
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि विश्वासको मत लिँदै छन् । दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकमा उनले विश्वासको मत लिन लागेका हुन् ।
प्रधानमन्त्री पदमा नियुक्त भएपछि ३० दिनभित्र संसद् बैठकबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसको समर्थनमा असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका हुन् ।
प्रधानमन्त्री ओलीलाई सत्ताघटक दल नेपाली कांग्रेसको ८८, नेकपा (एमाले) को ७८, अशोक राई नेतृत्वको जसपा ७, जनमत पार्टी ६, उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल ५, लोसपा ४, नागरिक उन्मुक्ति पार्टी ४, स्वतन्त्र २ गरी एक सय ९४ मत पक्षमा आउने देखिन्छ।
संसदमा अहिले कायम संसद् सङ्ख्यामध्ये विश्वासको मत प्राप्त गर्न एक सय ३८ मत आवश्यक पर्छ । नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा (एकीकृत समाजवादी) र राप्रपाले प्रधानमन्त्रीको विपक्षमा मतदान गर्ने निर्णय गरिसकेका छन् । संसदमा प्रतिनिधित्व गर्ने साना दल नेमकिपा १, राष्ट्रिय जनमोर्चा १, प्रभु साह (स्वतन्त्र) १ ले मत कता दिने विषयमा निर्णय गर्न बाँकी छ ।
नेकपा (एमाले) ले आफ्नो दलका सांसदहरुलाई प्रधानमन्त्री ओलीको पक्षमा मतदान गर्न ह्विप जारी गरिसकेको छ । प्रमुख सचेतक महेशकुमार बर्तौलाले आफ्ना सांसदहरुलाई ह्विप जारी गर्नुभएको हो । असार १७ गते राति कांग्रेस र एमालेबीच सत्ता साझेदारी गर्ने ७ बुँदे सहमति भएको थियो । यद्यपि सहमतिपत्र अझैसम्म सार्वजनिक भएको छैन ।
काठमाडौं । झन्डै चार दशक लामो नेपाल पौडी संघको नेतृत्व गरेका विवादित अशोक रत्न बज्राचार्यले पुनः पौडी खेलको विकासमा अवरोध गर्ने अर्काे प्रपञ्च रचेका छन् । नेपाल पौडी संघको साधारण सभा नै नगरी विभिन्न बहानामा आफै नेतृत्वमा आशिन रहँदै आएका बज्राचार्य पौडी खेलको विकास भन्दा पनि व्यक्तिगत लाभ लिन तल्लिन देखिन्थे ।
नयाँ खेलकुद विकास ऐन २०७७ तथा खेलकुद विकास नियामावली २०७९ बमोजिम नेपाल पौडी संघको गत वैशाख ८ गते सम्पन्न निर्वाचनले बज्राचार्यलाई विदाई गर्नुको साथै तत्कालिन महासचिव जगत मान श्रेष्ठको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति चयन गरे पश्चात बज्राचार्य वेचैन हुँदै आईरहेको थियो । सोही क्रममा बज्राचार्यले आफ्नो कार्यकालको जिन्सी तथा कागजात नयाँ कार्य समितिलाई बरबुझारथ गर्नुका सट्टा उल्टै आफै अध्यक्ष भनि नेपाल ओलम्पिक कमिटि र राष्ट्रिय खेलकुद परिषदमा समेत नेपाल पौडी संघको लेटर प्याड र छाप दुरुपयोग गरेको संघले जनाएको छ ।

नेपाल पौडी संघका अध्यक्ष जगतमान श्रेष्ठद्धारा हस्ताक्षरित उक्त प्रेस विज्ञप्तिमा राष्ट्रिय खेलकुद परिषद र ओलम्पिक कमिटिको प्रत्यक्ष रोहबर र संलग्नतामा सम्पन्न अधिवेशनको विरुद्ध गरिएको गतिविधि लाई सम्बन्धित पक्षहरुलाई बढावा नगर्न नगराउन जोेडदार अनुरोध गरिएको छ । बज्राचार्यले फ्रान्सको पेरिसमा हुने ओलम्पिक खेलमा नेपालको तर्फबाट सहभागी हुने पौडी खेलाडीहरुको तालिम तथा खेल सामाग्रीका लागि आर्थिक सहयोग माग गर्दै मिति २०८१ असार १५ गते ओलम्पिक कमिटि र राष्ट्रिय खेलकुद परिषदमा नेपाल पौडी संघको लेटरप्याड र छाप दुरुपयोग गरेको बुझिएको छ ।
काठमाडौँ । बंगलादेशमा आरक्षण विरोधी आन्दोलनका क्रममा भड्किएको हिंसालाई नियन्त्रण गर्न सरकारले राष्ट्रव्यापी कर्फ्यू घोषणा गरेको छ । बंगलादेशमा आरक्षण विरोधी आन्दोलनका क्रममा भएको हिंसामा अहिलेसम्म ३५ जनाको मृत्यु भइसकेको छ ।
बंगलादेशमा सन् १९७१ को स्वतन्त्रता संग्राममा भाग लिने स्वतन्त्रता सेनानीका परिवारलाई सरकारी जागिरमा दिएको आरक्षणको विरोधमा विद्यार्थी र युवाहरूको आन्दोलन चलिरहेको छ । तर यो आन्दोलनले अहिले हिंसात्मक अडान लिएको छ ।
राजधानी ढाकालगायत धेरै सहरमा विगत केही दिनदेखि जारी हिंसालाई ध्यानमा राख्दै ठूलो मात्रामा सुरक्षा बल तैनाथ गरिएको छ ।
प्रहरी र आन्दोलनकारीबीच धेरै ठाउँमा झडप भएको छ । तर शुक्रबार नरसिङदीको कारागारमा आक्रमण गरी सयौं कैदी रिहा भएपछि प्रधानमन्त्री कार्यालयले देशव्यापी कर्फ्यु घोषणा गरेको छ ।
सरकारका प्रेस सेक्रेटरी नइमुल इस्लाम खानले अब शान्ति सुरक्षा कायम गर्न सेना परिचालन गरिने बताए ।
काठमाडौँ । उत्तरपश्चिमी चीनको शान्सी प्रान्तमा रहेको राजमार्गको पुल आंशिक भत्किँदा ११ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।
साङ्लुओ शहरको झाशुई काउन्टीमा रहेको उक्त पुल भत्किएको थियो। शनिबार बिहान १० बजेसम्म उद्धार टोलीले खोलामा खसेका पाँचवटा सवारीसाधन निकालेका थिए ।





