२०८३ बैशाख १७ बिहीबार
२०८३ बैशाख १७ बिहीबार

काठमाडौँ । सहकारीको विषयमा छानबिन समिति बनाउन कार्यविधि तय गर्न बनेको कार्यदलको बैठक सिंहदरबारमा सुरु भएको छ । दिउँसो ३ बजे बोलाइएको बैठक कार्यदलका संयोजक रहेका कानुन मन्त्री पदम गिरी पर्वतबाट फर्कँदा ढिलो सुरु भएको हो ।

आजको बैठकमा संसदीय छानबिन समिति बनाउँदा गृहमन्त्री रवि लामिछानेको नाम नराख्ने तर कांग्रेसले नाम लिएका सूर्यदर्शन, सुप्रीम लगायतका सहकारीको नाम राखेर छानबिन समिति गठन गर्ने सत्तापक्षले विकल्प दिने र त्यसमाथि छलफल हुने खनालको भनाई रहेको छ ।

कांग्रेसले मन्त्री लामिछानेको नाम नराखी उनीसँग जोडिएका सहकारीबारे छानबिन गर्नका लागि विकल्प ल्याउन सत्तापक्षलाई आग्रह गरेको थियो । आजको बैठकमा सत्तापक्षले दिएको विकल्पमाथि छलफल हुँदैछ ।

मोरङ : नेपाल प्रहरीको कार्यालय सहयोगी पदमा जागिर लगाई दिन्छु भन्दै ठगी गरेको अभियोगमा कटहरी गाउँपालिका-३ बस्ने ४५ वर्षीय पन्चु पासवानलाई प्रहरीले पक्राउ गरेको छ ।

पासवानले कटहरी गाउँपालिका-५ का १ जना व्यक्तिलाई प्रहरीको कार्यालय सहयोगी पदमा जागिर लगाई दिन्छु भन्दै ३ लाख ३० हजार रूपैयाँ नगद लिई ठगी गरेको भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उनी उपर ठगी सम्बन्धी कसूरमा जिल्ला अदालत मोरङबाट ५ दिन म्याद थप अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

काठमाडौें । नेपाल राष्ट्रिय मार्सल आर्ट्स गेम्स महासंघ (एनएमजिसी) को तेस्रो महाधिवेशनले १३ सदस्यीय नयाँ केन्द्रीय कार्यसमिति शनिबार चयन गरेको छ ।

चावहिलमा सम्पन्न महाधिवेशनले अध्यक्षमा सुदीप पण्डित क्षेत्री र महासचिवमा रूपसिं तामाङसहित १३ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । महासचिव रूपसिंह आइटिएफका खेलाडी हुँदै पूर्वपदाधिकारी पनि हुन् । उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा आफूलाई स्थापित गर्दै आइरहेका छन् । रूपसिंको अग्रसरतामा रामेछापको खाँडादेवीमा नेपालकै पहिलो सुविधा सम्पन्न आइटिएफ एकेडेमी हल निर्माण भएको छ । सोही स्थानमा उनले तेक्वान्दोका संस्थापक स्वर्गीय जेनेरल चोइ होङ हीको पूर्णकदको सालिकसमेत बनाएका छन् । उनै रूपसिं तेस्रो महाधिवेसनमा सर्वसम्मत पनि भए ।

महाधिवेशनमा २३ राष्ट्रिय संघहरूको सहभागिता रहेको थियो । यही संघहरूको छाता संगठन नै एनएमजिसी हो । महाधिवेसनले वरिष्ठ उपाध्यक्षमा लालबहादुर जिसी, उपाध्यक्षत्रयमा अन्जु रावत, उपाध्यक्षमा एनिप महर्जन र केशव डङ्गोललाई निर्विरोध चयन ग¥यो । उपाध्यक्ष अन्जु आइटिएफकै सफल खेलाडीका साथै अन्तर्राष्ट्रिय प्रशिक्षक र निर्णायक हुन् । सचिवमा कृष्णगोपाल राजथला र कोषाध्यक्षमा तुलसी थापामगर सर्वसम्मत चयन भए ।

तुलसी आइटिएफ र मुवाँथाईकी खेलाडी हुन् । सदस्यहरूमा कृष्णबहादुर रावत, जनकराज गौतम, सानुकान्छा श्रेष्ठ, कमल मगर र सीताराम दराई चयन भए ।

सोही निर्वाचित कार्यसमितिको पहिलो बैठकले तीन पदाधिकारीसहित १० जना मनोनित पनि गरेको छ । उपाध्यक्षमा होमबहादुर सुनुवार, राजेन्द्र लामा र सचिवमा आशिष कार्की मनोनित भए । सदस्यमा तेजबहादुर सिंह, सपूत मोक्तान, धनराज तामाङ, बाबुराम तामाङ, सुशान पुन, नहकुल राई र राजन पन्थ मनोनित भएका छन् । यससँगै कार्यसमिति २३ सदस्यीय बनेको छ ।

त्यसअघि राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्यसचिव टंकलाल घिसिङले महाधिवेशनको उद्घाटन गरेका थिए । सो अवसरमा, गोकर्णेश्वर नगरपालिका प्रमुख दीपककुमार रिसाल, राखेपका सदस्य अन्जन धमला, नेपाल राष्ट्रिय मार्सल आर्ट गेम्स महासंघका संस्थापक वरिष्ठ उपाध्यक्ष चेतनराज गिरी र संस्थापक उपाध्यक्ष निरण खड्कालगायतको उपस्थिति रहेको थियो ।

दिनानुदिन नेपालमा गर्मि बढ्दै गइरहेको छ । गर्मिमा हामिले हाम्रो स्वास्थ्यको विशेष ध्यान दिनु जरुरी छ । स्वास्थ्यलाई ठिक राख्न खानपिनमा विषेश ध्यान दिनुपर्छ ।

यी हुन् गर्मीमा खानुपर्ने कुरा :

पानी

गर्मीबाट वचन सबैभन्दा पहिला पानी खानु नै फाइदाजनक छ । पानीको मात्रा मिलाएर खान सके गर्मीबाट बच्न सकिन्छ ।


मकै

गर्मीमा मकै पोलेर अथवा उसिनेर खानु पनि राम्रो हुन्छ।। मकैमा लुटेन र जेक्सानथिन नामक अक्सिडेन्ट्स पाइन्छन् । यसले सूर्यका हानिकारक विकिरणबाट आँखालाई जोगाउने गर्छ । साथै, यसले बुढ्यौलीका कारण आँखा कमजोर हुने समस्यालाई पनि कम गर्छ। मकैले शरीरलाई ऊर्जा प्रदान गर्ने कुरा त छँदै छ।

गोल्भेडा

। गोलभेँडामा लाइसोपेन नामक तत्व पाइन्छ । यसले घामको रापबाट छालालाई डढ्नबाट जोगाउँछ ।


गाजर

त्यस्तै , नियमित खाने मानिसको छालामा घाममा पाइने विकिरणले हानि पुर्याउने जोखिम ५० प्रतिशत कम भएको पत्ता लगाएको थियो। सिधै गाजर खाँदा त झनै राम्रो हुन्छ ।


रबुजा

खरबुजा गर्मीको मौशममा प्रशस्त पाइन्छ । । गर्मीमा पिसाब र पसिना मार्फत शरीरमा रहेको पानी बढी मात्रामा निकास हुने भएकाले पानीको मात्रा बढी भएको खरबुजा जस्ता फलफूल नियमित खाने प्रयास गर्नुपर्छ । खरबुजामा छालालाई घामको विकिरणबाट जोगाउने तत्वसमेत भएकाले गर्मीमा यो ज्यादै उपयोगी हुन्छ । खरबुजामा क्यालोरीको मात्रा कम हुने भएकाले खरबुजा बढी खाँदा पनि मोटाइएला भन्ने चिन्ता पनि हुँदैन ।

काँक्रो

काँक्रोमा सिलिकाजस्ता तत्व पाइन्छन् । जसले गर्मीमा छालालाई स्वस्थ बनाउने गर्छन् । साथै, यसमा फाइबर, पोटासियम र म्याग्नेसियम पनि प्रशस्त पाइन्छन् । काँक्रोमा पानीको मात्रा बढी पाइने भएकाले यसले शरीरलाई डिहाइड्रेट हुनसमेत दिँदैन ।


दही

। गर्मी याममा खानपानको विषयमा अपनाउनुपर्ने सावधानी सँगै खानामा दही समावेश गराउनु निकै फाइदाजनक हुन्छ । दहीको नियमित सेवनले गर्मी याममा स्वास्थ्य तथा सुन्दरतालाई प्रवर्धन गर्न सहयोग पूराउँछ ।

के नखाने ?

गर्मी मौसममा चीया, कफी, मसालेदार खानेकुरा ,बाँसी, सढेगलेका खानेकुरा, चिल्लो पीरो, धेरै दिनसम्म फ्रिजमा राखेको खानेकुरा जाँड रक्सी र सूर्तिजन्य पदार्थ तेलबाट बनेको खाने कुरा नखानु फाइदाजनक हुन्छ ।

दमक । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले दमक नगरमा लिची र कागतीको एक लाख बिरुवा रोप्ने भएको छ । सङ्गठन सुदृढीकरण अभियानअन्तर्गत दमकमा एक घर, एक लिची र कागतीको बिरुवा रोप्न लागिएको माओवादी केन्द्रका जिल्ला संयोजक राजु आचार्यले जानकारी दिए ।

उनका अनुसार भोलिदेखि औपचारिक रुपमा दमकका प्रत्येक घरमा पुगेर बिरुवा रोप्न लागिएको हो । जनतालाई उत्पादनसँग जोड्ने नीतिअनुसार पाँच वर्षभित्र दमकलाई लिची र कागतीमा आत्मनिर्भर बनाउने अभियान रहेको उनले बताए ।

बिरुवा रोप्नेसँगै जनयुद्धमा सहयोग गर्ने दमकका एक हजार दुई सय परिवारलाई पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को शुभकामना पत्रसमेत सम्मानस्वरुप हस्तान्तरण गरिने माओवादी केन्द्रले जनाएको छ ।

बागलुङ। नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनमा पर्यटक आगमन बढ्न थालेसँगै राजस्व सङ्कलनसमेत वृद्धि हुन थालेको छ ।

सिकार आरक्ष कार्यालयले चालु आर्थिक वर्षको १० महिनामा रु चार करोड ४८ लाख १५ हजार राजस्व सङ्कलन गरेको छ । खास गरी ढोरपाटनमा विदेशी पर्यटक सिकार खेल्न र आन्तरिक पर्यटक घुमफिर गर्न आउने गरेका छन् । विसं २०४४ मा स्थापना भएको सिकार आरक्षमा विदेशी पर्यटकका लागि उत्कृष्ट गन्तव्य मानिँदै आएको छ ।

अघिल्लो आवमा रु तीन करोड ४८ लाख मात्रै राजस्व सङ्कलन भएकामा यो आवको अन्त्यमा दोब्बर सङ्कलन गर्ने सिकार आरक्षले लक्ष्य राखेको छ । ढोरपाटनमा वर्षमा दुई याम सिकारका लागि खुला गरिन्छ । पहिलो याम (असोज–मङ्सिर) र दोस्रो सिजन(फागुन–वैशाख) हो । यस वर्ष दुई याममा ३० वन्यजन्तुको सिकार भएको छ । चालु आवमा सिकार अनुज्ञापत्र शुल्कबाट मात्रै रु चार करोड २६ लाख राजस्व सङ्कलन भएको ढोरपाटन सिकार आरक्षका प्रमुख संरक्षण अधिकृत वीरेन्द्र कँडेलले जानकारी दिए ।

अनुज्ञापत्र शुल्कबोहक यस वर्ष पर्यटक प्रवेश शुल्कबाट रु ११ लाख ६५ हजार, काठ, नदीजन्य वस्तु र जरिवानाबाट रु नौ लाख चार हजार तथा हेलिकप्टर अवतरण गराएबापत रु ५७ हजार राजस्व सङ्कलन भएको उनको भनाइ छ । गत वर्षको तुलनामा यस वर्ष पर्यटकको सङ्ख्यासमेत बढेको छ । अघिल्लो वर्ष सात हजार छ सय ४५ पर्यटक आएकामा यस वर्ष नौ हजार चार सय ३६ पर्यटक आएको कँडेलले जानकारी दिए । वन्यजन्तुको सिकार भने गत वर्ष र यस वर्ष ३०/३० वटा नै भएका उनको भनाइ छ ।

वन्यजन्तु तथा राष्ट्रिय निकुञ्ज विभागले कोटाका आधारमा सिकारीको ठेक्का खुलाउने र ठेक्का पर्ने सिकार ढोरपाटन आउने गर्छन् । आव २०७८/७९ मा भने नौ हजार नौ सय १९ पर्यटक भित्रिएकामा रु एक करोड ७५ लाख ७७ हजार मात्रै सङ्कलन भएको थियो । आव २०७६/७७ मा रु ३७ लाख र आव २०७७/७८ मा रु २० लाख मात्रै सङ्कलन भएको थियो । पछिल्लो दुई वर्ष राजस्व सङ्कलनको दर बढ्दै गएको संरक्षण अधिकृत कँडेल बताउछन्।

कँडेलले भने, “पछिल्लो दुई वर्षमा पर्यटक आगमन बढ्दै गएको छ, यहाँ सिकार खेल्नका लागि धेरैजसो विदेशी नागरिक नै आउने गर्छन्, यहाँ आउनेले मनलाग्दीरुपमा सिकार गर्न पाइँदैन, वन्यजन्तु तथा राष्ट्रिय निकुञ्ज विभागले मात्रा निर्धारण गरेर बोलपत्र आह्वान गरेको हुन्छ, सोहीअनुसार जसलाई ठेक्का पर्छ उही कम्पनीमार्फत सिकार आएर सिकार गर्ने हो ।”

ढोरपाटनका होटल व्यवसायी गङ्गाबहादुर भण्डारीले विदेशी पर्यटक हेलिकप्टरमार्फत आए पनि आन्तरिक पर्यटक गाडीमै आउने बताए । सडकको दूरावस्थाका कारण पनि धेरै पर्यटक चाहेर पनि ढोरपाटन आउन नसकेको भन्दै राज्यले यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिए । सडक राम्रो भए सिकार आरक्ष कार्यालयले धेरै राजस्व सङ्कलन गर्नुका साथै यहाँका धेरै नागरिक व्यापार व्यवसायबाट आत्मनिर्भर बन्न सक्ने उनको भनाइ छ । रासस

काठमाडौं । काठमाडौं महानगरपालीका वडा नं. ३२ कोटेश्वरमा प्रहरी निरीक्षक दल कुमार राई हाजिर भएको ६ दिनमै चाेरकाे एउटा समुहलाइृ पक्राऊ गरेका छ ।

काठमाडौं महानगरपालीका वडा नं. ३२ कोटेश्वर खरिबोट नजिक श्रृजना कार्कीको कोठाबाट सुनका गरगहना र नगद चोरी गरी फरार रहेका ६ जनालाई प्रहरी प्रभाग कोटेश्वरले बैशाख १० गते पक्राऊ गरेको हाे ।

प्रहरी प्रभाग कोटेश्वरका कार्यालय प्रमुख प्रहरी निरीक्षक दल कुमार राइको नेतृत्वमा खटिगएका सादा पोशाक सहितको प्रहरी टोलीले घटनामा संलग्न व्यक्तिहरुलाई पक्राऊ गरिएकाे हाे । दिउँसो अन्दाजी ९:१५ बजेको समयमा कोठामा कोहीपनि नभएको मौका छोपेर सुनका गरगहना र नगद चोरी भएको थियो । चोरी हुना साथ प्रहरी प्रभाग कोटेश्वरको टोलीले सुक्ष्म रुपमा चोरको पहिचान गरी खोजतलास गरेर पक्राऊ गरेको प्रहरी निरीक्षक राईले जानकारी दिए ।

राइले दिएकाे जानकारी अनुसार उनीहरुले चोरी गर्दा प्रयोग गरिएको बा ६२ प १४४७ नं.को DIO स्कुटर सहित चोरी भएको सुनका गरगहना समेत बरामद गरिएकाे छ ।

पक्राऊ पर्नेमा ललितपुर महालक्ष्मी नगरपालीका वडा नं. २० गावाहाल बस्ने वर्ष ३१ को निरोज शाक्य, ललितपुर महालक्ष्मी नगरपालीका वडा नं. २ इमाडोल बस्ने वर्ष ३१ को अमर सारू मगर, ओखलढुंगा स्थायी घर भई हाल जिल्ला ललितपुर पाटन बस्ने वर्ष ३० को सन्तोष मगर, खोटाङ मझुवागढी नगरपालीका वडा नं. ३ स्थायी घर भई हाल जिल्ला ललितपुर लामाटार बस्ने वर्ष ४१ की भगवती देउजा, भक्तपुर, भक्तपुर नगरपालीका वडा नं. १ दुधपाटी स्थायी घर भई हाल ललितपुर महानगपालीका वडा नं. १७ ग्वार्को बस्ने वर्ष ४८ को तिर्थराज बज्राचार्य र उदयपुर बेलका नगरपालीका वडा नं. ६ स्थायी घर भई हाल का.म.न.पा. वडा नं. ७ चावहिल बस्ने वर्ष २७ को खड्ग बहादुर विश्‍वकर्मा रहेका छन् ।

चोरबाट पक्राउ गरेको सामानहरु:-
क) बालकुमारीपुल स्थित करिडोर सडकखण्डबाट वरामद गरिएकोः
• चोरी घटनमा प्रयोग भएको ईन्जिन नं. च्यासिस नं. रहेको बा ६२ प १४४७ नं.को DIO लेखेको रातो रङ्गको स्कुटर र ऐ.को हेलमेट थान -१ ।

ख) अमर सारु मगरको कोठाबाट वरामद सामानहरु:-
• सुन जस्तो देखिने पंहेलो रङ्गको धातुको चुरा लाह सहित – ३ टुक्रा, तौल गर्दा १ तोला ८३ लाल
• सुन जस्तो देखिने पंहेलो रङ्गको धातुको चन्द्रहार – ३ थान, तौल गर्दा १० लाल ५ प्वाईन्ट
• सुन जस्तो देखिने पंहेलो रङ्गको धातुको डाइस – ८ टुक्रा, तौल गर्दा ६ लाल २ प्वाईन्ट
• Dell Company को कालो रङ्गको Laptop थान -१ , ऐ.को चार्जर थान -१ ,
• चाँदी जस्तो देखिने सेतो रङ्गको टिकादानी थान – १, तौल गर्दा ३३ तोला ९३ लाल,
• चाँदी जस्तो देखिने सेतो रङ्गको धातुको दियो कचौरा थान -२, तौल गर्दा ३ तोला ७२ लाल,
• रातो रङ्गको पोते थान – १,
• पंहेलो रङ्गको धातुको मंगलसुत्र थान -१,
• पंहेलो रङ्गको धातुको अन्य सामान – १२ टुक्रा ,
• नेपाली सिक्का पैसा ७७ वटा ( १ को ३१, २ को ४२, ५ को ४) र अन्य सिक्का पैसा ३० वटा,
• Samusung मोवाइल थान -१, Redmi मोवाईल थान -१, Keypad मोवाईल थान – २,
• Digital घडी थान-१,घडी थान -३,
• कालो रङ्गको ज्याकेट थान -१ , कालो रङ्गको पन्जा – १ जोर,
• पछाडी भिर्ने कालो रङ्को झोला थान -१, विभिन्न रङ्गको पर्स थान -३,
• नेपाली नगद रु.१४,६०० (१००० को १४ वटा, १०० को ६ वटा र ५० को ६ वटा),
• अमेरिकी डलर १० सहित अन्य विदेशी रकम,
• पेचकस सेट बक्स थान -१,
• पेचकस – ५ वटा, फलामको खुकुरी थान -१,
• फलामको छिनो थान-१,फलामको त्रिसुल थान-१

ग) बज्रचार्य ज्वेलर्स ग्वार्कोबाट वरामद गरिएको सामानहरु:-
• सुन जस्तो देखिने पंहेलो रङ्गको धातुको तिलहरी थान -१, तौल गर्दा ३० लाल,
• सुन जस्तो देखिने पंहेलो रङ्गको धातुको सिक्री थान -१, तौल गर्दा १ तोला

घ) एस.के.सुनचाँदी पसल चावहिलबाट वरामद गरिएको सामानहरु:-
• सुन जस्तो देखिने पंहेलो रङ्गको धातुको ढिक्का – १ थान, तौल गर्दा १३ लाल ८ प्वाईन्ट
• सुन जस्तो देखिने पंहेलो रङ्गको धातुको गणेशको लकेट – १ थान, तौल गर्दा २४ लाल

काठमाडौं । सहकारी रकम हिनामिनाबारे छानबिन गर्न गठन हुने संसदीय छानविन समितिको कार्यादेश टुङ्गो लगाउन गठित कार्यदलको बैठक आज पनि बस्दैछ। शनिबार अपरान्ह ३ बजे मन्त्रालयमै बस्नेगरी बैठक बोलाएको कानुनमन्त्री पदम गिरीले जानकारीस् दिए ।

सत्ता र प्रतिपक्षी दलहरु बजेट प्रस्तुत गर्ने दिन नजिँकिदै गर्दा सदनको गतिरोध हटाउन सक्रिय भएका छन्। भोलि नीति तथा कार्यक्रम पारित गर्ने र जेठ १५ गते बजेट प्रस्तुत गर्ने कार्यसूची प्रभावित हुन नदिने गरी गतिरोध अन्त्यको प्रयास भएको नेताहरूले बताएका छन्।

सहकारीको रकम अपचलनमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानविन गर्न संसदीय समिति गठन गर्नुपर्ने कांग्रेसको मागमा सरकार लचक भएको छ। बैठकमा सहभागी एक नेताका अनुसार छानविन समितिमा कांग्रेस रविको नाम नराख्न तयार भएको छ। तर, गोर्खा मिडिया नेटवर्कका एमडीमाथि छानविन हुनुपर्ने प्रस्ताव कांग्रेसले राखेको छ।

यसमा सत्तारुढ एमाले सहमत भएको छैन। हिजो साँझ प्रमुख दलका शीर्षनेताहरूबीच भएको छलफल सकरात्मक भएपछि आज फेर कार्यदलको बैठक बस्न लागेको हो। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा छलफल सकारात्मक भएको र आज बसेर टुंग्याउने प्रयास हुने कार्यदल सदस्य एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए।

एजेन्सी । नेपालमा पछिल्ला दिनमा गर्मी बढ्दो छ।

स्वास्थ्यमा सावधानी अपनाइएन भने गर्मी मौसममा विभिन्न खालका स्वास्थ्य समस्याहरू देखिने सम्भावना धेरै हुने गर्छ।

गर्मीबाट बच्न के गर्ने  ?

हलुका रङको लुगा लगाउनुहोस् : कपासबाट बनेको हलुका रङको लुगा लगाउनाले शरीरलाई चिसो राख्न मद्दत गर्छ।

गाढा रङका वा भारी लुगा लगाउनबाट जोगिनुहोस् किनकि यसले शरीरमा छिटो ताप पार्न सक्छ र तपाईंलाई असहज महसुस गराउन सक्छ। सकभर यो मौसममा सेतो रङको हलुका कपडा लगाउन राम्रो हुन्छ।

आफूलाई हाइड्रेटेड राख्नुहोस् : यो मौसममा हाम्रो शरीरलाई हाइड्रेटेड राख्न धेरै पानी र तरल पदार्थ पिउनु आवश्यक छ। विज्ञहरूले गर्मीको कारण शरीरमा देखिने स्वास्थ्य समस्याबाट बच्न हरेक दिन कम्तिमा ८-१० गिलास पानी पिउने सल्लाह दिन्छन्। 

चर्को गर्मीमा घरबाहिर नजानुहोस् : दिनको सबैभन्दा तातो समय सामान्यतः दिउँसो १२ बजे र ४ बजेको बीचमा हुन्छ। यो समयमा बाहिर नजानुहोस्,चर्को गर्मीमा घर बाहिर जानै पर्ने काम परेमा  टोपी र छाताको प्रयोग गर्नुहोस्। 

सनस्क्रिन लगाउनुहोस् :सूर्यको हानिकारक किरणहरूबाट आफ्नो आँखालाई जोगाउन, कम्तीमा एसपीएफ ३० भएको सनस्क्रिन लगाउनुहोस् र सनग्लास लगाउनुहोस्। 

फ्लू को लक्षण देखिए सावधानी अपनाउनुहोस्: गर्मीको लहरको समयमा गर्मी थकान र गर्मी स्ट्रोक सामान्य छन्। यी लक्षणहरूमा चक्कर लाग्ने, वाकवाकी लाग्ने, टाउको दुख्ने र थकान समावेश हुन्छ। यदि तपाईं यीमध्ये कुनै पनि लक्षणहरू अनुभव गर्नुहुन्छ भने, तुरुन्तै चिकित्सा ध्यान खोज्नुहोस्।

काठमाडौं । मुटुमा समस्या भएपछि कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया अस्पताल भर्ना भएका छन् ।

मंगलबार कान्तिपुर अफिसबाट नागरिकता सम्बन्धी कसुरमा पक्राउ परेका सिरोहिया गएराति १० बजे अस्पताल भर्ना भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार स्वास्थ्यमा समस्या देखिएपछि उनलाई जनकपुरस्थित काब्या अस्पतालमा भर्ना गरिएको हो ।

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।