
काठमाडौं । सामान्यतया राष्ट्रिय जनमोर्चाका नेता तथा सांसद चित्रबहादुर केसी संसदमा धेरै बोल्दैनन् । उनी जति बोल्छन् त्यति नै शब्दमा शक्ति पनि हुन्छ ।
आइतबार बसेको प्रतिनिधिसभाको बैठममा केसिले जम्मा ३० सेकेण्ड बोले । उनले सहकारी ठगलाई जोगाउन सत्तापक्षले षडयन्त्र गरिरहेको बताउँदै यो लोकतन्त्रमाथिको आक्रमण भएको बताएका छन् ।
“सभामुख महोदय सहकारीमा ठगेर यत्रो बर्बाद पार्नेहरुलाई सत्तापक्षले जोगाउन जुन षडयन्त्र गरेको छ, यो लोकतन्त्रमाथिको आक्रमण हो । गणतन्त्रमाथिको आक्रमण हो,” उनले भने, “त्यसैले यो नीति तथा कार्यक्रमलाई हाम्रो पार्टीले समर्थन गर्दैन ।”
काठमाडौं, जेठ १३ गते । रोयल कपनले प्रथम भ्याली पब्लिक एसइइ कप ब्वाइज फुटसल प्रतियोगिताको पहिलो दिन आइतबार दोहोरो जित हात पारेको छ ।
भंगालस्थित आयोजक भ्याली पब्लिक स्कुलको फुटसल कोर्टमा रोयलले ड्रागन एलिट एफसीलाई ३–२ तथा समृद्धिलाई १०–२ गोलले पराजित गरेकाे थियाे ।
अन्य खेलमा जुगल नव गुरुकुलले साइप्रेसलाई ९–४, टोखा एफसीले टिम बिस्टलाई ३–१, डाउन टाउनले इन्साइट भिजन ‘बी’ लाई ५–४, दि सेभेन ब्रोसले साइप्रेसलाई ४–१, विद्या आर्जनले भ्याली पब्लिक ‘बी’ लाई ७–२, ड्रागन एलिटले भ्याली पब्लिक ‘बी’ लाई नै ५–३ र सेक्रेड हार्टले भ्याली पब्लिक ‘ए’ लाई ४–१ ले हराएकाे छ ।
प्रतियोगिताको भ्याली पब्लिकका प्रशासन प्रमुख महेश अधिकारीले एक कार्यक्रमबीच उद्घाटन गरे । प्रतियोगितामा १८ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरिरहेका छन् ।
विजेताले २० हजार तथा उपविजेताले १० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । नगद पुरस्कारबाहेक विजेता टोलीका प्रत्येक खेलाडीले ६०, उपविजेताले ३० तथा सहभागीले १० प्रतिशत छात्रवृत्ति पनि पाउने छन् । फाइनल मंगलबार हुनेछ ।
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ८४ सम्म कांग्रेस प्रतिपक्षमा बस्न तयार रहेको बताएका छन् ।
भृकुटीमण्डपमा आइतबार आयोजित विरोध सभालाई सम्बोधन गर्दै शर्माले सो कुरा बताएका हुन् ।
त्यस्तै सहकारीको रकम अनियताबारे छानबिन समितिबाट गृहमन्त्री रवि लामिछाने ठगी नगरेको प्रमाणित भए माला लगाउन आफैँ जाने बताए ।
“विवाहको कार्डमा बेहुलाको नाम नलेख पनि हुन्छ ? परीक्षा दिन बसेको विद्यार्थीले आफ्नो रोल नम्बर वा नाम नलेखे पनि हुन्छ ? यो आकासे समितिबाट छानबिन हुन्छ ?,” उनले भने, “हिम्मत राख्नुस् दह्रो मुटु राख्नुस्, ठगी गर्नुभएको छैन भने छानबिनबाट प्रमाणित हुन्छ । माला लगाउन हामी आफैँ आउँला ।”
काठमाडौँ। पुरुष फ्रेन्चाइज भलिबल लिग आयोजना हुने भएको छ । लिग आयोजनाका लागि नेपाल भलिबल संघ र केडिया अर्गनाइजेसन प्रालिबीच आइतबार सम्झौता भएको हो।
भलिबल खेलको अन्तर्राष्ट्रियस्तरमा विकास, विस्तार र प्रवर्द्धन गर्न र व्यावसायिक रूपमा विकास गर्ने उद्देश्यले सम्झौता गरेको संघले जनाएको छ ।
सम्झौताअनुसार नेपाल पुरुष फ्रेन्चाइजी भलिबल लिग सम्पन्न गर्न लाग्ने सबै खर्च केडियाले संघलाई उपलब्ध गराउने अध्यक्ष जितेन्द्रबहादुर चन्दले जानकारी दिए ।
उनका अनुसार फ्रेन्चाइजी भलिबल लिग सञ्चालन गर्न केडियाले भलिबल संघलाई वार्षिक ३५ लाख रुपैयाँ उपलब्ध गराउने छ ।
प्रतियोगिताको प्रथम संस्करण आउँदो माघ–फागुन महिनासम्म काठमाडौँमा हुने र अन्य संस्करणहरू होम एन्ड अवेको आधारमा नेपालका विभिन्न शहरहरूमा समेत खेलाइने लक्ष्य राखिएको चन्दले बताए।
काठमाडौँ । नेपाल भू-बनोट र भौगर्भिक विशिष्टताका कारण जलवायु परिवर्तनको उच्च जोखिममा रहेको छ। जलवायु परिवर्तनले हुने तापक्रम वृद्धिको असर हिमाली क्षेत्रमा बढी परेको छ। यसबाट हिउँ पग्लने, नयाँ हिमताल बन्ने, विद्यमान हिमालको आकार ठुलो हुने र हिमताल फुटेर बाढी आउने जोखिमसमेत बढेको छ। ‘जर्मनवाच’ नामक अन्तर्राष्ट्रिय संस्थाले सन् २०११ मा गरेको दीर्घकालीन जलवायु जोखिम सूचकाङ्क (२०००/२०१९) को अध्ययनअनुसार नेपाल जलवायु परिवर्तनका दृष्टिकोणबाट उच्च जोखिम भएका मुलुकमध्ये १०औँ स्थानमा छ।
जलवायु परिवर्तनजन्य विपद्बाट नेपालले बर्सेनि मानवीय तथा आर्थिक नोक्सानी व्यहोर्दै आएको नेपाल सरकारले आज सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/०८१ आर्थिक सर्वेक्षणमा उल्लेख छ। जलवायु परिवर्तनको असर न्यूनीकरण र अनुकूलनका कार्यक्रम सञ्चालन गर्न नीतिगत, कानुनी तथा संस्थागत व्यवस्था हुँदै आएका छन्।
जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी निकायको मूल्याङ्कन प्रतिवेदनअनुसार पृथ्वीको औसत तापक्रम सन् १८५०–१९०० को तुलनामा एक दशमलव एक डिग्री सेल्सियसले बढिसकेको छ। बढ्दो तापक्रमका कारण मानव समुदाय र पारिस्थितिकीय प्रणालीबिचको सन्तुलन कायम गर्ने चुनौती बढेको छ।
आर्थिक सर्वेक्षणअनुसार मानवसिर्जित क्रियाकलापका कारण जलवायु परिवर्तनजन्य विपद् बढ्दै गएका छन्। उच्च तापक्रम, बेमौसमी वर्षा र अति वर्षा तथा सुख्खापनजस्ता कारणबाट उत्पादन र उत्पादकत्वमा ह्रास आई रोजगारी, आय र मानिसको जीविकोपार्जनमा गहिरो प्रभाव परेको छ।
जलवायु परिवर्तनका सवाललाई सम्बोधन गर्न संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि, क्योटो प्रोटोकल, पेरिस सम्झौतालगायतका प्रबन्ध कार्यान्वयन गर्न विभिन्न निकाय तथा संरचना क्रियाशील छन्। नेपाल पनि यस्ता सन्धि सम्झौताको पक्ष राष्ट्र भई जलवायु परिवर्तनका असर न्यूनीकरण र अनुकूलनका क्षेत्रमा काम गरिरहेको छ।
सन् २०२३ मा अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) ले गरेको अध्ययनअनुसार हिन्दकुश हिमालय क्षेत्रका हिमनदीको पिण्ड ६५ प्रतिशतले घटेको छ भने यस क्षेत्रको मुख्य नदी बेसीनमा हिउँ पग्लेर सन् २०५० तिर पानीको मात्रा र नदीमा बहाव उच्च हुने अनुमान गरेको छ।
जलवायु परिवर्तनका कारण तीव्र गतिमा हिउँ पग्लने र तत्काल नदीमा पानीको मात्रा वृद्धि हुने भए पनि दीर्घकालमा पानीको मात्रा (आयतन) घट्ने अनुमान छ।
हरितगृह ग्यास उत्सर्जनको अवस्था
विश्वको हरितगृह ग्यास उत्सर्जन सन् १९९० मा ३२ अर्ब ६६ करोड मेट्रिकटन रहेकोमा सन् २०२० मा ४७ अर्ब ५१ करोड मेट्रिकटन पुगेको थियो। सन् १९९० देखि २०२० सम्मको अवधिमा विश्वको हरितगृह ग्यास उत्सर्जन वार्षिक औसत एक दशमलव २७ प्रतिशतले वृद्धि भएको छ।
सन् २०१९ को तुलनामा सन् २०२० मा चार दशमलव सात प्रतिशतले विश्वको हरितगृह ग्यास उत्सर्जनमा कमी आएको छ। यसैगरी ‘क्लाइमेट बाच’को तथ्याङ्कअनुसार विश्वमा सबैभन्दा बढी हरितगृह ग्यास उत्सर्जन गर्ने देशमा चीन, अमेरिका, भारत, युरोपियन युनियनका मुलुक, इन्डोनेसिया, रुस, ब्राजिल, जापान, इरान र क्यानडा रहेका छन्।
विश्वको कूल हरितगृह ग्यास उत्सर्जनमा सबैभन्दा बढी अंश चीनको २५ दशमलव ८८ प्रतिशत र संयुक्त राज्य अमेरिकाको ११ दशमलव १३ प्रतिशत रहेको छ। जलवायु परिवर्तन तथ्याङ्क ‘एक्सप्लोर’ २०२४ का अनुसार प्रमुख दश हरितगृह ग्यास उत्सर्जन गर्ने देशमध्ये क्यानडाको अंश सबैभन्दा कम एक दशमलव १४ प्रतिशत रहेको छ।
नेपालले उत्सर्जन गरेको हरितगृह ग्यास पछिल्ला वर्षमा बढ्दै गएको छ। नेपालले उत्सर्जन गरेको हरितगृह ग्यास सन् २००० देखि सन् २००८ सम्म घटेको भए पनि त्यसपछिका वर्षमा बढेको छ। सन् नब्बेको दशकमा औसत दुई करोड १८ लाख मेट्रिकटन हरितगृह ग्यास उत्सर्जन हुने गरेकामा पछिल्ला (सन् २०११–२०२०) दशकमा यस्तो ग्यास उत्सर्जन चार करोड २७ लाख मेट्रिकटन पुगेको छ। नेपालको भने खुद हरितगृह ग्यास उत्सर्जन घट्दै गएको छ। रासस
काठमाडौं । अवैध लागूऔषध कोकिन १ किलो १ सय १ ग्रामसहित कंगोलिज नागरिक ४९ वर्षीया APULA EKUTSHU MBONGO लाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-१७ ठमेलस्थित होटलबाट पक्राउ गरेको हो ।
दुवईबाट जेठ ४ गते काठमाडौं आएकी उनको ब्याग भित्र लुकाई छिपाई प्लाष्टिकले र्यापिङ गरी राखिएका ८५ वटा क्याप्सुलमा उक्त कोकिन फेला परेको थियो । उनले ती क्यापसुल पेटभित्र निलेर लुकाई छिपाई ल्याएको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ ।
उनलाई लागूऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम काठमाडौं जिल्ला अदालतबाट लागूऔषध मुद्दामा म्याद थप अनुमति लिई प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।
काठमाडौँ । नेपाल सरकारका अर्थमन्त्री वर्षमान पुनले सरकार संसद बाहिरबाट बजेट ल्याउने गर्ने सोचमा नभएको बताएका छन् ।
आइतवार प्रतिनिधि सभा बैठकपछि संसदभवन बाहिर सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै पुनले सरकारले संविधानको दिशानिर्देश अनुसार नै संसदमा शान्तिपूर्ण ढङ्गले बजेट पेश गर्ने तयारी रहेको बताए ।
अर्थमन्त्री पुनले बजेटमा बेलाबेलामा राजनीति भएकाले संसदमा बजेट पेश गर्न नसक्ने भएपछि जेठ १५ गते गणतन्त्र दिवसकै दिनमा बजेट ल्याउन संवैधानिक व्यवस्था गरेको बताए । उनले संविधानले लिएको कार्यादेश अनुसार जेठ १५ गते संसदमा बजेट पेश गरिने बताए ।
काठमाडौं । संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/०८२ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम पारित भएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाको बैठकमा राखेकाे प्रस्ताव बैठकले बहुमतले पारित गरेको हाे ।
दाहालले बैठकमा ‘राष्ट्रपतिले २०८१ जेठ १ गते सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा गरेको सम्बोधनमा उल्लिखित आव २०८१/०८२ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेका थिए।
नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको जवाफ समेत प्रधानमन्त्रीले दिएका छन्।
संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/०८२ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम पारित भएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाको बैठकमा राख्नु भएको प्रस्ताव बैठकले बहुमतले पारित गरेको छ ।
दाहालले बैठकमा ‘राष्ट्रपतिले २०८१ जेठ १ गते सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा गरेको सम्बोधनमा उल्लिखित आव २०८१/०८२ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेका थिए।
नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको जवाफ प्रधानमन्त्रीले दिएका छन्।
इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधिका लागि आइतबार कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदरावाद भिड्ने भएका छन्।यो खेल नेपाली समय अनुसार राति ७: ४५ बजेदेखि सुरु हुने छ।
पहिलो क्वालिफायरमा सनराइजर्सलाई नै पराजित गरेर कोलकाता समूह चरणमा शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको हो । कोलकोता नाइट राइडर्सले अहिलेसम्म २०१२ र २०१४ मा गरी दुई पटक आइपिएलको उपाधि जित्यो भने २०२१ मा उपविजेता बनेको थियो।
अङ्क तालिकामा दोस्रो स्थानमा रहँदै पहिलो क्वालिफायरमा कोलकोतासँग पराजित भएको हैदरावादले दोस्रो क्वालिफायर खेल्ने अवसर पाएको थियो।२०१३ देखि आइपिएल खेलिरहेको हैदरावाद अहिलेसम्म एक पटक २०१६ मा आइपिएलको उपाधि जितेको छ भने २०१८ मा उपविजेता बनेको थियो।





