२०८३ बैशाख १७ बिहीबार
२०८३ बैशाख १७ बिहीबार

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को विधान सम्मेलन र २३औं राष्ट्रिय सम्मेलन आगामी असोजको पहिलो हप्ता हुनेभएको छ । आज (शुक्रबार) बसेको अखिल (क्रान्तिकारी) को चौथो पूर्ण बैठकले असोजको पहिलो हप्ता विधानसम्मेलन र राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको हो ।

साथै, २३औं राष्ट्रिय सम्मेलनमा उमेरहद लागू गरिने भएको छ । चौथो पूर्ण बैठकले विधान सम्मेलनमा उमेरहद लागू गर्ने सम्बन्धमा मतदान गराउने र पारित भएको खण्डमा लागू गर्ने निर्णय गरको हो । विधान सम्मेलनबाट पारित भएको खण्डमा अब अखिल (क्रान्तिकारी) मा ३२ वर्षे उमेर हद लागू हुनेछ ।

माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समेत अब पार्टीका सबै निकायमा निर्वाचन प्रणाली लागू गरिने बताए । ‘विधान अधिवेशनबाट पार्टीमा प्रत्यक्ष निर्वाचन गर्ने निर्णय गरिएको छ । प्रधानमन्त्री प्रचण्डले भने, ‘मनोनयन गर्ने प्रथा अब रहँदैन, विद्यार्थीमा पनि प्रत्यक्ष निर्वाचन हुन्छ ।’

अखिल (क्रान्तिकारी) रुपान्तरण अभियानमा लागेका विद्यार्थी नेताहरुले संगठन वास्तविक र नियमित विद्यार्थीहरुको हातमा फर्काउने अभियानलाई तीब्र गतिमा अगाडि बढाएका थिए । २३औं राष्ट्रिय सम्मेलनमार्फत उमेर हद र वास्तविक विद्यार्थीका मुद्दाहरुलाई संस्थागत गराएरै छाड्ने उनीहरुले बताउँदै आएका थिए ।

संगठन रुपान्तरण अभियानमा लागेका विद्यार्थी नेताहरुको उक्त मुद्दालाई प्रचण्डले समेत समर्थन गरेपछि अब उमेर हद लागू हुने निश्चित भएको अखिल (क्रान्तिकारी) का नेताहरु बताउँछन् ।

काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सिंहदरबार प्रवेशमा अब कसैलाई चिन्नु नपर्ने बताएका छन् । मन्त्रालय सम्हालेको १ सय दिनको अवसरमा आयोजित पत्रकार सम्मेलनमा लामिछानेले भने– ‘सिंहदरबार पहुँचवालाको लागि मात्र प्रवेश पाउने निकाय थियो तर, अब त्यो अवस्था अन्त्य भएको छ ।’

मुलुकको मुख्य प्रशासनिक केन्द्र सिंहदरबार प्रवेशमा ई–गेट पास प्रणाली लागू गरिएको छ । गृह मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गरेर त्यसबारे जानकारी गराएको छ ।

सिंहदरबार प्रवेश गर्नुपर्ने काम र आफ्नो परिचयपत्र भएपछि कसैलाई चिन्नु नपर्ने मन्त्री लामिछानेले बताए । उनले भने– ‘आफ्नो मान्छे भएकाले मात्र प्रवेश पाउने व्यवस्था अन्त्य गर्न खोजेका हौँ, हर नागरिकका लागि सिंहदरबार खुला छ ।’

फ्लोर क्रस गरेर गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका नेकपा (माओवादी केन्द्र)का सांसद फणिन्द्र देवकोटा पदमुक्त भएका छन्।

गण्डकी प्रदेश सभाको शुक्रबार अपराह्न ४ बजे बसेको बैठकमा सभामुख कृष्णप्रसाद धितालले सांसद देवकोटालाई कारबाही गरिएको सम्बन्धी जानकारी गराएका छन्। माओवादी प्रदेश संसदीय दलका नेता हरिबहादुर चुमानले देवकोटालाई कारबाही गरिएको पत्र शुक्रबार नै प्रदेश सभा सचिवालयलाई दिएका थिए।

त्यहि पत्र सभामुख धिमातले पढेर सुनाएका हुन्। प्रदेश सभा निवायवलीको दफा २०७ मा यस सम्बन्धी व्यवस्था रहेको छ। त्यसमा भनिएको छ, ‘दल त्याग सम्बन्धी सूचना प्राप्त भएमा सभामुखले सोको जानकारी सभाको बैठकलाई दिनुपर्ने छ र बैठक चालु नरहेको अवस्थामा त्यस्तो सूचना सचिवालयको सूचना पाटीमा टाँस्न लगाउनुपर्नेछ।’

प्रदेश सभाको बैठक चालु रहेकाले सभामुख धिमालले पढेर सुनाएका हुन्। सभामुखले सभालाई जानकारी गराएसँगै सांसद धिमाल पदमुक्त भएका छन्।

काठमाडौं । नेकपा एकीकृत समाजवादीले आगामी असार १६ देखि २० गतेसम्म काठमाडौंमा हुने १०औँ महाधिवेशनमा प्यानल बनाएर चुनाव लड्न नपाइने उल्लेख गरेका छन् ।

शुक्रबार पार्टी अध्यक्ष माधव कुमार नेपालले पार्टी निर्देशिका जारी गर्दै प्यानल बनाएर चुनाव लड्न रोक लगाउने उल्लेख गरेका छन् । ‘महाधिवेशन प्रतिनिधि चयनका लागि समूह बनाएर निर्वाचन लड्न पाइने छैन’ पार्टी निर्देशिकामा भनिएको छ ।

त्यस्तै महाधिवेशनमा १८७८ जना प्रतिनिधि सहभागी हुने भएका छन् ।

एकीकृत समाजवादी भूगोलका संघीय निर्वाचन क्षेत्रबाट ११५७, उपत्यका प्रदेशका जिल्ला कमिटीका कार्यक्षेत्रबाट २३, प्रदेश सम्पर्क कमिटी क्षेत्रबाट २२, भारत प्रवास क्षेत्रबाट ८, अन्य प्रवास क्षेत्रबाट १५ जना महाधिवेशन प्रतिनिधि रहनेछन् ।

त्यस्तै, केन्द्रीय सल्लाहकार परिषद्‌बाट ५, केन्द्रीय ज्येष्ठ कम्युनिस्ट मञ्चबाट ५, विभिन्न महासंघहरूबाट ८५, जनसंगठनहरूबाट ५६ जना प्रतिनिधि रहनेछन् ।

त्यस्तै, केन्द्रीय कमिटीबाट ३४६, केन्द्रीय आयोगहरूबाट १०४, केन्द्रीय विभाग र केन्द्रीय कार्यालयबाट ३२ र मजदुर विशेष आरक्षणबाट २० जना प्रतिनिधि सहभागी हुनेछन् ।

एकीकृत समाजवादी ०७८ सालमा एमालेबाट फुटेर नयाँ दल बनेको भए पनि एमाले हुँदाकै अवस्थालाई निरन्तरता दिँदै १० औँ महाधिवेशन गर्दै छ ।

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले विभागको जिम्मेवारी हेरफेर गरेको छ।

अध्यक्ष राजेन्द्र लिङ्देनले चार विभागका प्रमुख हेरफेर गरेका हुन्। अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुखको जिम्मेवारी भने अध्यक्ष लिङ्देनले नै राखेका छन् ।

संयोजित संगठन समन्वय विभाग प्रमुखमा गोपाल दाहाल, सम्पर्क समाज समन्वय विभाग प्रमुखमा धनबहादुर बुढा र युवा विभाग प्रमुखमा प्रकाश रिमाल रहेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

रुकुमपश्चिम । जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमले सवारी ज्यान मुद्धामा फरार दुई जनालाइ पक्राउ गरेको छ । अदालतबाट कैद सजाय तोकिएका दुई जनालाई पक्राउ गरिएको हो ।

कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक बखत बहादुर शाहीका अनुसार रुकुमपश्चिमको आठविसकोट नगरपालिका –१२ निवासी ४६ वर्षीय कर्णबहादुर ओली भन्ने कर्ण ओली र बर्दियाको बाँसगढी नगरपालिका –१ बस्ने २२ वर्षीय मदन परियारलाई पक्राउ गरिएको हो । ओलीलाई आठविसकोट नगरपालिका –१० स्थित गिजाबाट र परियारलाई मुसिकोट नगरपालिका –१ खलंगा बजारबाट पक्राउ गरिएको हो ।

प्रहरी निरीक्षक शाहीका अनुसार रुकुम जिल्ला अदालतको मिति २०७७ चैत ४ गतेको फैसला अनुसार ओलीलाई सवारी ज्यान मुद्धामा छ महिना कैद सजाय तोकिएको छ । त्यसैगरी परियारलाई पनि २०८१ वैशाख २७ गतेको फैसला अनुसार सवारी ज्यान मुद्धामा एक महिना कैद सजाय तोकिएको छ । फैसलायता दुबै जना फरार थिए ।

जिल्ला प्रहरी कार्यालयले अदालतका फैसला कार्यान्वयन गर्ने क्रममा ओलीलाई जेठ ३१ गते बेलुका र परियारलाई आज बिहान पक्राउ गरेको हो । पक्राउ गरेका दुबै प्रतिवादीहरुलाई आवश्यक कारबाहिको लागि अदालतमा पठाईएको प्रहरीले जनाएको छ ।

कुवेत । कुवेतको श्रम आवासमा आगलागी हुँदा ज्यान गुमाएका ४५ जना भारतीय नागरिकको पार्थिव शरीर बोकेको भारतीय विशेष वायुसेना विमान शुक्रबार बिहान कोच्चिका लागि उडेको कुवेतस्थित भारतीय दूतावासले जनाएको छ ।

“कुवेतमा आगलागीको घटनामा ज्यान गुमाएका ४५ जना भारतीयको पार्थिव शरीर बोकेको विशेष आईएएफ विमान कोच्चिका लागि उडेको छ’’, भारतीय दूतावासले सामाजिक सञ्जाल एक्समार्फत जानकारी गरायो ।

“जसले कुवेतका अधिकारीहरूसँग समन्वय गरेर छिटो स्वदेश फिर्ता सुनिश्चित गर्नुभएको भारतको विदेश राज्यमन्त्री कीर्ति वर्धन सिंह पनि सोही विमानमा सवार हुनुहुन्छ’’, विज्ञप्तिमा भनिएको छ।

आगलागीमा ज्यान गुमाउने ४५ जना भारतीयमध्ये २३ जना केरलाका बासिन्दा थिए । यस घटनाले कुवेत र भारत दुवै समुदायमा शोकको लहर निम्त्याएको छ ।

आगलागीमा तमिलनाडुबाट ७ जना, आन्ध्र प्रदेशबाट ३, बिहार, ओडिशा, कर्नाटक, महाराष्ट्र, उत्तर प्रदेश, झारखण्ड, हरियाणा, पञ्जाब र पश्चिम बङ्गालबाट १–१ जना साथै केरलाका २३ जना भारतीय नागरिकले ज्यान गुमाएका छन् ।

कुवेतका अधिकारीहरूले आगलागीको कारण पत्ता लगाउन र प्रभावित परिवारलाई सहयोग गर्न अथक प्रयास गरिरहेका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीले गहिरो शोक व्यक्त गर्दै दुर्घटनाबाट प्रभावितहरूलाई सबै सम्भव सहयोग गर्ने आश्वासन व्यक्त गर्नुभएको छ ।

भारतको विदेश राज्यमन्त्री कीर्ति वर्धन सिंहले जुन १३ मा कुवेतको अस्पताल भ्रमण गर्नुभएको थियो जहाँ उहाँले मङ्गाफमा दु?खद आगलागीको घटनापछि उपचार गराइरहेका भारतीय नागरिकहरूसँग कुराकानी गर्नुभयो ।

उहाँको भ्रमणले विदेशमा रहेका आफ्ना नागरिकहरूको कल्याण सुनिश्चित गर्ने भारतको प्रतिबद्धतालाई जोड दिन्छ र सङ्कटको समयमा अन्तर्राष्ट्रिय सहयोगको महत्त्वलाई प्रकाश पार्छ । रासस/एएनआइ

श्रीलङ्कका । श्रीलङ्ककाको अर्थतन्त्र सन् २०२४ मा २.२ प्रतिशतले विस्तार हुने र सन् २०२६ मा तीन प्रतिशत पुग्ने अपेक्षा विश्व बैंकले छ ।

सन् २०२४ को प्रारम्भमा, पाकिस्तान र श्रीलङ्का लगायतका धेरै देशमा निजी क्षेत्रको गतिविधि बढेको छ, रिपोर्टमा उल्लेख गरिएको छ । रिपोर्टका अनुसार श्रीलङ्कामा आर्थिक गतिविधि सुदृढ भएको भई पर्यटन र रेमिट्यान्स पनि पुनः प्राप्त भएको छ । यद्यपि तिनीहरू पूर्व–महामारीको स्तरभन्दा तल छन् ।

दक्षिण एसिया क्षेत्रको आर्थिक वृद्धि सन् २०२४ मा ६.२ प्रतिशतमा झर्ने र सन् २०२५–२६ सम्ममा यो दर कायम रहने अनुमान गरिएको छ ।

काठमाडौँ । नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने उद्देश्यले काठमाडौँको भृकुटीमण्डमा आजदेखि अन्तर्राष्ट्रिय पर्यटन मेला सुरु भएको छ । आज एक कार्यक्रमका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले उदघाटन गर्दै नेपालको पर्यटनलाई विश्वभर प्रवर्द्धन गर्न मेला उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले यस वर्ष पर्यटन क्षेत्रमा देखिएको समस्या समाधान गरी कम्तीमा १६ लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य पूरा गर्न मन्त्रालय प्रतिबद्धताका साथ लागेको उल्लेख गर्नुभयो । सन् २०२३ मा १० लाख पर्यटक नेपाल आएकामा सन् २०२४ मा कम्तीमा १६ लाख भित्र्याउने लक्ष्यका साथ सरकारले काम गरिरहेको पर्यटनमन्त्री तामाङले जानकारी दिनुभयो । पर्यटन क्षेत्रमा पहिले लगाउँदै आइएको हवाई टिकटमा भ्याट र अन्य केही अनावश्यक कर हटाउने काम भइरहेको जनाउँदै उहाँले पर्यटन प्रवर्द्धनका लागि विद्यमान समस्या बजेट पास हुनुअघिनै समाधान गरिने प्रस्ट पार्नुभयो ।

पर्यटनमन्त्री तामाङले पर्यटन क्षेत्रले ब्यहोरिरहेको समस्या समाधान गर्न, यस क्षेत्रको विकास र प्रवर्द्धनका लागि विभिन्न करहरु हटाउने कुरामा सरकारले पहल गरिरहेको भन्दै यसबारे यथाशीघ्र सम्बोधन गरिने बताउनुभयो । विश्व पर्यटन बजारमा सूचीमा नेपाल घुम्नैपर्ने गन्तव्य भएकाले पर्यटकीय सम्भावना भएका क्षेत्रमा पूर्वाधार निर्माणलगायत काम सरकारले सुरु गरिसकेको जानकारी दिनुभयो ।

पर्यटन क्षेत्रको विकासले मुलुकलाई समृद्धतर्फ लैजाने आधार तयार पार्ने हुँदा यस क्षेत्रमा काम गर्दै आइरहेका सङ्संस्थासँग सहकार्य गरेर सरकारले काम गर्ने लक्ष्य लिएको मन्त्री तामाङले उल्लेख गर्नुभयो । अन्तर्राष्ट्रिय पर्यटन मेलामा नेपाल, भारत, कोरिया, ताइवान, सिङ्गापुर, माल्दिभ्स, अमेरिका, नेदरल्याण्ड्स, श्रीलङ्का, चीन, थाइल्याण्ड, दुबई, बङ्गलादेश, भियतनाम, मलेसिया, भुटान सहभागी छन् । मेलामा एक करोडभन्दा बढी खर्च हुने आयोजक समिट इभेन्ट्स मार्केट्सले जनाएको छ ।

समिट इभेन्ट्स मार्केट्सका प्रबन्ध निर्देशक एवम् मेलाका संयोजक विष्णु पाण्डेले नेपालको पर्यटन क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरसम्म जोड्न मेलाको आयोजना गरिएको बताउनुभयो । नेपाल पर्यटन बोर्ड र काठमाडौँ महानगरपालिकाको मुख्य सहयोग रहेको उक्त मेलामा एक हजारभन्दा बढी अवलोकनकर्ताको सहभागिता रहने उहाँले जानकारी दिनुभयो ।

मेलाले विभिन्न देशका पर्यटन व्यवसायीलाई एकै ठाउँमा ल्याउने र यसबाट नेपालले अन्तर्राष्ट्रियरुपमा पर्यटन प्रवर्द्धन गर्न नयाँ अवसर सिर्जना गर्ने विश्वास लिइएको आयोजकले जनाएको छ । भृकुटीमण्डपमा आयोजित मेलामा १६ देशका एक सय ५५ पर्यटन व्यवसायीको सहभागिता रहेको छ । मेला भोलिसम्म सञ्चालन हुनेछ ।

काठमाडौँ । युरोकपको १७औं संस्करण जुन १४ देखि जुलाई १४ सम्म हुँदै छ । मिनी फुटबल विश्वकप भनिने युरोकप यस पटक जर्मनीले आयोजना गर्दै छ । युरोपका २४ देशले भाग लिने यो प्रतियोगिता जर्मनीका बिभिन्न १० स्टेडियम मा खेलाईंदै छ ।

युरोकपको उद्घाटन खेलमा आज राति आयोजक जर्मनी र स्कटल्याण्ड खेल्दै छन् । यो खेल नेपाली समय अनुसार राति १२: ४५ बजेदेखि हुदै छ । युरोकपको डिफेन्डिङ च्याम्पियन इटाली हो । इटालीले २०२० मा सम्पन्न फाइनल खेलमा ईङल्याण्डलाई पेनाल्टी सुट आउटमा पराजित गर्दै दोस्रो पटक उपाधि जितेको थियो ।

यस युरोकपमा भाग लिएका २४ टिमलाई ६ समुहमा बिभाजन गरिएको छ । समुह चरणका खेलपछि समुहमा शिर्ष २ देश नकआउट चरणमा प्रवेश गर्ने छन् भने तेस्रो स्थानमा रहेका शिर्ष चार देश पनि नकआउट चरणमा पुग्ने छन् ।

युरोकपको समुह ए मा जर्मनी, स्कटल्याण्ड, हंगेरी र स्वीजरल्याण्ड रहेका छन् । त्यस्तै समुह बी मा स्पेन, क्रोसिया, इटाली र अल्बानिया रहेका छन् भने समुह सी मा स्लोभेनिया, डेनमार्क, सर्बिया र इङल्याण्ड रहेका छन् । त्यस्तै समुह डी मा पोल्याण्ड, नेदरल्याण्डस, अस्ट्रिया र फ्रान्स रहेका छन् भने समुह इ मा बेल्जियम, स्लोभाकिया, रोमानिया र युक्रेन रहेका छन् । त्यस्तै समुह एफ मा टर्की, जर्जियाम पोर्चुगल र चेक रिपब्लिक रहेका छन् ।

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।