२०८३ बैशाख १७ बिहीबार
२०८३ बैशाख १७ बिहीबार

मकवानपुर । अत्यधिक गर्मी बढेपछि हेटौँडाका सम्पूर्ण विद्यालय दुई दिनका लागि बन्द गरिएको छ।

बुधबार सूचना जारी गर्दै हेटौँडा उपमहानगरपालिकाको शिक्षा विकास महाशाखाले बिहीबार र शुक्रबार दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

केही दिनयता बढेको अत्यधिक गर्मीका कारण विद्यार्थी एक्कासी बेहोस हुने, ढल्नेजस्ता समस्या देखिएपछि बिदा दिने निर्णय भएको उपमहानगरपालिकाको शिक्षा विकास महाशाखा शिक्षा निर्देशक सीताराम कोइरालाले बताए ।

कुवेत । कुवेतको मङ्गाफ सहरमा रहेको एक आवासीय भवनमा आगलागी हुँदा कम्तीमा ४० जनाको मृत्यु भएको छ । बुधबार बिहान एक बहुतले भवनमा आगलागी भएको हो । भवनको झ्यालबाट बाक्लो कालो धुवाँ निस्किरहेको देखिन्थ्यो ।

यो भवनमा अधिकांश प्रवासी मजदुरहरू बस्छन् । रिपोर्टका अनुसार मारिनेमा ५ भारतीय नागरिक पनि छन् । भारतीय राजदूत पनि घटनास्थल पुगेका छन् । भारतीय दूतावासले पीडित परिवारलाई सहयोग गर्न हेल्पलाइन नम्बर पनि जारी गरेको छ ।

कुवेतका गृहमन्त्री फहाद युसुफ अल सबाहले घटनास्थलको भ्रमण गरेका छन् । कुवेती सञ्चारमाध्यमका अनुसार उक्त भवनमा क्षमताभन्दा धेरै मानिस बस्दै आएका थिए । गृहमन्त्रीले सम्पत्ति ऐन उल्लङ्घनका विषयमा छानबिन गरिने बताएका छन् ।

कुवेतको जनसङ्ख्याको दुई तिहाइ आप्रवासी कामदारहरू छन् । यो देश विशेषगरी निर्माण र स्वदेशी क्षेत्रमा विदेशी कामदारमा निर्भर छ । मानव अधिकार समूहहरूले कुवेतमा प्रवासीहरूको जीवनस्तरमाथि धेरै पटक प्रश्न उठाएका छन् ।

काठमाडौं । अखिल (क्रान्तिकारी) रुपान्तरण अभियानमा लागेका विद्यार्थी नेताहरुले संगठन वास्तविक र नियमित विद्यार्थीहरुको हातमा फर्काउने अभियानलाई तीब्र गतिमा अगाडि बढाएका छन् । २३ औं राष्ट्रिय सम्मेलन मार्फत उमेर हद र वास्तविक विद्यार्थीका मुद्दाहरुलाई संस्थागत गराएरै छाड्ने उनीहरुको लक्ष्य छ । अखिल (क्रान्तिकारी) को उमेरहद ३२ वर्ष बनाउन विद्यार्थी नेताहरुले संगठन रुपान्तरण अभियान नै चलाएका छन् ।

यसैबीच अखिल (क्रान्तिकारी) का विद्यार्थी नेताहरुले नेकपा (माओवादी केन्द्र) की उपाध्यक्ष एवं जनवर्गीय संगठन प्रमुख पम्फा भुसाल र अखिल (क्रान्तिकारी) फ्र्याक्सन इन्चार्ज हिमाल शर्मालाई भेटेर आफ्ना एजेण्डाहरु सुनाएका छन् । जनवर्गीय संगठन प्रमुख भुसाल र फ्र्याक्सन इन्चार्ज शर्मालाई भेट्न अखिल (क्रान्तिकारी) का नेताहरु विरेन्द्र जिसी, दिपेन्द्र शाही, शिशिर बस्याल, विरेन्द्र मगर, स्ववियू अध्यक्षहरु प्रेम जैशी, विष्णु ढुङ्गेल, रेशमलाल श्रेष्ठलगायतले भेटेका थियो । नेपाल ल क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष ढुङ्गेलले विद्यार्थी नेताहरु माझ जनवर्गीय संगठन प्रमुख भुसाल र फ्र्याक्सन इन्चार्ज शर्माले ३२ वर्षीय लगाउने प्रतिवद्धता व्यक्त गरेको बताए ।

अस्कल क्याम्पस स्ववियू अध्यक्ष प्रेम जैशीले जनवर्गीय संगठन प्रमुख भुसाल र फ्रयाक्सन इन्चार्ज शर्माले अगामी जेठ ३२ गते हुने अखिल (क्रान्तिकारी) को तेस्रो पूर्ण बैठकमा उमेरहदको विषय एजेण्डाको रुपमा प्रस्तुत गर्ने प्रतिवद्धता व्यक्त गरेको बताए ।

संगठन रुपान्तरण अभियानमा लागेका विद्यार्थी नेताहरुले निरन्तर विभिन्न क्याम्पसमा भेला गर्दै तल्लो कमिटीसम्म आफ्नो आवाज पुर्याउने कोशिश गरिरहेका छन् । संगठन रुपान्तरण अभियानमा रहेका विद्यार्थी नेताहरुले अस्कल क्याम्पस, चक्रवती हावी एजुकेसन र नेपाल ल क्याम्पसमा कार्यक्रम गरिसकेका छन् ।

दाङ । अत्यधिक गर्मीको कारण दाङको तुलसीपुरमा रहेको एक विद्यालयका विद्यार्थीहरू बेहोस भएका छन् ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ मा रहेको अमर माद्यामिक विद्यालय उरहरीमा पढ्ने सात जना विद्यार्थी गर्मीले बेहोस भएको प्रधानाध्यापक पदम वलीले जानकारी दिए ।

बेहोस भएका विद्यार्थीको अवस्था सामान्य रहको वलीले बताए। गर्मीका कारण दिनहुँजसो विद्यार्थी बेहोस हुँदै आएकाले केही दिनका लागि तुलसीपुर उपमहानगरपालिकाले गर्मी बिदा गरिदिन आग्रह गरेका छन् ।

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रदेश संरचनालाई सही बाटोबाट अघि बढाउन आवश्यक रहेको बताएका छन् ।

नेपाल समाजवादी पार्टीको स्थापना दिवसको अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रदेश तेस्रो तहका नेताहरुलाई राख्ने स्थल बनेको बताए ।

उनले व्यवस्थाले परिकल्पना गरेको संघीयताको मर्मलाई अँगाल्न नसकिएको बताए । अहिले भएका प्रदेशले संविधान र संघीयतालाई बोक्न नसकेको उनको भनाइ छ ।

‘प्रदेश संरचनालाई लिएर हामीले राखेका केही प्रश्नहरुलाई लिएर धेरै जिज्ञासाहरु छन् । प्रदेश जुन ढंगको बनेको छ, के संविधानले परिकल्पना गरेको प्रदेश अहिले जे देखिएको छ, त्यही प्रदेश हो ? के त्यसले संविधानले परिकल्पना गरेको, व्यवस्थाले परिकल्पना गरेको संघीयताको मर्मलाई बोकेको छ कि बद्नाम गराउने काम गरेको छ ? त्यसलाई रिट्रोफिड गरौँ है, त्यसलाई ठिक गरौँ, त्यो बेढंगको छ, हामीले ढंगको बनाउनुपर्छ भनेको हो’, उनले भने ।

गृहमन्त्री लामिछानेले सबैलाई जोगाउँदा, देश, व्यवस्था र संविधान नजोगिने अवस्थामा पुगेको बताए । उनले मिलेर जाऔँ भन्ने चकरमा आफू ३ महिना नलागेको भए गत निर्वाचनमा २० सिट बढी जित्ने दाबी गरे ।

काठमाडौं । वैदेशिक रोजगारीको नाममा अनलाइनमार्फत रकम ठगी गरेको अभियोगमा नागार्जुन नगरपालिका-४ सितापाईला बस्ने १८ वर्षीय किशोरलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

विभिन्न सामाजिक सञ्जालको दुरूपयोग गरी पीडितहरूलाई वैदेशिक रोजगारीको लागि कम्बोडियामा ई-भिसामा पठाईदिने र त्यहाँ पुगेपछि वर्क भिसा गराईदिन्छु भन्दै प्रलोभनमा पारी आफ्नो बैंक खातामा ५ लाख रूपैयाँ पठाउन लगाई ठगी गरेको खुल्न आएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं बानेश्‍वरबाट पक्राउ गरेको हो ।

उनलाई ठगी सम्बन्धी कसुरमा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

काठमाडौँ । नेपाल सरकारले आगामी असार ७ (२१ जुन) गते विश्व योग दिवसलाई विद्यालयस्तरमा पनि मनाउने निर्णय गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठको अध्यक्षता आज बसेको मूल समारोह समितिको बैठकले ‘महिला सशक्तीकरणका लागि योग’ नाराका साथ विद्यालयस्तरमा दिवस मनाउने निर्णय गरेको हो ।

बैठकले प्रदेश र स्थानीय तहमा समेत योग दिवस मनाउन पत्राचार गरिनुका साथै विद्यालयस्तरमा दिवस मनाउन सबै शिक्षा विकास तथा समन्वय एकाइमार्फत विद्यालयहरुलाई अनुरोध गर्ने निर्णय गरिएको मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ । रासस

भोजपुर । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा हतुवागढी गाउँपालिका-९ बस्ने २५ वर्षीय रिठ्ठे भन्ने विशाल मगरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

मगरले ती बालिकाको घर नजिकै रहेको गोठमा गत वैशाख ७ गते बेलुकी जबरजस्ती करणी गरेको र गर्भ समेत रहेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय भोजपुर समेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

५ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान गरिरहेको छ ।

जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय अध्यक्षमा उपेन्द्र यादव निर्विरोध निर्वाचित भएका छन् । जनकपुरमा जारी राष्ट्रिय महाधिवेशनबाट यादव निर्विरोध अध्यक्ष निर्वाचित भएको जसपा नेपालका नेता महेश चौरसियाले जानकारी दिए ।

उनका अनुसार अध्यक्षमा यादवको मात्र उम्मेदवारी परेको थियो । यादवको नेतृत्वमा १८ वर्षअगाडि मधेशी जनअधिकार फोरम नेपाल गठन भएको थियो । पटकपटक पार्टीको नाम परिवर्तन भए पनि अध्यक्षमा यादव नै रहिरहेका छन् ।

अध्यक्षबाहेक अन्य पदमा भने नेताहरूको उम्मेदवार परेको छ । नामावली भने सार्वजनिक भइसकेको छैन ।

मधेश प्रदेशको जनकपुरधामस्थित महेन्द्र नारायण निधि भवनमा जारी महाधिवेशनबाट २०१ सदस्यीय केन्द्रीय समिति चयन हुने छ ।

समितिमा पदाधिकारी २०, सदस्य १८१ गरी २०१ सदस्यीय केन्द्रीय समिति रहने छन् । पदाधिकारीमा अध्यक्ष १, सहअध्यक्ष १, उपाध्यक्ष ५, महासचिव २, उपमहासचिव ३, सचिव ७ र कोषाध्यक्ष १ जना रहने प्रावधान छ ।

काठमाडौं । मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले राष्ट्रपति महिला उत्थान कार्यक्रमको नाममा भ्रष्टाचार बढेको भन्दै खारेज गर्नुपर्ने बताएका छन् ।

बुधबार प्रतिनिधि सभा बैठकमा सहरी विकास, रक्षा, महिला बालबालिका तथा ज्येष्ठ नागरिक, कानुन, संघीय मामिला मन्त्रालयको विनियोजन विधेयक माथिको छलफलमा बोल्दै उनले सो प्रस्ताव राखेका हुन् ।

राष्ट्रपति महिला उत्थान कार्यक्रमको नाममा भएको भ्रष्टाचार कारण राष्ट्रपतिको बद्नाम भएकाले उक्त कार्यक्रम खारेज गर्न आवश्यक रहेको बताएका छन् । उक्त कार्यक्रम खारेज गरी दुर्गम तथा पहाडी क्षेत्रका गर्भवती तथा सुत्केरीको हवाई उद्धार गर्ने जिम्मा सम्बन्धित प्रमुख जिल्ला अधिकारीलाई दिन उपयुक्त हुने बताए ।

उनले पछाडि पारिएका महिला कामदार वर्गका महिलालाई प्राथमिकतामा राखेर शिक्षा र स्वास्थ्य सेवा निशुल्क तथा रोजगारीको व्यवस्था गरेर मात्रै सरकारी कार्यालयमा अडिट गराउनुपर्ने बताए।

सुवालले खुला सीमाना भएर चेलीबेटी बेचबिखन हुने भएकाले दुवै देशको हितको लागि खुला सीमा बन्द गर्न सरकारले पहल गर्न आवश्यक रहेको बताए ।

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।