
काठमाडौं । नेपाल सरकारको मन्त्रीपरिषद्ले प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी)बाट प्रहरी नायव महानिरीक्षक(डिआइजी) पदमा ४ जनालाई बढुवा गरेको छ ।
प्रहरी नायव महानिरीक्षकहरूमा कृष्ण हरि शर्मा पोखरेल, दान बहादुर कार्की, डा.मनोज कुमार केसी र राजन अधिकारी रहेका छन् ।
आज उनीहरुलाई दर्ज्यानी चिन्ह सुशोभनक समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले राष्ट्र, जनता र संगठनप्रति गरेको योगदान, कार्यक्षमता लगायतका बढुवाका सम्पूर्ण संभाव्य आधारहरूको मूल्याङ्कन गरी पदोन्नति गरिएको बताए । पदोन्नतिसँगै जवाफदेहिता, जिम्मेवारी र निर्वाह गर्नुपर्ने भूमिकाको दायरा अझ फराकिलो भएको उल्लेख गर्दै प्रहरी महानिरीक्षक कुँवरले भने, “राज्य र संगठनले तपाईहरूबाट यसको प्रतिफलमा देश र नागरिक सेवामा रचनात्मक भूमिका, उच्च व्यावसायिकता एवम् निष्ठाको अपेक्षा राखेको छ, जसमा खरो उत्रिनु हुने छ भनि विश्वास लिएको छु ।”
प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरीको गौरव र गरिमालाई नयाँ आयाम र उचाईमा पुर्याउन पदीय हैसियतले निर्वाह गरेको भूमिका सदैव मूल्याङ्कन हुने भएकोले सकारात्मक उर्जा, मेहेनत लगन र ईमान्दारिताका साथ सांगठानिक विकासमा जुट्न र विशिष्टकृत ढंगबाट कार्यसम्पादन गर्न निर्देशन दिए । नेपाल प्रहरीबाट सम्पादित काम, प्रदर्शित व्यावसायिकता र निर्वाह गरेको भूमिकाप्रति समाज र नगारिकले चासो र महत्वकोसाथ हेर्ने गरेको उल्लेख गर्दै प्रहरी महानिरीक्षक कुँवरले भने, “प्रहरी संगठनलाई जनमुखी, पारदर्शी र निर्विकल्प अंगको रूपमा स्थापित गराउन हामी सबैको साझा चिन्तन, क्रियाशीलता र पदीय दायित्व अनुरूपको जिम्मेवारी वहन पनि त्यतिकै आवश्यक रहेको छ ।”
काठमाडौं, : नाबालिकालाई वेश्यावृतिमा लगाएको अभियोगमा २ जना महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दोलखा जिरी नगरपालिका-९ घर भएकी २५ वर्षीया मञ्जु भन्ने श्रृजना खनाल तामाङ घिसिङ र नुवाकोट वेलकोटगढी नगरपालिका-४ घर भएकी २६ वर्षीय निशा भन्ने रमिला नेपाली रहेका छन् ।
काठमाडौं महानगरपालिका-७ स्थित स्वागतम् रेष्टुरेन्ट एण्ड बारमा नाबालिकालाई जबरजस्ती वेश्यावृतिमा लगाएको भन्ने सूचनाको आधारमा मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले बार संचालक उनीहरूलाई पक्राउ गरेको हो । साथै पीडित बालिकाको पनि उद्दार गरिएको छ ।
उनीहरूले नाबालिकाको कमजोर आर्थिक अवस्थाको फाइदा लिई रेष्टुरेन्टमा वेट्रेसको काम लगाउने भनी जबरजस्ती वेश्यावृतिमा लगाई दैनिक रुपमा ५ देखि १५ जना ग्राहकहरूसँग शारीरिक सम्पर्क राख्न बाध्य बनाएको र ग्राहकसँग शारिरिक सम्पर्क राखे बापत आधा रकम दिने भनि प्रलोभनमा पारी सो रकम पनि नदिएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।
उनीहरू उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ३ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस नेता सुरेन्द्रराज पाण्डेलाई ४८ घण्टाभित्र नियुक्त गर्न सर्वोच्च अदालतले परमादेश जारी गरेको छ ।
सभामुख कृष्ण धितालले मुख्यमन्त्री खगराज अधिकारीले ६० सदस्यीय प्रदेशसभामा ३० सांसदकै समर्थनमा विश्वासको मत पाएको घोषणा गरेपछि उक्त कदम असंवैधानिक भन्दै कांग्रेस नेता पाण्डेले सर्वोच्चमा रिट दिएका थिए ।
उक्त रिटमाथि सोमबार न्यायाधीशहरु कुमार रेग्मी र सुनीलकुमार पोखरेलको इजलासले सुनुवाइ गर्दै मुख्यमन्त्री अधिकारीले विश्वासको मत नपाएकाले पदमुक्त हुने फैसला सुनाएको हो ।
‘६० सदस्यीय गण्डकी प्रदेशसभामा बहुमतका लागि न्यूनतम ३१ सदस्यको आवश्यकता पर्नेमा ३० सदस्यकै समर्थनमा प्रस्ताव बहुमतबाट पास भएको भनी प्रदेशसभाका सभामुखबाट भएको घोषणा नेपालको संविधानको धारा १८८ को उपधारा ३ विपरीत रहेको हुँदा गण्डकी प्रदेशसभामा मुख्यमन्त्री खगराज अधिकारीले पेश गर्नुभएको विश्वासको मत बहुमतले पास भएको भनी गण्डकी प्रदेशसभाका सभामुखबाट २०८१/०१/२३ मा गर्नुभएको घोषणा उत्प्रेषणको आदेशले बदर गरिदिएको छ’, सर्वोच्चले सोमबार सार्वजनिक गरेको संक्षिप्त फैसलामा भनिएको छ ।
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित शीर्ष नेताहरु सहकारीको बचत अपचलन, ठगी, दुरूपयोग र हिनामिना छानबिन गर्ने संसदीय समितिको कार्यादेश तय गर्न छलफलमा जुटेका छ।
बैठक सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा सुरू भएको छ।
सत्तापक्ष र प्रमुख प्रतिपक्षका बीचमा सहकारीको बचत अपचलनमा संसदीय छानबिन समिति गठन गर्ने सैद्धान्तिक सहमति जुटिसकेको छ। कार्यादेशमा भने कुरा मिलेको छैन।
प्रमुख प्रतिपक्षी कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारीको बचत संलग्न रहेको भन्दै उनको नाम तोकेर समिति बनाउनुपर्ने अडान राख्दै आएको छ।
समिति बन्नुअगावै व्यक्तिलाई दोषी किटान हुनेगरी नाम उल्लेख गर्न नहुने अडानमा सत्तापक्ष छ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले यदि गृहमन्त्री लामिछानेको नाम उल्लेख नगर्ने भए सहकारीको रकम अपचलन गर्ने गोरखा मिडिया नेटवर्कका पदाधिकारीहरू लेखेर संसदीय समितिको क्षेत्राधिकार तय गर्नुपर्ने विकल्प अघि सारेका छ।
चितवन । चितवनको नारायणगढ-मुग्लिन सडक खण्ड अन्तर्गत् वडा नं २९ भरतपुर महानगरपालिकामा चारवटा सवारी साधन आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने २३ जना यात्रु घाइते भएका छन् ।
एक युवकको दुर्घटनामा मृत्यु भएको छ भने घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर छ ।
काठमाडौंबाट बर्दिवासतर्फ जाँदै गरेको ना७ख ३२४८ नम्बरको बस,काठमाडौंबाट प्युठान जाँदै गरेको बा४ख ९०८६ नम्बरको बस, नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ना३ख ७९१५ नम्बरको ट्रक र वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको ना६ख ८९६८ नम्बरको बस आइतबार राति साढे १२ बजेतिर एकैठाउँमा ठोक्किएका थिए ।
काठमाडौंबाट प्युठानतर्फ जाँदै गरेको बस र ट्रक सुरुमा ठोक्किएपछि अन्य सवारी साधनहरु पनि त्यहीँ ठोक्किएको जानकारी जिल्ला प्रहरी कार्यालय चितवन दिएको छ।
आइसिसी टी-२० विश्वकपका लागि आज नेपालले अमेरिकामा क्यानडासँग अभ्यास खेल खेल्दैछ।
नेपालले टी-२० विश्वकप खेल्ने देशसँगै अभ्यास खेल खेल्न लागेको हो।क्यानडासँग खेलेपछि नेपालले बिहीबार अमेरिकासँग खेल्नेछ।
चितवन । खैरहनी नगरपालिका वडा नम्बर ३ स्थित करिब पाँच कठ्ठा जग्गामा किसानले लगाएको केराका बोट काटेको आरोपमा ४ जना बालकलाई चितवन प्रहरीले पक्राउ गरेको छ ।
जेठ १ गते रति ३१५ बोट केरा काटिएको अवस्थामा फेला परेका थिए । केराका बोट काटिदिएको आरोप मा १२, १३ र १४ वर्षका बालकलाई प्रहरीले पक्राउ गरेको छ ।
आर्थिक सर्वेक्षण आ.व.२०८०/८१ अनुसार कुल ग्राहस्थ उत्पादन मा क्षेत्रगत योगदानहरु (कुल GDP ५७ खर्ब ४ अर्ब ८४ करोड ) रहेको छ।
यो मध्ये प्राथमिक क्षेत्र कृषि,वन तथा मत्स्यपालन, खानी तथा उत्खननको योगदान २४.५६% रहेको छ भने वृद्धिदर ३.०३% रहेको छ। त्यसरिनै द्दितिय क्षेत्र उत्पादन मुलक उद्योग,निर्माण क्षेत्र, विधुत, ग्यास आपूर्ति सेवा लगायतका क्षेत्रको योगदान १२.५३% र वृद्धिदर १. २०% रहेको छ। भने तृतीय क्षेत्रहरु थोक, खुद्रा व्यापार ,आवास ,घर जग्गा कारोबार , शिक्षा क्षेत्र लगायत अन्य सेवा क्षेत्रको योगदान ६२.४८% र वृद्धिदर ४.५०% रहेको छ ।
यसरिनै आ.व २०८०/८१ अनुसार प्रति ब्यक्ती कुल ग्राहस्थ उत्पादन १४३४ अमेरिकी डलर पुगेको छ । प्रती व्यक्ती राष्ट्रिय आय १४५६ अमिरिकी डलर पुगेको छ । त्यसैगरी यस बर्ष जम्मा बिमा कम्पनीको संख्या ३७ वटा रहेको छ । गरिबीको रेखामुनि रहेको जनसंख्या २०.२७% रहेको छ। भने सहरी क्षेत्रमा १८.३४% र ग्रामीण क्षेत्रमा २४.६६% रहेको छ ।
नेपालमा वन क्षेत्रले कुल भुभागको ४५.३१% भाग ओगटेको छ । नेपालमा जम्मा उद्योगको संख्या ९३४४ वटा रहेका छ्न भने लागानी २९ खर्ब ९२ अर्ब रहेको छ।
एजेन्सी । अमेरिकाका मध्य क्षेत्रहरूमा घुम्रपात र आँधीका कारण कम्तीमा १५ जनाको ज्यान गएको छ भने घरहरू ध्वस्त भएका छन् र लाखौँ जनता बिजुलीविहीन बनेका छन्।
उत्तरी टेक्सासमा सात, अर्कान्सासमा पाँच, ओक्लाहोमामा दुई र केन्टकीमा एक जनाको मृत्यु भएको अधिकारीहरूले जानकारी दिएका हुन् । ठुलो सङ्ख्यामा मानिसहरू घाइते भएको र आइतबार विभिन्न राज्यहरूमा लगभग ५ लाख मानिस बिजुली बिना थिए।
टेक्सासको कुक काउन्टीका शेरिफ रे स्यापिङटनले त्यहाँ मृत्यु हुनेमा २ र ५ वर्षका दुई बालबालिका र एउटै परिवारका तीन सदस्य रहेको बताए । ‘त्यहाँ भग्नावशेष मात्र बाँकी छ,’ भ्याली भ्यू क्षेत्रका शेरिफले भने, ‘यो शक्तिशाली घुम्रपातले सबैभन्दा बढी प्रभावित भएको क्षेत्रमध्ये एक थियो। विनाश धेरै गम्भीर छ।’
काउन्टीबाट प्राप्त फुटेजले पेट्रोल स्टेसन र रेस्ट स्टप लगभग पूर्ण रूपमा ध्वस्त भएको देखाएको छ । यता ट्विस्टरहरूले ट्रकहरू पल्टाएपछि डलास नजिकैको राजमार्ग बन्द भएको छ । यस क्षेत्रमा पनि हजारौँ मानिसहरूलाई बिजुलीविहीन छन् ।
मकवानपुर । बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम आज सार्वजनिक गर्ने भएको छ ।
नीति तथा कार्यक्रम सोमबार तीन बजे प्रदेश प्रमुख यादव चन्द्र शर्माले संसद् बैठकमा सार्वजनिक गर्ने कार्यसूची रहेको छ ।
प्रदेशसभाका सभामुख भुवन कुमार पाठकले सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्न प्रदेशसभाको बैठक सोमबार दिउँसो ३ बजेका लागि बोलाएका छन् ।
मुख्यमन्त्री जम्कट्टेलका अनुसार प्रदेश सरकारले प्रदेशको समग्र विकास तथा आर्थिक क्षेत्रको मेरुदण्डका रूपमा रहेको कृषि, पर्यटन, शिक्षा र रोजगारीलाई प्राथमिकता राखेको छ ।





