२०८३ बैशाख १७ बिहीबार
२०८३ बैशाख १७ बिहीबार

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अनुसन्धानका लागि थप ७ दिन म्याद थपिएको छ । जिल्ला अदालत, कास्कीका ६ नम्बर न्यायाशीध चन्द्रकान्त पौडेलको इजलासले रवि सहित छविलाल जोशी र लीला पछाई‌लाई पनि थप ७ दिन म्याद थप्न अनुमति दिएको हो ।

पोखरास्थित सूर्यदर्शन सहकारीको रकम हिनामिना प्रकरणमा लामिछाने कात्तिक २ गते पक्राउ परेका थिए । उनलाई सोही दिन राति पोखरा लगिएको थियो । शनिबार सार्वजनिक बिदा परेकाले आइतबार अदालतमा उपस्थित गराइएको थियो ।

अदालतले प्रहरीलाई अनुसन्धानका लागि भने पक्राउ परेकै दिन अर्थात् शुक्रबारबाटै गणना हुने गरी ६ दिन म्याद दिएको थियो । आज म्याद थप भए सँगैं लामिछाने तिहारसम्म रिहा नहुने भएका छन् ।

७ दिनको म्याद पाएको प्रहरीले रविलाई कात्तिक १४ गतेसम्म हिरासतमा राख्नेछ ।

तर, कात्तिक १५ गतेदेखि तिहार बिदा सुरु हुने भएकाले उनलाई सात दिने म्याद सकिएलगत्तै प्रहरीले अदालतमा उपस्थित गराउन नमिल्ने देखिएको हो । तिहार बिदापछि कात्तिक २० गतेमात्र सरकारी कार्यालय खुल्ने छ ।

रामेछाप जिल्ला नेपालको प्रदेश नं ३ (हाल बागमती प्रदेश) अन्तर्गतको मध्य पहाडी जिल्ला हो। यो जिल्ला काठमाडौं उपत्यकादेखि करिब १३२ किलोमिटर पूर्वमा अवस्थित छ । रामेछापको प्रमुख प्रशासनिक केन्द्र मन्थली हो । जसलाई हाल जिल्ला सदरमुकामको रूपमा चिनिन्छ।

रामेछाप जिल्लाको सदरमुकाम मन्थली विश्वकै सर्वोच्च शिखर सगरमाथा क्षेत्रको प्रमुख प्रवेशद्वारको रूपमा परिचित छ। यो नेपालका प्रमुख पर्वतारोहणको गन्तव्यहरूमा एक हो । र, सगरमाथा (एभरेस्ट) ट्रेकिङ गर्नेहरूको लागि पहिलो गन्तव्यको रूपमा काम गर्छ। लुक्ला जानका लागि प्रमुख प्रवेशद्वार मन्थली रहेको छ , जहाँबाट पर्यटकहरू लुक्ला जानका लागि यात्रा सुरु गर्छन् । प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता, र धार्मिक स्थलहरूले यो क्षेत्रलाई पर्यटकीय गन्तव्यको रूपमा उभ्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छन्। यद्यपि, अहिलेको अवस्थामा यस क्षेत्रको पर्यटन उद्योगले पर्याप्त ध्यान पाएको छैन, यहाँ विभिन्न प्राकृतिक, सांस्कृतिक र ऐतिहासिक स्थलहरू रहेका छन्, जसले पर्यटन क्षेत्रलाई विकास गर्न ठूलो अवसर दिन सक्छ।

रामेछापले पर्यटन क्षेत्रमा निम्न लाभहरू उठाउन सक्छ

१. प्राकृतिक सौन्दर्यको खानी

रामेछापमा रहेको हरियाली, हिमाली दृश्य, र मनोरम भू-दृश्यले पर्यटकहरूलाई आकर्षित गर्न सक्ने ठूलो क्षमता बोकेको छ। दोरम्बा सैलुङ र ठोसे क्षेत्रमा रमणीय दृश्यावली र पदयात्राका मार्गहरू छन् । जसले ट्रेकिङ प्रेमीहरूलाई आकर्षित गर्न सक्छ। विशेष गरी, हिमाली दृश्यावलोकनका लागि यो जिल्ला उपयुक्त स्थान मानिन्छ।

२. सस्कृति प्रस्तुतन र प्रवर्द्धन

रामेछापमा सांस्कृतिक पर्यटनको राम्रो सम्भावना छ, किनकि यो क्षेत्र विविध सांस्कृतिक परम्परा, जातीयता, र स्थानीय जीवनशैलीले भरिपूर्ण छ।
रामेछाप विभिन्न जातीय समूहहरूको घर हो, जहाँ शेर्पा, तामाङ, मगर, र अन्य समुदायहरूको अनौठो जीवनशैली र परम्पराहरू पाइन्छन्। पर्यटकहरूका लागि यी समुदायका कला, संगीत, परम्परागत भेषभूषा, र स्थानीय पर्वहरू विशेष आकर्षणका केन्द्र बन्न सक्छन्। विभिन्न जातीय समूहहरूको जीवनशैली, कला, र परम्पराहरूलाई पर्यटनसँग जोड्न सकिन्छ। ती समुदायहरूको जीवनशैली, कला, र संस्कृतिको अध्ययन गर्न पर्यटकहरू आकर्षित हुन सक्छन्। यदि पर्यटकहरू विच विविध सांस्कृतिक परम्परा, संगीत, नृत्य, परम्परागत भेषभूषा, प्रस्तुतन गर्न सके र सांस्कृतिक पर्यटनलाई प्रवर्द्धन गर्न ध्यान दिइयो भने, स्थानीय संस्कृति र परम्परालाई जगेर्ना गर्दै आर्थिक रूपमा फाइदा पनि उठाउन सकिन्छ। सांस्कृतिक विविधता पर्यटनको एक प्रमुख आकर्षण बन्न सक्छ।.

३. धार्मिक स्थलहरूको प्रचार-प्रसार

धार्मिक दृष्टिले पनि रामेछाप महत्वपूर्ण छ। रामेछाप जिल्लामा धार्मिक पर्यटनको पनि अत्यधिक सम्भावना छ, किनकि यहाँ धेरै महत्वपूर्ण धार्मिक स्थलहरू, मठमन्दिरहरू, र पवित्र स्थानहरू छन्। यस क्षेत्रका प्रमुख धार्मिक स्थलहरूमा भिमसेन थान, खाँडादेवी मन्दिर, थानापति महादेव मन्दिर र विभिन्न गाउँहरूमा रहेका अन्य पुराना मन्दिरहरू र गुम्बाहरू उल्लेखनीय छन् । यीनिहरूको आ-आफ्नो एउटा छुटै किम्बदन्ती रहेको पाइन्छ र धेरै पुजा गर्ने भक्तजनहरूको भिड लाग्ने गर्छ। यदि धार्मिक स्थलहरूको संरक्षण र मर्मत, पुर्वाधारको विकास, व्यापक प्रचारप्रसार र स्थानिय समुदायको संलग्नता भएमा पर्यटकीय आकर्षण बढाउने, स्थानीय अर्थतन्त्र सुधार गर्ने र धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण गर्न महत्वपूर्ण भूमिका खेल्न सक्छ।

४. एड्भेन्चर पर्यटनको सम्भावना

प्राकृतिक भू-दृश्यले साहसिक पर्यटन (एड्भेन्चर टुरिजम) का लागि पनि ठूलो सम्भावना दिन्छ। पर्वतीय क्षेत्रहरूमा पर्वतारोहण, रक क्लाइम्बिङ, र पदयात्रा जस्ता गतिविधिहरू लोकप्रिय हुन सक्छन्। साथै, तामाकोशी नदीमा जल क्रीडाका गतिविधिहरू (रिभर राफ्टिङ)पनि सञ्चालन गर्न सकिन्छ। साहसिक पर्यटकहरूलाई आकर्षित गर्न यस्ता गतिविधिहरू प्रभावकारी साबित हुन सक्छन्।

५. एकान्त र शान्ति खोज्ने पर्यटकहरूका लागि उपयुक्त

रामेछापका कतिपय भागहरू अझै विकासको मुख्य धारा बाहिर छन्, जसले शान्त र एकान्त खोज्ने पर्यटकहरूको लागि यो क्षेत्रलाई आदर्श बनाउँछ। विशेषगरी, नगरीकरणबाट टाढा रहन चाहने पर्यटकहरूको लागि प्रकृतिको गोदमा आराम गर्ने अवसर प्रदान गर्न सकिन्छ।

६. पूर्वाधारको विकास आवश्यक

पर्यटन विकासका लागि स्थानीय पूर्वाधारहरूको विकास अपरिहार्य छ। सडक यातायातको पहुँच विस्तार, पर्यटक सूचना केन्द्रहरूको स्थापना, र स्थानीय होटेल तथा होमस्टेहरूमा सुधार गर्न सकेमा यस क्षेत्रको पर्यटनलाई निकै लाभ हुनेछ। साथै, स्थानीय समुदायलाई पर्यटन विकासमा सहभागी गराउन सक्ने कार्यक्रमहरू सञ्चालन गर्न आवश्यक छ।

नेपालका अन्य प्रमुख पर्यटकीय गन्तव्यहरू जस्तै रामेछाप जिल्लाले पनि पर्यटकीय गन्तव्यको बन्ने ठूलो सम्भावना कोकेको छ । प्राकृतिक सुन्दरता, सांस्कृतिक विविधता, र धार्मिक महत्त्वले यस जिल्लालाई विशेष महत्व दिएके छ । स्थानीय सरकारले पूर्वाधारमा लगानी गर्दै पर्यटकीय गतिविधिहरूको प्रवर्द्धन गर्न सकेमा रामेछाप जिल्लाले पर्यटन उद्योगबाट ठूलो लाभ लिन सक्ने सम्भावना छ । (लेखक जोहोनसोन कार्की माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको रामेछाप जिल्ला कमिटिका सह-सचिव हुन् ।)

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १८ दशमलव २५ अङ्कले ओरालो लागेर दुई हजार छ सय २७ दशमलव १४ मा पुगेको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ९९ अङ्कले ओरालो लागेर चार सय ७४ दशमलव २६ मा सिमित भएको छ । कारोबार भएका १३ उपसमूहमध्ये जलविद्युत् उपसमूहको मात्रै शेयर मूल्यमा वृद्धि भएको छ ।

कूल एक करोड २२ लाख ८३ हजार छ सय २३ कित्ता शेयर रु पाँच अर्ब ४१ करोड ९१ लाख चार हजार एक सय ५७ मूल्यमा कारोबार भएको छ । नेप्सेका अनुसार नेपाल एसबिआई बैंक नौ दशमलव ७५, पिपल्स पावर सात दशमलव ८८, सनराइज ब्ल्यूचिप फण्ड सात दशमलव ६७, समृद्धि फाइनान्स कम्पनी छ दशमलव १८ र आरबिबी म्युचुअल फण्ड–एकका लगानीकर्ताले छ दशमलव शून्य एक प्रतिशतले कमाएका छन् ।

रावा इनर्जी १०, एनआइबिएल समृद्धि फण्ड–दोस्रो पाँच दशमलव ७३, कर्पोरेट डेभलपमेन्ट बैंक चार दशमलव ९०, गुडविल फाइनान्स चार दशमलव ५१ र सुपरमाई हाइड्रोपावरका लगानीकर्ताले चार दशमलव २१ प्रतिशतले गुमाएका छन् ।

काठमाडौं । माल्दिभ्सको पोस्टमा एक दर्जन गोल गर्दै भुटान साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएको खेलमा भुटानले माल्दिभ्सलाई १३–० को फराकिलो अन्तरले पराजित गरेको हो ।

यससँगै ३ अंक प्राप्त गरेको भुटान समूह ‘बी’को शीर्ष स्थानमा उक्लिएको छ। ४ अंक भएको नेपाल दोस्रो स्थानमा झरेको छ ।

अब समूह ‘बी’को विजेता र उपविजेताको छिनोफानो हुन बेलुकी साढे ५ बजे नेपाल र श्रीलंकाबीचको खेल कुर्नुपर्ने हुन्छ ।

यसअघि नै समूह ‘ए’बाट बंगलादेश समूह विजेता र भारत उपविजेता बन्दै सेमिफाइनल पुगिसकेको छ । आइतबार सेमिफाइनलको दुबै खेल हुनेछन् ।

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल पुलिस स्कुल शान्तिपुर चितवनको नवनिर्मित छात्रावास भवनको बिहीबार आयोजित एक कार्यक्रमबीच उद्‍घाटन गर्नुभयो । साथै उहाँले उक्त नवनिर्मित भवनको निरीक्षण समेत गर्नुभयो ।

उक्त अवसरमा प्रहरी महानिरीक्षक कुँवरले स्कुलले स्थापनाको छोटो समयमा शैक्षिक क्षेत्रको विकास र विस्तारमा महत्वपूर्ण योगदान गरेको चर्चा गर्दै यस नवनिर्मित भवनले स्कुलको शैक्षिक गतिविधि अझ प्रभावकारी र व्यवस्थित हुने अपेक्षा लिएको बताउनुभयो । 

प्रहरी महानिरीक्षक कुँवरले प्रहरी स्कुलप्रतिको अभिभावकको विश्वासलाई कायमै राखी आगामी दिनहरूमा संख्यात्मक तथा गुणात्मक आकार वृद्धिमा केन्द्रित रहन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र विद्यालय परिवारलाई निर्देशन दिनुभयो । प्रहरी कर्मचारीहरू र सर्वसाधारणहरूका सन्ततिलाई उत्कृष्ट शिक्षा प्रदान गरी सक्षम नागरिक बनाउने जिम्मेवारीमा खरो रूपमा उत्रन विद्यालय व्यवस्थापन पक्षलाई समेत उहाँले निर्देशन दिनुभयो । 

बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रमुख प्रहरी नायव महानिरीक्षक कृष्णहरि शर्माले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा भरतपुर महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखा प्रमुख सुवास चन्द्र आचार्य, साविक राष्ट्रिय आधारभूत विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष धर्मनाथ न्यौपाने र अभिभावकको तर्फबाट हरिशचन्द्र दाहालले आ-आफ्नो शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । नेपाल पुलिस स्कुल शान्तिपुर चितवनका प्राचार्य मुकुन्द कुमार गिरीले शैक्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको उक्त कार्यक्रममा विद्यार्थीहरूले विभिन्न नृत्यु प्रस्तुत गरेका थिए । 

प्रहरी कल्याण कोषको ऋण सहयोगमा विद्यालयको आन्तरिक स्रोतबाट कुल ७ करोड ६५ लाख ८५ हजार ७ सय रूपैयाँ ९५ पैंसाको लागतमा उक्त भवन निर्माण कार्य सम्पन्न भएको हो ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरी, प्रहरी नायव महानिरीक्षहरू, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, स्थानीय समाजसेवी, भद्रभलादमी, संचारकर्मी एवं स्थानीयवासीहरूको उपस्थिति रहेको थियो ।

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले बजेट विनियोजन र योजना छनौटलाई प्रभावकारी बनाउने बताएका छन् । उनले आयोजना बैंक स्थापना र प्रभावकारी कार्यान्वयन गरेर बजेट विनियोजनको तयारी भइरहेको बताए ।

बुधबार मुख्यमन्त्री लामाले प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष गंगादत्त नेपालसँग कार्यसम्पादन करार सम्झौता गर्दै आयोजना बैंक स्थापना तथा सञ्चालनलाई प्रभावकारी बनाउन निर्देशन समेत दिए । उनले प्रदेश सरकारलाई नागरिकसम्म जोड्ने र पलदायी योजनाहरू छनौट तथा कार्यक्रम कार्यान्वयनमा सघाउन आयोगले भूमिका निर्वाह गर्नुपर्ने बताए ।

मुख्यमन्त्री लामाले वार्षिक स्वीकृत कार्यक्रमका अलावा प्रदेश सरकारलाई आवश्यक तथ्यांक संकलन तथा सुझावहरू उपलब्ध गराएर नीति आयोगले प्रदेशको विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताए । नयाँ र फरक ढंगका उत्पादन र रोजगारीमा केन्द्रित हुने गरी आयोगले योजना निर्माण तथा बजेट विनियोजनमा सघाउन उनले आग्रह गरे ।

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।