२०८३ बैशाख १७ बिहीबार
२०८३ बैशाख १७ बिहीबार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजिनामा नदिने भएका छन् । उनले सदनमा विश्वासको मत फेस गर्ने भएका हुन् ।

बिहीबारको मन्त्रिपरिषद् बैठकपश्चात् सञ्चारकर्मीहरूसँग कुरा गर्दै सञ्चारमन्त्री रेखा शर्माले सो कुराको जानकारी दिइन् । उनले प्रधानमन्त्रीबाट राजीनामा नआउने बताइन् ।

“संविधान र कानुनमा भएका व्यवस्थाअनुसार अघि बढ्छौँ । संसद्‌मा विश्वासको मतको सामना हुन्छ । कुन दिन गछौँ थाहा छैन । तर चाँडै गर्छौँ । राजीनामा दिँदैनौँ,” उनले भनिन् ।

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपाली खेलकुदकै इतिहासमा एन्थ्रोपो मेट्रिक अनुसन्धान सुरु गरेको छ । राखेपका सदस्यसचिव टंकलाल घिसिङको अवधारणा अनुरुप अन्य मुलकुमा झै नेपालमा पनि खेलकुद विज्ञानमा आधारित रहेर ग्रासरुटदेखि नै खेलाडीको पहिचान गरी राष्ट्रलाई योगदान दिने भावी खेलाडीको पहिचान गर्न मद्दत पुगोस् भन्ने उद्देश्यले नेपालमै पहिलोपटक एन्थ्रोपो मेट्रिक अनुसन्धानको सुरुआत गरिएको हो ।


विभिन्न जातजाती र भौगोलिक अवस्था अनुसार खेलाडीको क्षमता पहिचान गर्न तथा १३ देखि १५ वर्ष उमेरसमूहका युवाहरुको शारीरिक बनोटको पहिचान गरी उनीहरुलाई उपयुक्त हुने खेलको छनोटका लागि सहजीकरण गर्ने उद्देश्यले एन्थ्रोपो मेट्रिक अनुसन्धान गरिएको हो ।


सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती, मधेश र कोशी प्रदेशको विभिन्न जिल्लामा अनुसन्धान गरिएको थियो । राखेपअन्तर्गत नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) का निर्देशक कृष्ण तिमिल्सिना, खेल विज्ञ कुमारी हिरा पन्त र सहायक प्रथम शिवराज भट्टको टोलीले स्थानियसंग समन्वय गरी अनुसन्धान गरेको हो ।


सुदूरपश्चिमको कञ्चनपुर र डडेल्धुरा, कर्णालीको सुर्खेत र सल्यान, लुम्बिनीको दाङ र बाँके, गण्डकीको कास्की र बाग्लुङ, मधेशको धनुषा र सिरहा, कोशीको सुनसरी र सोलुखुम्बु तथा बागमतीको काठमाडौं र चितवनमा अनुसन्धान गरिएको थियो । अनुसन्धानमा थारु, मगर, ब्रहमण, क्षेत्री, थकाली, गुरुङ, तामाङ, दलित समुदायका १३ देखि १५ वर्ष उमेरसमूहका ८ सय ५० बालवालिका समावेश  थिए ।


सोही टोलीले सो अनुसन्धानका क्रममा सातैं प्रदेशका विभिन्न जिल्लामा परम्परागत खेलको अनुसन्धान पनि गरेको थियो । कुन स्थानमा कुन÷कुन परम्परागत खेल खेलिदै आएको छ भन्ने तथ्यांक संकलन गरी सो क्षेत्रमा उक्त खेलको विकास र विस्तार गर्दै खेलको जगेर्ना गर्ने उद्देश्यले परम्परागत खेलको पनि अनुसन्धान गरिएको निर्देशक तिमल्सिनाले बताए । यसका लागि २५ देखि ८५ वर्ष उमेरसमूह, लामो समयसम्म खेलकुदमा सक्रिय, विश्वविद्यालयका प्राध्यापक तथा पदाधिकारीहरुको समूहबाट परम्पारगत खेलका विषयमा जानकारी लिइएको थियो ।


टोलीले राखेपका सदस्य–सचिव टंकलाल घिसिङलाई बिहीबार प्रतिवेदन बुझाएको छ । सो अवसरमा सदस्य–सचिव घिसिङले यो अनुसन्धानले नेपाली खेलकुदमा एउटा नयाँ आयाम थप्ने विश्वास व्यक्त गर्दै राखेपले कार्य योजना तयार गरी अगाडि बढ्ने बताए ।


‘नेपाली खेलकुदमा यो एउटा विल्कुलै नयाँ अभ्यास हो । हाम्रो पहिलो प्रयासले नेपाली खेलकुदमा नयाँ आयाम थप्ने विश्वास छ । आशा छ क्षमता भएर पनि कसैको नजरमा नपरेका क्षमतावान खेलाडी अगाडि आउने छन् ।’ सदस्य–सचिव घिसिङले भने– ‘आगामी दिनमा अनुसन्धानको दायरालाई अझ फराकिलो बनाउदै लैजाने छौं ।’


सदस्य–सचिव घिसिङले नेपालमा खेलिने परम्परागत खेलको पनि तथ्यांक संकलन गर्नु महत्वपूर्ण भएको बताउदै यसले नेपालमा खेलिने मौलिक खेलहरु के के हुन्, कहाँ कहाँ खेलिन्छन् र कुन अवस्थामा छन् भन्ने जान्न र जगेर्ना गर्न जरुरी भएको बताए ।

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एसईईको मौका परीक्षा दिने विद्यार्थीका लागि निःशुल्क अनलाइन कक्षा सञ्चालन गर्ने बताएका छन् ।

बिहीबार रूपन्देहीमा एसईई परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान गर्दै उनले एसईईको मौका परीक्षाका लागि अंग्रेजी, गणित, ऐच्छिक गणित, विज्ञान र सामाजिक विषयका कक्षाहरू अनलाइनमार्फत निस्शुल्करूपमा उपलब्ध गराइने बताएका हुन् ।

उनले काठमाडौंबाट गुणस्तरीय शिक्षकले अनलाइनमार्फत कक्षा सञ्चालन गर्ने बताए । अनलाइन कक्षाको व्यवस्था देशभर नै गर्ने भन्दै उनले निःशुल्क अनलाइन शिक्षा लिन केपी शर्मा ओली फेसबुक पेजमा सम्पर्क राख्न आग्रह गरे । उनले पेजमा सम्पर्क नम्बर छोडेपछि अनलाइन कक्षामा जोडिएर लाभ लिन सकिने जानकारी दिए ।

काठमाडौं । नेकपा एकीकृत समाजवादीको अध्यक्षमा माधव कुमार नेपाल दोस्रोपटक अध्यक्ष बनेका छन् ।

जारी १०औं राष्ट्रिय महाधिवेशनले बिहीबार अध्यक्षमा माधवकुमार नेपाल र महासचिवमा घनश्याम भूसाललाई सर्वसम्मत चयन गरेको हो ।

त्यस्तै झलनाथ खनाल सम्मानित नेता चयन भएका छन् । यी तीन पद महाधिवेशन हलले सर्वसम्मत भएको घोषणा गरेको हो ।

काठमाडौं : ट्राफिक प्रहरीले पहिलो पटक प्रकाशन गरेको ‘Traffic Police Mirror 2024’ विमोचन भएको छ । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा बिहीबार आयोजित एक कार्यक्रम बीच उक्त मिररको विमोचन गीरएको हो ।   

सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले मिरर प्रकाशन गर्न सहकार्य गर्ने भाटभटेनी सुपरमार्केट, नाडा, बिवाईडि मोटर्स, राष्ट्रिय वाणिज्य बैंक, ग्लोबल आईएमई बैंक, स्याकर ट्रेडिङ, सिप्रदि ट्रेडिङ लगायतका संघ-संस्थाहरूलाई प्रशंसापत्र प्रदान  गर्नुभयो । 

कार्यक्रममा प्रहरी महानिरीक्षक कुँवरले ट्राफिक पुलिसको इतिहास र विकासक्रमका साथै सडक सुरक्षा र ट्राफिक व्यवस्थापनमा गरिएका प्रयासहरूलाई समेटेर तयार पारिएको उक्त मिररको प्रथम संस्करणको प्रकाशन कार्य प्रशंसनीय रहेको बताए।   

सो अवसरमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पूर्व आयुक्त अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षक केशव बरालले विगतमा ट्राफिक प्रहरीले गरेका कामहरू देखाउने ऐनाको रूपमा मिरर प्रकाशन भएको र मिररले ट्राफिक व्यवस्थापनको विगत र वर्तमानलाई स्पष्ट पार्नेमा विश्वस्त रहेको बताए । 

कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाले धन्यवाद मन्तव्य व्यक्त गर्दै पहिलो पटक लिखित दस्तावेजको रूपमा प्रकाशन भएको मिररले २००७ सालदेखि हालसम्म ट्राफिक प्रहरीले गर्दै आएका कार्यहरूलाई समेटेको उल्लेख गरे । 

कार्यक्रममा अवकाश प्राप्त प्रहरी महानिरीक्षक प्रकाश अर्याल, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, यातायात व्यवस्थापनसँग सरोकार राख्ने सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिहरू, यातायात व्यवसायीहरूका साथै विभिन्न संघ-सस्थाका प्रतिनिधिहरू र संचारकर्मीहरूको समेत उपस्थिति रहेको थियो । 

काठमाडौ । नेपाल नम्बर एक एमेच्योर गल्फर सदभाव आचार्य विशेष प्रशिक्षण तथा दुई प्रतियोगितामा सहभागी हुन बिहीबार संयुक्त राज्य अमेरिका प्रस्थान गर्दैछन् ।

सदभावले १२४ औं संस्करणको युएस एमेच्योर च्याम्पियनसिपको अन्तिम चरणको क्वालिफाईङ प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने छन् । १८ वर्षिय सदभावले युनाईटेड स्टेट्स गल्फ संघबाट दोस्रो तथा फाइनल राउन्डको छनोट प्रतियोगिताको लागि विशेष निमन्त्रणा पाएका हुन् । उनले यो छनोट नर्थ क्यारोलिना वा क्यालिफोर्नियाबाट खेल्ने छन् ।

सदभाव युएस एमेच्योर च्याम्पियनसिपको अन्तिम छनोट प्रतियोगिता खेल्ने पहिलो नेपाली गल्फर समेत बन्ने छन् । १२४औं युएस एमेच्योर च्याम्पियनसिप अगस्ट १२ देखि १८ तारिखसम्म मिनेसोटाको हेजेल्टाइन नेसनल गल्फ क्लबको चास्का टाउन कोर्समा हुनेछ ।

यसैगरी उनले जुनियर प्लेयर्स च्याम्पियनसिप २०२४ मा सहभागिता जनाउने छन् । अमेरिकन जुनियर गल्फ संघले सदभावलाई आगामी अगस्ट २९ देखि सेप्टेम्बर १ तारिखसम्म फ्लोरिडास्थित टिपीएस सग्रसको दि‌ प्लेयर्स स्टेडियम कोर्समा आयोजना हुने च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न‌ निमन्त्रणा पठाएपछि उनी सहभागी हुन लागेका हुन् ।

सन् २०२४ को जुनियर प्रेसिडेन्ट्स कप इन्टरनेसनल टिमको दाबेदार मध्यको एक खेलाडी भएकोले अमेरिकन जुनियर गल्फ संघले सदभावलाई निमन्त्रणा नेपाल गल्फ संघले जनाएको छ ।

दुई प्रतियोगितामा सहभागीतासँगै अमेरिकामा सदभावले विशेष प्रशिक्षण गर्ने छन् । उनले विभिन्न गल्फ क्लबमा प्रोफेसनल गल्फर स्टेफन पर्यासँग तीन महिना प्रशिक्षण लिने छन् ।

दुई पटक फाल्डो सिरिज एसिया फाइनलमा छनोट हुनुका साथै सदभावले गत वर्ष सुवास तामाङसँग मिलेर बंगलादेश ओपनमा टिम इभेन्टमा नेपाललाई स्वर्ण पदक दिलाएका थिए । उनी सूर्य नेपाल गल्फ टुरमा सबैभन्दा कम उमेरमा उपाधि जित्ने गल्फर पनि हुन् । उनले तीनवटा प्रमुख उपाधि जितिसकेका छन् । सदभावले गत वर्ष चीनमा सम्पन्न १९ औँ एसियाली खेलकुदमा पनि देशको प्रतिनिधित्व गरिसकेका छन् ।

सदभावले भर्खरै सम्पन्न सूर्य नेपाल गल्फ टुर २०२३–२४ को सिजनमा दुई वटा उपाधि जित्दै टुरमा कुल उपाधि संख्या तीन पुर्याएका थिए । यो सिजन ६ प्रतियोगितामा भाग लिए उनले दुई प्रमुख उपाधिसँगै एमेच्योरतर्फ ६ उपाधि नै जिते ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले बिहीबारै सदभावलाई सफलताको शुभकामना दिदै एक कार्यक्रमबीच बिदाइ गरे । सदस्य–सचिव घिसिङले नेपाली खेलाडीले यो स्तरको प्रतियोगिता र प्रशिक्षणमा सहभागी हुनु गल्फका लागि मात्र नभइ सिंगो राष्ट्रका लागि गर्वको कुरा भएको बताए ।

काठमाडौं : १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा चन्द्रागिरी नगरपालिका-१२ बस्ने नुवाकोट बेलकोटगढी गाउँपालिका-१३ घर भएका २६ वर्षीय दिपेश मगरलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । मगरलाई ती किशोरीलाई चन्द्रागिरी नगरपालिका-१२ स्थित घरमा विगत १०/१२ दिनदेखि बन्धक बनाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

झापा, २३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बाह्रदशी गाउँपालिका-१ बस्ने २८ वर्षीय अन्सार मिँयालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । मिँयाले ती महिलालाई विवाह गर्छु भनी आश्वसन देखाई जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

काठमाडौँ । परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले चीनसँगको बीआरआई परियोजनालाई अघि बढाउने सरकारको नीति रहेको बताएका छन् ।

उपप्रधानमन्त्री श्रेष्ठले सो परियोजना दुवै देशको हित हुनेगरी अघि बढाउने व्यवस्था पनि समझदारी पत्रमा उल्लेख गरिएको बताए ।

बिहीवार राष्ट्रिय सभा बैठकमा मन्त्रालयगत बजेटमाथिको छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले सो परियोजनामा अनुदान र ऋण दुवै हुनेगरी योजनाहरु अघि बढाउने व्यवस्था गरिएको बताए । दुवै देशको हितमा हुनेगरी बीआरआई परियोजना अघि बढाउने विषयमा नेपाल–चीनबीच समझदारी भईसकेको उपप्रधानमन्त्री श्रेष्ठको भनाइ थियो ।

उनले भने, ‘बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनामा २०१७ मा समझदारी पत्रमा हस्ताक्षर ग¥यौं । त्यस पछाडि त्यसको व्याख्यात्मक रुप त्यस विषयमा लगातार छलफल हुँदै आयो । र त्यसको मस्यौदा तयार भयो । त्यो मस्यौदा तयार भईसकेपछि त्यो मस्यौदा करिवकरिव अन्तिम स्थितिमा पुगेको अवस्था हो । र त्यसलाई हस्ताक्षर गर्ने हाम्रो नीति छ ।’

बारा: कलैया उपमहानगरपालिका-५ पर्साटोल बस्ने ५५ वर्षीय रामएकवाल पण्डित कुम्हार र बारा आदर्शकोतवाल गाउँपालिका-५ बस्ने ३४ वर्षीय सुरेश ठाकुरको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा ३ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा पर्सा जगरनाथपुर गाउँपालिका-५ बस्ने ३२ वर्षीय सन्तोष प्रसाद कुम्हार, सोही गाउँपालिका-५ बस्ने ४५ वर्षीय महादेव महतो नुनिया र बारा कलैया उपमहानगरपालिका-५ घर भएका ३३ वर्षीय लक्ष्मण कुमार प्रजापति रहेका छन् । 

पर्सा जगरनाथपुर गाउँपालिका-१ बिसुनपूर्वा टोल स्थित ओरिया खोलाको किनारमा गत जेठ २९ गते रामएकवाल र सुरेशको शव फेला परेको घटनाको अनुसन्धान गर्ने क्रममा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । पारिवारिक रिसईवी तथा जग्गा जमिनको विवादको विषयलाई लिएर योजनावद्ध तरिकाले उनीहरूले हत्या गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । 

उनीहरू उपर ज्यान सम्बन्धी कसूर (कर्तव्य ज्यान) मुद्दामा पर्सा जिल्ला अदालतबाट ५ दिन म्याद थप अनुमति लिइ थप अनुसन्धान गर्नुका साथै प्रहरीले घटनामा संलग्न अन्य व्यक्तिहरूको समेत खोजी गरिरहेको छ ।

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने बताएको छ ।

एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले पत्रकारहरूसँग कुरा गर्दै कांग्रेस र एमालेको सहमतिप्रति अझै विश्वस्त हुने ठाउँ नभएकाले सरकारलाई दिएको समर्थन कायमै रहेको र आवश्यक परे विश्वासको मत पनि दिने बताएका हुन् ।

उनले संविधान संशोधनको बारेमा दुवै दलले स्पष्ट व्याख्या नगरेको र आफूहरूसँग पनि कुनै छलफल नगरेको बताए ।

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।