२०८३ बैशाख १७ बिहीबार
२०८३ बैशाख १७ बिहीबार

काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले विभिन्न खेलका मुख्य प्रशिक्षकसंग प्रशिक्षण, भावी योजना, समस्यालगायतका विषयमा चासो राख्दै बिहीबार छलफल गरेका छन् ।


सो अवसरमा सदस्य–सचिव घिसिङले मुख्य प्रशिक्षकलाई आफ्नो क्षमता सहि ठाउँमा सदुपयोग गर्नु पर्ने सुझाउदै प्रशिक्षकहरुले आवश्यकता अनुसार समय–समयमा रिफ्रेसर कोर्ष गर्नु पर्नेमा जोड दिए ।

उनले विगतको प्रशिक्षण शैलीले मात्र सोचे जस्तो उपलब्धी हासिल गर्न नसकिने बताउदै वैज्ञानिक प्रशिक्षणमा विशेष ध्यान दिनु पर्ने आवश्यकता औल्याए । उनले वैज्ञानिक प्रशिक्षणका लागि फिट्नेस सेन्टर निर्माण र सोका लागि आवश्यक पर्ने सामाग्री खरिदको प्रकृया अगाडि बढिसकेको बताए । सदस्य–सचिव घिसिङले मुख्य प्रशिक्षकको प्रगति विवरणका विषयमा जानकारी लिन कम्तीमा माहिनमा एक पटक बैठक समेत राख्ने बताए ।


छलफलमा राखेपअन्तर्गत तालिम तथा प्रशिक्षण विभागका निर्देशक सोभितराज प्रसाईं, उप–निर्देशक विष्णु सिंहसहित भारोत्तोलन, कुस्ती, उसु, भलिबल, क्रिकेट, जुडो, ब्याडमिन्टन, शारीरिक सुगठन, लनटेनिस, टेबलटेनिस, पौडी, जिम्न्याष्टिक, तेक्वान्दो, बास्केटबललगायत खेलका मुख्य प्रशिक्षकको उपस्थिति रहेको थियो ।
सो अवसरमा मुख्य प्रशिक्षकहरुले आ–आफ्नो खेलको अवस्था बारे जानकारी गराउदै समस्या बारे अवगत गराएका थिए ।

https://www.khabarpetika.com/2024/09/26/8108/

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज बिहीबारदेखी चार दिन सम्म भारी वर्षाको जोखिम रहेको बताएपछि राष्ट्रिय विपत जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यात्रा नगर्न आग्रह गरेको छ ।

प्राधिकरणले बिहीबार सुचना जारी गर्दै अत्यन्त जरुरी अवस्थामा बाहेक यात्रा नगर्न आग्रह गरेको हो। प्राधिकरणले शुक्रवार र शनिवार रात्रीकालीन बस सञ्चालन गर्न समेत रोक लगाएको छ ।

वर्षाको उच्च जोखिम रहेका हिमाली र पहाडी जिल्लाहरुमा भोलि र पर्सि ९११ र १२ गते० रात्रिकालीन बस चलाउनमा रोक लगाइएको हो ।

हेर्नुहोस्  सुचना

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय परिस्थिति सामान्य नरहेको बताएका छन् । अनेरास्ववियु (क्रान्तिकारी)को राष्ट्रिय सम्मेलनलाई आज सम्बोधन गर्दै प्रचण्डले विश्वमा देखिएको अस्वस्थ प्रतिष्पर्धाले असर गरेको बताए ।

“नेपालको राष्ट्रिय स्वाधीनतामाथि दबाब र हस्तक्षेप बढ्दै गएका छन् । विदेशी शक्ति केन्द्रको चलखेल बढ्दै छ । राष्ट्रिय स्वाधीनतामाथि चुनौती खडा भएको छ,” उनले भने ।

उनले भारत र चीनसँगको भूराजनीतिक अवस्थितिको केन्द्रविन्दु नेपाल हुन सक्ने खतरा रहेको बताए । दक्षिण एसियालाई कब्जामा लिन शक्ति केन्द्र लागिरहेको दाबी उनको छ ।

उनले विद्यार्थी संगठनलाई सडकको बाघ भएर निस्कन पनि अपिल गरे । प्रचण्डले केही सयममा नै कम्युनिस्ट एकता र मोर्चाबारे नयाँ खबर दिइने बताए ।

“केही समयभित्र तपाईंहरूले नयाँ समाचार सुन्नुहुने छ । एकता र मोर्चाको त्यो अभियानमा हामी लागिरहेका छौँ,” उनले भने ।

काठमाडौं । प्रथम झापा एक–काठमाडौं कप फुटसल प्रतियोगिता २०८१ सन्चालन हुने भएको छ । डिएभी स्कुल जावलाखेल,ललितपुरमा हुने प्रतियोगितामा ३० बर्ष मुनिका खेलाडी रहने छन् । उक्त फुटसल प्रतियोगितामा ७ वटा टिम समावेश हुने भएका छन ।

१२ गते शनिवार सन्चालन हुने उक्त फुटसल प्रतियोगितामा झापा क्षेत्र नं. १ का ७ वटा टिम बिच प्रतिस्पर्धा हुने भएको छ । जसमा क्षेत्र नं. १ का साविकका गाविस शान्तिनगर, बाहुन्डाँगी, धाइजन, मेचिनगर, ज्यामिरगढी, दुहागडी र चन्द्रगडी बीच प्रतिस्पर्धा हुने भएको छ ।

प्रतियोगितामा विजेता हुने टीमले २१ हजार नगद सहित ट्रफी र सम्मानपत्र पाउने छन भने दोश्रो हुने टीमले ११ हजार नगद सहित ट्रफि र सम्मानपत्र पाउने आयोजक संस्था झापा १–काठमाडौं सम्पर्क समितिका  प्रमुख प्रज्वल कोइरालाले जानकारी दिए ।

उक्त अवसरमा झापाका राजनैतिक दलका नेता भर्सेस झापाका कलाकारवीच रोमान्चक मैत्रीपूर्ण  खेल हुनेछ । सो खेलमा राप्रपा अध्यक्ष राजेन्द्र लिङंदेन,काँग्रेस महामन्त्री विश्वप्रकाश शर्मा,एमाले नेता अग्नि खरेल, एलपी साँवा, सहितका नेताहरू खेल्दै हुनुहुन्छ भने कलाकारका तर्फवाट सीताराम कट्टेल, प्रमोद खरेल, एलिना चौहान, विलसन विक्रम राई,टीका भण्डारी,प्रकाश सुवेदी,हेमन्त बुडाथाेकी लगायत भिड्दै हुनुहन्छ । साे अवसरमा सभामुख देवराज घिमिरे र काँग्रेस नेता कृष्ण सिटाैलाकाे पनि उपस्थिति हुने छ ।

साथै पेशा व्यवसायी भर्सेस कर्मचारी, झापा क्षेत्र नं. १ क र ख का महिला टीमबीच मैत्रीपूर्ण खेल समेत हुने भएको छ ।  झापाबाट काठमाडौं आइ बसोबास गर्ने,व्यापार व्यवसाय गर्ने र विद्यार्थीहरुलाई लक्षित गरि उक्त खेलको आयोजना गरिएको छ ।

बडा दशै,तिहार,नेपाल सम्वत र छठको शुभकामना आदान प्रदान गर्ने अवसरको रुपमा झापा १ संघीय सांसद सचिवालय र नेपाली कांग्रेस झापा १–काठमाडौं सम्पर्क समितिले संयुक्त रुपमा प्रतियोगिताको  आयोजना गरेको हो ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गरे सशक्त प्रतिवाद गर्ने जनाएको छ । चीन भ्रमण छोट्याएर बिहीबार स्वदेश फर्किएपछि विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उपसभापति स्वर्णिम वाग्लेले पार्टी सभापति व्यक्ति नभएर संस्था भएकाले सबैले सहयोग गर्नुपर्ने बताए ।

उनले रिसका कारण पार्टी सभापतिमाथि प्रहार भइरहेको आरोप लगाए । आफूहरू सभापतिका लागि एक ठाउँमा रहेको उनको भनाइ छ ।

ूनौ दिनको हाम्रो भ्रमण छोट्याएर पाँचौँ दिनमा यहाँ आएका छौँ । आज आठ जना आएका छौँ । भोलि ६ जना आउनुहुन्छ । घटनाक्रमबारे हामी अवगत नै थियौँ । १४ जना नै बसेर त्यहाँ छलफल गरेका थियौँ । र, यो एक स्वरले यो अप्ठेरो घडीमा पार्टीको सभापति व्यक्ति रवि लामिछाने मात्रै होइन, त्यो संस्था हो । त्यो माथि इगोका कारण प्रहार भएको छ भने हामी एकजुट भएर यसको सामना गर्नुपर्छ,ू उनले भने ।

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपाल उड्डयन प्रशिक्षण प्रतिष्ठानको नाममा रहेको जग्गा फिर्ता ल्याउन पहल गर्ने बताएका छन् ।

बिहीबार नेपाल नागरिक उड्डयन प्रशिक्षण प्रतिष्ठानद्वारा आयोजित एटीसी सिमुलेटर तथा आधारभूत एयर ट्राफिक सर्भिस तालिमको उद्घाटनमा पाण्डेले शैक्षिक प्रतिष्ठानमाथि सरकारले आँखा लगाउन नहुने बताए ।

“नेपाल उड्डयन प्रशिक्षण प्रतिष्ठानको नाममा रहेको जग्गा २०७६ सालमा सरकारले नै फिर्ता लिएको रहेछ । शैक्षिक प्रतिष्ठानको जग्गा कसैले खोस्न मिल्दैन । प्रधानमन्त्री स्वदेश फर्किएपछि उहाँलाई भेटेर फिर्ता ल्याउने प्रक्रियाको बारेमा कुरा गर्छु” उनले भने ।

मन्त्री पाण्डेले प्रतिष्ठानबाट उत्पादित जनशक्तिले नेपाली आकाश सुरक्षित छ भन्ने विश्वास दिलाउन महत्त्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिए । “नागरिक उड्डयन क्षेत्र कमजोर भयो भने धेरै कुरा देखाउन सक्दैनौँ । हामीसँग नेपालको आकाश सुरक्षित भन्ने सन्देश प्रवाह हुने गरी काम गर्न जरूरी छ । नेपाली आकाश सुरक्षित छ भन्ने सन्देश संसारभर फैलाउन जरूरी छ । असुरक्षित छ भन्ने गलत भाष्य र प्रवृत्ति रोक्नुपर्छ” उनले भने ।

काठमाडौं । उपत्यकामा नदी किनारामा २० मिटर मापदण्ड कायम गर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध बिहीबार काठमाडौंमा प्रदर्शन गरिएको छ ।

खोला,नदीको मापदण्ड खारेज गर्नुपर्ने भन्दै गैरन्यायिक सडक तथा मापदण्ड पीडित संघर्ष समितिले काठमाडौंमा प्रदर्शन गरेको हो ।

उनीहरूले खोला मिच्न पाइँदैन, मापदण्डको नाममा जनता विस्थापित गर्न पाइँदैन जस्ता प्लेकार्डसहित प्रदर्शन गरेका थिए ।

संघर्ष समितिका संयोजक सुमन सायमीले खोलारनदीको मापदण्ड खारेज गर्दै जनतालाई न्याय दिनुपर्ने भन्दै प्रदर्शन गरिएको जानकारी दिए ।

मापदण्ड कायम गर्ने सर्वोच्चको संयुक्त इजलासबाट भएको फैसला कार्यान्वयन गर्न नसकिने भन्दै सरकारले पुनरवलोकन निवेदन दिएको छ ।

काठमाडौं । उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले निजी क्षेत्रसँग हातेमालो नगरी मुलुकको विकास सम्भव नरहेको बताएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले निजी क्षेत्रसँग साझेदारी गरेर, निजी क्षेत्रसँग हातेमालो गरेर नै सरकार अघि बढिरहेको बताएका हुन् ।

उनले सरकारले निजी क्षेत्र बेगर मुलुकको विकास सम्भव छैन भन्ने मान्यताका साथ निजी क्षेत्रसँग सहकार्य गर्न हातेमालो गर्न चाहेको बताए । उनले निजी क्षेत्रलाई परेका अफ्ठ्यारा, समस्या र चुनौतिको सामना गर्न सरकार लागिपरेको दाबी गरे । उनले कसैलाई गाली गरेर मात्रै समस्याको समाधान नहुने भन्दै अहिले काम गर्ने बेला भएको बतएका छन् । उनले आन्तरिक वा वाह्य लगानीको सुरक्षा सरकारले लिने प्रतिवद्धता जनाउँदै निजी क्षेत्रको संरक्षण, निजी लगानीको संरक्षण सरकारको दायित्व भएको बताए ।

उनले भने, ‘अहिले पनि सरकार त्यही भनाइमा अडिग छ । निजी क्षेत्रसँग साझेदारी गरेर, निजी क्षेत्रसँग हातेमालो गरेर, निजी क्षेत्र बेगर मुलुकको विकास सम्भव छैन भन्ने मान्यताका साथ सरकार निजी क्षेत्रसँग सहकार्य गर्न चाहन्छ । निजी क्षेत्रलाई परेका अफ्ठ्यारा, समस्या र चुनौतिहरु आउनुस्, बसौँ, छलफल गरौँ । समाधान हामीले खोज्ने हो, कोही आएर खोज्दैन । समाधानतर्फ लागौँ । यहाँ कसैले कसैलाई गाली गरेर हुँदैन । अब काम गर्ने बेला हो । यो मौका पनि छ । भाग्यवश भन्नुपर्छ, छिमेकी हुनुका नाताले हामीले विद्युतको सम्झौता मात्रै गरेको होइन, म त संखुवासभाबाट प्रतिनिधित्व गर्ने मान्छे । अरुण तेस्रो अब एक वर्षमा सम्पन्न हुँदैछ, ९ सय मेगावाटको । अरु दुई वटा आयोजनाहरु त्यही कम्पनीले लिइसकेको छ । अन्य क्षेत्रमा पनि लगानी गर्न चाहनुहुन्छ । यस्तो लगानीको आन्तरिक वा वाह्य लगानीको यि सबै लगानीको सुरक्षा सरकारले लिन सक्नुपर्छ र लिन्छ । सम्माननीय प्रधानमन्त्रीज्युले भन्नुभएको छ, लगानीको सुरक्षा गर्ने र व्यवसायीहरुले बढी भन्दा बढी नाफा कमाउन् भन्ने नै हो । जति बढी निजी क्षेत्रले नाफा कमाउनु हुन्छ, त्यति नै बढी राजश्व तिर्ने हो । त्यहाँबाट मात्रै मुलुकलाई सहयोग पुग्ने हो । निजी क्षेत्रको संरक्षण, निजी लगानीको संरक्षण सरकारको दायित्व हो । सरकार त्यसमा पछि पर्दैन ।’

काठमाडौं : ठगी सम्बन्धी कसूर मुद्दा र जबरजस्ती करणी कसूर सम्बन्धी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका ३ जना फरार प्रतिवादीहरू दुबईबाट पक्राउ परेका छन् । 

पक्राउ पर्नेहरूमा ठगी सम्बन्धी कसूर मुद्दाका फरार प्रतिवादीहरू पाँचथर मिक्लाजुङ गाउँपालिका-४ ठेगाना भएका ४२ वर्षीया भुपेन्द्र बोहोरा र काठमाडौं नागार्जुन नगरपालिका-९ बस्ने २८ वर्षीय रियाज भन्ने कबिर बुढाथोकी तथा जबरजस्ती करणी कसूर सम्बन्धी मुद्दाका फरार प्रतिवादी मकवानपुर ईन्द्रसरोवर गाउँपालिका-५ घर भई हाल काठमाडौं चन्द्रागिरी नगरपालिका-१० बस्ने २६ वर्षीय रोमन कार्की रहेका छन् । उनीहरूलाई सम्बन्धित मुद्दामा कारवाही गर्ने/गराउने प्रयोजनार्थ बुधबार नेपाल फिर्ता ल्याइएको छ । 

पक्राउ परेकामध्ये भुपेन्द्र बोहोरालाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवं पक्राउ गर्नको लागि नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो लाजिम्पाटबाट अनुरोध भएपश्‍चात इन्टरपोल महासचिवालयबाट २०७९ जेठ १६ गते रेड नोटिस जारी भएको थियो । यस्तै काठमाडौं उपत्यका प्रहरी कार्यालय अपराध अनुसन्धान शाखा रानीपोखरीबाट अनुरोध भएपश्‍चात इन्टरपोल महासचिवालयबाट २०७० साउन २४ गते कबिर बुढाथोकी र २०८१ असार १२ गते रोमन कार्की विरुद्द रेड नोटिस जारी भएको थियो ।

भुपेन्द्रलाई नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोमा तथा कबिर र रोमनलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि बुझाइएको नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ ।  

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।