
काठमाडौ । काभ्रेको पाँचखाल नगरपालिका स्थित कोशिदेखमा सवारी दुर्घटाना हुदा दुई जनाको मृत्यु भएको छ ।
विहिबार सांझ पाँच बजेतिर भएको दुर्घटनामा दुइजनाको मृत्यु भएको हो । मृत्यु हुनेमा मिनिट्रक चलाक स्थानिय कुमार रोक्का र निकेश रोक्का रहेका छन् ।
कोशिदेखको ठाटिबाट रोटेपिङ जादै गरेको बा ४ ख २२०२ नम्बरको मिनिट्रक बिले डाडा भन्ने ठाउँमा दुर्घटना भएको स्थानीय रेडियो नमोबुद्धका संवाददाता श्याम योञ्जनले जानकारी दिए ।
उनका अनुसार चालक कुमार वर्ष ३५ का थिए भने सहचालक निकेश २६ वर्षका छन् ।
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले उद्योगीहरुलाई १५ दिनभित्र बिजुलीको बक्यौता तिर्न सूचना जारी गरेको छ । प्राधिकरणले आज सूचना जारी गर्दै मंसिर १२ गतेभित्र बक्यौता तिर्न भनिएको हो ।
प्राधिकरणले मन्त्रिपरिषदको कात्तिक २५ गतेको बैठकबाट र नेपाल विद्युत् प्राधिरण सञ्चालक समितिको कात्तिक २७ गतेको ९८७ औं बैठकबाट बक्यौता महसुल १५ दिनभित्र असुलउपर गर्ने निर्णय भएको स्मरण गराएको छ । सोही अनुरुप वितरण केन्द्रहरुबाट सम्बन्धित उद्योगको २०७२ माघदेखि २०७५ वैशाखसम्मको टीओडी मिटरमा रेकर्ड भएको डिमाण्ड तथा टी वान, टी टु र टी थ्री टाइम इन्टरभलमा रेकर्ड भएको खपत इनर्जीको आधारमा गणना गरिएको छुट बिल अनुसार बक्यौता बुझाउन प्राधिकरणले भनेको छ ।
मंसिर १२ गते भित्र बक्यौता महसुल नबुझाएमा नियमानुसार अघि बढ्ने चेतावनी प्राधिकरणले दिएको छ ।
डेटिकेटेड फिडर र ट्रंक लाइनबाट विद्युत प्रयोग गरेका उद्योगहरुले बक्यौता नतिरेको भन्दै प्राधिकरणले लाइन काटिदिएको थियो । तर कात्तिक २५ गतेको मन्त्रिपरिषद् बैठकले बिजुलीको लाइन जोडिदिने र टिओडी मिटरको आधारमा १५ दिनभित्र महसुल उठाउने निर्णय गरेको थियो । कात्तिक २७ गते प्राधिकरण सञ्चालक समितिको बैठकले उद्योगहरुमा बिजुलीको लाइन जोड्ने निर्णय गरेपछि प्राधिकरणले अधिकांश उद्योगहरुमा लाइन जोडिदिएको छ ।

काठमाडौँ । नागढुङगा सडक बिहीबारदेखि आउँदो मङ्सिर ५ गतेसम्म दिनमा आंशिक रूपमा बन्द हुने भएको छ ।
नागढुङ्गा सुरुङ मार्गको पश्चिम पोर्टल त्रिभुवन राजमार्गअन्तर्गत धादिङको सिस्ने खोलामा स्लोप कटिङ गर्नुपर्ने भएकाले सडक बन्द गरिने नागढुङ्गा सुरुङ मार्ग निर्माण आयोजनाले जनाएको छ ।
सो आयोजनाले एक सूचना प्रकाशित गरी आजदेखि उक्त सडक आउँदो मङ्सिर ५ गतेसम्म बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म आंशिक रूपमा बन्द हुन जनाएको छ।
उक्त अवधिको २० मिनेट भने दुवैतर्फ सडक बन्द हुने सूचनामा उल्लेख गरिएको छ। यसैगरी २०/२० मिनेटमा खोल्ने र बन्द गर्ने गरी काम गरिने आयोजनाले जनाएको छ। सडक बन्द हुँदा वैकल्पिक सडक प्रयोग गर्नसमेत आयोजनाले सूचनामार्फत आग्रह गरेको छ।
काठमाडौँ । राजधानी काठमाडौँ दिनानुदिन वायु प्रदूषणको स्तर खराब बन्दै गएको छ । बिहीबार बिहान काठमाडौँ विश्वकै छैटौँ प्रदूषित सहर बनेको हो ।
आईक्यू एयरको बिहान साढे ९ बजेको मापनअनुसार काठमाडौँको एक्यूआई १ सय ७० रहेको छ । हावाको यो गुणस्तरलाई अस्वस्थ मानिन्छ ।
पाकिस्तानको लाहोर विश्वकै प्रदूषित सहरको शीर्ष स्थानमा कायम रहेको छ । त्यहाँको एक्यूआई ७०८ रहेको छ । यो निकै खतरनाक मानिन्छ । उता, भारतको नयाँ दिल्ली दोस्रो स्थानमा रहेको छ । त्यहाँ एक्यूआई ४२४ मापन गरिएको छ ।
तेस्रो स्थानमा भियतनामको हानोई रहेको छ भने चौथो र पाँचौँ स्थानमा भारतको कोलकाता र बंगलादेशको ढाका सहर रहेको छ ।






