२०८३ बैशाख १८ शुक्रबार
२०८३ बैशाख १८ शुक्रबार

काठमाडौ । आजबाट शुरु भएको १२औं एनएसए पौडी प्रतियोगितामा अजल काजी ताम्रकारले ५० मिटर बटरफ्लाईमा नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन् । 

उनले २६.५५ सेकेन्डको नयाँ कीर्तिमान कायम गरेका हुन् । यस अघि  उनकै नाममा २६.७९ को राष्ट्रिय कीर्तिमान थियो । सो कीर्तिमान उनले २०२३ मा कायम गरेका थिए ।  

नेपाल पौडी संघद्वारा आयोजित प्रतियोगिताको आइतबार युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले उद्घाटन गरेका थिए ।

 प्रतियोगितामा विभिन्न उमेर समूह तथा खुला समेत गरी ७२ स्पर्धामा  प्रतिस्पर्धा भैरहेको छ  । पहिलो दिन ३४ स्पर्धा सकिएका छन् ।

 प्रतियोगितामा २८० जना खेलाडीको सहभागिता रहेकोे आयोजकले जनाएको छ । 

काठमाडौँ । सर्वोच्च अदालतले ‘सिधा कुरा’ अनलाइनबाट प्रसारित सामग्रीबाट अदालतको मानहानि भएको ठहर गरेको छ । अदालतको मानहानी ठहर भएसँगै पत्रकारद्वय नवीन ढुंगाना र युवराज कँडेल जेल चलान भएका छन् । उनीहरू केन्द्रीय कारागार जगन्नाथदेवल चलान भएका हुन् ।

सर्वोच्च अदालतको फैसलालगत्तै पत्रकार ढुंगानाले फैसलालाई सम्मान गर्दै केन्द्रीय कारागार जगन्नाथदेवल चलान भएको फेसबुकमार्फत जनाएका छन् ।

‘सम्मानित सर्वोच्च अदालतको फैसलालाई सम्मान गर्दै म र मेरो प्रकाशक एवम् तपाईंहरूको प्रिय प्रस्तोता युवराज कँडेल केन्द्रीय कारागार जगन्नाथदेवल चलान भएका छौँ ।’

ढुंगाना ‘सिधाकुरा’ अनलाइनका कार्यकारी सम्पादक र कँडेल प्रकाशक तथा प्रस्तोता हुन् । सर्वोच्चका प्रधान न्यायाधीश विश्वम्भवरप्रसाद श्रेष्ठसहित ९ न्यायाधीश संलग्न बृहत् पूर्ण इजलासले आइतबार निर्णय सुनाउँदै विवादित अडियो रेकर्ड गर्ने राजकुमार तिम्सिनालाई ६ महिना कैद सजाय सुनाएको थियो । यसैगरी सिधाकुराका कँडेल र ढुंगानालाई जनही ३ महिना कैद सजाय सुनाएको थियो । यद्यपि, माफी मागे ७ दिन मात्र कैद बस्नुपर्ने फैसलामा उल्लेख छ ।

उनीहरूलाई जनही ५ हजार रुपैयाँ जरिवाना पनि ठहर भएको छ ।

https://drive.google.com/viewerng/viewer?url=https://12khari.top/uploads/pdf/sida_11zon-1727619934.pdf

काठमाडौं । नेपाल पौडी संघको आयोजनामा १२ औँ एनएसए कप पौडी प्रतियोगिता आजबाट शुरु भएको छ ।

सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरको आउटडोर पौडी पोखरीमा आइतबार नेपाल सरकारको युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले एक कार्यक्रमकावीच उद्घाटन गरेका थिए ।

कार्यक्रमको उद्घाटन गर्दै मन्त्री चौधरीले पौडी खेल स्वास्थ्यको साथै आर्थिक रूपमा प्रोत्साहन हुनेगरी आयोजना गर्नुपर्ने बताए ।

उनले कार्यक्रम सफलताको शुभकामना दिँदै खेल सँगै विशेषगरि आर्थिक पाटोलाई बलियो बनाउनुपर्नेमा जोड दिए ।

त्यस्तै नेपाल पौडी संघको अध्यक्ष जगतमान श्रेष्ठले प्रतियोगिताको बारेमा प्रमुख अतिथिको रूपमा उपस्थित मन्त्री चौधरीलाई जानकारी गराउँदै १२ औं एनएसए कप विषेश रूपमा आयोजना गरिएको बताए ।

उनले पौडी संघभित्र विवाद भन्ने कुरा कुरा बाहिर चर्चा रहेकोे भएपनी पौडी संघमा कुनै विवाद नभएको बताए । उनले संघभित्र सानो टेक्निकल समस्या भएकोले अब चाँडै त्यो समस्या हटेर जाने दावी गरे ।

प्रतियोगितामा खुला (महिलापुरुष) र विभिन्न उमेरसमूह (महिलाररुष) गरी कुल ७२ वटा स्पर्धामा प्रतिस्पर्धा हुनेछन् ।

प्रतियोगितामा विभिन्न विद्यालय, पौडी क्लब र प्रदेशबाट कुल २८० जना प्रतिस्पर्धिहरुको सहभागी रहेको छ । प्रतियोगिता सोमबार सम्पन्न हुनेछ ।

काठमाडौं । आज बसेको सर्वदलीय बैठकले बाढी पहिरोबाट प्रभावित भएका र घाइतेलाई तत्काल उद्धार गरी उचित वासस्थान, खाना, पानी र अन्य राहत सामग्री उपलब्ध गराउने निर्णय गरेको छ ।

आइतबार सिंहदरबारमा बसेको बैठकले गन्तव्यमा पुग्न नसकी फसेका यात्रुलाई जिल्ला व्यवस्थापन सिमिति, यातायात व्यवसायी संघ र प्रदेश व्यवस्थापन समिति र सुरक्षाकर्मीको संयुक्त पहलमा गन्तव्यमा पुर्‍याउने निर्णय भएको छ ।

सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङका अनुसार, भौतिक पूर्वाधार मन्त्रालयले पहिरो पन्छाएर आवागमन सुचारु गर्ने निर्णय भएको छ ।

यस्ता छन् सर्वदलीय बैठकका निर्णयहरू :

१. अविरल वर्षाको कारण आएको बाढी पहिरोमा परी ज्यान गुमाउनुभएका सम्पूर्णजनमा हार्दिक श्रद्दाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछौं ।सम्पूर्ण घाइतेहरूको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछौं ।

२. अविरल वर्षाको कारण आएको बाढी पहिरोमा परी प्रभावित भएका र घाइते भएकाहरूलाई तत्काल उद्धार गरी उचित वासस्थान, खाना, पानी र अन्य राहत सामाग्री उपलब्ध गराउने ।

३. वर्षाका कारण गएको पहिरो र बाढीले आवागमन अवरुद्ध भई गन्तब्यमा पुग्न नसकी अलपत्र परेका यात्रुहरूलाई सम्बन्धित जिल्ला विपद व्यवस्थापन समिति, जिल्लाको यातायात व्यवसायी संघ र सुरक्षाकर्मीको संयुक्त प्रयासमा गन्तव्यमा पुर्‍याउने ।

४. देशको राजधानीलाई बाँकी भूभागसँग जोड्ने सबैजसो राजमार्गहरूमा सानो ठूलो रोकावट आई आवागमन अवरुद्ध हुन गएको वर्तमान अवस्थालाई तत्काल सम्बोधन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आफ्नो सम्पूर्ण संयन्त्र प्रयोग गरी तत्काल पहिरो पन्छाई बाटो खुलाई आवागमन सूचारु गर्ने । यसै गरी उर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालयले क्षति ग्रस्त प्रसारण लाईन र विद्युत गृहहरूको मर्मत संभार गरी विद्युत आपूर्ती र सूचना तथा संचार प्रविधि मन्त्रालयले अवरुद्ध इन्टरनेट र टेलिफोन सेवा यथासक्य छिटो सूचारु गर्ने । बाढी र पहिरोको कारण क्षतिग्रस्त भएका खानेपानी प्रणालीको मर्मत संभार गरी खानेपानी आपूर्ती गर्न खानेपानी मन्त्रालयले आवश्यक कार्य गर्ने ।

५. मौसममा क्रमिक सुधार आईरहेको भएतापनि विनाशकारी बाढीका कारण सिर्जित विषम परिस्थितीमा जनस्वास्थ्यको सवाल अहम हुने भएकोले विपद पछिको महामारीको संभावनालाई न्यूनीकरण गर्न स्थानीय तह र प्रदेश सरकारसँगको समन्वयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आवश्यक निरोधात्मक र उपचारात्मक दुबै विधी प्रयोग गरी प्रभावित क्षेत्रमा ‍औषधी उपचार र आवश्यक जनशक्ति र उपकरणको व्यवस्था गर्ने ।

६. विपदको चपेटामा परेका सर्वसाधारण र आउँदै गरेको दशै, तिहार, छठ जस्ता पर्वहरूलाई समेत लक्षित गरी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले निजी क्षेत्रको समेत सहभागितामा खाद्यान्न, तरकारी, फलफूल, ग्याँस लगायत अत्यावश्यक दैनिक उपभोग्यका सामानहरू सूपथ मूल्यमा सजिलै सँग प्राप्त गर्न सक्ने व्यवस्था मिलाउने ।

७. बाढीका कारण क्षतिग्रस्त पूल, सडक, विद्यालय, स्वास्थ्य चौकी, सुरक्षा निकायको भवन, विद्युत संरचना लगायत पूर्वाधार र कृषि तथा पशुपन्छी क्षेत्रमा भएको क्षतिको विवरण सम्बन्धित मन्त्रालयले संकलन गरि पुनर्निर्माणको लागि आवश्यक प्रकृया अघि बढाउने ।

८. बाढीपहिरोबाट घरवास गुमाएका पीडितहरूका पुनर्स्थापनाका लागि राष्ट्रिय जोखिम न्यूनिकरण तथा विपद व्यवस्थापन प्राधिकरण सँगको समन्वयमा शहरी विकास मन्त्रालयले उचित आवासको प्रबन्ध गर्न आवश्यक प्रकृया अगाडी बढाउने ।

९. विपतको यस घडीमा सबै राजनीतिक दलहरू, तीनै तहको सरकार र नीजि क्षेत्र समेतको समन्वयात्मक एवं एकीकृत प्रयासमा उद्धार,राहत र पुनर्स्थापनाको काम गर्ने । प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सहयोग गर्न सम्पूर्ण नीजि क्षेत्र, आम नागरिक र संघसंस्थाहरूलाई अपिल गर्ने ।

काठमाडौं । अविरल वर्षाका कारण ऊर्जा क्षेत्रमा बाढी र पहिरोले २ अर्ब ४५ करोड रुपैयाँ हाराहारी क्षति भएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ ।

आज ऊर्जामन्त्री दीपक खड्काका अनुसार अहिले ११ सय मेगावाट बिजुली उत्पादन रोकिएको छ । सिँचाइतर्फ १ अर्ब ३५ करोड बराबर क्षति आकलन गरिएको छ ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार अहिले तामाकोसी जलविद्युत् आयोजना बन्द भएको छ । पछिल्लो तीन दिनयता बन्द रहेको तामाकोसी लामो समय बन्द गर्नुपरे लोड व्यवस्थापनमै समस्या हुने देखिएको उनले बताए ।

उनका अनुसार काबेली करिडोरमा दुई टावरमा क्षति भएको छ । इलाम र पाँचथर फिदिममा बिजुली सेवा अवरुद्ध छ । त्यहाँ सेवा सुचारु गर्ने प्रयास भइरहेको छ ।

उता, तामाकोसी नदीले खिम्ती लामोसाँघु टावर बगाएका कारण २ सय मेगावाट ऊर्जामा समेत अवरोध भएको छ । त्यहाँबाट बिजुली काठमाडौं ल्याउने गरिएको छ । तामाकोसीले थप ८ सय मेगावाट बिजुली प्रसारण गर्ने टावर जोखिममा रहेको समेत ऊर्जा मन्त्रालयले जनाएको छ । १ हजार १० मेगावाट विद्युत् जडित क्षमताका १५ निर्माणाधीन आयोजनामा समेत क्षति पुगेको छ ।

काठमाडौं । नेपाल पौडी संघको आयोजनामा १२ औँ एनएसए कप पौडी प्रतियोगिता आजबाट शुरु भएको छ ।

सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरको आउटडोर पौडी पोखरीमा आइतबार बिहान ८ बजेबाट शुरु भएको प्रतियोगितामा हालसम्म २१ वटा खेल सम्पन्न भएको आयोजकले जनाएको छ । खुला (महिला/पुरुष) र विभिन्न उमेरसमूह (महिला/रुष) गरी कुल ७२ वटा स्पर्धामा प्रतिस्पर्धा हुनेछन् ।

त्यस्तै प्रतियोगिताको औपचारीक रुपमा उद्घाटन आजै अपरान्ह चार बजे नेपाल सरकारको युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले गर्ने तयारी रहेको आयोजक पौडी संघका सचिव गंगालाल गोलेले जानकारी दिए ।

प्रतियोगितामा विभिन्न विद्यालय, पौडी क्लब र प्रदेशबाट कुल २८० जना प्रतिस्पर्धिहरुको सहभागी रहेको छ । प्रतियोगिता सोमबार सम्पन्न हुनेछ ।

काठमाडौं । नेपाल पौडी संघको आयोजनामा १२ औँ एनएसए कप पौडी प्रतियोगिता आजबाट शुरु भएको छ ।

सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरको आउटडोर पौडी पोखरीमा आइतबार बिहान ८ बजेबाट शुरु भएको प्रतियोगितामा हालसम्म २१ वटा खेल सम्पन्न भएको आयोजकले जनाएको छ । खुला (महिला/पुरुष) र विभिन्न उमेरसमूह (महिला/रुष) गरी कुल ७२ वटा स्पर्धामा प्रतिस्पर्धा हुनेछन् ।

त्यस्तै प्रतियोगिताको औपचारीक रुपमा उद्घाटन आजै अपरान्ह चार बजे नेपाल सरकारको युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले गर्ने तयारी रहेको आयोजक पौडी संघका सचिव गंगालाल गोलेले जानकारी दिए ।

प्रतियोगितामा विभिन्न विद्यालय, पौडी क्लब र प्रदेशबाट कुल २८० जना प्रतिस्पर्धिहरुको सहभागी रहेको छ । प्रतियोगिता सोमबार सम्पन्न हुनेछ ।

काठमाडौ । समाजसेवी हिक्मत बोहरा(हिलारी) ले वडा दशै तथा शुभ दिपावलीको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।  

सनिवार काठमाडौ स्थितबुढानिलकण्ठमा बोहोराले शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरिएको अनेरास्ववियु आरआर क्याम्पस कमिटीको अध्यक्ष लोकेश खड्काले जानकारी दिए ।  

युवाहरूमाझ लोकप्रिय समाजसेवी हिलारीले आपसमा भाइचारा कायम राख्न दशैको अवसर पारेर शुभकामना आदानप्रदान कार्यक्रम गरिएको बताए ।

प्रकृतिले देशैभर वर्षा गरेर विपत्ति निम्त्याएपनि पूर्वनिर्धारित कार्यक्रम रहेकोले हिलारीले भने भव्यताको साथ सम्पन्न गर्न सफल भएका थिए ।

काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले सर्वदलीय बैठक आह्वान गरेका छन् । आज दिउँसो १ः०० बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बस्ने गरी सर्वदलीय बैठक डाकिएको कार्यवाहक प्रधानमन्त्री सिंहको निजी सचिवालयले जानकारी दिएको छ । अविरल वर्षापछिको बाढीपहिरो एवं विपद्, उद्धार, धनजनको क्षति र राहतका विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गरिएको हो ।

मनसुन सक्रिय भएसँगै बाढी, पहिरो र डुबानले गर्दा देशभरको जनजीवन प्रभावित भएको छ । केही जिल्लामा मानवीय क्षति भएको छ । सडक, पुलपुलेसा पनि भत्किएका छन् । प्राकृतिक विपद्को यो विषम परिस्थितिमा नागरिकको सेवामा सरकार तल्लिन छ । यात्राका क्रममा अलपत्र परेकाहरुलाई उद्धार गरी गन्तव्यमा पुर्‍याउने प्रयास भइरहेको छ । त्यसका लागि गृहमन्त्रालयको समन्वयमा आवश्यक प्रयास जारी रहेको कार्यवाहक प्रधानमन्त्री सिंहको सचिवालयले जनाएको छ ।

कार्यवाहक प्रधानमन्त्री सिंहले शनिबार गृहमन्त्री रमेश लेखक, सुरक्षा अङ्गका प्रमुखहरु, मुख्यसचिव, सचिवलगायतबाट देशभरको विपद्को अवस्थाबारे जानकारी लिएका छन् । राष्ट्रिय आपतकालिन कार्य सञ्चालन केन्द्र, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलगायत सबैको समन्वयमार्फत विपद्बाट प्रभावित व्यक्ति एवं परिवारको सेवामा सरकारका सबै अङ्ग पूर्ण रुपमा परिचालन गरिएको उनको सचिवालयले जनाएको छ ।

अहोरात्र सुरक्षाकर्मीहरु उद्धार, खोज, राहत र पुनःस्थापनामा परिचालित भइरहेका, कर्मचारी, सामाजिक सेवाका क्षेत्रमा क्रियाशील संघसंस्था, राजनीतिक दल, नागरिक समाज र स्थानीयबासी आफैं पनि लागिरहेका उल्लेख गर्दै कार्यवाहक प्रधानमन्त्री सिंहले यो विषम परिस्थितिमा विपद्मा परी ज्यान गुमाउनेहरुप्रति नेपाल सरकारकोतर्फबाट हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै सबैलाई संयमित र एकताबद्ध भई पीडितको सेवामा परिचालित हुन आह्वान गरेका छन् ।

मौसमविद्हरुका अनुसार वर्षा अझै पनि जारी रहने भन्ने जानकारी प्राप्त भएकाले थप क्षति हुनबाट जोगिन अत्यावश्यक काम बाहेक हिँडडुल नगर्न उनले सबैमा अनुरोध गरेका छन् ।

काठमाडौं । बाढीपहिरो र डुबानमा परी हालसम्म १०० जनाको मृत्यु भएको छ । ६७ जना बेपत्ता भएका छन् भने १०१ जना घाइते भएका छन् ।

गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार ललितपुरमा १८, धादिङमा १५, काठमाडौंमा २५, काभ्रे १०, मकवानपुर सात, सिन्धुपाल्चोक छ जना, सोलुखुम्बु पाँच, पाँचथर पाँच, भक्तपुर पाँच जनाको मृत्यु भएको छ ।

यस्तै, दोलखामा तीन, सिन्धुलीमा दुई, धनकुटा दुई, महोत्तरी दुई, रामेछाप एक, झापा एक, उदयपुर एक, इलाम एक, सप्तरी एक र नुवाकोटमा एक जनाको मृत्यु भएको उनले जानकारी दिए ।

बाढीपहिरो प्रभावित क्षेत्रमा खोजी र उद्धारका लागि ९,९८३ सुरक्षाकर्मी परिचालन गरिएको छ । गृहमन्त्रालयका अनुसार हालसम्म तीन हजार ३९ जनाको उद्धार गरिएको छ ।– रासस

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।