
काठमाडौं । पूर्वगृहमन्त्री रामबहादुर थापा परेका छन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका उनलाई प्रहरीले बौद्धबाट पक्राउ गरेको उपत्यका प्रहरी कार्यालयका एआईजी दीपक थापाले बताए ।
भुटानी शरणार्थीको समस्या समाधान गर्न भन्दै मन्त्रालयले पूर्वसहसचिव बालकृष्ण पन्थीको नेतृत्वमा कार्यदल बनाएको थियो । कार्यदलको प्रतिवेदनमै नक्कली नामहरु घुसाएर नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने प्रयास भएको थियो । त्यसक्रममा थापाले विचौलियाको भूमिका निभाएको प्रहरी अनुसन्धानबाट खुलेको थियो ।
यसमा बादलका उनका सुरक्षा सल्लाहकार इन्द्रजित राई, राईका छोरा निरज राई, तत्कालीन उर्जामन्त्री एवं हालका एमाले सचिव टोपबहादुर रायमाझी, उनका छोरा सन्दीप रायमाझी पनि जोडिएका थिए । तर, बादल गृहमन्त्री भएका बेला कार्यदलको प्रतिवेदनमा विचौलियाको सूचीअनुसारको नामहरु थप्न नसकेपछि बालकृष्ण खाँण गृहमन्त्री भएका बेला प्रतिवेदन नै कीर्ते गरेर नेपाली युवालाई भुटानी शरणार्थी बनाउने प्रयास भएको थियो ।
काठमाडौं । साउदी अरब बस्ने नेपाली खेलप्रेमीले वाफ फुटबल च्याम्पियनसिपको उपविजेता र लेबननमा हुने फोर नेसन्स कपमा सहभागी हुने नेपाली राष्ट्रिय महिला टोलीका खेलाडी, प्रशिक्षक र अफिसियललाई प्रोत्साहन स्वरुप शुक्रबार केल्मीको टिसर्ट प्रदान गरिएको छ ।
महिला फुटबल संघको पहलमा टोलीलाई प्रोत्साहन स्वरुप टिसर्ट प्रदान गरिएको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा राष्ट्रिय खेलकुद परिषद् (राखेप) की सदस्य समेत रहेकी महिला फुटबल संघकी अध्यक्ष पेमा डोल्मा लामा, राखेपकी सदस्य एवं संघकी महासचिव विना श्रेष्ठ, उपाध्यक्ष लुना प्रधान, सदस्य एवं राष्ट्रिय महिला फुटबल टिमकी पूर्व कप्तान चन्द्रा भण्डारी, फुटबलकी मुख्य प्रशिक्षक अरुणा गुरुङलगायतले टिसर्ट हस्तान्तरण गरे । फोर नेसन्स कप जुलाइ ८ देखि १६ तारिखसम्म हुँदैछ ।
यसअघि महिला फुटबल संघकै पहलमा वाफ फुटबल च्याम्पियनसिपको उपविजेता टोलीलाई साउदी अरबमा बस्दै आएका बुटवल उपमहानगरपालिका ११ का यमबहादुर गुरुङ (यम तमु) को प्रायोजनमा १० लाख नगदसहित सम्मान गरिएको थियो ।
काठमाडौँ । लागुपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका ४ जना चालकहरुलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।
शुक्रबार भक्तपुरको जगातीबाट बा १ ज ८४ ५७ नम्बरका माइक्रो चालक ओखलढुंगाको सुनकोशी गाउँपालिका ५ का २२ वर्षीय कृष्ण कार्की, बा ५ ख ९५ ०८ नम्बरका बस चालक सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका ५ का ३८ वर्षीय भोपेन्द्र भण्डारी, बा ५ ख ,४३ ०० नम्बरका बस चालक चितवनको राप्ती नगरपालिका ७ का ३१ वर्षीय रमेश वि.क. र बा ६ ख ३० ०६ नम्बरका बस चालक धादिङको निलकण्ठ नगरपालिका १२ का ३३ वर्षीय टिकाराम श्रेष्ठलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।
नेपाल प्रहरी अस्पतालको प्राविधिक टोलीले उनीहरूको पिसाव, ड्रग किटमा राखेर चेक गर्दा लागुपदार्थ सेवन गरेको प्रमाणित भएको थियो ।
प्रहरी अस्पतालको प्राविधिक सहयोगमा निरन्तर रूपमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र लागु औषध नियन्त्रण ब्युरो कोटेश्वरको संयुक्त टोलीले उपत्यकाका विभिन्न स्थानमा सवारी साधनका चालकहरूले नशालु पदार्थ सेवन गरे/नगरेको चेक गर्दै आएको छ ।
जगातीमा शुक्रबार २५ वटा सवारी साधनलाई चेक गर्दा ४ वटा सवारी साधनका चालकले भने लागुपदार्थ सेवन गरेको पाइएको हो । नियन्त्रणमा आएका सबै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त जगाती बुझाइएको छ ।
चालकलेनै लागुपदार्थ सेवन गरी सवारी साधन चलाउनु आफैँमा नियम विपरीत तथा दण्डनीय कार्य भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक जीवन कुमार श्रेष्ठले बताए ।
त्यस्तै, काठमाडौंको सितापाइलामा आजै गरिएको यान्त्रिक चेकिङका क्रममा अवस्था ठिक नभएका सवारी साधन चलाउने ३१ ओटा सवारी साधनका
चालकलाई ट्राफिक प्रहरीले कार्वाही गरेको छ । ५३ ओटा सवारी साधन चेक गर्दा हेण्डब्रेक नभएका, लाइटहरू दुरुस्त नभएका, टायर धेरै घिस्रिएका लगायत अवस्था ठिक नभएका ३१ ओटा सवारी साधन फेला परेपछी चालकलाई कारबाही गरिएको हो ।
सवारी दुर्घटना न्युनिकरण तथा ट्राफिक व्यवस्थापनमा सहजिकरण गर्नका लागी ट्राफिक प्रहरीले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा लापसे, मापसे, यान्त्रिक चेकिङ लगायतका विशेष चेकिङहरु गर्दै आएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक श्रेष्ठले जानकारी दिए ।
मन्थली नगर एसईई नतिजा २०८०: चनखुको हरिसिद्वि माविका सत प्रतिशत विद्यार्थी पास
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८० मा दुईभन्दा बढी विषयमा एनजी अर्थात नन ग्रेड ल्याएका विद्यार्थीलाई पनि मौका परीक्षामा सहभागी गराउने निर्णय गरेको छ ।
शिक्षामन्त्री सुमना श्रेष्ठले धेरै विद्यार्थी अध्ययनबाट वञ्चित हुने भन्दै मौका परीक्षामा सहभागी हुन दिने व्यवस्था गर्न शुक्रबार निर्णय गरेकी छन् ।
मन्त्रालयले शुक्रबार मन्त्रीस्तरीय निर्णय गर्दै एनजी ल्याएका विद्यार्थीलाई मौका परीक्षामा सहभागी गराउन लेटर ग्रेडिङ निर्देशिका, २०७८ संशोधन गर्ने प्रकृया अगाडि बढाउन पाठ्यक्रम विकास केन्द्रलाई, परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयलाई परीक्षा सञ्चालन व्यवस्थापन गर्न र शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई आवश्यक कक्षा सञ्चालन तथा सिकाइ सहजीकरण गर्न विद्यालय तथा सरोकार निकायलाई निर्देशन दिने निर्णय गरेको छ ।
सोही अनुसार सम्बन्धित निकायलाई पत्राचार पनि गरिसकिएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता केशवप्रसाद दाहालले जानकारी दिए ।
निर्देशिकामा दुईभन्दा बढी विषयमा न्यूनमत ३५ प्रतिशत अंक नपाएका र ग्रेड वृद्धि परीक्षा दिंदा पनि ३५ प्रतिशत अंक ल्याउन नसकेका परीक्षार्थीले अर्को वर्ष एनजी लागेको विषयमा मात्र परीक्षा दिन पाउने व्यवस्था छ ।
तर, ठूलो संख्याका विद्यार्थीले मौका परीक्षामा सहभागी हुन नपाउने भएपछि मन्त्रालयले दोस्रो पटक निर्देशिका संशोधन गर्ने र सबै विद्यार्थीलाई मौका परीक्षामा सहभागी गराउने निर्णय गरेको हो ।
यसअघि निर्देशिकामा दुईभन्दा बढी विषयमा एनजी ल्याएका विद्यार्थीले अर्को वर्ष सबै विषयमा परीक्षा दिनुपर्ने व्यवस्था रहेको थियो । गत वर्ष निर्देशिका संशोधन गर्दै दुईभन्दा बढी विषयमा एनजी लागेकाले अर्को वर्ष परीक्षा दिनुपर्ने तर एनजी लागेका विषयमा मात्रै दिनुपर्ने व्यवस्था गरिएको थियो ।
एसईईको ग्रेड वृद्धि परीक्षा साउन १८ र १९ गते,कति जनाले पाउँछ दिन?
एजेन्सी। हाम्रो स्वास्थ्य कुन कुरामा निर्भर हुन्छ रु केहीको जवाफ स्वस्थ जीवनशैली होला । अरूले औषधि र डाक्टरमाथिको विश्वास भनेर जवाफ देलान् । तर यो सूचीमा अर्को कुरा पनि थपिएको छ ।
एक्लोपनले रोगहरूको जोखिम बढाउने एक अनुसन्धानले देखाएको छ । एक्लै बस्ने मानिसहरू विशेष गरी मुटुसम्बन्धी रोगको सिकार हुन सक्ने अध्ययनमा पाइएको छ । चिनजान र साथीभाइहरूको कमी वा सामाजिक अन्तरक्रियाको घट्दो दायरा धेरै रोगहरूको कारण हुनसक्ने अमेरिकन साइकियाट्रिक एसोसिएसनले सार्वजनिक गरेको नयाँ प्रतिवेदनले देखाएको छ ।
साथी नभएका मानिसलाई यी रोगको खतरा बढी
–मुटुसम्बन्धी रोग
–डिमेन्शिया
–मधुमेह र हाइपरटेन्शन
–न्यूरो सिस्टम डिसअर्डर
–हिँड्डुलमा समस्या
–निद्रामा समस्या
–अस्वस्थकर जीवनशैली
–एङ्गजायटी र डिप्रेशन
साथी कम भएका मानिसलाई रोगहरूको जोखिम १६ प्रतिशतभन्दा बढी
अमेरिकी मनोचिकित्सक संघले हालै विगतमा भएका ६ विभिन्न अनुसन्धानको विश्लेषण गरेर प्रतिवेदन निकालेको थियो । अध्ययनमा करिब एक लाख मानिस समावेश गरिएको थियो । मानिसको सामाजिक अन्तरक्रियामा उल्लेख्य मात्रामा कमी आउँदा मुटुसम्बन्धी रोग लाग्ने जोखिम १६ प्रतिशतले बढ्ने अध्ययनमा पाइएको छ ।
यसबाहेक डिमेन्सिया, हिँडडुल गर्न समस्या, निद्रा नलाग्ने, अस्वस्थ जीवनशैली जस्ता स्वास्थ्यसम्बन्धी समस्या पनि यस्ता व्यक्तिमा बढी देखियो । मेयो क्लिनिकले गरेको एक अनुसन्धानमा एक्लोपनको असर मानसिक–शारीरिक र जैविक दुवै हुनसक्ने देखिएको छ । एक्लोपनको अवस्थामा मानिसको शरीर उमेरभन्दा छिटो बुढो हुन सक्ने पाइयो ।
तर सामाजिक सम्बन्धले मात्रै आयु र स्वास्थ्यलाई प्रभावित भने पार्दैन । यसका अन्य अहम् कारक पनि छन् । कोही व्यक्ति अस्वस्थ जीवनशैली अपनाएर साथीभाइ बनाएर जवान र स्वस्थ देखिन्छु भन्ने सोच्छ भने चाँहि निराशा मात्रै हात लाग्नेछ ।
सम्बन्धले जीवनमा औषधि र प्रार्थनाको काम गर्छ
अनुसन्धानमा मानसिक र शारीरिक स्वास्थ्यका लागि महत्त्वपूर्ण देखाइएका सम्बन्धहरूमा क्लोज, इन्टिमेट र पारिवारिक घुलमिल भएको सम्बन्ध मात्र छैन । हाम्रा केही सम्बन्ध सामान्य चिनजानमा आधारित हुन्छन् । साधारण सामाजिक अन्तरक्रियाले पनि हाम्रो खुसीमा ठुलो प्रभाव पार्न सक्ने अनुसन्धानले देखाएको छ । यसरी हेर्दा पार्कमा देखभेट हुने वा बाटोमा भेट्दा हालखबर सोध्ने व्यक्तिले पनि हाम्रो सामाजिक दायराको साथमा स्वास्थ्य पनि सुधार गर्ने रहेछ । सम्बन्ध चाहे जस्तोसुकै किन नहोस् महिनामा कम्तीमा दुई पटक भेट्ने वा कुरा गर्ने व्यक्तिहरूलाई मात्र सामाजिक अन्तरक्रियाको घेरामा राख्न सकिन्छ ।
स्वास्थ्यलाई कसरी सुधार्छ सम्बन्ध ?
स्वास्थ्य र सम्बन्धबिचको सम्बन्ध बुझ्न सी–रिएक्टिभ प्रोटिनको भूमिका महत्त्वपूर्ण हुन्छ । यो प्रोटीनले शरीरमा संक्रमणको स्तरलाई बताउँछ । यो प्रोटिन जति बढी हुन्छ, संक्रमण र गम्भीर रोगको जोखिम पनि त्यति नै बढी हुन्छ । शोधकर्ताहरूका अनुसार साथीभाइ, साझेदार, नातेदार, सहकर्मी वा चिनेका व्यक्तिसँग बढी समय बिताउने मानिसहरूमा सी–रिएक्टिभ प्रोटिनको स्तर कम हुन्छ । जसका कारण उनीहरू बिरामी हुने सम्भावना केही हदसम्म कम हुन्छ । कम सी–रिएक्टिभ प्रोटिनका कारण ती व्यक्तिका शरीर रोगहरूसँग लड्न तयार हुन्छ ।
एसएनआईले बताउँछ सम्बन्धको स्थिति र स्वास्थ्य अवस्था
सम्बन्धको सङ्ख्याले स्वास्थ्यलाई असर गर्छ । तर यी सम्बन्ध र तिनीहरूको गहिराइ मापन गर्न त्यति सजिलो भने छैन । सम्बन्धलाई गणितीय सूत्रमा बाँध्न सम्भव छैन । यस्तो अवस्थामा सामाजिक सञ्जाल सूचकाङ्क ९एसएनआई० उपयोगी हुन सक्छ । एसएनआईलाई सम्बन्धको सङ्ख्या नाप्ने सूत्र भन्न सकिन्छ । व्यक्तिले समाज, परिवार र सम्बन्धमा कति फरक–फरक भूमिका खेलिरहेको छ भनेर यसले बताउँछ । एक व्यक्ति जति सामाजिक रूपमा धेरै सक्रिय हुन्छ, उसको एसएनआई पनि उच्च हुन्छ र बिरामी पर्न सक्ने सम्भावना कम हुन्छ ।
सम्बन्ध बनाउन र जोगाउन छैन मुस्किल
यतिका कुरा पढेपछि यति धेरै सम्बन्ध बनाउन र जोगाउन कसरी सम्भव भयो होला भन्ने प्रश्न तपाईँको मनमा आएको होला । यसले मन र दिमागमा कुनै अतिरिक्त बोझ त पर्दैन । तर यस्तो होइन । अमेरिकन साइकियाट्रिक एसोसिएसनका अनुसार शरीर र दिमागलाई नतकाईकन पनि राम्रो सामाजिक सम्बन्ध बनाउन सकिन्छ । यसका लागि यी कदमहरू चाल्न सकिन्छस्
पुरानो सम्बन्ध जोगाउनुस्
नयाँ सम्बन्ध बनाउनुको सट्टा पुराना साथीभाइ, सहकर्मी र आफन्तसँगको अन्तरक्रिया बढाउनु राम्रो हुन्छ । समय समयमा उनीहरूको हाल खबर सोधिरहनुस् । उनीहरूलाई भेट्ने अवसरहरू जुराइरहनुस् ।
आफूलाई सामाजिक गतिविधिमा संलग्न गराउने
सामाजिक रूपमा सक्रिय रहने र मानिसहरूसँग भेटघाट गरिरहनुस् । सामुदायिक कार्यको मद्दतले तपाई आफैँलाई पनि नयाँ व्यक्तिहरूसँग जोड्न सक्नुहुन्छ । यसो गर्नाले सक्रिय त भइन्छ नै जीवनलाई राम्रो उद्देश्य पनि दिन सकिन्छ ।
सामाजिक सञ्जालमा अन्तरक्रिया
मानिसहरूसँग घुलमिलको कुरा आउँदा सामाजिक सञ्जाललाई असामाजिक तत्त्वको रूपमा हेरिन्छ । यसले मानिसहरूलाई समाज र सम्बन्धबाट टाढा भर्चुअल संसारमा बाँधेर राख्छ भन्छन् । तर सतर्क रूपमा प्रयोग गर्ने हो भने सामाजिक सञ्जालले हाम्रो एक्लोपन हटाउन सक्छ । फेसबुकमा डूमस्क्रोलिङ गर्नुको सट्टा यसलाई पुराना र नयाँ साथी, परिचित अनि आफन्तहरूसँग अन्तरक्रिया गर्न प्रयोग गरियो भने यसले एक्लोपन हटाउन सक्छ ।
काठमाडौं । नेपाली कांग्रेसका सांसद पूर्णबहादुर तामाङ(कान्छाराम)ले आगामि वर्षबाट ज्येष्ठ मसान्तमा विकासका सबै काम सम्पन गर्न सरकारलाई सुझाव दिएका छन् ।
शुक्रबार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै उनले यस्तो सुझाव सरकारलाई दिएका हुन् । असार र साउनमा बाढि पहिरोमा केन्द्रित भएर काम गर्नुपर्ने उनको भनाइ छ ।
त्यस्तै उनले महानगरपालिका भित्रको काममा तीनै तहको सरकार संलग्न हुने र एकअर्कोप्रति समन्वय नगर्ने प्रवृति रहेको भन्दै उनले महानगरभित्र एउटै सरकारले काम गर्ने वातावरणका लागि आग्रह गरे । ‘महानगरपालिकाले कहिले ल्याएर सडक विभागमा फोहोर फालिदिन्छ । कहिले सिंहदरबारभित्र फोहोर फालिदिन्छु भन्ने, कहिले प्रधानमन्त्री कार्यालयमा फोहोर फालिदिन्छु भन्ने । यो राम्रो भएन जस्तो लाग्छ’, सांसद तामाङले भने ।
यहीँनेर उनले दोहोरी गीत सम्झिए । ‘एउटा गीत छ–कोहीकोही मात्तिन्छ पैसाले, कोहीकोही मात्तिन्छ बैंसले दोहोरी गीत गाउँछन् । यो महानगर पालिकामा पैसा पनि बेसी भयो, बैंस पनि भयो । दुइटैले मात्तिएजस्तो छ’, तामाङले भने ।
काठमाडौं महानगरमा संघीय सरकारले बाटो, खानेपानी, विद्युत् आदिमा कामै नगर्ने र यसको सम्पूर्ण जिम्मेवारी महानगरलाई दिनुपर्ने भन्दै उनले भौतिक पूर्वाधार मन्त्रालयको ध्यानाकर्षण गरे ।
काठमाडौं : भन्सार छली गरी अवैध रूपमा संकलन गरी लैजान लागेको करिब ५० ग्राम तौलको सुन जस्तो देखिने पहेंलो धातुको सिक्री २ थानसहित ३ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिराहा सिराह नगरपालिका-१६ वतन भएका ३३ वर्षीय अशोक पासवान, धनुषा सबैला नगरपालिका-१३ वतन भएका ३० वर्षीय मोहम्मद जयस शेख र काठमाडौं तारकेश्वर नगरपालिका-२ वतन भएकी २४ वर्षीया आसिका केसी रहेका छन् ।
कतार एयरलाईन्सको उडानद्वारा कतारबाट काठमाडौं आएका अशोक र मोहम्मद जयसलाई आसिकाले उक्त धातु भन्सार छलि गर्न लगाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको आगमन पार्किङ एरियाबाट अवैध रुपमा संकलन गरी लैजान लागेको अवस्थामा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान एवं कारवाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको छ ।
महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशका नौ जिल्लाका अठार सामुदायिक तथा निजी विद्यालय छनोट गरी नेपाली सेनाले राष्ट्रिय सेवा दल ‘जुनियर डिभिजन’ तालिम सुरुआत गरेको छ । सुदूरपश्चिम पतृना अत्तरिया तेघरीका अनुसार छनोट भएका विद्यालयमा सेनाका बाहिनी, गण तथा गुल्मपतिले सो तालिम थालनी गरेका हुन् ।
यहाँ कञ्चनपुरका छ, कैलालीमा तीन, डडेल्धुरा र दार्चुलामा दुई-दुई, बाँकी डोटी, अछाम, बाजुरा, बझाङ र बैतडीमा एक÷एक विद्यालयमा सो तालिम सुरु भएको पृतनाले जनाएको छ । युवा वगलाई अनुशासित, बफादारिता तथा इमान्दारिता, राष्ट्रिय एकताको भावना र नेतृत्व क्षमताको विकास गराउने उद्देश्यले नेपाली सेनाले हरेक वर्ष राष्ट्रिय सेवा दलको जुनियर र सिनियरतर्फको तालिम विद्यालयमा सञ्चालन गर्दै आएको छ ।
यस क्रममा शुक्रबार महेन्द्रनगरस्थित श्री राष्ट्रिय बाल विद्यालयमा पनि सो तालिमको श्री नम्बर २५ बाहिनी अड्डाका बाहिनीपति सहायकरथी मनोज थापाले शुभारम्भ गर्नुभयो । उक्त कार्यक्रममा कञ्चनपुर जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी धर्मराज जोशी, सेनाको रुद्रध्वज गणका गणपति प्रमुख सेनानी दीपक खड्का, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशी, सशस्त्र प्रहरी बल नम्बर ३५ गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक खगेन्द्रबहादुर चन्द, श्रीदल गुल्मका गुल्मपति सेनानी राजीव जङ्ग ठकुरी, कञ्चनपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष दिनेश मल्ल, राष्ट्रिय विद्या निकेतनका प्रधानाध्यापक महेश भट्टलगायतको सहभागिता रहेको थियो ।
जुनियर डिभिजन तालिममा छनोट भएका विद्यालयका मावि तहमा अध्ययनरत १८ छात्रा र १८ छात्र गरी ३६ जना सहभागी रहने सेनाले जनाएको छ । सेनाले दिएको जानकारीअनुसार २०२२ सालदेखि मुलुकमा सेनाले विद्यार्थीलाई सो तालिम दिँदै आएको र हालसम्म ७४ हजारभन्दा बढी विद्यार्थीले तालिम लिइसकेको जनाएको छ ।
प्युठान: झिमरूक गाउपालिका-४ मच्छीस्थित गाउँपालिकाको सभाहलमा व्यवस्थापन सम्बन्धी क्षमता विकास तालिम बिहीबार सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यलय प्युठानको समन्वयमा झिमरूका गाउँपालिकाले उक्त कार्यक्रम आयोजना गरेको हो ।
शिक्षाविद् प्रा.डा. विद्यानाथ कोईरालाको प्रमुख आतिथ्यता तथा झिमरूक गाउँपालिका वडा नम्बर ८ का वडा अध्यक्ष तुलस बहादुर बस्नेतको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायव उपरीक्षक इश्वर थापा, झिमरूक गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत पवन कुमार शाही, झिमरुक गाउँपालिका अन्तर्गत रहेका विद्यालयरूको विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, प्रधानाध्यापक तथा शिक्षकहरूको सहभागिता रहेको थियो ।
काठमाडौँ । पूर्व सभामुख एवं नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले संविधानमा उल्लेख भएको समाजवादको व्याख्या गरेर जाने बेला आएको बताउनुभएको छ ।
शुक्रबार काठमाडौँमा भएको जगतबहादुर बोहराको जीवनी तथा संस्मरण लोकार्पण समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले समाजवाद संविधानमा उल्लेख गरिए पनि राम्रो व्याख्या नगरिएको बताउनुभयो । उहाँले आफ्नो जीवनको अन्तिम घडीसम्म कुनै पनि कुरा त्याग्न परे आफू त्याग्न तयार रहेको घोषणा गर्नुभयो । उहाँले सारा तागत लगाएर नेपाली जनताको समाजवाद स्थापना गर्ने सपना साकार पार्नुपर्ने बताउनुभयो।
पूर्वसभामुख सापकोटाले प्रतिष्ठानलाई माथि उठाउन आफूले गर्नुपर्ने सबै सहयोग गर्न प्रतिवद्ध रहेको बताउनुभयो ।





