२०८३ बैशाख १६ बुधबार
२०८३ बैशाख १६ बुधबार

काठमाडौं । सरकारले सामाजिक सञ्जाल टिकटकमा लगाएको प्रतिबन्ध हटाएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले टिकटकमा लगाएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

यसअघि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले २७ कात्तिक २०८० मा टिकटकमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

काठमाडौँ । आयोजक नेपाल दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–२० च्याम्पियनसिप फुटबलमा समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा मैदानमा बिहीबार भएको खेलमा नेपालले बङ्गलादेशलाई २–१ गोलले हरायो । हारेपनि बङ्गलादेश समूह ‘ए’ को उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ । नेपाल र बङ्गलादेशले एक खेल अगावै सेमिफाइनलमा स्थान बनाएका थियो ।

समूहमा दुवै खेल जितेको नेपालले ६ अङ्क बनायो । समान खेलबाट बङ्गलादेशले तीन अङ्क जोड्यो । यस समूहमा लगातार दुई हार खेपेको श्रीलङ्का च्याम्पियनसिपबाट बाहिरिएको हो ।

समूह विजेताका लागि दुई टोलीबिच भएको प्रतिस्पर्धात्मक खेलमा नेपाललाई जिताउन समीर तामाङ र नीराजन धामीले गोल गर्नुभयो । बङ्गलादेशका लागि मिरजुल इस्लामले गोल फर्काउनुभयो ।

नेपालले १७औँ मिनेटमा समीरको गोलमार्फत अग्रता लिएको हो । दुई मिनेट लगत्तै नीराजनले गोल गर्दै नेपालको अग्रता दोब्बर बनाउनुभयो ।

त्यसपछि ४३औँ मिनेटमा बङ्गलादेशका इस्लामले पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई खेलमा फर्काउने प्रयास गर्नुभयो । तर दोस्रो हाफमा दुवै टोलीबाट थप गोल नहुँदा नेपाल विजयी भयो ।

पाकिस्तानबाहेक ६ टोलीको सहभागिता रहेको प्रतियोगितामा समूह ‘बी’ मा भारत, माल्दिभ्स र भुटान रहेका छन् । भारत अघिल्ला तीन संस्करणको विजेता टोली हो ।समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।

काठमाडौँ । राष्ट्रिय सभाबाट संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक विनासंशोधन पारित भएको छ । 

सभाको आजका बैठकले कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले प्रस्तुत गरेकाे ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०८१ पारित गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो ।
 
त्यसअघि कानुनमन्त्री चौरसियाद्वारा प्रस्तुत ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथिको दफावार छलफल सदनमा गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको थियो ।
 
राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले उक्त प्रस्तावमाथि दफावार प्रारम्भ हुने जानकारी गराएका थिए । उनले उक्त प्रस्तावमाथि संशोधन प्रस्ताव दर्ता नभएको व्यहोरा जानकारी गराए । सो प्रस्तावमाथि दलीय आधारमा छलफल भएको थियो । राष्ट्रिय सभाले सो विधेयक पारित गरेर प्रतिनिधिसभामा फिर्ता पठाएको छ ।
 
उक्त विधेयक प्रतिनिधिसभाबाट गत साउन ३० गते पारित भएको थियो । सो विधेयक २०७९ फागुन २५ गते प्रतिनिधिसभामा दर्ता भएको थियो । 

प्रतिनिधिसभामा उत्पत्ति भएको सो विधेयक सभामुख देवराज घिमिरेबाट प्रमाणित भएर प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष जानेछ । राष्ट्रपतिबाट प्रमाणीकरण भएसँगै सो ऐन कार्यान्यवनमा आउनेछ । 

प्रतिनिधिसभाको अर्को बैठक यही भदौ ९ गते आइतबार अपराह्न १ः१५ बजे बस्नेछ ।

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।