२०८३ बैशाख १६ बुधबार
२०८३ बैशाख १६ बुधबार

काठमाडौँ । प्रतिनिधिसभा, सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले संसदले दिएको कार्यादेशअनुसार आज सहकारी विभागका रजिष्ट्रार र पूर्वरजिष्ट्रारसँग छलफल गरेको छ ।

छलफलका क्रममा रजिष्ट्रार एवम् पूर्वरजिष्ट्रारले नीतिगत, संरचनागत र प्रक्रियागत सुधार गरिनुपर्नेमा जोड दिएको समिति सचिव बबिता मिश्रले जानकारी दिनुभयो । समितिले सरोकार भएका निकायसँग कागजात मगाएर, ती निकायका कुरा सुन्ने, बुझ्नेलगायतका अध्ययन गरिरहेको उहाँले बताउनुभयो । समिति गठन भएको एक महिना पूरा भएको छ । समितिले सहकारीका पीडितसँग छलफलको तयारी गरेको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको लामो विरोधपछि संसद्ले एक महिनाअघि समस्या देखिएका सहकारीका विषयमा अध्ययन गर्न समिति गठन गरेको थियो । समितिलाई समस्यामा परेका बचतकर्ताको रकमका बारेमा अध्ययन गरी सिफारिस गर्ने, बचत फिर्ताको अवस्थाबारे अध्ययन गर्ने, रकम हिनामिना भएको भनिएका सहकारीबाट गोरखा मिडिया नेटवर्कमा रकम पठाउँदा कानुनबमोजिम प्रक्रिया पूरा भए, नभएको अध्ययन गर्नेलगायत जिम्मेवारी दिइएको छ ।

किभ । सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग मस्कोमा भेटवार्ता गरेका थिए । यस भेटघाटलाई युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निकै निराशाजनक बताएका छन् ।

यसलाई उनले शान्ति प्रयासमा विध्वंसकारी झट्का समेत भनेका छन् । रुसले किभमा रहेको बाल अस्पतालमाथि आक्रमण गरेर ध्वस्त पारेकै दिन दुईबिच भेटघाट भएको थियो ।

मस्को बाहिर नोभो–ओगार्योभोमा रहेको पुटिनको भवनमा मोदीले पुटिनलाई भेटेका थिए । दुई नेताबिच भेटघाट चलिरहँदा ९०० किमी पर युक्रेनी सहरहरूमा रुसी मिसाइल आक्रमणमा परेर कम्तीमा ३७ जनाको मृत्यु भएको थियो ।

यस आक्रमणमा अरू १७० जना घाइते भएका थिए । मोदी यतिबेला तीन दिने रुस–अस्ट्रिया भ्रमणमा छन् । मोदीको यो पाँच वर्षयताको पहिलो रुस भ्रमण हो । मोदी र पुटिन एक अर्कालाई अङ्कमाल गरेपछि चिया पिएर गफगाफ गरेको, विद्युतीय सवारी साधन चढेको र घोडा दौड प्रतियोगिता हेरेको भेटघाटपछि बाहिरिएका तस्बिरले देखाएका थिए ।

विश्वको सबैभन्दा ठुलो लोकतान्त्रिक देश भारतको शीर्ष नेताले विश्वको सबैभन्दा रक्तपिपासु अपराधीलाई मस्कोमा यस्तो दिनमा भेट्नु निकै निराशाजनक भएको र यसले शान्ति प्रयासमा ठुलो धक्का पुर्‍याएको भन्दै जेलेन्स्कीले सोमबार माइक्रो ब्लगिङ वेबसाइट एक्समा एउटा पोस्ट गरेका थिए ।

मंगलबार मस्कोमा भारतीय समुदायहरूलाई सम्बोधन गर्ने क्रममा मोदीले सोमबार युक्रेनी शहरमा भएको आक्रमणबारे चुँक्क बोलेनन् । बरु उनले रुसको दुई वटा सहरहरू येकातेरिन्बर्ग र काजानमा नयाँ वाणिज्यदूताबास खोल्ने घोषणा गरे । रुसमा तापमान माइनसमै रहेपनि रुस र भारतबिचको मित्रता सधैँ प्लसमा हुने उनले बताएका थिए ।

कञ्चनपुर । कञ्चनपुरका बाढी प्रभावितलाई महाकाली प्रादेशिक अस्पतालले निःशुल्क उपचार गर्ने भएको छ । बाढीमा परेर घाइते र प्रभावित क्षेत्रका बिरामी हुने नागरिकको अस्पतालले निःशुल्क उपचार गर्ने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णानन्द भट्टले जानकारी दिए ।

स्वास्थ्य समस्या देखिए तत्काल अस्पतालमा ल्याई उपचारमा सहयोग गरिदिनसमेत उहाँले आग्रह गर्नुभयो । “बाढीमा परेर चोट पटक वा बिरामी भएमा अस्पतालले निःशुल्क उपचार गर्ने व्यवस्था मिलाइएको छ, हालसम्म पाँचजनाको उपचार गरिसकेका छौँ, बिरामी आउनेक्रम जारी छ”, अध्यक्ष भट्टले भन्नुभयो ।

बाढी र डुबानका कारण कञ्चनपुरमा एक हजार एक सय १२ परिवारका चार हजार तीन सय ६५ जना प्रभावित बनेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । आज मौसममा सुधार आएपछि बाढी प्रभावित घर फर्किन थालेका छन् । दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर लिम्बूले विद्यालयमा आश्रय लिएर बसेका बाढी प्रभावित घर फर्किन थालेको बताउनुभयो ।

“बस्तीमा पानी घट्न थालेपछि बाढी प्रभावित घर फर्किन थालेका छन्”, उहाँले भन्नुभयो,“प्रभावितका लागि खान बस्नको व्यवस्था नगरपालिकाले गरिरहेको छ ।” बाढी प्रभावित क्षेत्रमा हाल सङ्क्रात्मक रोगको जोखिम बढेको छ । चिकित्सकहरूले यस्ता क्षेत्रमा शुद्घ पानी, खाना र सुरक्षित आवासको अभावमा विभिन्न रोगको प्रकोप देखिन सक्ने भन्दै सचेत रहन आग्रह गरेका छन् ।

काठमाडौं । भक्तपुरमा दुई स्कुटर आपसमा ठोक्किंदा एक जनाको मृत्यु भएको छ ।

सूर्यविनायक नगरपालिका–७ गुण्डू तीनधारेमा बागमती प्रदेश–०२–०२२ प १७४८ नम्बरको स्कुटर र बागमती प्रदेश ०२–०१७ प ५०१२ नम्बरको स्कुटर मंगलबार बिहान आपासमा ठोक्किएका थिए ।

स्कुटर ठोक्किंदा बागमती प्रदेश–०२–०२२ प १७४८ का चालक सूर्यविनायक नगरपालिका–५ कटुन्जे थापागाउँ बस्ने २२ वर्षीय राजाराम थापा मगर गम्भीर घाइते भएका थिए ।

उनको भक्तपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएकी अर्का स्कुटरका चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।

काठमाडौं महानगरपालिका-१० पुरानो बानेश्वर स्थित खोटाङ चिसापानी स्थायी घर भएका ४२ वर्षीय दिपक राईको मनसुन रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा दिपक समेत ९ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

प्रहरी वृत्त नयाँ बानेश्वरबाट  खटिएको प्रहरीले उनीहरूलाई नगद ४५ हजार ९ सय ८० रूपैयाँ र ‍६ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको मुकुल ढकालले आफू रवि लामिछाने क्लबबाट निष्कासित भएको टिप्पणी गरेका छन् ।

पार्टीले महामन्त्री र प्रवक्ता पदबाट हटाएपछि ढकालले यस्तो बताएका हुन् ।

‘रवि लामिछाने क्लबबाट निस्कासित भएको हुँ । राष्ट्रिय स्वतन्त्र पार्टी भित्र घण्टी बज्न रोकिँदैन, रविको पार्टीबाट राष्ट्रीय स्वतन्त्र पार्टी बनाउने सङ्कल्प रोकिँदैन, घण्टी बज्न रोकिँदैन । बाँकी कुरा भोलि…’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

मंगलबार बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले ढकाललाई कारबाही गरेको हो ।

अभद्र, अमर्यादित, अशोभनीय र पार्टी हित विपरित काम गरेकोमा पार्टी अनुशासन विभागले गरेको सिफारिस बमोजिम कारबाहीको निर्णय गरिएको कार्यवाहक प्रवक्ता मनिष झाले बताए ।

रास्वपाले मुकुल ढकाललाई सबै पदबाट हटायो, साधारण सदस्य भने कायम रहनेछ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मुकुल ढकाललाई पार्टीका सबै जिम्मेवारीबाट हटाएको छ । रास्वपाको आज बसेको केन्द्रीय समितिको बैठकले ढकाललाई केन्द्रीय सदस्य, महामन्त्री र प्रवक्ताको जिम्मेवारीबाट हटाउने निर्णय गरेको हो ।

बैठकपछि आयोजित पत्रकार सम्मेलनमा नेता सोबिता गौतमले अनुशासन आयोगको सिफारिस अनुसार केन्द्रीय समितिले साधारण सदस्य कायम राखेर अरु सबै जिम्मेवारीबाट हटाउने निर्णय गरेको जानकारी दिइन् ।

उनका अनुसार ढकाललाई केन्द्रीय समितिको यो निर्णय चित्त नबुझे ३५ दिनभित्र पुनरावेदन गर्न पाउने मौका समेत दिइएको छ । रास्वपाको विधानमा पार्टीको कुनै निर्णय उपर चित्त नबुझेमा ३५ दिनभित्र पुनरावेदन गर्न पाउने व्यवस्था छ ।

काठमाडौं: अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी सोमबार दिउँसोसम्म ७४ जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्‍मा परी काठमाडौं उपत्यकामा १ जना, कोशी प्रदेशमा १८ जना, मधेश प्रदेशमा ३ जना, बागमती प्रदेशमा ४ जना, गण्डकी प्रदेशमा २२ जना, लुम्बिनी प्रदेशमा १८ जना, कर्णाली प्रदेशमा ४ जना र सुदूरपश्चिम प्रदेशमा ४ जना गरी जम्मा ७४ जनाको मृत्यु भएको हो । 

साथै काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा २१ जना, मधेश प्रदेशमा ५ जना, बागमती प्रदेशमा ४ जना, गण्डकी प्रदेशमा २६ जना, लुम्बिनी प्रदेशमा ४ जना, कर्णाली प्रदेशमा १५ जना र सुदूरपश्‍चिम प्रदेशमा १० जना गरी जम्मा ८८ जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ । साथै कोशी प्रदेशमा ४१ जना, गण्डकी प्रदेशमा १२ जना गरी जम्मा ५३ जनाको उद्दार गरिएको छ । बाढी पहिरोमा परी कोशी प्रदेशमा २ जना, बागमती प्रदेशमा २ जना र सुदूरपश्‍चिम प्रदेशमा १ जना गरी ५ जना वेपत्ता भएका छन् । वेपत्ताको खोजी कार्य जारी छ । 

बाढीको कारण जम्मा १ सय ६१ घर डुबानमा परेका छन् । ९४ वटा घर, ५३ वटा गोठ, ४१ वटा पुल, १ वटा विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । ३ सय ३५ वटा पशु चौपायको मृत्यु भएको छ । उक्त अवधिमा विपद्‍का घटनाबाट २ हजार २ सय ९६ घर परिवार विस्थापित भएका छन् ।

साथै बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम समेत विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य समेत प्रहरीले गरिरहेको छ । 

प्रचण्ड ती हुन् जो सँग विश्व साम्राज्यवादीहरु डराए!

प्रचण्ड ति हुन् जसले विस्तार वादिको निद हराए !

प्रचण्ड ति हुन् जसको नेतृत्वमा १० वर्षे जनयुद्ध चलाए!

प्रचण्ड ति हुन जसको नेतृत्वमा निरङ्कुशतालाई ढलाए।

प्रचण्ड ति हुन् जसले तिम्रो मुखको पट्टी र तिम्रा हत्केडी छिनाए !

तर,

तिमी भने प्रचण्ड माथि जाइला्ग्छौ प्रेतआत्माका कुरा सुनेर !

हिजोका शोषक र सुराकीले उचालेको भरमा आँखा चिम्लेर!!

सत्यलाई आँखा चिम्लने के तिमी स्वार्थी छैनौ र ?

देश लुटेका हुडारहरुको चम्चा बन्ने तिमी स्वार्थी हैनौ र ?

चारै तिरवाट घेरा वन्दी गर्छौ !

अनाहकमा तथानाम गाली गर्छौ!

तर,

तिमी आँफुलाई कहिल्यै ऐनामा हेर्छौ?

आफुलाई कहिल्यै ऐनामा हेर्छौ ?

तिमी माथिको अत्याचार सहन नसकेर उ क्रान्तिकारी बन्यो !!

तिम्रो मुक्तिको लागि उ युद्धमा होमियो

वर्गवैरीको विरुद्धमा वन्दुक उचाल्यो ,सत्ता पल्टायो !

तिमीलाई दासत्ववाट मुक्ति दिलायो!!

र त तिमी स्वतन्त्र छौ जे पनि बोल्छौ

सत्यलाई कुल्चेर असत्यको बाटो हिड्छौ!

तिमी बेईमानी र गुनहरामी हौ !

प्रिय तिमी स्वार्थी र गुनहरामी हौ!

शलाम छ कमरेड प्रचण्ड !

फेरी पनि रातो शलाम छ कमरेड प्रचण्ड ! – सामाजिक संजालबाट

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।