२०८३ बैशाख १७ बिहीबार
२०८३ बैशाख १७ बिहीबार

काठमाडौँ । कम्बोडिया, न्युजिल्याण्ड, फ्रान्स लगायतका देशहरुमा पठाई दिन्छु भनि ३ सय जना भन्दा बढी मानिसहरूबाट करिब १५ करोड रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा चितवन भरतपुर महानगरपालिका-१८ घर भई हाल काठमाडौं टोखा नगरपालिका बस्ने २८ वर्षीय राज कुमार भट्ट, कास्की माछापुच्छ्रे गाउँपालिका-८ घर भई पोखरा महानगरपालिका-९ पृथ्वीचोक बस्ने २२ वर्षीय नविन विक र कास्की पोखरा महानगरपालिका-८ घर भई चितवन भरतपुर महानगरपालिका-८ बस्ने २३ वर्षीय पवन पन्त रहेका छन् ।

फेसबुक, म्यासेन्जर, ह्‍वाट्सएप लगायतका सामाजिक संजालमा फेक आइडि प्रयोग गरी वैदेशिक रोजगारीमा कम्बोडिया, न्युजिल्याण्ड, फ्रान्स लगायतका देशहरूमा पठाइदिने भनि आकर्षक तलब, भत्ता सहितको विज्ञापन सार्वजनिक गरी सम्पर्कमा आएका व्यक्तिहरूलाई ठगी गर्ने गरेको भन्ने उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

घर, व्यापार, व्यवसायको कारोबार गर्ने कार्यालयमा मासिक ३० देखि ४० हजार रूपैयाँसम्म तलब हुने एकाउन्टेन्टको जागिर दिएका व्यक्तिहरूको बैंक खातामा विदेश जान सम्पर्कमा आएका मानिसहरूबाट रकम जम्मा गर्न लगाई उक्त रकमहरू चेकबाट निकाल्न लगाई राज कुमार लगायतलाई भेटेर नगदै तथा विभिन्न खाताहरूमा ट्रान्जेक्सन गर्न लगाएको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । उनीहरूले भिसा प्रोसेसिङ भइरहेको भन्दै भिसा, वर्क पर्मिट, होटल बुकिङ, पुलिस रिपोर्ट लगायतका फेक कागजातहरू देखाई टिकट र डलर साट्ने भन्दै प्रति व्यक्ति ५ लाख देखि १० लाखका दरले रकम उठाएर सम्पर्क बिहिन हुने गरेको र विगत ३/४ वर्ष देखि हालसम्म १५ करोड भन्दा बढी रकम ठगी गरेको खुल्न आएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

काठमाडौँ । अखिल क्रान्तिकारी केन्द्रिय समितिको २३ औँ राष्ट्रिय सम्मेलनमा ३२ बर्ष उमेरहद लागु गर्नु पर्ने माग बढ्दै गइरहेको छ ।

विद्यार्थी संगठन वास्तविक र नियमित विद्यार्थीहरुको हातमा फर्काउने अभियान अन्तर्गत हाल काठमाडौँको विभिन्न क्याम्पसहरुमा बहसको कार्यक्रम चलिरहेको छ ।

अखिल ( क्रान्तिकारी ) को २१ औ राष्ट्रिय सम्मेलन देखी नै उमेरहदको चर्को आवाज उठेको थियो। तर पटकपटक बहुसंख्यक विद्यार्थीको आवाज हुँदाहुँदै पनि नेतृत्वले यस मुद्धालाई जालजेल पुर्ण रुपमा दबाउदै आइरहेको अभियानका सक्रिय नेताहरुको भनाइ छ । तर, यसपटक जुनसुकै मुल्य चुकाएर पनि मुद्धा संस्थागत गर्ने उनीहरुको दाबी छ ।

“विगत लामो समयदेखि विभिन्न माध्यमबाट उठिरहेको यो मुद्धा अनामनगर भेला पश्चात् अझ शसक्त र नियमितरुपमा अघि बढेको छ। यो एउटा आन्दोलन हो र यसलाई हामी अखिल (क्रान्तिकारी) रुपान्तरण अभियान भन्न रुचाउँछौ”, अखिल (क्रान्तिकारी), नेपाल ल क्याम्पसका अध्यक्ष ओम प्रकाश सुनारले बताए ।

उनीहरुले निरन्तर विभिन्न क्याम्पसमा भेला गर्दै तल्लो कमिटी सम्म आफ्नो आवाज पुर्याउने कोशिस गरिरहेको देखिन्छ। अस्कल क्याम्पस , चक्रवती हावी एजुकेसन र नेपाल ल क्याम्पसमा कार्यक्रम गरिसकेको यो अभियन क्याम्पस जिल्ला भित्रका क्याम्पस नेतृत्व र स्ववियू नेतृत्व द्वारा थालनी भएको थियो। अभियानमा आज प्राबिधिक जिल्ला कमिटी तथा विभिन्न राष्ट्रिय  कमिटिहरुको पनि सहभागिता र एक्यवद्धता रहेको उनीहरुले दाबी गरेका छन् । “यो हामी उपत्यकाका केही साथीहरुको मात्र मुद्धा होइन , देशभरका आम अखिल (क्रान्तिकारी) निकट साथीहरुको आवाज हो र हामीलाई उहाँको एक्यवद्धता छ”,  अखिल (क्रान्तिकारी) शंकरदेवका अध्यक्ष विरेन्द्र जिसीले भने ।

“अखिल क्रान्तिकारीको २३ औ राष्ट्रिय सम्मेलनलाई लक्षित गरेर केन्द्रिय कमिटीले गठन गरेको विधान मस्यौदा समिती द्वारा आयोजित प्रदेश स्तरिय भर्चुअल सुझाव संकलन बैठकमा सबै प्रदेश बाट उमेरहदको पक्षमा चर्को आवाज उठेको छ, यो आवाज अंकमा भन्नुपर्दा ९०% भन्दा माथी छ” अस्कल क्याम्पसका स्ववियु सभापती प्रेम जैसीको दाबी छ ।

कलम , कापीको मूल्य जान्ने, परिक्षा सेडुलको जानकारी राख्ने र विद्यार्थी Identity card बोक्ने नियमित र बास्तविक विद्यार्थीहरुको हातमा संगठनको नेतृत्व  नफर्किउन्जेल यो अभियान बाट आफुहरु पछि नहट्ने ताहचल क्याम्पसका अध्यक्ष दिपेन्द्र शाहीले जनाए ।

काठमाडौँ । सर्लाहीको बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मङ्गलबार प्रमुख थापाविरुद्ध ३० करोड रुपियाँभन्दा बढी भ्रष्टाचार गरेको आरोपमा विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो ।

अख्तियारका प्रवक्ता नरहरि घिमिरेका अनुसार भरत ताल निर्माणमा अनियमितता गरेको भन्दै थापासहित ६ जनाविरुद्ध मुद्दा दायर गरिएको हो ।

अख्तियारले बागमती नगरपालिकाका उपप्रमुख लीलाकुमार मोक्तानविरुद्ध पनि मुद्दा दायर गरेको छ । प्रवक्ता घिमिरेले मुक्तानलाई ३० करोड २९ लाख रुपियाँ बिगो कायम गर्नुपर्ने माग गरेको जानकारी दिनुभयो ।

यसैगरी, नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोखरेल, योजना शाखा प्रमुख इन्जिनियर सागर पौडेल र लेखा अधिकृत विश्वराज पोखरेलविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरिएको छ । उनीहरुविरुद्ध पनि ३० करोड २९ लाख रुपियाँ बिगो मागदाबी गरिएको छ ।

त्यस्तै, जिल्ला समन्वय समिति सर्लाहीका तत्कालीन प्रमुख मेथुर चौधरीलाई भने कैद र जरिवानाको मागदाबी गरिएको जानकारी अख्तियारका प्रवक्ता घिमिरेले दिनुभयो ।

गण्डकी प्रदेश सरकारका नवनियुक्त मन्त्रीद्वय राजीव गुरुङ (दीपक मनाङे) र फणिन्द्र देवकोटाले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको सभाकक्षमा आयोजित एक समारोहकाबीच गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले उनीहरूलाई पद तथा गोपनीयताको शपथग्रहण गराएका हुन् ।

मन्त्री गुरुङले भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी पाएका छन् । उनले यसअघि पनि मन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् । साथै मन्त्री देवकोटाले ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

सो समारोहमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, सभामुख कृष्णप्रसाद धिताल, प्रदेश सरकारका मन्त्री, उच्चपदस्थ अधिकारीलगायतको उपस्थिति थियो ।

रुस । उत्तरी ओसेटियाको ककेशस क्षेत्रमा प्रशिक्षण उडानको क्रममा एक रुसी सैन्य जेट दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार दुई जनाको मृत्यु भएको रक्षा मन्त्रालयले मङ्गलबार जनाएको छ ।

सुखोई–३४ जेट “पहाडी क्षेत्रमा“ दुर्घटनाग्रस्त भएकाले जमिनमा कुनै क्षति नभएको एक विज्ञप्तिमा भनिएको छ ।

प्रारम्भिक अनुसन्धानबाट प्राविधिक समस्याका कारण दुर्घटना भएको आकलन गरिएको छ भने दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन थप अनुसन्धान सुरु गरेको बताइएको छ ।

पूर्व सोभियत जर्जियाको सिमानामा रहेको उत्तर ओसेटिया युक्रेनको फ्रन्ट लाइनबाट करिब आठ सय किलोमिटर टाढा छ ।

जुन–८ मा, क्षेत्रीय अधिकारीहरूले युक्रेनले मोजडोक सहर नजिकैको सैन्य हवाई क्षेत्रलाई ड्रोनले लक्षित गरेको तर तीमध्ये तिनलाई गोली हानेर खसालेको बताए । फब्रअरी २०२२ मा युक्रेनविरुद्ध रुसले सुरु गरेको विशेष सैन्य कारबाहीपछि उत्तरी ओसेटियामा भएको यो पहिलो आक्रमण हो । रासस/एएफपी

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छलेर ल्याइएको अन्दाजी २५ ग्राम सुनसहित प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पाँचथर फालेजुङ गाउँपालिका–३ घर भएका ३२ वर्षीय दिलु सुब्बा र सिन्धुली कमलामाई नगरपालिका–५ घर भई हाल काठमाडौँ महानगरपालिका–३२ बस्ने ३९ वर्षीय भविमान ठोकर रहेका प्रहरीले जनाएको छ ।

हिमालयन एयरलाइन्सको उडानद्वारा दुबईबाट काठमाडौँ आएका सुब्बालाई भन्सार छली गर्न लगाई ठोकरले सिक्री एक थान, आईफोन १३ प्रो म्याक्स एक थान, रेडमि मोबाइल तीन थान, डेल ल्यापटप दुई थान र एक थान एयरपोड प्रो चारसहित सङ्कलन गरी लैजान लागेको अवस्थामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सोमबार पक्राउ गरिएको हो ।

पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको प्रहरीले जनाएको छ ।

जनकपुर । मधेस प्रदेश सरकारले आज मङ्गलवार प्रदेश सभाको बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरिँदै छ । सरकारको तर्फबाट मधेस प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले अगामी आर्थिक वर्ष २०८१-०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गरिने मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जानकारी दिनुभयो ।

नीति तथा कार्यक्रम प्रस्तुतिका लागि आजै दिउँसो २ बजे प्रदेश सभाको बैठक बोलाएको प्रदेश सभाका प्रवक्ता तथा सचिव अरुणकुमार झाले जानकारी दिनुभयो ।

संघीय सत्ता समीकरणका कारण प्रदेश सरकार नयाँ प्रदेश सरकार गठनमा भएको ढिलाइले नीति कार्यक्रम प्रभावित भएको थियो । प्रत्येक वर्ष जेठ १५ गतै नै नीति तथा कार्यक्रम प्रस्तुत गरिँदै आएको छ । यस वर्ष १४ दिन ढिलोमा नीति तथा कार्यक्रम प्रस्तुत हुन लागेको हो ।

गुल्मी । गुल्मी सदरमुकाम तम्घास नजिकै टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अर्घाखाँचीको छत्रदेव-७ नेटाबाट गुल्मी सदरमुकाम तम्घास देउराली आउँदै गरेको ना ८ ख ६६४४ नम्बरको टिपर गएराति दुर्घटना भएको हो ।

दुर्घटनामा अन्य २ जना घाइते भएका छन् । मंगलबार राति सडकबाट ६० मिटर तल खस्दा तीन जना घाइते भइ उपचारका लागि गुल्मी अस्पतालमा ल्याएकोमा चालक पुरीलाई चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक शंकर पोखरेलले बताए ।

दुर्घटनामा सन्धिखर्क-८ कै ३३ वर्षीय रिसभ केसी र अर्घाखाँची जिल्ला शीतगंगा नगरपालिका-२ बस्ने २९ वर्षीय नविन घिमिरे घाइते भएका छन् । घाइतेमध्ये रिसभको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । दुवै जनालाई थप उपचारका लागि पाल्पास्थित लुम्बिनी मेडिकल कलेज पठाइएको छ ।

सिन्धुपाल्चोक । अखिल क्रान्तिकारी सिन्धुपाल्चोक जिल्ला समिति द्वारा ८ वटा पालिकालाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

अखिल क्रान्तिकारी सिन्धुपाल्चोकले विभिन्न ७ बुँदा सहितको ध्यानाकर्षण पत्र बुझाएको अखिल क्रान्तिकारी सिन्धुपाल्चोक जिल्ला अध्यक्ष निश्चल सन्जेलले बताए ।

अखिल क्रान्तिकारी सिन्धुपाल्चोकको जेठ १५ गते बसेको सचिवालय स्तरीय बैठकको निर्णयअनुसार सिन्धुपाल्चोक जिल्लाभित्र रहेका १२ वटै स्थानीय तहमा विभिन्न मुद्वामा केन्द्रित रहेर ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम रहेको र हिजो ८ वटा पालिकाहरुमा सफलताका साथ ज्ञापन पत्र बुझाउने कार्यक्रम सम्पन्न भएको छ हिजो सम्पन्न हुन नसकेका बाक़ी पालिकाहरूमा भोली ज्ञापन पत्र बुझाउने तालिका रहेको अध्यक्ष सन्जेलले जानकारी दिए ।

गत वैशाख ११ गते अखिल (क्रान्तिकारी) सिन्धुपाल्चोक जिल्ला समितिले जिल्ला भित्र रहेका सामुदायिक र निजी विद्यालयहरुले भर्ना शुल्क लगायत विभिन्न सेवाका नाममा अनावश्यक शुल्क असुलि गर्ने गरेको शुल्क खारेज गर्न र निजी शिक्षण संस्थाहरूले अनावश्यक रुपमा लिने गरेको शुल्क खारेज गर्न बिज्ञप्ति मार्फत माग गरेको थियो ।

पटक-पटक सूचना दिदा पनि पालिकाहरुले माग कार्यन्वयन नगरेको र बाध्य भएर प्रतेक पालिकामा ज्ञापन पत्र बुझाएको सन्जेलले बताए ।

८ वटा पालिकालाई बुझाएको ७ बुँदे ध्यानाकर्षण पत्र

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।