
काठमाडौं । नेकपा एमालेले राजीनामा दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेको छ ।
मंगलबार बसेको सचिवालय बैठकले एमाले र कांग्रेसबीचमा भएको सहमति अनुसार संविधानको धारा ७६ (२) को अर्को सरकार निर्माण गर्न बुधबारसम्म मार्गप्रशस्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आह्वान गर्ने निर्णय गरेको एक नेताले जानकारी दिए ।
एमालेले कांग्रेससँग भएको सहमति अनुसार अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा गठन हुने सरकारलाई राष्ट्रिय सहमतिको सरकार बनाउन अरु दललाई पनि सहभागी हुन आह्वान गरेको छ ।
सोमबार राति कांग्रेस र एमालेबीच नयाँ सरकार बनाउने सहमति भएको छ । सरकारको नेतृत्वमा आलोपालो गर्ने र सुरुमा ओली प्रधानमन्त्री हुने सहमति भएको दुवै दलका नेताहरुको भनाइ छ ।
काठमाडौं । पारा तथा विशेष खेलकुदअन्तर्गत भारोत्तोलनमा मंगलबार ४ नयाँ राष्ट्रिय कीर्तिमान बनेको छ । चारै कीर्तिमान पुरुषको स्पर्धामा बनेको हो । चारमा दुईले आफ्नै नाममा रहेको कीर्तिमान सुधारे भने दुई खेलाडीले अरुको कीर्तिमान तोड्दै स्वर्ण जितेका हुन् ।
सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको प्रतियोगिताको पुरुष ७२ केजीमाथि बागमती प्रदेशका आशिष मानन्धरले १४५ केजी भार वहन गर्दै आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमानमा सुधार गरे । उनकै नाममा १३० केजीको कीर्तिमान थियो । कर्णाली प्रदेशका किरणकिशोर सापकोटा दोश्रो तथा कोशी प्रदेशका सुपर राई तेश्रो भए ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना तथा राष्ट्रिय पारा भारोत्तोलन खेलकुद संघ नेपालको व्यवस्थापनमा भएको प्रतियोगिताको पुरुष ५९ केजीमा सुदूरपश्चिम प्रदेशका सुरेश विष्टले ८६ केजी तौल उठाउदै राष्ट्रिय कीर्तिमान बनाए । ८५ केजीको कीर्तिमान दीपक तिमल्सिनाको नाममा थियो । कोशीका सोमनाथ राई दोश्रो तथा बागमतीका मानबहादुर राना मगर तेश्रो बने ।
पुरुष ६५ केजीमा बागमतीका दीपक खड्काले १०१ केजी वजन उचाल्दै राष्ट्रिय कीर्तिमान कायम गरे । उनले ठाकुर श्रेष्ठको ९० केजीको कीर्तिमान भंग गरे । बागमतीका विरु ढुंगानाले रजत तथा लुम्बिनीका लक्ष्मण नेपालीले कांस्य प्राप्त गरे ।
पुरुष ५४ केजीमा बागमतीका ठाकुर श्रेष्ठले १०० केजी भार वहन गर्दै कीर्तिमानी स्वर्ण जिते । उनले आफ्नै नाममा रहेको ९० केजीको कीर्तिमानमा सुधार गरे । गण्डकी प्रदेशका पवन घर्ती मगर दोश्रो तथा बागमतीका दीपक तिमल्सिना तेश्रो स्थानमा रहे ।
पुरुष ४९ केजीमा बागमतीका मनीष पुन मगरले स्वर्ण चुमे । उनले ५० केजी वजन उठाए । कर्णालीका रुपलाल बस्नेतले रजत तथा कोशीका अजित खातीले कांस्य हात पारे । पुरुष ७२ केजीमुनि बागमतीका राजाराम सिलवाल पहिलो भए । उनले ८० केजी तौल उचाले । लुम्बिनीका नारायण तिमल्सिना दोश्रो तथा बागमतीका रामकाजी मगर तेश्रो भए ।
विजेतालाई राखेपकी अध्यक्ष एवं प्रतियोगिता संयोजक पेमा डोल्मा लामा, राष्ट्रिय पारा भारोत्तोलन खेलकुद संघ नेपालका अध्यक्ष टेकबहादुर गुरुङलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । दुईदिने प्रतियोगितामा मधेश बाहेक ६ प्रदेशका ४२ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । पुरुषमा ६ र महिलामा ३ गरी ९ स्पर्धामा प्रतिस्पर्धा भएको थियो ।
कपिलवस्त: बाणगंगा नगरपालिका-८ लौगाईस्थित बोड्गाउँ डिजि फेन्सीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम २ सय मिलिग्रामसहित सोही ठाउँ बस्ने २१ वर्षीय नबिन बेलबासेलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
झापा, मेचिनगर नगरपालिका-६ स्थित पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्रामसहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा विर्तामोड नगरपालिका-७ बस्ने ३३ वर्षीय सुरज लामा र विर्तामोड नगरपालिका-५ बस्ने २२ वर्षीय बिजय मगर रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.२५ प २४४५ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नयाँ गठबन्धनमा सहभागी नहुने निर्णय गरेको छ । मंगलबार बिहान बसेको रास्वपाको सचिवालय बैठकले नयाँ गठबन्धनमा सहभागी नहुने निर्णय गरेको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए ।
उनले नयाँ गठबन्धन देश र जनताको हितमा नरहेको भन्दै यसले देशलाई राजनीतिक स्थायित्व पनि नदिने बैठकले निष्कर्ष निकालेको बताए ।
‘नयाँ गठबन्धन यो घटना देश र जनताको हितमा छैन । यसले राजनीतिक स्थायित्व दिन सक्दैन भन्ने हाम्रो बुझाइ छ । अब बन्ने गठबन्धनमा हामी सहभागी हुँदैन’, बैठकपछि परियारले भने ।
काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । बैठक दिउँसो तीन बजे बस्नेछ ।
बैठकमा नेपाली कांग्रेससँगको सत्ता समीकरण लगायतका विषयमा छलफल गर्न एमाले सचिवालय बैठक बस्न लागेको हो ।
नेकपा एमाले नेकपा माओवादी केन्द्रसँगको सत्ता समीकरण तोडेर नेपाली कांग्रेससँग सत्ता साझेदारीमा अघि बढेको छ ।
सोमबार मध्यरात मुलुकका दुई ठूला दल कांग्रेस र एमालेले आलोपालो सरकारको नेतृत्व गर्ने लगायतका विषयमा समझदारी गरेका छन् ।
काठमाडौँ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालले कांग्रेस–एमाले गठबन्धनलाई साथ दिने भएको छ ।
जसपा नेपालका अध्यक्ष यादवले अहिलेको परिवर्तित अवस्थामा बनेको नयाँ समीकरणलाई आफूहरूको साथ रहने बताए । उनले भने, ‘सरकारमा जाने–नजाने कुरा पछि को हो तर अहिले हाम्रो समर्थन नयाँ गठबन्धनलाई रहन्छ ।’
माओवादी–एमाले गठबन्धनको पालामा जसपा नेपाल विभाजन भएको थियो । माओवादीका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डले जसपा नेपाल आफूले फुटाएको भनी अभिव्यक्ति दिएका थिए ।
सत्ता गठबन्धनमध्ये माओवादी अहिले एक्लै देखिएको छ । एमाले र कांग्रेसले गठबन्धन बनाएका छन् । त्यो गठबन्धनमा कुन कुन दल रहने भन्ने निश्चित भएको छैन । यद्यपि जसपा नेपालले आफू नयाँ गठबन्धनसँगै रहने बताएको छ ।
कांग्रेस–एमाले गठबन्धनले ६ वटा प्रदेश सरकारको नेतृत्व बाँडफाँट गरेका छन् तर मधेस प्रदेश भने मधेसवादी दलका लागि छाडेका छन् ।
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन् । मंगलबार बिहान उनी बालुवाटार पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेसविज्ञ मनहरि तिमल्सिनाले जानकारी दिए ।
प्रधानमन्त्री प्रचण्ड र ओलीबीच गएको आइतबार र सोमबार (हिजो) पनि लामो छलफल भएको थियो । सोमबारै राति ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग नयाँ सत्ता समीकरणको सहमति गरेका छन् ।
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा एमाले र नेपाली कांग्रेसबीच राष्ट्रिय सहमतिको सरकार बनाउने सहमति भएको बताएका छन् ।
‘राजनीतिक स्थायित्वका लागि संविधानमा आवश्यक संशोधन गर्ने र तदनुरुपका कानुन समेत निर्माण गर्ने गरी केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन नेकपा एमाले र नेपाली कांग्रेसका बीचमा समझदारी,’ उनले सामाजिक सन्जालमा लेखेका छन् ।
महासचिव पोखरेलले यस प्रक्रियामा सहमत दलहरुलाई राष्ट्रिय सरकारमा समावेश गरिने पनि उनले उल्लेख गरेका छन् ।
यस्तो छ महासचिव पोखरेलले सामाजिक सन्जालमा लेखेका कुरा :
''राजनीतिक स्थाईत्वका लागि संविधानमा आवश्यक संशोधन गर्ने र तदनुरुपका कानून समेत निर्माणगर्ने गरी केपीशर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतीको सरकार बनाउन नेकपा(एमाले) र नेपाली कांग्रेसका बीचमा समझदारी । यस प्रकृयामा सहमत दलहरुलाई राष्ट्रिय सरकारमा समावेश गरीने ।''
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राजनीतिक परामर्शमा जुटेका छन् । सोमबार राति नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ सत्ता समीकरण बनेसँगै अल्पमतमा परेका प्रचण्ड प्रधानमन्त्री पदबाट राजीनामा दिने कि संसदमा विश्वासको मत लिने भन्ने छलफलमै रहेको बुझिएको हो ।
‘राजीनामा दिने नदिने निर्णय भइसकेको छैन’ एक स्रोत भन्छ, ‘तर प्रधानमन्त्रीको मुड तत्काल राजीनामा नदिने जस्तो देखिएको छ ।’
त्यसो भएमा एमालेले समर्थन फिर्ता लिनसक्छ । तर प्रधानमन्त्री प्रचण्डसँग विश्वासको मत लिन ३० दिन रहन्छ । उनले विश्वासको मत नपाए नयाँ सरकार गठनको बाटो खुल्नेछ ।





