२०८३ बैशाख १७ बिहीबार
२०८३ बैशाख १७ बिहीबार

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छरिएर रहेका माओवादी पार्टीहरूबीचको एकता प्रक्रिया चाँडै टुङ्गोमा पुग्ने बताएका छन् ।

चितवनको भरतपुर महानगरपालिका–१३ मा बेपत्ता योद्धा दण्डपाणि न्यौपाने स्मृति भवन निर्माणार्थ आयोजना गरिएको जनसांस्कृतिक कार्यक्रममा उनले हिजो एउटै ‘स्कुलिङ’बाट आएका तर हाल विभक्त रहेका माओवादीहरू एकताबद्ध भएर जानुपर्नेमा जोड दिए ।

अध्यक्ष प्रचण्डले सबै एकीकृत भएर मात्रै समाजवादी क्रान्तिको तयारीमा लाग्न सकिने उल्लेख गरे । “शान्ति सम्झौतामा आउँदा गणतन्त्रमा जाने सहमति भए पनि त्यसलाई जनताको गणतन्त्र बनाउने वा अरूकै भन्ने विषयमा कुनै विन्दुमा पुगेर सङ्घर्ष हुन्छ भन्ने विश्लेषण गरिएको थियो । अहिले त्यो विन्दुमा पुगेका छौँ । त्यसैले एकताबद्ध भएर अगाडि बढौँ”, उनले भने ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले माओवादी एकताबद्ध भए आगामी निर्वाचनमा पहिलो संविधानसभाको जस्तै अवस्था आउने बताए । जनताको जीवन बदल्ने अभिभारा पूरा गर्न एकता आवश्यक रहेको धारणा राखे ।

माओवादी केन्द्रका उपाध्यक्ष पम्फा भुसालले हजारौँ नागरिकको बलिदानबाट प्राप्त संविधान र सङ्घीयतालाई संस्थागत गर्दै लैजानुपर्ने बताए । त्यसका लागि माओवादी र वामपन्थी एकता जरुरी रहेको उहाँको भनाइ थियो ।

माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्न नयाँ ढङ्गले सोच्ने बेला आएको बताए । उहाँले सबै कम्युनिष्ट नेताहरूसँग छलफल भइरहेको र माओवादी शक्ति सङ्गठित भएर समाजवादी आन्दोलन अघि बढाउनुपर्ने बताए ।

भक्तपुर । जुवा खेलिरहेका पाँच जना पक्राउ भक्तपुरमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।

शनिबार दिउँसो सवा ३ बजे सूर्यविनायक नगरपालिका-८ गणेश मन्दिर नजिकै ‘प्याचा’ नामको जुवा खेलिरहेको अवस्थामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी ढुण्डिराज न्यौपानेले जानकारी दिए।

पाँच जनाबाट प्रहरीले ३ लाख ५६ हजार ५०० रुपैयाँ बरामद गरेको छ।

जुवा खेलिरहेको भन्ने सूचना पाएपछि प्रहरी वृत्त जगातीबाट प्रहरीको टोली खटिएको थियो।


उक्त टोलीले पाँच जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।

पक्राउ पर्नेमा धादिङका दिनेश दाहाल, भक्तपुरका शिवराम श्रेष्ठ, राजु नकर्मी, उमेश श्रेष्ठ र पदम श्रेष्ठ छन्।

काठमाडाैँ । ललितपुरको सातदोबाटोमा यात्रुवाहक बसमा आगलागी भएको छ ।

जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक नवरत्न पौडेलका अनुसार शनिबार अपराह्न ४:४५ बजे ललितपुर महानगरपालिका–१५ सातदोबाटो चाेकनजिक राेकिरहेकाे बसमा आगलागी भएकाे हाे।

प्रारम्भिक अनुसन्धान अनुसार बसकाे अचानक तार सर्ट भई आगाे लागेकाे पाैडेलले बताए।

चक्रपथमा चल्ने महानगर यातायातको बा ४ ख १०६ नम्बरको बस सातदोबाटो बाट ग्वार्कोतर्फ जाँदै गरेकाे थियाे। बसमा आगलागी हुनसाथ ललितपुतर महानगरपालिकाको २ वटा दमकल झिकाएर आगाे नियन्त्रणमा लिइएकाे पाैडेलले बताए।

बसमा आगलागी हुँदा मानवीय क्षति भने भएकाे छैन तर बस पूर्णरुपमा जलेकाे छ।

कास्की । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ परेपछि कार्यकर्ताले पोखरामा विरोध प्रदर्शनको तयारी गरेका छन् । राष्ट्रिय मानव अधिकार चोकमा कार्यकर्ता जम्मा भएका छन् ।

पूर्व गृहमन्त्री समेत रहेका रवि लामिछाने अहिले कास्की प्रहरीको हिरासतमा छन् । उहाँलाई शनिबार बिहान पोखरा ल्याइएको हो । लामिछानेलेलाई आज सार्वजनिक बिदा परेका कारण भोलि (आइतबार) मात्रै अदालतमा उपस्थित गराइने जनाइएको छ ।

सरकारले लामिछानेलाई षड्यन्त्रपूर्ण तवरले पक्राउ गरेको भन्दै उनको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीले पोखरामा विरोध प्रदर्शनको तयारी थालेको हुन् ।

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।