२०८३ बैशाख १७ बिहीबार
२०८३ बैशाख १७ बिहीबार

काठमाडौं । आइसिसी विश्वकप लिग २ खेल्ने नेपाली टोली घोषणा भएको छ।

शनिबार नेपाल क्रिकेट संघ (क्यान)ले विश्वकप लिग २ खेल्ने नेपाली टोली घोषणा गरेको हो।

टोलीमा कप्तान रोहित पौडेल, कुशल भूर्तेल, आशिफ शेख, अनिल साह, भिम सार्की, आरिफ शेख, कुशल मल्ल, दिपेन्द्रसिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुल्सन झा, रिजन ढकाल, सन्दीप लामिछाने परेका छन्।

देव खनाल र सागर ढकाललाई रिजर्भमा राखिएको छ।

अमेरिका र स्कटल्याण्डसँग लिग टु अन्तर्गतको त्रिकोणात्मक सिरिज खेल्न नेपाली टोली अमेरिकामा छ ।

नेपालले लिग-२ को पहिलो खेल भोलि बेलुका सवा ९ बजे अमेरिकासँग खेल्नेछ। दोस्रो खेल मंगलबार स्कटल्याण्डसँग र नोभेम्बर २ पुनः अमेरिका र नोभेम्बर ४ मा अमेरिकासँग खेल्नेछ।

लिग टु मा नेपालले पहिलो खेल आइतबार घरेलु टोली अमेरिकासँग खेल्नेछ ।

लिग-२ खेल्नुअघि नेपालले अमेरिकासँग टी-२० सिरिज खेलेको थियो। सिरिज नेपालले क्लिन स्विप गरेको थियो।

https://www.khabarpetika.com/2024/10/26/8688/

काठमाडौं । नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमाले र नेपाली कांग्रेसले लोकतन्त्र मर्न नदिने बताएका छन् ।

शनिबार काठमाडौंमा कोप—२९ सम्मेलनको पूर्वसन्ध्यामा वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको राष्ट्रिय जलवायु सम्मेलनको क्रममा उनले राजनीतिक परिवर्तनका लागि कांग्रेस र एमालेले असाधारण योगदान गरेको बताए ।

‘अहिलेको सरकार नेकपा एमाले, नेपाली कांग्रेस यी दुई वटा नेपालको राजनीतिक, सामाजिक, यस इतिहासमा परिवर्तनका कुराहरुमा, योगदानका कुराहरुमा र परिवर्तन साकार पार्नका लागि लड्ने कुराहरुमा यी पार्टीहरु सदैव अग्रणी रहेका हुन् र यिनले असाधारण योगदान पनि गरेका छन् । यिनको प्रतिवद्धता छ । यी पार्टीले डेमोक्रेसी मर्न दिँदैनन्’, उनले भने ।

https://www.khabarpetika.com/2024/10/26/8685/

लस एन्जलस । अमेरिकी नेसनल एरोनटिक्स एन्ड स्पेस एड्मिनिस्ट्रेसन (नासा) को स्पेसएक्स क्रु–८ अन्तरिक्षयात्री अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आईएसएस)मा सात महिनाको वैज्ञानिक अभियान पूरा गरेर शुक्रबार पृथ्वीमा फर्किएका छन् । चालक दल बोकेको स्पेसएक्स ड्रयागन अन्तरिक्षयान शुक्रबार अमेरिकी समयानुसार बिहान ३ः२९ मा फ्लोरिडाको पेन्साकोला तटमा अवतरण गरेको हो ।

चार सदस्यीय चालक दलमा नासाका अन्तरिक्षयात्री म्याथ्यु डोमिनिक, माइकल ब्यारेट, जेनेट एप्सका साथै रोस्कोसमस अन्तरिक्षयात्री अलेक्ज्यान्डर ग्रेबेन्किन रहेका छन् ।

यो नासाको स्पेसएक्ससँग आईएसएसमा आठौँ व्यावसायिक ‘क्रु रोटेसन मिसन’ हो । सिन्ह्वा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले सरकार ढाल्ने गरी आन्दोलन नगरेको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित खबरदारीसभामा सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

‘माओवादीले सडकबाट सरकार फेर्न हतारो गरेको छ भन्ने बुझ्नुभएको छ भने तपाईंहरु भ्रममा हुनुहुन्छ, त्यो भ्रम फाल्नुस्’, उनले भने । अध्यक्ष प्रचण्डले कांग्रेस र एमालेसँग विगतमा सत्ता सहकार्य गरेर गल्ती गरेको बताए ।

अब आफूहरु प्रधानमन्त्री र मन्त्री बनाइदिनुस् भन्दै नआउने अध्यक्ष प्रचण्डले बताए । ‘तपाईहरुले ढुक्कसँग चलाए हुन्छ सरकार, माओवादी आउँछ कि भन्ने टेन्सन नलिए हुन्छ’, उनले भने ।

प्रचण्डले अगाडि भने, ‘हामी अलिअलि बिग्रिन थालेका थियौं, जनताबाट कट्न थालेका थियौं, तपाईहरुले हामीलाई बेलैमा निकालिनिुभयो र जनतातिर फर्काइदिनुभयो ।’

माओवादीले फेरि कांग्रेस फकाउला वा एमाले फकाउला भन्ने चिन्ता नलिन पनि उनले आग्रह गरे । उनले अब कांग्रेस र एमालेसँग मिलेर चुनाव नलड्ने प्रचण्डले भने । जति सिट ल्याए पनि एक्लै लड्ने उनले बताए ।

काठमाडौं : ठगी तथा संगठित अपराध कसूर मुद्दाका फरार प्रतिवादी तनहुँ भानु नगरपालिका-८ बगालेफाँट घर भएका ४८ वर्षीय राम बहादुर खनाललाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । 

सुर्यदर्शन वचत तथा ऋण सहकारीमा रकम ठगी तथा संगठित अपराध सम्बन्धी कसूर मुद्दाको अनुसन्धानको क्रममा वारदातमा संलग्न नेचर हवर्स इन्टरनेशनल प्रालि र गोरखा ग्रुप अफ कम्पनी लिमिटेडको संचालक एवं शेयरधनी राम बहादुरलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-३ पानीपोखरीबाट पक्राउ गरेको हो । 

उनलाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय कास्की पठाइएको छ । 

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।