
काठमाडौं । एनआईसी र पशुपति ‘बी’ ले दोश्रो वडा अध्यक्ष कप अन्तरविद्यालय फुटबल प्रतियोगितामा सोमबार विजयी सुरुआत गरेका छन् ।
काठमाडौं महानगरपालिका वडा ७ को आयोजनामा भइरहेको प्रतियोगितामा एनआईसीले मनास्लुलाई ३–१ गोलले पराजित ग रेकाे हाे । एनआईसीका गौरव खड्का, अनिश जोशी र प्रदेश पाण्डेले समान १–१ गोल गरे । मनास्लुका पवन राईले सान्त्वना गोल गरे । पशुपति ‘बी’ ले क्लिन्टनलाई ४–१ गोलले हरायो । विजयी टिमका लागि प्रज्ज्वल तामाङले ह्याट्रिक गरे भने ब्राजिल राउतले १ गोल थपे । क्लिन्टनका प्रज्ज्वल भट्टराईले १ गोल फर्काएका थिए ।
चावहिल स्पोर्ट्स क्लबको प्राविधिक सहयोगमा चन्द्रविनायक पार्क, चावहिल मैदानमा भएको अन्य खेलमा एसइइ ग्रुप र विनायक ‘ए’ ले सफलता पाए ।
एसइइ ग्रुपले बोर्न स्काइलार्कलाई ३–० गोलले पाखा लगायो । तीनै गोल एसइइ ग्रुपका आदित्य शाहले गरे । विनायक ‘ए’ ले हिलारीलाई २–० गोलले पाखा लगायो । विजेताका कृष्ण थापा मगर र सुशिल बसेलले समान १–१ गोलले गरे ।
एनआईसीका प्रवेश पाण्डे, पशुपति ‘बी’ का प्रज्ज्वल तामाङ, एसइइ ग्रुपका आदित्य शाह र विनायक ‘ए’ का सुशिल बसेल ‘म्यान अफ दि म्याच’ घोषित भए । विजयी चारै टोली क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
प्रतियोगिताको आयोजक वडा ७ अध्यक्ष विमलकुमार होडाले एक कार्यक्रमबीच उद्घाटन गरे । नकआउट प्रतियोगितामा १६ छात्र टिम सहभागी छन् । विजेताले २० हजार र उपविजेताले १० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । उत्कृष्ट खेलाडी, गोलरक्षक, डिफेन्डर र स्ट्राइकरलाई ट्रफी प्रदान गरिने छ । फाइनल जेठ ३२ गते हुनेछ ।
काठमाडौं: झुक्यानमा पारी बेचबिखन गर्ने उद्देश्यले एक नाबालिकालाई भारततर्फ लैजान खोजेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नुवाकोट दुप्चेश्वर गाउँपालिका-६ घर भई काठमाडौं तारकेश्वर नगरपालिका-७ बस्ने ३९ वर्षीय सम्बर बहादुर तामाङ र नुवाकोट तादी गाउँपालिका-२ घर भई काठमाडौं टोखा नगरपालिका-२ बस्ने ३३ वर्षीया इन्दिरा कटुवाल (तामाङ) रहेका छन् ।
नाबालिकालाई बेचबिखन गर्ने उद्देश्यले काठमाडौंबाट मकवानपुर हुँदै भारततर्फ लैजान काठमाडौं फुटुङबाट ललितपुरको सुनाकोठी पुर्याएको भन्ने सूचनाको आधारमा मानब बेचबिखन अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले प्रहरी वृत्त चापागाउँसँगको समन्वयमा ललितपुर सुनाकोठीबाट पीडितको उद्दार गरी सम्बर बहादुरलाई शनिबार पक्राउ गरेको थियो । साथै उक्त घटनामा संलग्न इन्दिरालाई आइतबार काठमाडौं टोखा नगरपालिका-२ बाट प्रहरीले पक्राउ गरेको हो ।
उनीहरूले पीडितलाई होटलमा वेट्रेसको काममा २० हजार रूपैयाँ तलब दिने र पछि तलब बढाउँदै लैजाने प्रलोभन देखाएको, कोही कसैले सोधेमा आफ्नो वास्तविक नाम, थर, ठेगाना नबताउनु व्यक्तिगत परिचय खुल्ने कागजात देखाउनु परेमा अर्कै ब्यक्तिको नागरिकता प्रयोग गर्नु भनी सिकाई ललितपुर सुनाकोठीसम्म पुर्याएको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । पक्राउमध्ये सम्बर बहादुर यस अघि पनि मानब बेचबिखन तथा ओसारपसार मुद्दामा पक्राउ परी १० वर्ष कैद सजाय भुक्तान गरी २०८० वैशाखमा थुनामुक्त भएको खुल्न आएको छ ।
उनीहरू उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा काठमाडौं जिल्ला अदालतबाट ५ दिन म्याद थप अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।
सम्बन्धित समाचार
काठमाडौँ । दुर्गा प्रसाईंको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन सिफारिस गरिएको छ । सर्वोच्च अदालतको फैसला लगत्तै काठमाडौँ विश्व विद्यालयले आइतबार चिकित्सा शिक्षा आयोगलाई सिफारिससहितको पत्र पठाएको हो ।
काठमाडौँ विश्व विद्यालय, मेडिकल साइन्स विभागका डीन डा मनोज हुमागाईंले सर्वोच्चले १५ दिनभित्र सम्बन्धन दिनु भनेर परमादेश दिएअनुसार आफूहरूले आयोगलाई पत्राचार गरिएको बताए ।
यसअघि समेत पत्राचार भएपनि आयोगले रोकेको बताउँदै उनले अहिले भने सर्वोच्चको परमादेशमै सम्बन्धन दिनु भनेर आदेश भएकाले सोहीअनुसार आफूहरूले सिफारिस गरेको बताए ।
कास्की : पोखरा महानगरपालिका-१३ कसेरीबाट अवैध लागूऔषध गाँजा ३ सय ७५ ग्रामसहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पोखरा महागनगरपालिका-१३ संगम टोल बस्ने ३० वर्षीय सागर परियार र सोही महानगरपालिका-१३ चापापानी बस्ने १९ वर्षीय विशाल नेपाली रहेका छन् । उक्त स्थानमा खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
कञ्चनपुर, बेलौरी नगरपालिका-८ पचुई खप्टिनालाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ९ मिलिग्रामसहित भारत उत्तर प्रदेश पिलभित टिल्ला नम्बर ४ बस्ने २४ वर्षीय सोनु सिंहलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी कैलाली समेतबाट खटिएको संयुक्त टोलीले उनलाई पक्राउ गरेको हो ।
मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट अवैध लागूऔषध गाँजा करिब १२ किलोग्रामसहित मनहरी गाउँपालिका-२ बस्ने ३० वर्षीय दिनेश गोङबालाई गएराति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको बा.३२ प २५९८ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
काठमाडौं । नेकपा माओवादी केन्द्रको चिह्नबाट चुनाव जितेका फणिन्द्र देवकोटाले फ्लोरक्रस गरेपछि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत पाएका छन् ।
सोमबार प्रदेश सभामा पाण्डेको पक्षमा ३१ सांसदले मत दिएकाले विश्वासको मत प्राप्त भएको सभामुख कृष्णप्रसाद धितालले घोषणा गरे ।
एमालेका २२ र माओवादी ६ सहित २८ सांसदले पाण्डेले मागेको विश्वासको प्रस्तावका विपक्षमा मत हालेका छन् ।
राप्रपाका २, माओवादी चुनाव चिह्नबाट विजयी नेपाल समाजवादी पार्टीका सांसद फणिन्द्र देवकोटा र मनाङबाट स्वतन्त्र चुनाव जितेर एकीकृत समाजवादी प्रवेश गरी फेरि स्वतन्त्र हैसियत मागेका राजीव गुरुङ (दीपक मनाङे)को मत आफ्नो पक्षमा पार्दै मुख्यमन्त्री पाण्डेले बहुमत प्राप्त गरेका हुन् ।





