२०८३ बैशाख १७ बिहीबार
२०८३ बैशाख १७ बिहीबार

काठमाडौं । राष्ट्रपति चयनका लागि अमेरिकामा मतदान सुरू भएको छ। विहान ७ बजेदेखि अमेरिकाको विभिन्न राज्यमा मतदान सुरू भएको हो। बीबीसीका अनुसार अलबामा, लोवा, कन्सास, मिन्नेसोता, मिस्सिस्सिपी, नर्थ डाकोटा, ओक्लाहोमा, साउथ डकोटा, टेक्सास र ‘स्वीङ स्टेट’ मानिएको विस्कोन्सिनमा पनि मतदान सुरू भएको हो।

एजेन्सीहरूका अनुसार अमेरिकी नागरिकहरू मतदान स्थलमा लाइन लागेका छन्। उनीहरू मतदान हुनुअघि देखि नै लाइन लागेका छन्।

अमेरिकाको ४७औं राष्ट्रपति बन्न कमला ह्यारिस र डोनाल्ड ट्रम्प चुनावी मैदानमा छन्। उपराष्ट्रपतिसमेत रहेकी डेमोक्रेटिक दलकी ह्यारिस र रिपब्लिकन पार्टीका उम्मेदवार पूर्वराष्ट्रपति ट्रम्पबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ। विभिन्न ‘चुनावी पोल’हरूले पनि उनीहरूबीच कडा प्रतिस्पर्धा हुने देखाएको छ।

पोलहरूमा ह्यारिस र ट्रम्पबीच झिनो मतान्तर हुने देखिएको छ। दुईबीचको कडा प्रतिस्पर्धा हुनुमा ७ राज्य कारण रहेको एजेन्सीहरूले उल्लेख गरेको छ। नर्थ क्यारोलाइना, मिसिगन, पेन्सिलभेनिया, एरिजोना, विस्कन्सिन, जर्जिया र नेभादा राज्यको मतले यी दुईको मतान्तरमा फरक ल्याउने अनुमान गरिएको छ। यिनै राज्यको ‘निर्णायक’ मतले अमेरिकाको नयाँ राष्ट्रपति चयन गर्ने विश्लेषकहरूले बताएका छन्।

वीरगञ्ज । कटुवा पेस्तोल, गोली र नक्कली नोटसहित सर्लाहीबाट दुई जना भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारत बिहारको सितामढीका २६ वर्षीय कुन्नु पटेल र सोही स्थानका ३० वर्षीय मुकेश पटेल रहेका छन्।

भारतको मेजरगंजबाट नेपालको मधुवनी गाउँ आउने सडकखण्डबाट चेकजाँचको क्रममा दुवै जनालाई प्रहरीले पक्राउ गरेको हो।

उनीहरुको साथबाट घरेलु नलकटुवा पेस्तोल एक थान, आठ एमएमको ६ राउण्ड र नौ एमएमको चार राउण्ड गोली तथा एक हजार दरको बीस थान नक्कली नेपाली नोट बरामद गरिएको सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए।

पक्राउ परेका दुवै जनाविरुद्ध हातहतियार तथा खोटचलन मुद्दामा अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको उनले बताए।

पोखरा । गण्डकी प्रदेश सभा सदस्य राजीव गुरुङ (दीपक मनाङे)लाई सर्वोच्च अदालतले ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको छ।

उच्च अदालत पाटनको फैसलालाई सर्वोच्चले सदर गरेको हो। मंगलबार न्यायाधीश डा. नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले मनाङेलाई ज्यान मार्ने उद्योगमा दोषी ठहर गर्दै उच्चको फैसलालाई सदर गरेको छ। उच्च अदालत पाटनले ५ वर्ष कैद तोकेको थियो।

मनाङेको समूहले २०६१ सालमा गुण्डा नाइके चक्रे मिलनमाथि तरबार प्रहार गरी हात छिनाएको थियो। गुण्डागर्दी पृष्ठभूमिका मनाङेले गत निर्वाचनमा मनाङ (ख) बाट गण्डकी प्रदेश सभामा सर्वसम्मत निर्वाचित भएका थिए। उनले २०७४ मा पनि मनाङ (ख) बाट निर्वाचित हुँदै संसदीय यात्रामा डेब्यु गरेका हुन्।

उनी गण्डकी प्रदेश सरकारमा छैठौं पटकसम्म मन्त्री भएर रेकर्ड बनाएका छन्। पछिल्लो पटक भदौ १७ मा गण्डकी प्रदेश सरकारमा नेकपा एमाले सहभागी भएसँगै मनाङेले राजीनामा दिएका हुन्।

उनलाई भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयबाट वन मन्त्रालयमा सारेपछि असन्तृष्ट बन्दै राजीनामा दिएका थिए।

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका रवि लामिछानेमाथि अनुसन्धान गर्न अदालतले थप १० दिन म्याद थपेको छ ।

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन् । ओलीलाई सोमबार बेलुकीदेखि ज्वरो आएको हो। ज्वरो आएपछि मंगलबार रगत जाँच गर्न पठाइएको उनको सचिवालयले जनाएको छ।

सचिवालयका अनुसार ज्वरो आएर अस्वस्थ भएकोले प्रधानमन्त्रीले मंगलबार अत्यावश्यकबाहेक अरू भेटघाट गरेका छैनन्। उनले आज बिहान गृहमन्त्री रमेश लेखक र मुख्य सचिव एकनारायण अर्यालसँग भेट गरेका थिए। अहिले बालुवाटारमै स्वास्थ्यलाभ गरिरहेका छन्।

गाजा । गाजा सहरको पूर्वमा रहेको तुफाहमा मङ्गलबार भएको इजरायली हमलामा चार जना प्यालेस्टिनीको मृत्यु हुनुका साथै अन्य धेरै जना घाइते भएको जनाइएको छ । 

हमलाबाट सेनाले उत्तरी गाजा पट्टीको जबालिया शिविरको पश्चिममा आवासीय भवनहरूसमेत क्षतिग्रस्त बनाएको चिकित्सा स्रोतहरूले बताएका छन् ।हमलामा, खान युनिसको पूर्वमा रहेका घरहरुमामा सेनाले बम प्रहार गरेपछि धेरै प्यालेस्टिनीहरू घाइते भएको स्रोतहरूले रिपोर्ट गरे ।

गत अक्टोबरदेखि गाजा पट्टीमा सुरु भएको इजरायली आक्रमणको परिणामस्वरूप अहिलेसम्म ४३ हजार ३७४ जना प्यालेस्टिनीहरूको मृत्यु भएको छ भने एक लाख दुई हजार २६१ जना घाइते भएका छन् । हजारौं पीडितहरू भग्नावशेषमुनि बेपत्ता छन् भने कयौँ पहुँचविहीन सडकमा छरिएका छन् ।

नवलपुर । नवलपुरमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। गैँडाको आक्रमणबाट कावासोती नगरपालिका वडा नं. ७ बोटे टोलका ६५ वर्षीय सुकबहादुर बोटेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जेसी शाहले जानकारी दिए ।

मङ्गलबार दिउँसो पौने एक बजेको समयमा कावासोती ७ कै कृष्णसार सामुदायिक वनमा गाईगोरु चराउन गएको बेला गैँडाले बोटेलाई आक्रमण गरेर घाइते बनाएको शाहले जानकारी दिए ।

गैँडाको आक्रमणबाट छातीमा चोट लागि गम्भीर घाइते भएका बोटेलाई उपचारका लागि कालिगण्डकी अस्पताल लगिएको थियो। उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

काठमाडौँ । सभापति रवि लामिछानेलाई पक्राउ गरिएको विरोधमा मंगलबार पोखरामा भएको प्रदर्शनका क्रममा एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पोखरास्थित जिरो किलोमा भएको प्रदर्शनका क्रममा प्रहरीले महिला प्रदर्शनकारीलाई पक्राउ गरेको हो । उनको नाम खुलेको छैन ।

सभापति लामिछानेलाई म्याद थपका लागि उपस्थित गराइने भएपछि पार्टीका कार्यकर्ता र समर्थकले आज पोखरामा प्रदर्शन गरिरहेका छन् ।

लुम्बिनी । यही कात्तिक २६ देखि २८ गतेसम्म चीनको सिछुआन प्रान्तमा हुने अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुने सात सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य चीन भ्रमणमा जाने भएका छन् ।

प्रदेश सरकार मन्त्रिपरिषद्को आजको बैठकले उनको चीन भ्रमणको कार्यक्रम स्वीकृत गरेको सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री दिनेश पन्थीले जानकारी दिए। मुख्यमन्त्री आचार्यका साथ आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्की, प्रमुख सचिव महादेव पन्थलगायत प्रदेश सरकारका उच्च अधिकारी सहभागी हुनेछन् ।

लुम्बिनी प्रदेश सरकार र सिछुआन प्रान्तबीच पारस्परिक सहयोग तथा सद्भाव थप अभिवृद्धि गर्ने उद्देश्यले २०७६ सालमा भगिनी सम्बन्ध कायम भएको हो । कृषि, उद्योग, पर्यटन लगायतका क्षेत्रमा लुम्बिनी प्रदेश सरकार र सिचुआन प्रान्तबीच सहयोग आदानप्रदान गर्ने समझदारी भएको थियो ।

लुम्बिनी प्रदेशको समग्र विकासका योजनालाई कार्यान्वयन तथा दुई पक्षीय सहयोग र सहकार्य विस्तारका दिशामा उच्चस्तरीय वार्ता हुने प्रवक्ता पन्तले बताए।

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।