२०८३ बैशाख १७ बिहीबार
२०८३ बैशाख १७ बिहीबार

सुनसरी : देवानगंज गाउँपालिका-६ तिनुवा नहरबाट अवैध लागूऔषध गाँजा करिब २८ किलो ३ सय ग्रामसहित धरान उपमहानगरपालिका-१६ बस्ने २० वर्षीय अर्जुन राई समेत ३ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी राजगंज सिनुवारीबाट खटिएको प्रहरीले को.१ ह २०५२ नम्बरको अटोलाई जाँच गर्दा उक्त गाँजा फेला पारी अटो चालक राई र अटोमा सवार अन्य २ जनालाई पक्राउ गरेको हो । 

कैलाली, गोदावरी नगरपालिका-२ बसपार्कस्थित डोटी बैतडी होटलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९ सय ४० मिलिग्रामसहित सोही नगरपालिका-२ बस्ने ३० वर्षीय प्रमोद पनेरू समेत ५ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा महेन्द्रनगर र इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-७ देवरियाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय ९० मिलिग्रामसहित सोही ठाउँ बस्ने २२ वर्षीय सेरा भन्ने सुरेन्द्र रानालाई गएराति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

पाँचथर, फिदिम नगरपालिका-१ बरडाडाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ७ सय मिलिग्राम, ट्रामाडोल ४५ क्याप्सुल र स्पास्पेन ६ ट्याब्लेटसहित फिदिम नगरपालिका-१० घर भई सोही नगरपालिका-११ तृतिया बस्ने ३० वर्षीय हुसेन बहादुर कटुवाललाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । 

कपिलवस्तु, वाणगंगा नगरपालिका-१० कोरीया चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ५ ग्राम ५० मिलिग्रामसहित २ जनालाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा वाणगंगा नगरपालिका-१० बस्ने ३२ वर्षीय फिरोज मुसलवान र २७ वर्षीय सलाउदिन गद्धी रहेका छन् । इलाका प्रहरी कार्यालय पिपरा कपिलबस्तुबाट खटिएको प्रहरीले लु.७ प ६५४३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

  चितवन, राप्ती नगरपालिका-२ गडौली बस्ने ३६ वर्षीय सूर्य बहादुर तामाङलाई अवैध लागूऔषध गाँजा करिब ४ किलोग्रामसहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो । 

झापा, अर्जुनधारा नगरपालिका-८ बाट अवैध लागूऔषध अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय १० मिलिग्रामसहित २ जनालाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दमक नगरपालिका-१० ब्याड डाँडा घर बताउने २२ वर्षीय आकाश राजवंशी र अर्जुनधारा नगरपालिका-९ प्रणामी मन्दिर छेउ घर बताउने २५ वर्षीय बिकाश सहनी रहेका छन् । प्रहरी चौकी शनिश्‍चरेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

पर्सा, वीरगंज महानगरपालिका-१६ स्थित सडकबाट नियन्त्रित लागूऔषध डाईजेपाम ५२ एम्पुल, फेनारगन ५२ एम्पुल, नुर्फिन ५२ एम्पुल र नाईट्राभेट ९ सय ट्याब्लेटसहित सर्लाही लालबन्दी नगरपालिका-१ नवलपुर बस्ने २८ वर्षीय सुरज बिकलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी इनर्वा तथा लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगंज पर्साबाट खटिएको संयुक्त टोलीले भारतको रक्सौलबाट वीरगंज बजारतर्फ पैदल आउँदै गरेका उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले जर्मनीको म्युनिखस्थित मोम्मेन्डोर्फमा सम्पन्न युथ लिग भीआर बैंक कपमा यू–१४ तर्फको उपाधि विजेता नेपालको काठमाडौं किकर्स फुटबल एकेडेमी टोलीलाई बधाइ दिएको छ । बालुवाखानीस्थित स्पोर्ट्स सेन्टरमा भएको फुटसल प्रतियोगिताको उद्घाटनका अवसरमा विजेता टोलीलाई सदस्य–सचिव घिसिङले बधाइ दिइएको हो ।


सो अवसरमा घिसिङले उमेरसमूहका खेलाडीबाटनै राष्ट्रले भविष्यका स्टार खेलाडी पाउने भएको हुँदा खेलाडीलाई खेलमा टिकाइ राख्न अनुकुल वातावरण बनाउनु पर्नेमा जोड दिए ।
अपारजित किकर्स टोलीले फाइनलमा एसभी सिलेन्बाकलाई २–० गोल अन्तरले पराजित गरेकाे थियाे । टोलीको महत्वपूर्ण जितमा आर्यबीर सिंह एक्लैले दुई गोल गरेका थिए । आर्यबीर आफ्नो समूहमा सर्वाधिक गोलकर्ता समेत बनेका  थिए । उनले प्रतियोगिता अवधिभर आठ गोल गर्न सफल भए ।

काठमाडौँ । संघीय सरकारले आर्थिक वर्ष २०८१/०८२ मा रामेछाप जिल्लाको स्थानीय तहलाई कुल ३ अर्ब २२ करोड २० लाख रुपैयाँ विनियोजन गरेको छ ।

समानिकरण,सशर्त,विषेश र समपुरक अनुदान अन्तर्गत रामेछापको दुई नगरपालिका र ६ गाउँपालिका सहित ८ स्थानीय तहलाई उक्त बजेट विनियोजन गरिएको हो ।

विनियोजित बजेटमध्ये सबैभन्दा बढी मन्थली नगरपालिकालाई ६२ करोड ६८ लाख र सबैभन्दा कम उमाकुण्ड गाउँपालिकालाई ३१ करोड १८ लाख विनियोजन भएको छ ।

कुन स्थानीय तहलाई कति बजेट ?

मन्थली नगरपालिका – ६२ करोड ६८ लाख
रामेछाप नगरपालिका -४७ करोड ३० लाख
उमाकुण्ड गाउँपालिका – ३१ करोड १८ लाख
खाँडादेवी गाउँपालिका – ४१ करोड ८५ लाख
दोरम्बा गाउँपालिका – ३६ करोड ३५ लाख
गोकुलगंगा गाउँपालिका – ३१ करोड ३९ लाख
लिखु तामाकोसी गाउँपालिका – ३६ करोड २८ लाख
सुनापती गाउँपालिका – ३५ करोड १७ लाख

आर्थिक वर्ष २०८१/०८२ : कुन स्थानीय तहलाई कति बजेट ?(पूर्ण विवरण सहित)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी आर्थिक वर्षको बजेटलाई लिएर अर्थमन्त्रीको आलोचना गरेका छन् ।

शनिबार बानेश्वरमा एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले सरकारमा रहेका दलहरुबीच सल्लाह नगरि बजेट ल्याएको भन्दै आलोचना गरेका हुन् ।

‘छलफल नहुँदा यो अर्थमन्त्रीको बजेट हो कि अर्थमन्त्रीको पार्टीको बजेट हो कि जस्तो देखिन गएको छ । रकमको बाँडफाँड पनि त्यस्तै गरेर अलि बढी एकातिर ढल्किएको जस्तो देखिन्छ’, ओलीले भने ‘बजेटमाथि आलोचना नै गर्न नहुने भन्ने होइन । बजेटमा रहेको कमीबारे माननीयज्यूहरूले आफ्नो क्षेत्रमा, जिल्लामा, प्रदेशमा हिजोको अवस्थामा र आजको अवस्थामा के कमी कमजोरी छ, के बढ्नुपर्थ्यो वा के घट्यो त्यस्ता विषयहरूमा स्वभाविक रूपमा प्रश्नहरू उठाउन सक्नुहुन्छ ।’

काठमाडौं । आर्थिक वर्ष २०८१/०८२ मा अन्तर सरकारी वित्तिय हस्तान्तरण अन्तर्गत सरकारले देशभरका कुल ७ सय ५३ वटा स्थानीय सरकारलाई 4 खर्ब ८ अर्ब ८७ करोड ६९ लाख रुपैयाँ दिएको छ।

संघीय संसदमा जयेष्ठ १५ गते प्रस्तुत बजेटले स्थानीय तहलाई वित्तीय समानीकरण, सशर्त र समपुरक अनुदान मार्फत उक्त रकम हस्तान्तरण गर्ने भएको हो ।

जयेष्ठ १५ गते नै अर्थमन्त्री वर्षमान पुनले संघीय संसदको दुवै बैठकमा संयुक्त सम्बोधन गर्दै जानकारी दिएपनि अर्थ मन्त्रालयले वेव साइटमा शुक्रबार मात्रै पूर्ण विवरण सार्वजनिक गरेको हो ।

हेर्नुहोस् सूचीः

https://www.mof.gov.np/uploads/document/file/1717162262_%E0%A4%85%E0%A4%A8%E0%A5%8D%E0%A4%A4%E0%A4%B0%20%E0%A4%B8%E0%A4%B0%E0%A4%95%E0%A4%BE%E0%A4%B0%E0%A5%80%20%E0%A4%B5%E0%A4%BF%E0%A4%A4%E0%A5%8D%E0%A4%A4%E0%A5%80%E0%A4%AF%20%E0%A4%B9%E0%A4%B8%E0%A5%8D%E0%A4%A4%E0%A4%BE%E0%A4%A8%E0%A5%8D%E0%A4%A4%E0%A4%B0 %E0%A4%A3%20%E0%A5%A8%E0%A5%A6%E0%A5%AE%E0%A5%A7-%E0%A5%AE%E0%A5%A8.pdf

ललितपुर। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भाषिक तथा सांस्कृतिक विविधताको संरक्षण गर्नु आवश्यकता औँल्याउनुभएको छ । नेपालमा मातृभाषा पत्रकारिता सुरु भएको एक सय वर्ष पुगेका सन्दर्भ पारेर नेवा: पत्रकार राष्ट्रिय दबूद्वारा आयोजित ‘प्रथम अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन’को शुभारम्भ गर्नुहुँदै उहाँले भावी पुस्तालाई आफ्नो सांस्कृतिक पृष्ठभूमिसँग जोड्नका लागि भाषिक तथा सांस्कृतिक विविधताको संरक्षण गर्नुपर्छ भन्नुभयो ।

“मातृभाषा पत्रकारिताले विश्वव्यापीरुपमा प्रभावशाली रहेका भाषाहरूद्वारा सीमान्तकृत बनाइएका स्थानीय भाषा र समुदायलाई आवाज प्रदान गर्न सहयोग पुग्दछ । विभिन्न जातजातिका भाषा र संस्कृतिको संरक्षण एवम् संवर्द्धन मा समेत योगदान पुर्‍याउँदछ । मातृभाषामा समाचार लेख्ने पत्रकारमा स्थानीय परिस्थितिका बारेमा गहिरो जानकारी हुने हुनाले उनीहरूले आफ्ना पाठक एवम् श्रोताका लागि थप सटिक र सान्दर्भिक समाचार उपलब्ध गराउन सक्दछन् । मातृभाषा पत्रकारिताले विभिन्न भाषिक समुदायबिच संवाद र आदानप्रदानका लागि स्थान प्रदान गरेर सांस्कृतिक विविधतालाई जोड्न र अन्तर सांस्कृतिक समझदारीलाई प्रवर्द्धन गर्ने काममा योगदान गर्न सक्दछ”, उहाँले भन्नुभयो ।

उहाँले विविधताबिचको एकता नै राष्ट्रिय पहिचान, गौरव र सामर्थ्य भएको बताउनुभयो । पूर्वराष्ट्रपति भण्डारीले भन्नुभयो, “लोकतन्त्र र आमसञ्चार क्षेत्रको अन्योन्याश्रित सम्बन्ध रहेको हुन्छ । जिम्मेवार पत्रकारिता, सुसूचित नागरिक र जबाफदेही सरकार लोकतन्त्रका परिसूचक हुन् । पत्रकारिता क्षेत्रले जिम्मेवारीपूर्ण, सन्तुलित र तथ्ययुक्त सूचना सम्प्रेषणबाट मात्र विश्वसनीयता कायम राख्न सक्दछ ।”

मातृभाषा पत्रकारिता शताब्दी वर्षका अवसरमा आयोजित प्रथम अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनमा नेपालका विभिन्न भाषाभाषी पत्रकारका साथै भारत, बङ्गलादेश, पाकिस्तान, जापान, श्रीलङ्कालगायतका देशका पत्रकारको सहभागिता रहेको छ । ‘भर्चुअल’ माध्यमबाट विभिन्न देशका सहभागीले भाग लिनुभएको सम्मेलन ललितपुरमा जारी छ । रासस

काठमाडौं । भारतको मुम्बई प्रहरीले बलिउड अभिनेता सलमान खानमाथि आक्रमणको षड्यन्त्र रचेको आरोपमा चार जनालाई पक्राउ गरेको छ ।

यसअघि फेब्रूअरीमा पनि लरेन्स बिश्नोई गिरोहका १६/१७ जनाले पनवेलमा रेके गरेको मुम्बई प्रहरीले जनाएको छ।

नवी मुम्बई प्रहरीका अनुसार खान पनवेल जाँदै गर्दा आक्रमण गर्ने षड्यन्त्र रचिएको थियो र यस सम्बन्धमा गत हप्ता चार जनालाई पक्राउ गरिएको हो ।

गत महिना मात्र मुम्बईको बान्द्रास्थित सलमान खानको घरमा गोली हानाहान भएको थियो ।

प्रहरीले यस घटनामा संलग्न दुई अभियुक्तलाई पक्राउ गरेको थियो, जसमध्ये एकले जेलमै आत्महत्या गरेको प्रहरीको दाबी छ ।

बिश्नोई गिरोहले मुम्बईमा फिल्मस्टारमाथि आक्रमण गरेर जबरजस्ती फिरौती असुली गर्न खोजेको प्रहरीको अनुमान छ ।

सञ्चारकर्मीसँग कुरा गर्दै उपायुक्त विवेक पानसरेले भने, ‘हामीले चार जनालाई पक्राउ गरेका छौँ ।’

आरोपितहरूले लामो समयदेखि अभिनेतामाथि आक्रमण गर्ने षड्यन्त्र गरिरहेका थिए । रेकी गर्न उनी पनवेलमा पनि बसेको पाइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

काठमाडौँ । सरकारले सरकारी स्वास्थ्य संस्थामा उपचार तथा शल्यक्रियाका लागि लामो समयसम्म पालो पर्खनुपर्ने अवस्था अन्त्य गर्नका लागि अध्ययन गरी प्रतिवेदन पेस गर्न उच्चस्तरीय समिति गठन गरेको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शुक्रबार मन्त्रिस्तरीय निर्णयबाट अतिरिक्त स्वास्थ्य सचिव डा.दिपेन्द्ररमण सिंहको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको हो ।

उक्त समितिमा गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख मदनकुमार उपाध्याय सदस्य र वरिष्ठ जनस्वास्थ्य प्रशासक डा.गुणनिधि शर्मा सदस्यसचिव रहनुभएको मन्त्रालयले जनाएको छ । सरकारी अस्पतालमा नागरिकले सहजरुपमा स्वास्थ्य सेवा पाउन नसकेको भन्ने जनगुनासा आएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उक्त समस्याको दीर्घकालीन समाधानका लागि आवश्यक कदम चाल्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादवलाई निर्देशन दिनुभएको थियो ।

समितिले काठमाडौँ उपत्यकाभित्रका सङ्घीय अस्पतालको स्थलगत अनुगमन गरी अस्पतालमा शल्यक्रियाका लागि लामो समयसम्म पालो कुर्नुपर्ने, प्रेषण (रिफर), सेवाको गुणस्तर तथा प्रक्रियागत झन्झटलगायत अवस्थाका बारेमा अध्ययन गर्ने कार्यादेश दिइएको छ । यसैगरी नागरिकको शल्यक्रियाका लागि भइरहेको ढिलाइका कारण, अस्पतालको विद्यमान शल्यक्रिया सेवा दिने विशेषज्ञ चिकित्सकको सङ्ख्या, उनीहरूको दैनिक सेवा विवरण तयार पार्न पनि समितिलाई निर्देशन दिइएको छ । समितिले अस्पतालबाट प्रवाह हुने बहिरङ्ग (ओपिडी) सेवा सम्बन्धमा सो क्षेत्र हेर्ने चिकित्सकको सङ्ख्या, निजहरूले दैनिक बिरामी हेरेको सङ्ख्या, प्रेषणको अवस्थाका बारेमा विस्तृत विवरण तयार पार्नेछ ।

समितिले अस्पतालमा प्रवाह हुने प्रयोगशाला तथा रेडियोलोजी सेवाको विस्तृत विवरण, सोही सेवाका लागि अन्यत्र ‘रिफर’ गरेको भए सोको विवरण प्रस्तुत गर्नेछ । यस्तै अस्पतालमा बिरामीको चाप, जनशक्ति, साधन स्रोत एवम् अन्य पूर्वाधारको अवस्था अध्ययन गरी समयमै गुणस्तरीय सेवा प्रवाह भए-नभएको अवस्था जानकारी गराउँदै समितिले सुझाव पेस गर्ने मन्त्रालयले जनाएको छ । कार्यादेशमा उल्लेख भएका विवरणसहित दुई साताभित्र प्रभावकारी स्वास्थ्य व्यवस्थापनका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन कार्ययोजना पेस गर्न निर्देशन दिइएको छ । रासस

काठमाडौँ । स्वास्थ्य नागरिकले मात्र मुलुकको विकासमा योगदान दिनसक्ने बताइएको छ । नेपाल आँखा अस्पताल त्रिपुरेश्वरको सहयोगमा गोङ्गबु नयाँ बसपार्कमा समाज उत्थान महिला मञ्चले आयोजना गरेको ‘एक दिने निःशुल्क आँखा’ शिविरका वक्ताले मानिस स्वस्थ्य रहे मात्र देशको विकासमा योगदान दिनसक्ने बताएका हुन् ।

कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता एवम् काठमाडौँ महानगरपालिकाका पूर्वप्रमुख राजाराम श्रेष्ठले स्वास्थ्य नै धन भएकाले स्वस्थ भएर राज्य निर्माणमा योगदान गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले आफूलाई स्वास्थ्य राख्न हरेक व्यक्तिले बेला बेलामा स्वास्थ्य परीक्षण गराउनु आवश्यक रहेको उल्लेख गर्नुभयो । काठमाडौँ-२६ का वडा सदस्य प्रवेश श्रेष्ठले आम वडावासीलाई स्वस्थ राख्न यस्ता किसिमका स्वास्थ्य शिविरले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले आगामी दिनमा पनि वडाभित्र विभिन्न विधाका स्वास्थ्य शिविर सञ्चालन गरिने उल्लेख गर्नुभयो । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले शान्त, सुरक्षित र सभ्य नयाँ बसपार्क निर्माण गर्न समाज उत्थान महिला मञ्चले खेलेको भूमिका सराहनीय रहेको बताउनुभयो । उहाँले पछिल्लो समय नयाँ बसपार्क सुन्दर, सफा र व्यवस्थित बन्दै गएको भन्दै यसको वरपरको क्षेत्रलाई पनि सोहीअनुसार स्वच्छ बनाउनु सबैको कर्तव्य भएको उल्लेख गर्नुभयो । वातावरण स्वच्छ भए नागरिक स्वस्थ हुने उहाँको भनाइ छ ।

मञ्चकी अध्यक्ष निर्मला श्रेष्ठले नयाँ बसपार्क क्षेत्रको विकृति अन्त्यका लागि सबै एकजुट भएर अगाडि बढ्नुपर्ने धारणा राख्नुभएको थियो । वि.सं.२०७१ मा स्थापना भएको उक्त मञ्चले गोङ्गबु क्षेत्रमा विभिन्न सामाजिक काम सञ्चालन गर्दै आइरहेको उपाध्यक्ष तारा नेपालले जानकारी दिनुभयो । रासस

नेकपा (एमाले) का नेता डा. भीम रावलले तत्काल नयाँ पार्टी खोलिहाल्ने पक्षमा आफू नरहेको बताएका छन् । नवलपुर सदरमुकाम कावासोतीमा संचारकर्मी कुरा गर्दै नेता रावलले यसबारेमा विभिन्न पार्टीका नेताहरुसँग निरन्तर छलफल गरिरहेको र सुझाव मागिरहेको बताए ।

पूर्व उपप्रधान एवम् गृहमन्त्रीसमेत रहेका नेता रावलले आफूलाई अछाम जिल्ला अधिवेशन हुँदै एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा निधेष गरिएको भन्दै आफू राजनीतिको एउटा घुम्तीमा पुगेको टिप्पणी गरेका थिए । त्यतिबेला उनले आफूले लिने मोडबारे केही दिनमा सार्वजनिक गर्ने समेत बताएका थिए ।

‘‘एमाले नेतृत्वबाट मलाई घचेटी–घचेटी घुम्तीमा पुर्याउने काम गरिएको छ,’’ नेता रावलले भन्नुभयो, ‘‘यस्तो अवस्थामा अव के गर्ने भन्ने विषयमा धेरै साथीहरुसँग मेरो परामर्श, कुराकानी जारी छ, पार्टी खोल्न पर्यो भने व्यवस्थित तरिकाले आफ्ना कुराहरुलाई खुल्ला झण्डा जस्तै बाहिर ल्याएर गर्छु, अहिले नै पार्टी छोड्ने भन्ने कुरा चाँही होइन ।’’

एमाले छोडेर नयाँ पार्टी खोल्ने काम गोप्य रुपमा नहुने भन्दै रावलले भने, ‘‘पार्टी खोल्न पर्यो भने सार्वजनिक रुपमै हुन्छ, अहिले नै त्यो विन्दुमा पुगिहालेको छैन ।’’ पार्टीमा विधि, प्रणाली र सिद्धान्त मिचिएको, आदर्श र नीतिहिन कृयाकलाप भएको भन्दै नेता रावलले त्यसले पार्टीलाई कमजोर बनाउने बताए । त्यसलाई पार्टीले सच्चाउनु पर्ने उनको भनाइ थियो ।

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।