरीले पक्राउ गरेको हो ।

काभ्रे घर भएका तामाङ माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका केन्द्रीय सचिव हुन् ।

गत साउन ४ गते सिन्धुलीको फिक्कल गाउँपालिका १ महादेव डाँडाका होमबहादुर सुनुवारको जग्गाबाट बोधिचित्तको माला लुटपाट भएको थियो । यो घटनामा सत्यमान लामा, दूधराज तामाङ, राकेश तामाङ, पुष्पलाल दोङ र शिव बरालसहित १३ जनाविरुद्ध डाँका, चोरी तथा लुटपाटको उजुरी परेको थियो ।

सत्यमान लामा र दूधराज तामाङसहित तीन जना पक्राउ परे पनि अरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

https://www.khabarpetika.com/2024/11/28/9093/

बाथरोग एक प्रकारको अटोइम्युन डिजिज (रोग) हो । अटोइम्युन भन्नाले आफ्नै शरीरको रोगप्रतिरोधी क्षमतामा गडबडी हुँदा जीवाणुसँग लड्ने कोषिकाहरुको क्षमता गुमाउँछ । जसले गर्दा जोर्नीलाई बिगार्छ र बाथरोग देखा पर्न सक्छ । यसलाई ‘दुखाइको रोग’ पनि भन्ने गरिन्छ ।

यसमा शरीरका जोर्नीहरू दुख्ने वा सुन्निने जस्ता लक्षण देखापर्छ । साथै कम्मर दुख्ने, ढाड दुख्ने, हातका औंला दुख्ने वा सुन्निने, बिहान उठ्ने बेलामा हातखुट्टा अररो हुने, गोलीगाँठो दुख्ने वा सुनिने, ढाड दुख्ने वा अररो हुने, बिहान ढाड कडा हुने, पिंडौला दुख्ने वा करकर खाने, खुट्टाका बूढी औंला र औंला वरिपरि रातो भएर टेक्न असजिलो हुने, कुर्कुचा दुख्ने, पाइताला पोल्ने वा झमझमाउने, हात, खुट्टा वा जीउ अररो हुने, घुँडा सुन्निने वा दुख्नेजस्ता लक्षण देखापर्छ ।

जाडोमा किन बढ्छ बाथको समस्या ?

सामान्यतः बाथरोगको प्रकोप जाडोयाममा बढी हुन्छ । चिसोले गर्दा दुखाइ बढी अनुभव हुन्छ । दुखाइ थाहा पाउने अंग बढी संवेदनशील हुन्छ ।

जाडोयाममा प्रोटिनयुक्त खानेकुरा र मदिराको समेत अधिक उपभोग हुने गर्छ । जसबाट शरीरको तौल वृद्धि र प्रोटिनको मात्रा उच्च हुन्छ । शरीरमा प्रोटिनको मात्रा धेरै हुँदा गाउटी आर्थ्राइटिस ९युरिक एसिडका कारण हुने बाथ०को जोखिम बढ्छ ।

जाडोयाममा नसा खुम्चिएर रक्तप्रवाह कम हुने, मांसपेशी खुम्चिने लगायतको समस्या हुने गर्छ । त्यसबाट पनि शरीरमा अत्यधिक पीडा हुन्छ । बाथका बिरामीलाई जाडोमा धेरै गाह्रो भएको पाइएको छ । त्यसैले जाडोमा समस्या बढ्न नदिन बाथका बिरामीले केही कुरामा ध्यान दिनुपर्छ ।

शरीरलाई न्यानो राख्ने

जाडोमा शरीरलाई न्यानो राख्नु निकै जरुरी हुन्छ । शरीरलाई न्यानो राख्न बाक्लो कपडा लगाउने, चिसो पानीको प्रयोग नगर्ने, हट वाटर ब्यागले सेक्ने र कोठालाई पनि न्यानो बनाइ राख्नुपर्छ ।

नियमित व्यायाम गर्ने

नियमित रूपमा हल्का व्यायाम गर्नाले जोर्नीको चाल बढ्छ र दुखाइ कम हुन्छ । एकै समयमा पौडी खेल्ने, योग र हिंड्ने जस्ता व्यायाम बाथरोगीका लागि धेरै लाभदायक हुन्छ ।

सन्तुलित आहार लिने

सन्तुलित आहारले शरीरलाई आवश्यक पोषक तत्व प्रदान गर्छ । जसले जोर्नीहरूलाई बलियो बनाउन मद्दत गर्छ । माछा, अण्डा र ओखर जस्ता ओमेगा(३ फ्याटी एसिडले भरपुर खानेकुराले जोर्नी सुन्निने समस्या पनि कम गर्छ ।

समयमा औषधि सेवन गर्ने

बाथको समस्यालाई बढ्न नदिन डाक्टरले तोकेको औषधि समयमै सेवन गर्नु अति आवश्यक हुन्छ । यी औषधिले बाथको दुखाइ कम गर्नुका साथै जोर्नी सुन्निएको पनि कम गर्छ । नियमित रूपमा औषधि सेवन गर्नाले बाथको लक्षण सुधार गर्न र दैनिक दिनचर्यालाई सजिलो बनाउन सकिन्छ ।

तनाव व्यवस्थापन गर्ने

जब धेरै तनाव हुन्छ, जोर्नी दुखाइ बढ्न सक्छ, विशेषगरी यदि पहिले नै बाथको समस्या छ भने दुखाइ झन् बढ्न सक्छ । योग, ध्यान र ब्रिथिङ एक्सरसाइज ९श्वासप्रश्वास अभ्यास० गरेर तनावलाई कम गर्न सकिन्छ । तनाव कम हुँदा यसले हाम्रो शरीरमा सुन्निने समस्या पनि कम गर्छ, जसकारण जोर्नी दुख्ने समस्या कम हुन्छ । एजेन्सी

https://www.khabarpetika.com/2024/11/28/9090/

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सुधारिएको स्वास्थ्य मन्त्रालय बनाउने गरी आफूले काम गरिरहेको बताएका छन् । बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

मन्त्री पौडेलले आफूहरू फेरिएको स्वास्थ्य मन्त्रालय नभई सुधारिएको स्वास्थ्य मन्त्रालय बनाउने गरी अघि बढेको बताए । उनले टिप्पणीरहित स्वास्थ्य मन्त्रालय बनाउन सक्नुपर्ने बताए । उनले स्वास्थ्य क्षेत्रमा विगतमा भन्दा प्रभावकारिता बढेको महसुस गराउन सक्नुपर्ने उल्लेख गरे ।

मन्त्री पौडेलले आपसमा समन्वय गरेर उपचार प्रणालीलाई व्यवस्थित गर्ने र सीमित श्रोत सधानभित्र प्रभावकारी बनाउने गरी काम गरिरहेको उल्लेख गरे । उनले निजी स्वास्थ्य संस्थाहरूले पनि नाफाको दृष्टिकोणले मात्रै काम गर्न नहुने बताए ।

उनले भने, ‘फेरिएको स्वास्थ्य मन्त्रालय मैले भन्न खोजेको होइन, सुधारिएको स्वास्थ्य मन्त्रालय हामीले बनाउन सक्नुपर्छ । टिप्पणीरहित स्वास्थ्य मन्त्रालय हामीले बनाउन सक्नुपर्छ । स्वास्थ्य क्षेत्रमा विगतमा भन्दा प्रभावकारिता बढेको महसुस हामीले गराउन सक्नुपर्छ । त्यसपछि लोकतन्त्र आएको, समाजवाद लागू भएको अनुभूति गर्नसक्छौँ ।’

मन्त्री पौडेलले एक लाखको बीमालाई ५ लाख पुर्‍याउने, श्रोतको पक्षबाट बीमा बोर्डलाई सुनिश्चित गर्ने काममा लागिरहेको बताए । उनले आयुर्वेद वा वैकल्पिक चिकित्साको सन्दर्भमा उत्पादन गर्ने संस्था अत्यधिक घाटामा रहेको बताए ।

https://www.khabarpetika.com/2024/11/28/9087/

काठमाडौं । ट्राफिक प्रहरीले विभिन्न मितिमा हराएका २७ ओटा दुई पाङग्रे सवारी साधन खोजी गरी बिहीबार सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमका बिच यस कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक भरत बहादुर बोहराले १८ ओटा मोटरसाइकल र ९ ओटा स्कुटर सम्बन्धित धनीलाई आज हस्तान्तरण गरेका हुन् ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्त निवेदनका आधारमा खोजी गर्ने क्रममा केही वास्तविक नम्बर प्लेटमा र केही नक्कली नम्बर प्लेट राखेको अवस्थामा काभ्रेपलाञ्चोक, कोटेश्वर, गौशाला, नयाँबसपार्क, सोह्रखुट्टे, मालिगाँउ, मंगलबजार, गोकर्ण, नगरकोट, ताथली र बुद्धनगर लगायतका स्थानबाट उक्त सवारी साधन ट्राफिक प्रहरीले फेला पारेको थियो ।

आज बुझाइएका २७ ओटा सहित साउनयता २१० ओटा सवारी साधन ट्राफिक प्रहरीले धनीलाई जिम्मा लगाइसकेको छ । चोरीका २२ ओटा दुई पाङ्ग्रे सवारी साधनसहित चोरीमा संलग्न ३२ जना व्यक्तिहरूलाई पनि आवश्यक कारबाहीका लागि विभिन्न प्रहरी परिसर तथा प्रहरी वृत्तमा पठाइएको छ । आज बुझाइएका २७ ओटा सवारी साधनहरू हराएको भनी विभिन्न मितिमा यस कार्यालयमा निवेदन परेका थिए ।

सवारी साधन जिम्मा लिए पश्चात् सवारी धनीहरूले खुसी व्यक्त गर्दै सामूहिक रूपमा ट्राफिक प्रहरीलाई धन्यवाद समेत दिएका थिए । आर्थिक वर्ष २०७९–०८० मा ४९९ ओटा र ०८०–०८१ मा ४१७ ओटा दुई पाङ्ग्रे सवारी साधन खोजतलास गरी ट्राफिक प्रहरीले सम्बन्धित धनीलाई जिम्मा लगाएको थियो ।

https://www.khabarpetika.com/2024/11/28/9084/

काठमाडौं । हनि ट्रयापमा संलग्न रहेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा इलाम माई नगरपालिका-१ घर भई भक्तपुर मध्यपुर ठिमी नगरपालिका-५ नयाँठिमी बस्ने २५ वर्षीया समृदी मगर, काभ्रे भुम्लु गाउँपालिका-४ कोशीपारी ठेगाना भएका काठमाडौं महानगरपालिका-१५ स्वयम्भू बस्ने ३० वर्षीय दिपेन्द्र दर्जी र भक्तपुर मध्यपुर ठिमी नगरपालिका-५ नयाँठिमी बस्ने २५ वर्षीया बर्षा दर्जी रहेका छन् । 

आपराधिक लाभ लिने उद्देश्यले योजनाबद्ध तवरले मेडिकल सेवा प्रदान गर्ने व्यक्तिलाई बर्षाले घाउ ड्रेसिङको लागि अनलाइनबाट सम्पर्क गरी मंसिर ६ गते कोठामा बोलाई शारीरिक सम्पर्क भएको आरोप लगाई जबरजस्ती करणी मुद्दामा फसाई दिन्छु भनि डर त्रास देखाई मोल मोलाई गरेर ब्ल्याकमेल गरी रकम असुली गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न समृदी र दिपेन्द्र दर्जीलाई मंगलबार तथा बर्षालाई बुधबार भक्तपुर मध्यपुर ठिमी नगरपालिका-३ बाट पक्राउ गरेको हो । 

प्रहरीले उनीहरूको साथबाट एनआईसी एसिया बैंकको बर्षा दर्जीको नाममा काटी दिएको ७५ हजार रूपैयाँको चेक १ थान, नगद २० हजार ५ सय र मोबाइल ४ थान बरामद गरेको छ । 

उनीहरूलाई आपराधिक लाभ मुद्दामा थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको छ । 

https://www.khabarpetika.com/2024/11/28/9081/

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवा चीन प्रस्थान गरेकी छन्।

मंसिर १७ गतेदेखि प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमण गर्नुपूर्व राणा त्यसको तयारीका लागि उनी आज चीन प्रस्थान गरेकी हुन्।

मन्त्री राणाले चीनका समकक्षी वाङ यीसँग भेटवार्ता गर्नेछिन्। भेटमा दुई देशको आपसी हितका विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।

आगामी मंसिर १७ गते प्रधानमन्त्री केपी शर्मा ओली ४० सदस्यीय टोलीको नेतृत्व गर्दै चीन भ्रमणमा जाँदैछन्।

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका शिर्षथ नेता र नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाबीच बुधबार अपरान्ह भेटवार्ता भएको छ। नेकपाका महासचिव विप्लव सी , प्रवक्ता प्रकाण्ड सी र नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाबीच भएको उक्त भेटबार्तामा सरकार र नेकपाबीच भएको तीन बुँदे सहमति कार्यान्वयनलगायत समसामयिक राजनीतिक बिषयमा छलफल भएको बताइएको छ ।


नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सल्लाहकार राजेन्द्र सीका  उक्त भेटबार्तामा नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी र प्रवक्ता प्रकाण्ड सीले सत्ता गठबन्धनमा सामेल र संसदमा सबैभन्दा ठुलो दल रहेको नेपाली कांग्रेसले सरकार र नेकपाबीच भएको तीन बुँदे सहमति कार्यन्वयनमा महत्वपूर्ण रहने भन्दै तीन बुँदे सहमति कार्यन्वयनमा पहल लिन सभापति तथा पूर्वप्रधानमन्त्री देउवालाई आग्रह गरेका थिए ।

यसैगरी, महासचिव विप्लव सी र प्रवक्ता प्रकाण्ड सीले तीन बुँदे सहमति बिपरित पछिल्लो समय गिरफ्तार परेका नेकपाका कार्यकर्तालाई तत्काल रिहा गर्न सत्ता गठबन्धनमा सामेल र संसदमा सबैभन्दा ठुलो दल रहेको हुनाले नेपाली कांग्रेसलाई बिशेष पहल लिन आग्रहसमेत गरेका थिए भने नेपाल कम्युनिस्ट पार्टीले देशैभरी उत्पादनका कार्य गर्दै आएको जानकारी गराउदै उक्त उत्पादनका कार्यलाई सरकारी तवरवाट बिशेष सहयोग उपलब्ध गराउनु पर्ने प्रस्ताब समेत राखेका थिए ।

यसैगरी, उक्त भेटवार्तामा नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले तीन बुँदे सहमति कार्यन्वयनमा आफु दृढ भएको बताउदै सरकारसंग छलफल गरेर यसलाई छिटै टुङ्गोमा पुर्याउने बताएका थिए । उनले प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमण सकेर फर्केपछि यस बिषयमा छलफल गर्ने र नेकपाको उत्पादन कार्यलाई सघाउने समेत बताएका थिए।


यसैगरी, नेपाल कम्युनिस्ट पार्टीका शिर्षथ नेता र नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाबीच भएको उक्त भेटवार्तामा सकारात्मक दृष्टिकोण र सहयोगी भावनाका साथ अघि बढ्ने बिषयमा समेत छलफल भएको बताइएको छ ।

काठमाडौं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले नियुक्त गरेका सदस्यहरुलाई बम आक्रमणको धम्की आइरहेको अधिकारीहरुले बताएका छन् ।

ट्रम्पको टिमको प्रवक्ताको जिम्मेवारी निर्वाह गर्दै आएकी क्यारोलिन लेविटका अनुसार ट्रम्पले विभिन्न पदमा नियुक्ति दिएकाहरुलाई मंगलबार र बुधबार बिहान धम्की आएको थियो ।

धम्की आएपछि एफबीआई लगायतका सुरक्षा एजेन्सीहरुलाई सतर्क बनाइएको छ । साथै कुनै पनि परिस्थितिसँग जुध्नका लागि आवश्यक तयारी पनि गरिएको अधिकारीहरुले बताएका छन् ।

संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदूतमा नियुक्त एलिस स्टेफनिकले आफ्नो घरमा बम आक्रमणको चेतावनी सहितको सूचना आएको बताएकी छन् । पति र तीन वर्षको छोरासहित वाशिङ्टनबाट न्यूयोर्क जाँदै गर्दा खतराको सूचना प्राप्त भएको उनले बताएकी छन् ।

ट्रम्पले नियुक्त गरेका पर्यावरण संरक्षण एजेन्सीका प्रमुख ली जेल्डिनलाई पाइप बम आक्रमणको धम्की प्राप्त भएको थियो ।

यसैगरी महान्यायाधिवक्ताका दाबेदार म्याट गेट्जलाई पनि आक्रमणको धम्की आएको बीबीसीले जनाएको छ ।

https://www.khabarpetika.com/2024/11/28/9073/
error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।