२०८३ बैशाख १७ बिहीबार
२०८३ बैशाख १७ बिहीबार

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले सरकारी तवरबाट आवश्यक सबै पहल हुँदा समेत अमेरिकाले क्रिकेटर सन्दीप लामिछानेलाई भिसा नदिएको बताएको छ ।

क्यानका सचिव पारस खड्काले बिहीबार एक विज्ञप्ति जारी गर्दै संयुक्त राज्य अमेरिका र वेस्ट इन्डिजमा संचालन हुन लागेको आइसिसी पुरुष टी– २० विश्वकप क्रिकेट प्रतियोगितामा सहभागिताका लागि अमेरिकी दूतावासले भिसा नदिएको औपचारिक जानकारी गराएका हुन् ।

क्रिकेट खेलाडी लामिछानेको भ्रमणका निम्ति कूटनीतिक नोटसहित नेपाल सरकार, परराष्ट्र मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद्, नेपाल क्रिकेट संघका साथै आईसीसीबाट आवश्यक पहल भएको अवस्था हुँदा समेत अमेरिकी दूतावासले विश्वकप खेल्नका लागि भिसा नदिएको विज्ञप्तिमा उल्लेख छ ।

लामिछानेले भिसाका लागि दुई पटक निवेदन दिएपनि दूतावासले दुबै पटक भिसा दिन असमर्थता देखाएको हो । पछिल्लो पटक बिहीबार दूतावासले भिसा दिन अस्वीकार गरेको हो ।

काठमाडौँ, जेठ १७ गते । अर्थमन्त्री वर्षमान पुनले तथ्यमा आधारित भएर बजेट बनाउँदा अधिकांश क्षेत्र र सरोकार भएकाले स्वीकार गरेका बताउनुभएको छ । नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) ले आयोजना गरेको आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमाथिको छलफल कार्यक्रममा उहाँले सरोकार भएका सबै क्षेत्रबाट सन्तुलित बजेट आएको भनेर प्रतिक्रिया पाइरहेको बताउनुभयो ।

“बजेटमा अलिअलि आलोचना स्वाभाविक हो । केही ठाउँबाट आलोचना पनि भएका छन् । अधिकांश क्षेत्रले बजेट सन्तुलित आएको प्रतिक्रिया दिएका छन्”, अर्थमन्त्री पुनले भन्नुभयो । तथ्यमा आधारित भएर बजेट बनाउँदा अधिकांश क्षेत्र र सरोकार भएका निकायले स्वागत गरी स्वीकार गरेका उहाँको भनाइ छ । बजेटले उत्पादन तथा उद्योगलाई संरक्षण गर्नेतर्फ ध्यान दिएको अर्थमन्त्री पुनले बताउनुभयो । पछिल्लो समय सार्वजनिक वित्त व्यवस्थापनमा समस्या देखिएको उहाँको भनाइ छ । “आन्तरिक ऋणको मात्रा बढिरहेको छ । यस्तो अवस्थामा स्रोत जुटाउनु चुनौतीपूर्ण भएको छ । चालु खर्च घटाउने र पुँजीगत खर्च बढाउनेतर्फ सबैले सोच्नुपर्ने बेला आएको छ”, उहाँले भन्नुभयो ।

कृषि, पर्यटन, सूचना प्रविधि, ऊर्जालगायत प्राथमिकता पाएका क्षेत्रले आर्थिक वृद्धिमा मुख्य भूमिका खेल्नुपर्नेमा अर्थमन्त्री पुनले जोड दिनुभयो । आर्थिक ऐनमार्फत करका दर हेरफेर गर्दा आवश्यकता र औचित्य हेरिएको उहाँले दाबी गर्नुभयो । उहाँले स्टिल उद्योगले प्रयोग गर्ने कच्चापदार्थ ‘स्पन्ज आइरन’ र ‘बिलेट’मा करका दर हेरफेर गर्दा टिप्पणी आउने सम्भावना थियो भन्दै विभिन्न सरकारी अध्ययनको आधारमा ती वस्तुमा करको दर हेरफेर गरिएको बताउनुभयो । “स्पन्ज आइरनका विषयमा तरङ्ग आउँछ भन्ने लागेको थियो, आयो पनि । यो विषय अध्ययन र छलफल गरी ल्याएका हौँ”, अर्थमन्त्री पुनले भन्नुभयो, “यसबारे आजै व्यवसायीसँग छलफल गर्दछौँ । हामीले लुकाएर करका दर हेरफेर गरेका छैनौँ । तथ्यमा आधारित भएर यसतर्फ काम गरेका हौँ ।”

कार्यक्रममा नेपाल राष्ट्र बैङ्कका डेपुटी गभर्नर बमबहादुर मिश्रले बजेटमा वित्तीय क्षेत्र सुधार गर्ने कार्यक्रम ल्याइनु स्वागतयोग्य रहेको बताउनुभयो । “वित्तीय क्षेत्र सुधारसँग सम्बन्धित कार्यक्रम बजेटमा आएका छन्, यो स्वागतयोग्य छ । यी कार्यक्रम कार्यान्वयनको नेतृत्व लिन राष्ट्र बैङ्क तयार छ”, उहाँले भन्नुभयो । डिजिटल भुक्तानीको प्रवर्द्धन, केन्द्रीय बैङ्क डिजिटल करेन्सी, ग्रीन फाइनान्स ट्याक्सोनोमीलगायत विषय समावेश भएको बजेटको घोषणाले राष्ट्र बैङ्कको कार्यक्रमलाई थप सहयोग पुग्ने डेपुटी गभर्नर मिश्रको भनाइ छ । बझाङको साइपाल गाउँपालिकामा बैङ्कको शाखा स्थापना गर्ने नीति ढिलै गरी भए पनि आउनु सकारात्मक भएको उहाँले बताउनुभयो । “साइपाल मात्रै बैङ्क शाखा नभएको एकमात्र पालिका हो ।

उक्त पालिकामा शाखा स्थापना गर्ने जिम्मा एभरेष्ट बैङ्कले वि.सं.२०७४ मा पाएको थियो । सडक, इन्टरनेटलगायत पूर्वाधार नहुँदा बैङ्कले शाखा स्थापना गर्न सकेको छैन”, डेपुटी गभर्नर मिश्रले भन्नुभयो । साइपालमा शाखा स्थापना गर्ने नीति आउनु सकारात्मक रहेको उहाँको भनाइ छ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले बजेटले निजी क्षेत्रको मागलाई समेट्दै अगाडि बढ्ने विषय सकारात्मक भएको भन्दै कार्यान्वयनमा जोड दिनुपर्ने बताउनुभयो । बजेटमा समावेश भएका निजी क्षेत्रको मागको सफल कार्यान्वयन हुनुपर्ने उहाँको भनाइ छ । स-साना छरिएर रहेका पुँजीलाई लगानीमा परिणत गर्ने जस्ता कार्यक्रम निजी क्षेत्रको सुझावअनुसार नै बजेटमा प्राथमिकताका साथ आएका अध्यक्ष ढकालले बताउनुभयो । पुराना बजेटका कतिपय कार्यक्रम तथा नीतिलाई नयाँ बजेटले काट्नु दुःखद पक्ष भएको उहाँको भनाइ छ ।

विशेष गरी बैङ्क तथा वित्तीय संस्थाको मर्जर र प्राप्तिमा दिइएको सुविधा अहिलेको बजेटले कटौती गरेको ढकालले बताउनुभयो । पहिलेका बजेटले दिएको सुविधा अहिलेको बजेटले कटौती गर्दा लगानीकर्तामा नकारात्मक असर पर्न सक्ने उहाँको भनाइ छ । बजेटलाई प्रभावकारी कार्यान्वयन गर्न सके अर्थतन्त्रमा देखिएका समस्या यथाशीघ्र समाधान हुने विश्वाससमेत उहाँले व्यक्त गर्नुभयो । “बजेटले दिएको मार्गनिर्देशलाई प्रभावकारी कार्यान्वयन गर्ने दिशातर्फ अगाडि बढ्न सक्नुपर्छ । यसले अर्थतन्त्रलाई चलायमान बनाउँदै लैजान्छ”, अध्यक्ष ढकालले भन्नुभयो । आर्थिक एजेन्डामा सबै दलहरूलाई एकै ठाउँमा ल्याउने र सामूहिक प्रतिबद्धता खोज्ने विषय बजेटमा राखिनु सकारात्मक रहेको उल्लेख गर्दै उहाँले बजेट भाषणको सुरुमै आर्थिक सुधार गर्ने विषय उठाइँदा सरकारको प्राथमिकता झल्केको दाबी गर्नुभयो ।

नेपालमा लगानीको वातावरण भएन भन्ने कुरा चिर्नका लागि लगानी सम्मेलन आयोजना भएको ढकालले बताउनुभयो । यसका लागि आठ वटा कानुन परिवर्तन गर्ने विषय सबै राजनीतिक दलका साझा एजेण्डा बनेको स्वागतयोग्य काम रहेको उहाँको भनाइ थियो । कार्यक्रममा नेपाल उद्योग परिसङ्घका अध्यक्ष राजेश अग्रवालले बजेट सन्तुलितरुपमा आएको भन्दै नयाँ चरणको आर्थिक सुधार कार्यक्रम अगाडि बढाउने घोषणा बजेटमार्फत गरिनु सकारात्मक रहेको बताउनुभयो । निजी क्षेत्रको मनोबल बढाउने उद्देश्य लिनु निकै राम्रो पक्ष भएको उहाँको भनाइ थियो । कृषि, पर्यटन, सूचना प्रविधिलगायतलाई रूपान्तरणकारी परियोजनाको रूपमा लिएर कार्यक्रम ल्याइनु बजेटको सबल पक्ष रहेको उहाँले बताउनुभयो ।

बौद्धिक सम्पत्तिमाथिको कानुन ल्याउन परिसङ्ले जोड दिँदै आएकामा बजेटले त्यसलाई सम्बोधन गरेको अध्यक्ष अग्रवालले बताउनुभयो । विभिन्न ऐन तथा नियमावलीमा समयानुकूल परिमार्जन गर्ने बजेटले प्रतिबद्धता जनाएकोप्रति उहाँले खुसी व्यक्त गर्नुभयो । बजेटमा घोषणा भएका कार्यक्रम बजेटमै सीमित हुन नहुने उहाँको भनाइ छ । “बजेटमा समावेश कार्यक्रम राम्रो छन् । कार्यक्रम बजेटमा मात्र सीमित नहोस् भन्ने चाहना राखेका छौँ” अध्यक्ष अग्रवालले भन्नुभयो, “बजेट कार्यान्वयनमा निजी क्षेत्र सहकार्य गर्न तयार छ ।” विद्यमान शिथिल अर्थतन्त्रलाई माथि उकास्न राहत तथा सहुलियत प्याकेज आउने निजी क्षेत्रको अपेक्षा भए पनि सो आउन नसकेको उहाँले बताउनुभयो ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले आगामी आर्थिक वर्षको बजेट यथार्थपरक र संयमित रहेको बताउनुभयो । कृषि, पर्यटनलगायतमा बजेटले राम्रा कार्यक्रम ल्याउनु सकारात्मक पक्ष भएको उहाँको भनाइ छ । अर्थतन्त्रलाई चलायमान बनाउनका लागि बजेटको कार्यान्वयन चुनौतीपूर्ण रहेको उहाँले बताउनुभयो ।

अध्यक्ष अग्रवालले आन्तरिक राजस्वमा भने समस्या भएको बताउनुभयो । भूतप्रभावि करको दायित्वको दबाब परिरहेकाले यसतर्फ ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो । नीतिले व्यवसायी आतङ्कित भइरहेको अवस्थामा अर्थतन्त्र सुध्रन नसक्ने चेम्बर अध्यक्ष अग्रवालको भनाइ छ । आन्तरिक ऋण धेरै उठाउँदा बजारमा तरलता अभावको जोखिम बढ्ने उहाँले बताउनुभयो । अनुत्पादक क्षेत्रमा रहेको बजेट कटौती गरेर उत्पादन क्षेत्रमा विनियोजन गर्ने अभ्यास गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

नेपाल बैंकर्स सङ्घका अध्यक्ष सुनिल केसीले आगामी आर्थिक वर्षको बजेट सन्तुलित तथा समयसापेक्ष भएर आएको बताउनुभयो । पर्यटन, जलविद्युत, स्टार्टअप, सूचना प्रविधिलगायत प्रचुर सम्भावनाका क्षेत्रलाई पहिचान गरी प्राथमिकताका साथ बजेट छुट्टाउनु बजेटको सबल पक्ष रहेको बताउनुभयो । यसले बैङ्किङ क्षेत्रलाई फाइदा हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

सामाजिक सुरक्षा कोषमा लाग्ने दोहोरो कर हटाउनुपर्ने, निष्क्रिय कर्जा अनुपात बढ्दै जाँदा बैङ्कलाई कर छुट दिनुपर्नेलगायत सुझाव राखिए पनि पूरा नभएको गुनासो केसीले गर्नुभयो । विदेशबाट ऋण ल्याउँदा ब्याज दरमा लाग्ने कर घटाइनु सकारात्मक पक्ष रहेको उहाँको भनाइ छ । सबै सरकारी कार्यालय, मालपोत तथा कर कार्यालय बैङ्किङ प्रणालीमा जोड्ने बजेटको उद्देश्य स्वागतयोग्य रहेको बताउँदै अध्यक्ष केसीले यस नीतिका कारण बैङ्कको लागत पनि कम हुने अपेक्षा गरिएको उल्लेख गर्नुभयो । रासस

काठमाडौँ । नेपालमा स्थानीय वायुका साथै पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको बिहार आसपास रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल कोसी र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सफा रहेको छ । काठमाडौँ उपत्यकाको आजको तापक्रम पुनः बढेर ३३ डिग्री सेल्सियस पुगेको मौसमविद प्रतिभा मानन्धरले जानकारी दिनुभयो । विगत केही दिनयतादेखि यहाँको तापक्रम बढ्दै गइरहेको उहाँले बताउनुभयो । मौसमविद मानन्धरले उहाँले भन्नुभयो, “नेपालमा अहिलेसम्म मनसुन भित्रिएको छैन, भारतमा आज मात्रै भित्रिएको छ । मनसुन नेपाल आइपुग्न अझै एक हप्ता लाग्ने भएकाले तापक्रम अझै बढ्न सक्छ ।”

आज यहाँको तापक्रम ३१ देखि ३३ डिग्री सेल्सियसबिच रहने विभागले पूर्वानुमान गरेको थियो । अहिले दिपायलमा ३६ दशमलव ६ डिग्री, धनगढीमा ४१ डिग्री, साडेपानीमा ४२ दशमलव ५, नेपालगञ्जमा ४१ दशमलव २ र भैरहवामा ३८ दशमलव ६ डिग्री सेल्सियस मापन गरिएको छ । रासस

काठमाडौं । रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नं १० चनखु स्थित मादेउटारका हरि कुमार श्रेष्ठलाई उपचारमा समस्या भएको छ ।

५२ वर्षीय श्रेष्ठको आर्थिक अवस्था कमजोर भएपछि उपचारमा समस्या भएको उनका श्रीमती रमा खड्काले बताइन् । २०७८ साल माघ २२ गते काठमाडौं स्थित एक घरमा रङ लगाउने क्रममा अचानक तीन तल्लाबाट लडेर बेहोस भएका श्रेष्ठ विगत तीन वर्षदेखि उपचाररत छन् ।

‘९५ दिन सम्म भेन्टिलेटरमा राखी उपचार गरीयाे । अहिले केहि सुधार त भएकाे छ । तर, उपचार गर्दागर्दै भएकाे पैसा र सम्पति सबै सकिसक्याे’ रमाले भनिन् । उनले आफ्ना आफन्तजन र नेपालीहरुमा सहयाेग अपिल समेत गरेका छन् । ‘अब मेराे आम्दानीको स्रोत नै केहि छैन । भएकाे सम्पति र सबै पैसा सकिसक्याे ‘ रमाले भनिन् ‘आदरणीय सम्पूर्ण नेपालीहरुमा सहयाेग गर्नकाे लागि म अनुरोध गर्न चाहन्छु । कृपया सहयाेग गरिदिनुहाेला ।’

हरि कुमारकाे अहिले बाँसबारी स्थित नमन हाेम केयरमा उपचार भइरहेकाे छ । हरि कुमारलाई सहयाेग गर्न उनकाे याे खाता नम्बरमा आफुले सकेको सहयोग गर्न सक्नुहुनेछ । उनका श्रीमती रमाकाे सम्पर्क नम्बर : 9841137980 (Account Number – 01905080154093, Hari Kumar Shrestha, Nepal Investemnet Bank Limited)

उनकाे बारेमा थप बुझ्नको लागि यो लिंकमा क्लिक गरेर जानुहोला

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले गरेको निर्णयप्रति राज्य व्यवस्था तथा सुशासन समितिले गलत भएको बताएको छ । ट्राफिक नियम उल्लंघन गरेका व्यक्तिलाई स्वयम्‌सेवक बनाएर सडकमा खटाउने निर्णय मानव अधिकारको हनन रहेको समितिका सभापति रामहरी खतिवडाले बताए ।

उनले भने, ‘यो कानुनी राज्य हो । जतिखेर जसलाई जे मन लाग्यो त्यही निर्णय गर्ने होइन । यसमा हाम्रो चासो देखिएको छ । यसबारे छलफल गर्नुपर्ने आवश्यकता ठानेका छौं ।’

सभापति खतिवडाले ट्राफिक स्वयम्‌सेवकबारे राज्य व्यवस्था समितिले छिट्टै बैठक राख्ने जानकारी पनि दिए । उनले भने, ‘मन्त्रीको निर्देशनमा ट्राफिक कारबाहीमा परेका व्यक्तिलाई सडकमा ल्याएर काम गराउनु मानव अधिकारको हनन गर्नु हो । यस्तो गर्न पाइँदैन । हामी छलफल गर्छौं ।’

गृहमन्त्री रवि लामिछानेले गणतन्त्र दिवसको अवसरमा १५ जेठमा महिनावारीका बेला महिला ट्राफिक प्रहरी सडकमा खटिनु नपर्ने र ट्राफिक कारबाहीमा परेका व्यक्तिले स्वयम्‌सेवक बनेर सडकमा काम गर्नुपर्ने निर्णय गरेका थिए । उक्त निर्णय १६ जेठदेखि कार्यान्वयनमा छ ।

विज्ञहरूले भने यसलाई कानुनविपरीत भनेका छन् ।  ट्राफिक प्रहरीले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६४ को उपदफा १ अनुसारमात्रै कारबाही गर्न सक्ने व्यवस्था छ । ट्राफिक संकेत वा इशारा उल्लंघन गरेमा, निषेधित ठाउँमा सवारी राखेमा, गलत साइडबाट सवारी चलाएमा, वान वेमा छिरे, मापसे, ओभरस्पिड, पेटी वा हेल्मेट नलगाइ हिँड्नेलगायतमा ट्राफिक प्रहरीले कारबाही गर्न सक्छ ।

यस्तो नियम उल्लंघन गर्ने चालकलाई पाँच सयदेखि १५ सयसम्म जरिबाना गर्न सक्ने व्यवस्था छ । तर नियम उल्लंघन गर्नेलाई कानुनविपरीत सडकमा उतार्न नपाइने विज्ञहरूको धारणा रहेको छ ।

रामेछाप । रामेछाप काठमाडौ सृजनशिल समाजकाे आयोजनामा `उद्यमी बनौं ,स्वदेशमै रमौँ´ शीर्षकमा वक्तृत्वकला कार्यक्रम सम्पन्न भएको छ ।

बुधबार सुनापती गाउँपालिका स्थित डहु माविमा कार्यक्रम सम्पन्न गरिएको संस्थाको संयोजक कृष्णहरि बुढाथोकीले जानकारी दिए ।

वक्तृत्वकलामा  सौगात न्यौपाने (डहु मावि )प्रथम , रिसिका खड्का (कुशेश्वर मावि)द्वितीय ,अनिशा तामाङ (कुशेश्वर मा वि ) तृतीय र  राहुल खड्का (कुशेश्वर मावि) सान्त्वना भएको थियो ।

शिक्षालाई सीपसंग जाेड्ने शैक्षिक विकास, उद्यमी सम्मान एवम् उधमशिलता अन्तर्क्रिया कार्यक्रम पनि गरिएको उनले बताए ।

सुनापती गाउँपालिका उपप्रमुख गीता बिष्टको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा श्री डहु मावि सहित शतलिङ्गेश्वर माध्यमिक विद्यालय गुन्सी, श्री कुशेश्वर मावि र  बेथान माविको सहभागीता रहेकोे थियो ।

कार्यक्रमलाई सफल बनाउन ४ नं वडाका वडाध्यक्ष डण्डुप लामा,विभिन्न विद्यालयका प्रधानध्यापक  लगायतले सहयोग गरिएको भन्दै संयोजक बुढाथोकीले धन्यवाद समेत व्यक्त गरे ।

दाङ । अत्यधिक गर्मी बढेपछि दाङको तुलसीपुर उपमहानगर क्षेत्रका विद्यालय पाँच दिन बन्द हुने भएका छन् ।

केही दिनदेखि निरन्तर बढिरहेको गर्मीका कारण बालबालिकाको स्वास्थ्यमा समस्या देखिन थालेपछि विद्यालय बन्द गरिएका हुन् । सामाजिक विकास समितिका संयोजक मानबहादुर रावतले जेठ १८ देखि २२ गतेसम्म विद्यालयमा बिदा दिइएको जानकारी दिए ।

दाङको तापक्रम ३९ डिग्री सेल्सियसभन्दा बढी भएपछि उपमहानगर अन्तर्गत नगर शिक्षा समितिको बैठकबाट पाँच दिनका लागि सामूदायिक तथा संस्थागत विद्यालय बन्द गर्ने निर्णय गरिएको शिक्षा महाशाखा प्रमुख चक्रबहादुर भण्डारीले जानकारी दिए ।

देउखुरीको राप्ती गाउँपालिकाले पनि अत्यधिक गर्मी बढेपछि पालिकाभित्रका विद्यालय आज र भोलि दुई दिन बन्द हुने सूचना जारी गरेको छ ।

चितवन : ईच्छाकामना गाउँपालिका-६ बाट अवैध लागूऔषध गाँजा २ किलो ९ सय २६ ग्रामसहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा ईच्छाकामना गाउँपालिका-६ पाँचकिलो बस्ने ४४ वर्षीया डल्ली गुरूङ र ५० वर्षीया रूक कुमारी क्षेत्री रहेका छन् । इलाका प्रहरी कार्यालय मुग्लिङबाट खटिएको प्रहरीले उनीहरूको घर तलासी गर्ने क्रममा डल्लीलाई २ किलो ७ सय ग्राम र रूकलाई २ सय २६ ग्राम गाँजासहित पक्राउ गरेको हो । 

मोरङ : बिराटनगर महानगरपालिका-१५ स्थित १ नम्बर ढाटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ सय ६० मिलिग्रामसहित सुनसरी ईटहरी उपमहानगरपालिका-५ बस्ने ४९ वर्षीय अमर श्रेष्ठलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएकाे छ । 

काठमाडौँ । गृहमन्त्री रवि लामिछानेलाई निलम्बन माग गरिएको रिटमाथिको सुनुवाइ आज पनि स्थगित भएको छ । रिटमाथि न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा आज पेशी तोकिएको थियो ।

उक्त मुद्दा आज तेस्रो नम्बरमा पेशी रहेको थियो । तर निवेदकको तर्फबाट आजको सुनुवाइ स्थगित गरिएको हो ।

न्यायाधीश पोखरेलले यसअघि लामिछानेका केही मुद्दामा कानुन व्यवसायीको रूपमा बहस गरेका थिए । उनले बुधवार सोही कुरा राखेर हेर्न नमिल्ने बारे जिज्ञासा राखेका थिए । तर न्यायाधीशले भने आफू नियुक्ति अघिको विवाद नहेर्ने र नियुक्ति पछिको हेर्ने जवाफपछि स्थगित गराइएको थियो ।

सहकारी ठगी प्रकरणमा महान्यायाधिवक्ता कार्यालयले कुनै जिल्लामा अभियोग र अनुसन्धान नभएको भनी क्लिनचिटको अर्थ लगाउन मिल्ने पत्र दिएपछि त्यस विरुद्ध अधिवक्ता अनुपम भट्टराईले रिट दर्ता गरेको थियो ।

काठमाडौँ । प्रहरिले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई नागरिकता दिने कार्यमा संलग्न व्यक्तिहरूको खोजी सुरु गरेको छ ।

सिरोहियालाई वंशजको नागरिकता दिने निर्णयमा हस्ताक्षर गरेका तत्कालीन प्रमुख जिल्ला अधिकारी शरदकुमार भट्टराईसहित शाखा अधिकृतविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

प्रतिलिपि दिने तत्कालीन शाखा अधिकृत काशिराज दाहालविरुद्ध जिल्ला अदालत धनुषाले पक्राउ पुर्जी जारी गरेको धनुषा प्रहरि कार्यांलयले जानकारी दिएको छ ।

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।