
काठमाडौँ । नेपाल राष्ट्रिय कर्मचारी संगठ्न भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय, विभागीय समितिको छैटौं अधिवेशन सम्पन्न भएको छ ।
शुक्रवार नापी विभागमा सम्पन भएको समितिको छैटौं अधिवेशनबाट मोहन रानाको नेतृत्त्वमा १७ सदस्यीय कार्यसमिति निर्वाचित भएका छन् ।
नवनिर्वाचित अध्यक्ष रानाले दिएकाे जानकारी अनुसार संगठनको विधान २०६४ पाँचौ संशोधन २०७९ को अनुसुचि ३ बमोजिम १७ कार्यसमिति निर्वाचित भएको हो ।
अध्यक्ष मोहन राना सँगै उपाध्यक्षमा अर्जुन दुलाल, रेनु ओली, बुद्धी बस्नेत ,सचिवमा लक्ष्मण विष्ट र सह सचिवमा पुजा देवकोटा चयन भएका छन् । यस्तै कोषाध्यक्षमा डोल्मा तामाङ सदस्यहरुमा शिवहरी चौहान, नुतन यादव ,सुस्मिता श्रेष्ठ ,धन सुन्दर न्यौपाने ,चन्द्र बहादुर सिंह ,हिरा कट्टेल,कुबेर जङ्ग खड्का, अनु मगर ,अनुराग दर्लामी मगर र हरिहर अर्याल रहेका छन् ।
आयोजक अवेरनेस इन्टरनेसनल एकेडेमी (एआईए) र इनोभेटिभ थ्री अन थ्री बास्केटबल प्रतियोगितामा शनिबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् । एआईए ब्वाइज तथा इनोभेटिभ सिनियर गल्र्समा क्वाटरफाइनलमा पुगेका हुन् । शंखमूलस्थित घरेलु कोर्टमा एआईएले रोज बडलाई १२–१० ले पराजित गर्यो।
सिनियर ब्वाइजमै ज्ञान निकेतनले एलिक्सरलाई १२–८, हेम्सले भीएस निकेतनलाई १०–२, काठमाडौं जेभियर ‘बी’ ले काभ्यालाई १०–८, काठमाडौं जेभियर ‘ए’ ले केएमसीलाई ९–६, रेडियन्ट रिडर्सले एभरेष्ट फ्लोरिडा ‘ए’ लाई १२–८, नेरिक एकेडेमीले साइपाल एकेडेमीलाई १०–६ र सनसाइनले चैतण्यलाई १२–० ले हराउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।

सिनियर गल्र्समा इनोभेटिमले हेम्सलाई ७–३, एसएसभीएमले ज्ञान निकेतनलाई १०–५, काठमाडौं ग्लोबलले नेपाल सेन्ट्रललाई ७–६, काठमाडौं शिक्षालयले एलिक्सरलाई ७–३, काठमाडौं जेभियर ‘बी’ ले काभ्यालाई १२–१०, रोज बडले क्याम्पियनलाई ८–७, एनसीसीएसले पीएसएसलाई १२–८ र काठमाडौं जेभियर ‘ए’ ले एआईए ‘बी’ लाई ७–३ ले पाखा लगाउदै क्वाटरफाइनलमा पुगे ।
प्रतियोगिताको पहिलो दिन शुक्रबार जुनियर ब्वाइजमा काठमाडौं जेभियर, ज्ञान निकेतन, एआईए र न्युटनले सेमिफाइनलमा स्थान पक्का गरिसकेका छन् । प्रतियोगिता आइतबार सम्पन्न छ ।
नयाँ दिल्ली । प्रधानमन्त्री नरेन्द्र मोदीका प्रमुख प्रतिद्वन्द्वी राहुल गान्धीलाई संसद्मा भारतको विपक्षीको नेतृत्व गर्न शनिबार मनोनयन गरिएको छ ।
मोदीले पछिल्लो समय आमचुनाव जितेपछि तेस्रो कार्यकालका निम्ति शपथ लिँदै छन् । गान्धीको पार्टीले सत्तारूढ भारतीय जनता पार्टी ९भाजपा०लाई बहुमतबाट वञ्चित गरेको थियो । त्यसले भाजपालाई शासन गर्न गठबन्धन सहयोगीमा भर पर्न बाध्य तुल्यायो ।
गान्धीले विश्लेषकको अपेक्षा र ‘एक्जिट पोल’लाई बेवास्ता गर्दै आफ्नो पार्टी ९कांग्रेस०लाई संसदीय संख्यामा लगभग दोब्बर बनाउन मद्दत गर्दै गर्दाको प्रयासमा एक दशकअघिदेखि मोदी सत्तामा आएपछि सबैभन्दा राम्रो परिणाम हो ।
शनिबार कांग्रेस नेतृत्वको बैठकमा गान्धीलाई भारतको आधिकारिक विपक्षी नेताका रूपमा चयनका निम्ति सिफारिस गर्न सर्वसम्मतिले मतदान भएको थियो । यो पद सन् २०१४ देखि खाली थियो ।
गान्धी दशकौँसम्म भारतीय राजनीतिमा प्रभुत्व जमाउने वंशको वंशज हुन् भने स्वतन्त्रता नेता जवाहरलाल नेहरूबाट सुरु गरेर पूर्वप्रधानमन्त्रीका छोरा र नाति हुन् । एएफपी
काठमाडौं। नेकपा एमालेको ६३ जिल्लामा अधिवशेन सम्पन्न भएको छ । यही जेठभित्र सबै जिल्ला अधिवेशन सम्पन्न गर्न एमाले केन्द्रीय कार्यालयले जिल्लालाई निर्देशन दिएको थियो।
एमालेको केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले इलाममा हालै उपनिर्वाचन सम्पन्न भएकाले हाल अधिवेशन नभएको, तेह्रथुममा आन्तरिक विवाद भई सङ्गठन विभागले अध्ययन गरिरहेको र मोरङमा आयोजक कमिटी भर्खरै गठन गरिएको जानकारी दिए।
शुक्रबार मात्रै रुपन्देही र नुवाकोटको जिल्ला अधिवेशन सम्पन्न भएको छ। मधेश प्रदेशको सिराहा, सप्तरी, धनुषाको जिल्ला अधिवेशनको मिति तोक्न बाँकी छ। गण्डकी प्रदेशको मनाङ, कर्णाली प्रदेशको डोल्पा र सुदूरपश्चिम प्रदेशको अछाम, बझाङ र डोटी जिल्ला अधिवेशनको मिति तोक्न बाँकी रहेको एमालेले जनाएको छ।
काठमाडौं। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आफ्नो पार्टीप्रति सकारात्मक हुन आग्रह गरेका छन्।
शनिवार पार्टी केन्द्रीय कार्यालय आलोक नगरमा नेकपा (एकीकृत समाजवादी) कोशी कमिटीद्वारा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन्।
उनले विगतको कुरा छोडेर कुनै समीक्षा नगर्दा पनि एमालेसँग तत्काल एकताको सम्भावना नरहेको बताए। अध्यक्ष नेपालले एमालेसँग एकताका लागि एमालेले पनि चाहना देखाउन आवश्यक रहेको बताए।
नेपालले आफ्नो पार्टीप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सकारात्मक रहेको समेत बताए । उनले समाजवादी मोर्चाको पुनःगठन गरेर अघि बढ्ने सोच आफूहरूको रहेको र सोहीअनुसार अघि बढिरहेको बताए ।
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भोली भारत भ्रमणमा जनो भएका छन् । परराष्ट्र मन्त्रालयले शनिबार एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जाने जानकारी दिएको हो ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री प्रचण्ड भोलि भारतको नयाँ दिल्ली जान लागेको हो । मोदीले प्रधानमन्त्रीको रूपमा लिन लागेको शपथग्रहण समारोहमा सहभागी हुन प्रचण्डले भारतको औपचारिक भ्रमण गर्न लागेको मन्त्रालयले जनाएको छ ।
प्रधानमन्त्री प्रचण्डको साथमा उनको छोरी गंगा दाहाल, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी तथा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरू सहभागी रहने बताइएको छ । प्रधानमन्त्री प्रचण्ड १० जुनमा नेपालमा फर्किने कार्यक्रम रहेको छ ।
बारा : जितपुरसिमरा उपमहानगरपालिका-२१ स्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब ८० किलोग्रामसहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा चितवन राप्ती नगरपालिका-१० रिकाटार बस्ने २५ वर्षीय मान बहादुर वाईवा र मकवानपुर राक्सीराङ गाउँपालिका-५ बस्ने २६ वर्षीय सुमन स्याङताङ रहेका छन् ।
इलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरीले मनहरीबाट पथलैयातर्फ जाँदै गरेको बा.१० च ३६१९ नम्बरको कारलाई जाँच गर्ने क्रममा डिकिमा लुकाई छिपाई राखेको उक्त परिमाणको गाँजा फेला पारी कार चालक मान बहादुर र कारमा सवार सुमनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
काभ्रे । खानिखोला गाउँपालिकाका अध्यक्ष इन्द्र बहादुर थिङ(छिन्ताङ) ले खानिखोलाको जनताले उत्पादन गर्ने हरेक सामाग्री गाँउपालिकाले खरिदबिक्रि गर्ने बताएका छन् ।
शुक्रबार ताल्ढुँगामा बागमती प्रदेशको मुखयमन्त्री शालिकराम जम्कट्टेलले प्रमुख आतिथ्यमा सम्पन्न भएको गाउँपालिकाको प्रशासकीय भवन र जनमुक्ति मार्ग शिलान्यास रस्थानीय उत्पादन खरिद बिक्री केन्द्रको उद्घाटन कार्यक्रममा बोल्दै उनले सो कुराको जानकारी दिएका हुन् ।

‘खानिखाेलाकाे जनातले जे उत्पादन गर्नुहुन्छ । कृषिकाे जुनसुकै हाेस् । तपाइहरु उत्पादन गर्नुस ‘-अध्यक्ष छिन्ताङले भने ‘काेदाे,फर्सि, सरखण्ड ,धान , मकै जे होस् , त्यो ल्याउनुस । अब हामी खरिदबिक्रि केन्द्रबाट तपाईहरुको उत्पादन किन्छौं र बेच्छौँ । यँहा बिक्रि नभएकोलाई हेटाैँडा लान्छाैँ । ‘ यसबाट जनतालाई केहि आर्थिक फाइदा हुने उनको विश्वास छ ।
यस्तै विकट भनेर चिनेको खानिखोलामा विस्तारै सडक पूर्वाधारको विकास,स्थानीय उत्पादन बृद्धि र बजारीकरण,स्वास्थ्य,शिक्षा र खानेपानी लगायतको क्षेत्रमा परिवर्तन हुँदै आएको उनले बताए ।

उनले जनमुक्ति मार्ग निर्माण भएपछि विरामी परेकालाई एम्बुलेन्स मार्फत तत्काल उपचारमा लैजान र जनतालाई व्यापारिक रुपमा जोड्न सहज हुने बताए । उनले तालढुंगा सिक्रेदोभान ४ किलोमिटर खण्ड र सिक्रेदोभान झुरझुरेसम्मको १२ किलोमिटर ४४ करोड ठेक्का लागेर शिलान्यासको चरणमा रहेको पनि जानकारी दिए ।
त्यस्तै उनले जनतालाई उत्पादनमा ध्यान दिन आग्रह गर्दै व्यक्ति केन्द्रीत अनुदान भन्दा पनि उत्पादनको आधारमा अनुदान दिने पनि बताएका छन् ।

काभ्रे । बागमती प्रदेशको मुख्यमन्त्री शालिकराम जम्कट्टेलले खानीखोला गाउँपालिकाको प्रमुख प्रशासकीय भवनको शिलान्यास गरेको छ ।


शुक्रबार खानिखोला गाउँपालिकाको केन्द्र ताल्ढुङ्गामा पुगेर मुख्यमन्त्री जम्कट्टेलले भवन शिलान्यास सहित जनमुक्ति मार्ग अन्तर्गत तालढुंगा–सिक्रेदोभान सडक खण्ड र स्थानीय उत्पादन खरिद बिक्री केन्द्रको समेत उद्घाटन गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनमुक्ति मार्ग दश वर्षे जनयुद्धको जनमुक्ति सेनाको इतिहाससँग जोडिएको मार्ग भएकाले यसलाई सफल बनाउन प्रदेश सरकार लाग्ने बताए । काभ्रेको विकट क्षेत्रको रुपमा रहेको खानीखोलालाई विकास गर्न यो नामाकरण गरिएके पनि उनले बताए । “यो हिजोको महान् जनयुद्धसँग जोडिएको मार्ग हो, काभ्रेका दक्षिणी पहाडी भेगलाई विकाससँग जोड्नका लागि यो मार्गले टेवा पुर्याउँछ” उनले भने ।

त्यस्तै मुख्यमन्त्री जम्कट्टेलले सदरमुकाम धुलिखेल र बनेपासँग जोड्न महत्वपूर्ण मानिएको खोपासी ताल्ढुंगा सडक स्तर उन्नतीका लागि प्रदेश सरकारले आर्थिक वर्ष २०८१-०८२ मा बजेटको व्यवस्था गर्ने प्रतिबद्धता समेत जनाए ।

कार्यक्रममा प्रतिनिधि सभा सदस्य सुर्यमान दोङले खानिखोलाको विकासका निम्ति आफु सँधै लागिरहेको बताएका थिए ।

यस्तै बागमती प्रदेश सभा सदस्य तथा नेपाली काँग्रेस काभ्रेको सभापति तीर्थ लामाले खानिखोला विकासको लागि सबै राजनितिक दल एकजुट भएर लाग्नुपर्ने बताए । चुनावमा फरक चिन्हमा मत खसाले पनि विकासको क्रममा भने सबैजना एकैठाउँमा उभिनुपर्ने उनको भनाइ थियो । उनले भने ” विकासकाे निम्ति एमाले, माओवादी ,कांग्रेस वा अरु कुनै राजनीतिक दल नभनौ सबैजना मिलेर काम गरौँ ।”
उनले खानिखाेलाकाे विकासमा स्थानिय सरकारले जग हालिसकेकाने कारण अबकाे दुइ वर्षभित्र यसले सार्थकता पाउने विश्वास गरे । बागमती प्रदेशका पुर्वमन्त्री समेत रहेका लामाले आफु निर्वाचित भएको क्षेत्र भएको कारण खानिखोलाको उन्नति र प्रगतिको लागि सँधै लागिरहने बताए ।

त्यस्तै गाउँपालिका अध्यक्ष इन्द्र बहादुर थिङ(छिन्ताङ) ले खानिखाेलाकाे जनताले उत्पादन गर्ने हरेक सामाग्री गाँउपालिकाले खरिदबिक्रि गर्ने प्रतिबद्धता जनाए ।
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले २०८४ सालसम्म नेपाली कांग्रेस सरकार बनाउन र गिराउन नलाग्ने बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले कांग्रेसले चुनावमा पाएको मतअनुसार सरकारमै रहनुपर्ने भए पनि केही राजनीतिक दलहरूले प्रतिवद्धता बिर्सिंदा कांग्रेस प्रतिपक्षमा पुगेको बताए ।
महामन्त्री थापाले प्रतिपक्षको भूमिका निर्वाह गर्दैगर्दा नेकपा एमाले, नेकपा (माओवादी केन्द्र)सँग कुराकानी गर्न छोड्न भने नहुने बताए ।
कांग्रेस संसद्को ठूलो दल र संविधान निर्माण गर्दा नेतृत्व गरेको पार्टी भएकाले केही जिम्मेवारी रहेको महामन्त्री थापाको भनाइ छ । उनले संविधानमा केही कुरा संशोधनका लागि अन्य राजनीतिक दलसँग कुराकानीमा रहने बताए ।





