२०८३ बैशाख १८ शुक्रबार
२०८३ बैशाख १८ शुक्रबार

काठमाडौं । काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका ६ मुलपानीबाट बुधबार मोटरसाइकल चोरीमा संलग्न एक जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा

शंकास्पद अवस्थामा बागमती प्रदेश-०२-०३७ प ९६९६ नम्बरको मोटरसाइकल चलाइरहेका मुलपानीमै बस्ने पर्साको ठोरी गाउँपालिका ३ का ४० वर्षीय कृति बहादुर थापालाई बुधबार दिउँसो ३ बजे ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।

वास्तविक नम्बर बागमती प्रदेश-०२-०३५ प ५१७५ रहेको उक्त मोटरसाइकल काठमाडौँकै नयाँ बानेश्वर स्थित पिपलबोटबाट हराएको
भनि काठमाडौँकै गोकर्णेश्वर नगरपालिका ५ बस्ने चन्द्र प्रसाद तिमिल्सिनाले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा
खोजतलासको लागि निवेदन दिएका थिए ।


उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त बानेश्वर पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी
उपरीक्षक विश्‍वराज खड्काले जानकारी दिए ।

काठमाडौं । रेडियन्ट पब्लिक र रिब्स ३० औं ज्ञान कार्निभल अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको गल्र्समा बुधबार फाइनलमा प्रवेश गरेका छन् ।


रेडियन्टले एनसीसीएसलाई ३९–२८ ले पराजित ग¥यो । रेडियन्टको जितमा दिब्यान्शा कार्कीले २५ अंक योगदान गरिन् । सुजिना लामाको ९ अंक सहयोगमा रिब्सले द चाँदबाग स्कुललाई २०–१७ ले हरायो ।


ब्वाइजमा एलआरआई र पुष्पसदनले उपाधि भिडन्त पक्का गरे । एलआरआईले इन्डियन मोर्डन स्कुल (एमआईएस) लाई ५२–४३ ले पाखा लगायो ।

एलआरआईका रियुची श्रेष्ठले १९ स्कोर गरे । पुष्पसदनले आयोजक ज्ञानोदय बालवाटिकामाथि ५३–५० को कठिन जित दर्ता ग¥यो । पुष्पसदनका उमंग अमात्यले २५ अंक जोडे । फाइनल बिहीबार हुनेछ ।

रामेछाप । मन्थली नगरपालिका वडा न‍‌‍ १० चनखु वडा कार्यालयकाे आयोजनामा हरितालिका तीज विशेष कार्यक्रम सम्पन्न गरेकाे छ ।

बुधबार वडा कार्यालयमा दर सहितकाे व्यवस्था गरी महिला दिदीबहिनीहरुकाे विशेष सम्मानमा कार्यक्रमकाे आयाेजना गरी तीज मनाइएकाे वडाअध्यक्ष गाेपीलाल तामाङले जानकारी दिए ।

कार्यक्रम आयाेजना गरेकाेमा वडा कार्यालय परिवारलाई धन्यवाद दिँदै महिलाहरुले नाचगान गरेका थिए ।

कार्यक्रममा वडाभरिकै महिलाहरुकाे बाक्लाे उपस्थिति रहेकाे वडाअध्यक्ष तामाङले बताए ।

भिडियाेकाे लागि यँहा क्लिक गर्नुहाेस्

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले शिक्षा विधेयकमा प्रस्तावित जिल्ला शिक्षा कार्यालय रहने व्यवस्था हटाउन माग गरेका छन् ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयक २०८० मा परेको संशोधनबारे छलफल गरिरहेको छ ।

संशोधनकर्तामध्ये एक कांग्रेस सांसद थापाले प्रस्तावित जिल्ला शिक्षा कार्यालयलाई संविधानले नै नचिन्ने बताए । उनले भने, ‘जिल्ला शिक्षा कार्यालय पूरै हटाउनुपर्छ । किनभने हाम्रो संविधानले यसलाई मान्दैन ।’

https://www.khabarpetika.com/2024/09/04/7457/

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिस्पर्धी पार्टी भए पनि खासखास कुरामा कांग्रेस र एमालेको एउटै धारणा रहेको बताएका छन् ।

बुधबार नेपाल निजामती कर्मचारी युनियनको कार्यक्रममा देउवाले प्रजातान्त्रिक प्रणालीलाई जोगाउनुपर्नेमा जोड दिए ।

‘एमाले र काँग्रेस पार्टी मुख्य प्रतिष्पर्धी हौं । कति कुरा समस्या हुन सक्छन्’ उनले भने, ‘तर खास खास कुरामा हाम्रो एउटै धारणा भएकाले कुनै समस्या छैन ।’

बहुदलीय प्रजातन्त्रिक प्रणाली र गणतान्त्रिक व्यवस्थाबारे दुई दलमा कुनै मतभेद नरहेको उनले बताए । कांग्रेस सभापति देउवाले अगाडि भने, ‘मलाई विश्वास छ, ओलीजी र मैले मिलेर, अरु साथीहरुले मिलेर पनि अहिले प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रको व्यवस्थालाई अझ बढी स्थायी गराउनुपर्छ ।’

काठमाडौँ । नेपाललाई ऐतिहासिक पदक दिलाउन सफल पलेशा गोवर्धनले आफूमा विश्वास गर्नु नै आफ्नो जितको सबैभन्दा ठूलो हतियार रहेको बताएकी छन् ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा बुधवार आयोजित आफ्नो स्वागत र बधाई कार्यक्रममा पलेशाले पेरिस पारालिम्पिकमा कांस्य पदक जित्नुको आधार नै आफूमाथि विश्वास गर्नु रहेको बताएकी छन् । अब गर्व पूर्वक हामीले नेपालसँग पनि ओलम्पिकको पदक छ भन्नसक्ने अवस्था रहेको बताइन् । आफूबाट देशले पदकको आशा गरेको उल्लेख गर्दै उनले कठिन क्षणमा आफूमाथि विश्वास गर्दा पदक सम्भव भएको बताएकी हुन् ।

पलेशाले पेरिस पारालिम्पिकमा महिला के–४४ विधाअन्तर्गत महिला ५७ केजी तौलसमूहमा काँस्य पदक जितेकी थिइन् । यो पदक नेपाली खेलकुद इतिहासकै सबैभन्दा ठूलो हो । नेपालले ओलम्पिकमा पदक जित्न सक्दैन भन्ने अवस्थामा अब नरहने उनको भनाइ छ ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले नेपाली खेलकुदको एउटा सपनालाई बिपनामा परिवर्तन भएको र यो सफलता प्राप्त गर्न धेरै सङ्घर्ष रहेको धारणा व्यक्त गरे । ओलम्पिकमा पाइला चालेको दशकपछि पलेशाले नयाँ इतिहास रचेको उनले उल्लेख गरे । पदक जितेपछि खेलाडीले पुरस्कार पाउने गरी कानुनी नै निर्माण गरेको र सो अनुरूपमा पलेशाले ६५ लाख नगद पुरस्कार पाउने उनको भनाइ छ । सदस्यसचिव घिसिङले राज्यलाई पलेशाले मायाको चिनो स्वरूप पदक दिएको र त्यसबापत देशलाई उनलाई यो पुरस्कारबाट सम्मान हुने उल्लेख गरे ।

https://www.khabarpetika.com/2024/09/04/7448/
May be an image of 1 person and temple

काठमाडौं । पेरिसमा भएको पारालम्पिक–२०२४ मा नेपाललाई तेक्वान्दोमा कास्यपदक दिलाएकी पलेशा गोवर्धनलाई काठमाडौंमा भब्य स्वागत गरिएको छ । आज बिहान नेपाल फर्किएकी उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि नै गाडीमा राखेर नगर परिक्रमा गराइएको हो । उनलाई खेलकुद मन्त्री, राष्टिय खेलकुद प।िरषद्का पदाधिकारी तथा खेलाडी सुवेच्छुकले स्वागत गरिएको थियो ।

पलेशाले पारातेक्वान्दोको के–४४ क्याटगोरीअन्तर्गत महिला ५७ केजीमुनि ऐतिहासिक कांस्य पदक जितेकी हुन् । पेरिसस्थित ग्रान्ड प्यालेसमा शुक्रबार सम्पन्न रिपेचेजको कांस्य पदक भिडन्तमा पलेशाले सर्बियाकी मरिजा मिसेभलाई १५–८ ले पराजित गर्दै नेपाललाई ऐतिहासिक कांस्य पदक दिलाएकी हुन् ।

रिपेचेजको पहिलो खेलमा पलेशाले फ्रान्सकी सोफी काभर्जनलाई २–१ ले हराएकी थिइन् । रिपेचेजअघि पहिलो चरणमा पलेशाले भेनुजुएलाकी भलेरिया मोराल्सलाई एक पक्षीय खेलमा ३१–० ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेकी थिइन् ।

क्वार्टरफाइनलमा भने पलेशा आफूले अधिकांश समय अग्रता लिएको खेलमा अन्तिम समयमा विश्व वरीयतामा शीर्ष स्थानकी ब्राजिलकी सिल्भाना मायारा कार्डोसो फर्नान्डेजसँग ८–१० ले पछि परेकी थिइन् ।

काठमाडौं– वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी न्युजिल्याण्ड र उज्वेकिस्तान लगायतका देशहरूमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा काभ्रेपलाञ्चोक रोशी गाउँपालिका-६ लेखपानी घर भएका ३२ वर्षीय बुद्ध लामा र बर्दिया गेरूवा गाउँपालिका-२ घर भई काठमाडौं टोखा नगरपालिका-१० बस्ने ४३ वर्षीय मान बहादुर चौधरी रहेका छन् । 

पक्राउ मध्ये बुद्धले ७ जना पीडितहरूबाट १० लाख रूपैयाँ र मान बहादुरले ६ जना पीडितहरूबाट १२ लाख ५० हजार रूपैयाँ लिई सम्पर्क विहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले बुद्धलाई काभ्रेपलाञ्चोक धुलिखेल नगरपालिका-७ बाट र मान बहादुरलाई काठमाडौं महानगरपालिका-२६ गोंगबुबाट पक्राउ गरेको हो ।   

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

https://www.khabarpetika.com/2024/09/04/7443/

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली नागरिकहरु जहाँ बसेका भए पनि मताधिकार प्रयोग गर्न पाउने वातावरण बनाउन प्रयास गर्ने बताएका छन् ।

दक्षिण एसियाली निर्वाचन व्यवस्थापन निकायसम्बन्धी मञ्च (फेम्बोसा) को १२ औँ सम्मेलनलाई आज काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो धारणा राखेका हुन् । ‘कुनै पनि नागरिकले जहाँ रहेर पनि आफ्नो मताधिकार प्रयोग गर्न सक्नुपर्छ । यसका लागि उचित वातावरण बनाउन हाम्रो प्रयास हुनेछ,’ प्रधानमन्त्री ओलीले भने, ‘बसाइँ सराइ, जलवायु परिवर्तन र सामाजिक सञ्जालका अवसर र चुनौतीबीच देश—विदेशमा रहेका जनताका चाहना र अपेक्षाबमोजम निर्वाचन प्रक्रियालाई सहज बनाउन हामीले साझा प्रयास गर्न आवश्यक छ ।’

प्रधानमन्त्री ओलीले हरेक निर्वाचनले जनताको इच्छा र आकांक्षालाई प्रतिविम्वित गर्ने भएकाले मताधिकारको सम्मान गर्नु हरेक राज्यको दायित्व भएको बताए ।

काठमाडौं । नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई केही घण्टामै ६६ हजार युवाले फेसबुकमा अनफलो गरेका छन्।

मंगलबार साँझदेखि अनफलो अभियान चलाएका युवाहरुको समुहले आज बिहान बिहान ११ बजेसम्म ६६ हजारले प्रधानमन्त्री ओलीलाई फेसबुकमा अनफलो गरेका छन्।

युवाहरूले अनफलो अभियान सुरु गर्दा प्रधानमन्त्री ओलीलाई ६ लाख ६२ हजार जनाले फलो गरेका थिए। अहिले त्यो घटेरले ५ लाख ९६ हजारमा पुगेको छ।

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) र एमालेबीचको वाक युद्धपछि युवाहरूले अनफलो अभियान चलाएका थिए।

नेकपा एमालेकी लुम्बिनी प्रदेश सांसद रेखा शर्माले एक नाबालिकालाई बाल श्रम शोषण गरिएको भन्दै बालेनले दुई दिन अघि एक पोष्ट राखेका थिए । उक्त पोष्ट एमाले कार्यकर्ताले रिपोर्ट गरेपछि फेसबुकले हिजो हटाइएको उनको सचिवालयले बताएको छ । त्यसपछि उनले मंगलबार साँझ फेरि पोस्ट ‘उडाउने हैन, दोषी समाउ सरकार ।
म गलत हो भने मलाई समाउ, हैन भने दोषी समाउ ।’
भन्दै एक स्टाटस राखेपछि युवाहरुले ओलीलाई अनफलो गर्न सुरु गरेका थिए ।

फेसबुकमा सबैभन्दा धेरै फलोअर्स हुने नेताहरूको सूचीमा ओली सातौं स्थानमा रहेका छन्। उनीपछि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड रहेका छन्। तर, अब भने ओली लगभग प्रचण्डको स्थानमा झर्ने अवस्थामा पुगेका छन्।

फेसबुकमा सबैभन्दा बढी फलोर्स हुने नेतामा राप्रपा नेत्री रेखा थापा रहेकी छिन्। त्यसपछि दोस्रोमा बालेन, तेस्रोमा नेसपा सभापति बाबुराम भट्टराई, चौंथोमा रास्वपा सभापति रवि लामिछाने, पाँचौंमा राप्रपा नेता रवीन्द्र मिश्र र छैठौंमा हर्क साम्पाङ रहेका छन्।

यता प्रधानमन्त्री ओलीको फलोअर्स घटिरहँदा मेयर बालेनको फलोअर्स भने २० लाखबाट बढेर २१ लाख पुगेको छ।

यता एमाले महासचिव शङ्कर पोखरेलले बुधबार बिहानै पार्टी अध्यक्षसमेत रहेका ओलीको पेसबुक पेजको लिंक आफ्नो फेसबुक पेजमा शेयर गरेर आफ्ना पार्टी कार्यकर्तालाई फलो गर्न अनुरोध गरेका छन्।

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।