२०८३ बैशाख १७ बिहीबार
२०८३ बैशाख १७ बिहीबार

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले राष्ट्रिय खेल संघहरुले घरेलु जुनियर प्रतियोगितामा विशेष ध्यान दिनु पर्ने बताएका छन् । भारतको जयपुरमा भएको आईएचएफ ट्रफीमा कांस्य पदक जित्न सफल यु–१८ टोलीलाई बधाइका साथै सोही प्रतियोगितामा सहभागी यु–२० ह्यान्डबल टोलीको स्वागत गर्न मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै घिसिङले सो कुरा बताएका हुन् ।

खेलकुद मन्त्रीलाई राखेप कर्मचारी संघको बधाइ

‘हरेक खेल संघले घरेलु जुनियर प्रतियोगिता आयोजनामा जोड दिनु पर्छ । जुनियर प्रतियोगितालाई ध्यान नदिने हो भने अन्तर्राष्ट्रिय प्रतियोगितामा राम्रो नतिजा सम्भव हुँदैन ।’ सदस्य–सचिव घिसिङले भने– ‘राष्ट्रिय टिम बलियो बनाउन पनि जुनियर प्रतियोगितामा जोड दिनै पर्छ ।’

सदस्य–सचिव घिसिङले पुराना पदाधिकारीसहित राष्ट्रिय खेल संघमा युवा नेतृत्व पनि आउनु पर्ने धारणा व्यक्त गरे । ‘खेल संघमा युवाहरु पनि नेतृत्वमा आउन जरुरी छ । पूर्व खेलाडी, प्रशिक्षक, रेफ्री संघको पदाधिकारीका रुपमा आउनु पर्छ । पुराना पदाधिकारी पनि चाहिन्छ । मिलाएर एउटा टिम बनाउनु पर्छ ।’ सदस्य–सचिव घिसिङले भने– ‘पुराना साथीहरुले पनि म भए सबै ठीक, अरु भए बेठीक भन्ने सोच त्याग्नु पर्छ ।’

सदस्य–सचिव घिसिङले पदक विजेता टोलीका साथै सहभागी टोलीका खेलाडीलाई सीमित श्रोत र साधानका बावजुद उच्च प्रदर्शन गरेकोमा प्रशंसा गरे । उनले खेलाडी, प्रशिक्षक र व्यवस्थापकसंग प्रतियोगितामा सहभागी हुँदाको अनुभव, खेलाडीको प्रदर्शन तथा घाइते खेलाडी बारे चासो व्यक्त गर्दै खेलाडीको उपचारमा विशेष ध्यान दिन संघलाई निर्देशन दिए ।

जुलाई १० देखि १४ तारिखसम्म भएको प्रतियोगितामा यु–१८ तर्फ तेश्रो स्थानका लागि भएको खेलमा नेपालले माल्दिभ्सलाई ३०–२८ ले पराजित गरेको थियो । यु–२० मा भने तेश्रो स्थानका लागि नै भएको खेलमा माल्दिभ्सले नेपाललाई हराएको थियो । दुवै उमेरसमूहमा नेपालबाट पुरुष टोलीले सहभागिता जनाएको थियो । टोली मंगलबारै स्वदेश फर्किएको हो ।

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) कर्मचारी संघले नवनियुक्त युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीलाई बधाइ दिएको छ । कर्मचारी संघका अध्यक्ष सरस्वती केसी, महासचिव कुमार बस्नेत लगायतका पदाधिकारीले सिंहदरबारस्थित कार्यकक्षमा खेलकुद मन्त्री चौधरीलाई भेट गरी बधाइ दिदै कार्यकाल पूर्ण सफलताका लागि शुभकामना दिएका हुन् ।

उक्त कार्यक्रममा राखेपका सदस्य–सचिव टंकलाल घिसिङको पनि उपस्थिति रहेको थियो । मन्त्री चौधरीले खेलकुदको विकास लागि सबै मिलेर अगाडि बढ्नु पर्नेमा जोड दिदै यस विषयमा सरोकारवाल सबैसंग छलफल गर्ने बताए ।


अध्यक्ष केसी र महासचिव बस्नेतले पूर्व खेलकुद मन्त्री डिगबहादुर लिम्बू र सदस्य–सचिव घिसिङको अथक प्रयासबाट लामो समयदेखि रोकिएको कर्मचारीको बढुवा सम्भव भएको जानकारी गराउदै कर्मचारी विनियमावली, आर्थिक विनियमावली र कर्मचारी संगठन, संरचना तथा व्यवस्थापन (ओ एन्ड एम सर्भे) तत्काल स्वीकृतिका लागि प्रकृया अगाडि बढाउन अनुरोध गरेका थिए ।

राखेपका सदस्य सचिव घिसिङ भन्छन् – ‘जुनियर प्रतियोगिताको खाँचो छ’

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले आफुलाई पक्राउ गर्न चुनौति दिएका छन् ।

मंगलबार पत्रकार सम्मेलन गर्दै प्रसाईंले ओलीकाल राणाकाल भन्दा खतरा भएको भन्दै दुर्गा प्रसाईलाई छोएर देखाउन चेतावनी दिए ।

‘पानीको लौरो टेकेर दुर्गा प्रसाईंलाई तर्साउनले ? खबरदार हजुरबा दुर्गा प्रसाईंलाई पक्रेर देखाउनु’, प्रसाईंले भने, ‘पक्रने त के छुने आँट गर पहिला ।’ उनले आफूले कसैलाई बलात्कार नगरेको र राज्यको ढुकुटी नलुटेको भन्दै तिर्नुपर्ने राजश्व तिरेको बताए । 

काठमाडौँ । बेहुली साटिएको आरोप लगाउँदै बिहेमै बेहुलाले हङ्गामा गरेपछि प्रहरीले मामिलामा हस्तक्षेप गर्नु परेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार भारतको बिहार राज्यको मुजफ्फरपुरमा शुक्रबार राति यो घटना भएको हो ।

मुजफ्फरपुरकै गाइघाट निवासी टुनटुन कुमारको विवाह सपनाकुमारीसँग तय भएको थियो । जन्तीसहित बिहेका लागि बेहुलीको घर पुगेका टुनटुन कुमार स्वयंवरका लागि आएकी बेहुलीको अनुहार हेरेपछि आश्चर्यचकित भए । किनकि उनले बिहेको निधो गरेको युवती नभएर अर्कै युवती बेहुलीको भेषमा आएकी थिइन् ।

त्यसपछि बेहुलाले बेहुली साटिएको भन्दै हङ्गामा गरे । उनले ती युवतीसँग बिहे नगर्ने अडान लिए ।

बिहे रोकिएपछि बेहुलीको परिवारले टुनटुन कुमारसँगै बिहे गर्ने निधो भएकी सपनाकुमारीलाई बिहेका लागि मनाउन थाले । सपनाकुमारीले ‘लहङ्गा’ मन नपरेको भन्दै बिहेका लागि अस्वीकार गरेपछि उनीहरूले सपनाकुमारीकी बहिनीलाई बेहुली बनाएर पठाएका थिए । तर सपनाकुमारीले फेरि पनि बिहेका लागि अस्वीकार गरिन् । त्यसपछि मामिला प्रहरीसम्म पुग्यो ।

प्रहरीले दुवै पक्षलाई थानामा बोलाएर छलफल ग¥यो । थाना प्रमुख संजीवकुमार दुवेको पहलमा दुवै पक्षबिच सहमति भयो । त्यसपछि मन्दिरमा गएर टुनटुन र सपनाकुमारीबिच विवाह सम्पन्न भयो । एजेन्सी

काठमाडौं । आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि आवश्यक तीन विधेयक प्रमाणीकरण भएको छ । 

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्‌बाट पारित भएका तीन विधेयक प्रमाणीकरण गरेका हुन् । जुन विधेयक बजेट कार्यान्वयनसँग सम्बन्धित छन् । मंगलबार विज्ञप्ति जारी गर्दै राष्ट्रपति कार्यालयले आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र भन्सार महसुल विधेयक, २०८१ प्रमाणीकरण भएको जानकारी दिएको छ ।

वाशिङटन डीसी । अमेरिकी खर्बपति व्यापारी एलन मस्कले अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भावी राष्ट्रपतिका रूपमा जिताउन उनको चुनावी अभियानलाई महिनै पिच्छे साढे ४ करोड डलर दान दिने भएका छन् । वाल स्ट्रिट जर्नलले छापेको समाचार अनुसार मस्कको सो दान अमेरिका पीएसी नाम गरेको राजनीतिक समूहमार्फत जानेछ ।

यो समूहले नोभेम्बरमा हुन लागेको मतदानअघि मत अदल बदल धेरै नै हुने राज्य अर्थात् स्विङ्ग स्टेटमा चुनावी अभियान तीव्र बनाउन काम गरिरहेको छ । यो समूहलाई क्यानडाका लागि पूर्व अमेरिकी राजदूत केली क्राफ्ट, क्रिप्टो लगानीकर्ता टेलर र क्यामरन विङ्कलेभोस जस्ता कयौँ ठुलो मतदाताले दान दिइरहेका छन् । मस्क पनि यिनैमध्ये एक हुन् ।

शनिबार पेन्सिभेनियामा आयोजित एक चुनावी र्यालीमा भएको गोली काण्डमा ट्रम्प भाग्यले बाँचेपछि मस्कले अमेरिकी राष्ट्रपतिमा ट्रम्पको उम्मेदवारीलाई औपचारिक रूपमै समर्थन गरेका थिए । मस्क विश्वको सबैभन्दा धनी व्यक्ति हुन् । मस्कको नेटवर्थ साढे २ खर्ब डलर आसपास रहेको छ । सन् २०२४ को चुनावी अभियानको समयमा मस्क र ट्रम्पको मित्रता बढेको छ ।

म्याग्दी । मुस्ताङका छ पर्यटकीयस्थलमा पूर्वाधार निर्माण गरिएको छ । गण्डकी प्रदेश सरकारको बजेटमा पर्यटन तथा उद्योग कार्यालय मुस्ताङले कार्यान्वयन गरेका योजनामार्फत दुई किलोमिटर पदमार्ग निर्माण भएको हो ।

कार्यालय प्रमुख प्रेमप्रसाद पौडेलले रु ८० लाख बजेट विनियोजन भएका छवटा योजना कार्यान्वयन भएको जानकारी दिए । “मुस्ताङमा पर्यटकको बसाइ लम्ब्याउन र धार्मिक पर्यटकीयस्थलको सौन्दर्यीकरण तथा मर्मतमा बजेट परिचालन भएको छ”, उनले भने ।

घरपझोङ गाउँपालिका–२ मा पर्ने मार्फा गाउँमा रु ३० लाख बजेटबाट हिसरुङ गुम्बा र स्याउ उद्यान जोड्ने ढुङ्गाको सिँढी बिछ्याएर पदमार्ग निर्माणका साथै सौन्दर्यकरण गरिएको छ । मार्फा गाउँको शिरमा रहेको स्याउ उद्यान जाने पदमार्गको डिलमा बत्ती जडान गरेर रातको समयमा झलमल्ल देखिने बनाइएको छ ।

बेनी–जोमसोम सडक निर्माणपछि विस्थापित भएको पदमार्गको विकल्पमा थासाङ गाउँपालिकाको पहिरोथाप्ला हुँदै कुञ्जो–लेते जाने भिरमा पदमार्ग निर्माण भएको छ । घासापारिको कालीगण्डकी तिरको भिरमा पहाड प्वाल पारेर रड राखी पर्खाल उठाएर करिब पाँच सय मिटर पदमार्ग बनाइएको हो ।

थासाङ गाउँपालिकाको कालोपानीदेखि थुले हुँदै स्याकुभ्रासम्म लोपोन्मुख वन्यजन्तु तथा डाफे, मुनाल, चिर कालिज अवलोकन गर्ने साइकलमार्ग बनाइएको छ । रु १० लाख बजेटबाट ढलान, सोलिङ र ग्राभेल गरेर छ सय मिटर साइकलमार्ग निर्माण भएको कार्यालय प्रमुख पौडेलले जानकारी दिए।

रु १० लाख बजेटबाट जोमसोम विमानस्थलमा निर्माण भएको भवनमा पर्यटक सूचना केन्द्र सञ्चालनको तयारी भएको छ । रु १०÷१० लाख बजेटबाट लोमान्थाङ गाउँपालिका–३ को थिङ्गरमा माने निर्माण, लोमान्थाङदेखि ढिकी जाने दुई सय मिटर पदमार्ग र नाख्पा गुम्बाको मर्मत गरिएको कार्यालय प्रमुख पौडेलले बताए ।

आर्थिक वर्ष २०८१र८२ मा ११ वटा पर्यटकीय पूर्वाधार योजनाका लागि प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले मुस्ताङमा रु दुई करोड १५ लाख बजेट बिनियोजन गरेको छ ।

बर्दिया । गुलरिया नगरपालिका-११ वाईपास रोडबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय ७० मिलिग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत लौकाही बजार घर भई बाँसगढी नगरपालिका-८ लक्ष्मणा बस्ने २२ वर्षीय अवराज जागा र बाँसगढी नगरपालिका-५ बस्ने २८ वर्षीय सिजन पौडेल रहेका छन् । प्रहरी चौकी महम्मदपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

मोरङ । बिराटनगर महानगरपालिका-१५ एक नम्बर ढाटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम १ सय ५० मिलिग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मोरङ सुन्दर हरैंचा नगरपालिका-४ बस्ने ३१ वर्षीय नबिन कार्की र ३२ वर्षीय बिष्णु चौधरी रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

रूपन्देही । बुटवल उपमहानगरपालिका-११ मझुवा बस्ने ४६ वर्षीय राजु सारू मगर र निजको श्रीमती ४१ वर्षीया सुमित्रा शाहीलाई अवैध लागूऔषध गाँजा ८ सय १० ग्राम सहित सोमबार राति प्रहरीले पक्राउ गरेको हो । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा र इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनीहरूको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।

उदयपुर । कटारी नगरपालिका-७ रिस्कुबाट अवैध लागूऔषध गाँजा करिब ४९ किलोग्राम सहित ताप्ली गाउँपालिका-१ बस्ने ३१ वर्षीय शम्भु राई समेत ३ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

रोल्पा । माडी गाउँपालिका-२ पिपलबोटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २२ मिलिग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा माडी गाउँपालिका-६ पन्तिवाङ बस्ने २२ वर्षीय सगुन पुन मगर र २० वर्षीय युवान घर्ती रहेका छन् । इलाका प्रहरी कार्यालय घर्तीनगरबाट खटिएको प्रहरीले घर्तिगाउँबाट कोर्चावाङतर्फ जाँदै गरेको रा.६ प ४९०२ नम्बरको मोटरसाइकलाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

काठमाडौं । दक्षिणकाली नगरपालिका-५ फर्पिङबाट नियन्त्रित लागूऔषध डाईजेपाम २२ एम्पुल, फेनारगन २२ एम्पुल, नुर्फिन २० एम्पुल सहित मकवानपुर हेटौंडा उपमहानगरपालिका-१२ घर भई कलंकी बस्ने २७ वर्षीय दिपक लामालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले हेटौंडाबाट काठमाडौं आउँदै गरेको ना.१ ज ४१०४ नम्बरको टाटा सुमो गाडीमा सवार उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सङ्खुवासभा । सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलामा पहिरोमा पुरिएर एकै परिवारका दुई जनाको मृत्यु भएको छ । पहिरोमा परी ५५ वर्षीया मोतिमाया राई र २५ वर्षीया समीक्षा राईको मृत्यु भएको सिलिचोङ गाउँपालिका अध्यक्ष भूपालराज मेहवाहाङले राससलाई जानकारी दिए ।

पहिरोसँगै खसेको विशाल ढुङ्गाले किचेर ५५ वर्षीया मोतिमाया र उनकी बुहारी समीक्षाको मृत्यु भएको गाउँपालिका अध्यक्ष मेवाहाङले बताए । ढुङ्गाले किचेर २९ वर्षीया रविना राई गम्भीर घाइते हुनुभएको छ । उहाँलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौँ लैजाने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले बताए ।

चितवन । नारागणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालबाट पहिरोसँगै खसेर बेपत्ता भएको बस र यात्रुको खोजीका क्रममा सीमावर्ती भारतीय जिल्लासँग समन्वय गरिएको छ ।

भारतीय सीमा क्षेत्र नजिक नारायणी नदीमा बेपत्ताको शव भेटिएपछि बगाएर भारत पुग्नसक्ने आँकलनमा भारततर्फका जिल्लामा समन्वयमा खोजी गरिएको हो । चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार उत्तरप्रदेशको महाराजगञ्ज र बिहारको पश्चिम चम्पारण डिस्ट्रिकका डीएमसँग समन्वय गरिएको हो । यादवले आफूले पश्चिम चम्पारण र नवलपरासी ९बर्दघाट–सुस्ता पश्चिम०का प्रमुख जिल्ला अधिकारीले महाराजगञ्जका डीएमसँग समन्वय गरिरहेको बताए ।

नदीमा शव भेटिएमा जानकारी दिन दुवै डीएमलाई आग्रह गरिएको यादवले जानकारी दिए । उनका अनुसार हालसम्म शव भेटिएको कुनै जानकारी आएको छैन । गण्डक ब्यारेजसम्म शव पुगेपछि त्यहाँबाट पारिसमेत जान सक्ने भएकाले समन्वय गरिएको उनले बताए ।

सीमा जोडिएका जिल्लासँग समन्वय गर्न प्रमुख जिल्ला अधिकारीलाई अधिकार भए पनि पत्राचार गर्नुपरेमा परराष्ट्र मन्त्रालयमार्फत जानुपर्ने भएकाले तत्कालका लागि मौखिकरुपमा कुराकानी गरिरहेको उनले बताए । त्रिशूली नदी नारायणीमा मिसिएर त्रिवेणी हुँदै भारततर्फ बगेको छ । नदीमा बाढी आइरहेकाले शव भारत पुग्न सक्ने अनुमान गरिएको हो ।

यही असार २८ गते शुक्रबार वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको वाग्मती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एञ्जल डिलक्स र काठमाडौंबाट गौर जान आउँदै गरेको वाग्मती प्रदेश ०३२४९५ ख ००१ नम्बरको गणपति डिलक्स बस सिमलतालमा खसेको पहिरोसँगै बगेर त्रिशूली नदीमा बेपत्ता भएको थियो ।

उक्त बसमा सवार ६५ जनामध्ये तीन जना सकुशल निस्किएका थिए भने ६२ जना बेपत्ता भएका थिए । आजसम्म १५ जनाको शव विभिन्न क्षेत्रमा फेला पारिएको छ । घटनाको विषयमा अध्ययन गर्न गृहमन्त्रालयले सोमबार गठन गरेको कार्यदलले बुधबार स्थलगत रुपमा अध्ययन गर्ने भएको छ । रासस

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।