

काठमाडौ । नेपाली काङ्ग्रेसको सभापति शेर बहादुर देउवाले महामानव,जननायक तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वर प्रसाद कोइरालाको सालिक अनावरण गरेका छन् ।

सनिवार काभ्रेको धुलिखेल नगरपालिका -६ स्थित विपि राजमार्गमा निर्मित बीपीको सालिक सभापति देउवाले अनावरण गरेका हुन् ।
कार्यक्रममा प्रमुख अतिथिको रूपमा उपस्थित सभापति देउवाले धुलिखेलमा बीपीको सालिक अनावरण गर्नु गौरवको विषय रहेकोे बताए । काङ्ग्रेसले जनताको काम गरेर अगाडि बढ्नुपर्ने उनको भनाइ छ ।
याे पनि पढ्नुहाेस :‘कांग्रेसले गफ बढी गर्छ, काम गर्दैन भन्छन्-अरू बढी काम गर्नुर्यो’

कार्यक्रमलाई सम्बोधन गर्दै काङ्ग्रेस काभ्रेको जिल्ला सभापति तीर्थ लामाले सम्पुर्ण काङ्ग्रेस एकजुट भएर अगाडि बढ्नुपर्ने कुरामा जोड दिए ।

सभापति लामाले २०७९ को निर्वाचनमा काङ्ग्रेस काभ्रे जिल्लामा पहिलो भएको बताउँदै एकढिक्का भएर अगाडि बढ्न सकेमा काङ्ग्रेसलाई कसैले रोक्न नसकिने बताए ।
२०७१ सालमा शिलान्यास गरिएको प्रतिमा ९ बर्षपछी निर्माण सम्पन्न गरी अनावरण गरिएको बीपी कोइराला प्रतिमा निर्माण समितिका अध्यक्ष जितकृष्ण श्रेष्ठले जानकारी दिए ।
अनावरण कार्यक्रममा नेपाली कांग्रेसका नेता एवं बीपी पुत्र शशाङ्क कोइराला, केन्द्रीय सदस्यहरू मोहनबहादुर बस्नेत, शिवप्रसाद हुमागाई, उमेश श्रेष्ठ, मधु आचार्य, गणेश लामा, जिल्ला सभापति तीर्थ लामा लगायतका नेता कार्यकर्ताको सहभागिता थियो ।
विराटनगर । एनवाइइएफ विराटनगर च्याप्टरले आयोजना गरेको अन्तर बैंक फुटसल प्रतियोगिताको उपाधि एनआइसी एसियाले जितेको छ ।
विराटनगरको जाम्बोरी नेक्सर लाउन्ज (जेएनएल) मा आयोजना भएको फुटसलको फाइनलमा एनआइसी एसियाले एनएमबी बैंकलाई २–१ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो । उपाधि विजेता एनआईसी एसिया बैंकले नगद ५० हजार जितेको छ ।
यसैगरी उपविजेता एनएमबीले २५ हजार प्राप्त गर्न सफल भयो । प्रतियोगितामा उपाधि दिलाउन नसके पनि एनएमबी बैंकका मिनराज रेग्मी सर्वाधिक गोलस्कोरर बने । यसैगरी उत्कृष्ट गोलकिपरको उपाधि भने एनआइसी एसिया बैंकका सविन श्रेष्ठले जिते । उत्कृष्ट दुवै खेलाडीले जनही ५ हजार रुपैयाँ नगद पुरस्कार पाएका छन् । प्रतियोगितामा १५ वैंकको सहभागिता रहेको थियो ।
एनवाइईएफ विराटनगर च्याप्टर युवा व्यवसायीहरूको समूह हो । जसले विराटनगर र वरपरको क्षेत्रको आर्थिक तथा सामाजिक क्षेत्रमा काम गर्दै आएको छ ।
काठमाडौं । नौपटककी टेबलटेनिस राष्ट्रिय च्याम्पियन नबिता श्रेष्ठ प्रबन्ध निर्देशक रहेको स्ट्याग च्याम्पियन्स टेबलटेनिस एकेडेमी प्रा.लि. को आयोजनामा हुने स्ट्याग ग्लोबल च्याम्पियन्स टेबलटेनिस लिग– सिजन २ का लागि सह–प्रायोजन सम्बन्धी सम्झौता शनिबार भएको छ ।
आयोजक एकेडेमी र तीन सह–प्रायोजकबीच सम्झौता भयो । आयोजक एकेडेमीकी प्रबन्ध निर्देशक श्रेष्ठ, समाजसेवी एवं अखिल नेपाल टेबलटेनिस संघका उपाध्यक्ष सुमन खड्गी, मेटल सेपरका प्रबन्ध निर्देशक निरज जोशी र नेपाली घर होटल प्रा.लि., ठमेलका महाप्रबन्धक राजीव श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
उपाध्यक्ष खड्गीले प्रतियोगिताको कुल बजेट १९ लाख ५५ हजार मध्ये २० प्रतिशत ३ लाख ९१ हजार रुपैयाँ उपलब्ध गराउने छन् । मेटल सेपरले ट्रफी व्यवस्थापन गर्ने छ । आतिथ्य सोझेदारका रुपमा रहेको नेपाली घरले प्रतियोगितामा सहभागी हुने विदेशी खेलाडीको खाना र बसोवासको व्यवस्थापन गर्ने छ । मुख्य प्रायोजक तथा इक्विप्मेन्ट पार्टनरमा स्ट्याग ग्लोबल प्रा.लि., भारत रहेको छ । स्ट्यागले प्रतियोगितालाई आवश्यक पर्ने टेबलटेनिस टेबल, बल, स्कोर बोर्ड, तावेल बक्स, अफिसियल किटलगायत प्रदान गर्ने प्रबन्ध निर्देशक श्रेष्ठले पत्रकार सम्मेलनमा जानकारी गराइन् ।
प्रतियोगितामा ७ टिमको सहभागिता रहने छ । सहभागी टिमहरुमा नेपाल प्रहरी क्लब, नेपाल एपीएफ क्लब, ज्ञान भैरव डिल्ली बजार टेबलटेनिस क्लब, यल टेबलटेनिस, होप्स टेबलटेनिस एकेडेमी, रेड टाइल्स र आयोजक स्ट्याग रहेका छन् । प्रहरी, एपीएफ र स्ट्यागले समान १–१ पुरुष÷महिला विदेशी खेलाडी पनि अनुबन्ध गरेको जानकारी दिइयो ।
सहभागी टिमबीच पहिले राउन्ड रोविन लिग हुनेछ । लिगमा शीर्ष ४ स्थानमा रहने टिम सेमिफाइनलमा प्रवेश गर्ने छन् । एक टिमले समान २–२ पुरुष÷महिला सिंगल्स र मिक्स डबल्स गरी ५ खेल खेल्नु पर्ने हुन्छ । विजेताले २ लाख र उपविजेताले १ लाख नगद पुरस्कार प्राप्त गर्ने छन् । सेमिफाइनलमा पराजित हुने दुई टिमलाई समान ५०–५० हजार नगद पुरस्कार प्रदान गरिने छ ।
अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष वृजेन्द्रबहादुर हमालले प्रतियोगितामा संघको प्राविधिक सहयोग रहने बताए । असोज १२ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुनेछ ।
काठमाडौं– वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी क्यानडा पठाइदिन्छु भनी ठगी गरेको अभियोगमा गोरखा आरूघाट गाउँपालिका-१० घर भई हाल काठमाडौं गोकर्णेश्वर नगरपालिका-१ सुन्दरीजल बस्ने ३४ वर्षीय रामहरी भण्डारीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
भण्डारीले क्यानडा पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट १८ लाख ३५ हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं सुन्दरीजलबाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले २०८४ को चुनावबाट नेकपा एमाले निर्णायक शक्ति बन्नुपर्ने बताएकी छन् ।
शनिबार मदन भण्डारी फाउण्डेसले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले ०८४ को चुनावपछि एमालेले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र राष्ट्रियसभा सभा अध्यक्ष सबै पद पाओस् भन्ने शुभकामना दिएकी छन् ।
‘एमाले आगामी निर्वाचनबाट मुलुकमा राष्ट्रिय निर्णायक शक्ति बनोस धेरै शुभकामना छ । यस्तो बनाउनुुस् । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभा अध्यक्ष सबै बनाएर मुलुकको अर्थतन्त्रलाई मजबुत बनाउनुस् । मेरो यो मदनभण्डारी फाउण्डेसनको रजत जयन्तीको अवसरमा शुभकामना पनि हो ’, उनले भनिन् ।
एमालेको सदस्य भएर आफू नेपालको पहिलो महिला राष्ट्रपति भएको भन्दै उनले अब एमालेले अर्को राष्ट्रपति पनि बनाउनुपर्ने बताइन् ।
काठमाडौँ । प्रमुख सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस–एमालेको सत्ता सहकार्यले मुलुकमा सकारात्मक सन्देश दिएको बताएका छन् ।

शनिवार काभ्रेको धुलिखेलमा बीपी कोइरालाको सालिक अनावरण कार्यक्रममा उनले सत्ता सहकार्य गरेर दलहरूले जनताको पक्षमा काम गर्नुपर्ने बताएका हुन् ।
सभापति देउवाले सत्ताका लागि कचकच भइरहेका बेला दुई ठुला पार्टीबिचको गठबन्धनले जनतामा आनन्द र खुसी छाएको सबताए । सभापति देउवाले पार्टीलाई आगामी निर्वाचनमा कम्तीमा पहिलो पार्टी बनाउने गरी मेहनत गरेर जनताको पक्षमा खटिएर काम गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए ।

उनले भने, ‘ दुई वटै पार्टी मिल्दा खेरी के हुन्छ भन्ने चिन्ता पनि छ मानिसहरूलाई । तर प्रतिस्पर्धी पार्टी मिल्दा खेरी देशभरिमा नै मैले थाहा पाए अनुसार त नेपाली जनताहरू खुसी भएका छन् । कति कचकच गर्ने, दुई वटा पार्टी मिलेका छन् आनन्द भएको छ भन्नेहरू छन् यहाँ । त्यस कारण दुई वटा पार्टी मिलेर देशभरमा एउटा सकारात्मक सन्देश दिएको छ । तर हामीले काम पनि त्यही अनुसार गर्नु पर्यो । कांग्रेसले कामै गर्दैन भन्छन् है विचार गर्नु । कांग्रेसले गफ बढी गर्छ, काम गर्दैन । अनि खाइदेला नि अरू पार्टीले । त्यस कारणले कांग्रेसले अरू बढी काम गर्नुर्यो । जनतासँगको सम्बन्ध बढाउनु पर्यो । जनताको दिल जित्नुपर्यो । जनताको कामहरू गर्नुर्यो । त्यस कारण जनताको कामहरू हामीले गर्दै जानुपर्दछ ।’





