
नेकपा माओवादी केन्द्रको तीस सदस्यीय प्रतिनिधि मण्डल चिनियाँ कम्युनिष्ट पार्टीको वैदेशिक विभागको आमन्त्रणमा चीनको अध्ययन भ्रमणमा २०८१ साल वैशाख ५ गते ‘चाइना एयर’ बाट दिनको ११.४० बजे छेन्दु सहरका लागि प्रस्थान गर्यो । लगभग साढे तीन घण्टाको उडानपछि छेन्दु सहरमा ओर्लिएर केही समय विश्रामपछि पुनः चीनको राजधानी बेइजिङतर्फ प्रस्थान गर्यो । बेइजिङमा चिनियाँ कम्युनिष्ट पार्टीका विदेश मामिला हेर्ने केन्द्रीय विभागका विभागीय सदस्य तथा कर्मचारीले हामीलाई स्वागत गर्दै होटलमा बस्ने बन्दोबस्त गरे ।
उहाँ पुगेपछि हाम्रो भ्रमणको उद्देश्य अनुरुप गरिने सबै कार्यक्रमको विवरण सहितको समय–तालिकायुक्त पुस्तिका उपलब्ध गराइयो भने सो समय तालिका बमोजिम एसिया र दक्षिण एसिया हेर्ने विभागीय उपप्रमुख, प्रमुखसंग अर्को दिन भेटवार्ता र विचार आदान–प्रदान गरियो । दुई जना दोभाषे जिम्मेवार व्यक्तिहरु सरला र विजय (नेपाली नाम)ले हामीलाई भाषिक सम्प्रेषणको काम गरे साथै समन्वय, निर्देशिका अनुरुप अनुयात्रा र सहकार्यको महत्वपूर्ण भूमिका कुशलतापूर्वक निभाए ।
चिनियाँ प्रतिनिधि र नेपाली प्रतिनिधि मण्डलवीच चीनको राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थिति, वर्तमान विदेश सम्वन्धको स्थिति, सी जिन पिङ्ग विचार, आर्थिक र भौतिक विकास योजना, चिनियाँ विशेषताको समाजवाद र त्यसको अभ्यास, चीनले पूरा गरेको गरिबी निवारणको योजना, शिक्षा, यातायात र कृषि विकास, मसिनरी र यन्त्र उत्पादन, सीपीसीको भावी लक्ष्य, चीनले हासिल गरेको अन्तरिक्ष प्रविधि, नेपाल र चीनवीचको ऐतिहासिक, साँस्कृतिक तथा राजनैतिक सम्वन्ध, नेपालको विकासमा सहकार्य र बीआरआई परियोजना, नेपालसितको सहकार्यमा नेपालमा औद्योगिक विकासको सम्भावना, दुई देशका कम्युनिष्ट पार्टीवीचको कमरेडली सम्वन्धको विकास गर्नेबारे छलफलहरु भए । यो अध्ययन, भ्रमण, अवलोकनले महत्वपूर्ण उपलब्धि र शिक्षा प्रदान गरेको अनुभूति समग्र टिमले गरेको छ । टिमका नेता महासचिव देव गुरुङ् हुनुहुन्थ्यो र परशुराम तामाङ्, अमृता थापा, कमला रोक्का, ओम शर्मा, ईश्वरचन्द्र ज्ञवाली, तारा घर्ती, शंकर दुलाल लगायत हामी तीस जना थियौं । चिनियाँ आतिथ्य, सम्मान, कमरेडली भाव, सहयोगी व्यवहार र आत्मीयताले सबैलाई तीव्र प्रभाव पारेको महसुस भयो । भ्रमणले आनन्द मात्र होइन शिक्षा र सन्देश पनि दिएको छ । यस भ्रमणले दिएको सन्देशलाई छोटोमा निम्न रुपमा प्रस्तुत गर्न सकिन्छ ।
क) राजनीति/विचार
यस भ्रमणले चीन आज पनि माओ विचार, शिक्षा र माओका योगदानलाई सान्दर्भिक र सम्मानित रुपमा अनुकरण गरिरहेको देखिन्छ । मुख्यतः नयाँ चीन (क्रान्तिपछिको चीन)ले मुख्य नायक माओसहित देङ सियाओ पिङ र सी जिन पिङका त्रिआयामिक विचारलाई चिनियाँ विकासका तीन मोड र तीन मेरुदण्ड मानेको पाइयो । माओले क्रान्तिको नेतृत्व गर्दै राजनैतिक, वैचारिक, सामाजिक, साँस्कृतिकका साथै व्यवस्था नै परिवर्तन गर्न भूमिका निभाएको, देङले आर्थिक रुपान्तरणको नयाँ नमूना दिई नेतृत्व गरेको र सीले वर्गीय विभेद पाट्ने समाजवादी पद्धति, अन्तर्राष्ट्रिय सम्बन्धमा नयाँ गति, साम्राज्यवादी हस्तक्षेप र षड्यन्त्र विरुद्धको नयाँ नीति, चीनको समग्र विकासको योजना, बन्द ढोका खोल्ने नीति प्रयोग गरेको भन्ने धारणा चिनियाँहरुको रहेको पाइयो । आर्थिक, सामाजिक, साँस्कृतिक विकास, अन्तरिक्ष विज्ञानमा पहुँचको तीव्रता, गरिबी विरुद्ध अभियानमा सीको वैचारिक योगदान महत्वपूर्ण रहेको र सीले राष्ट्रिय स्वाभिमान, स्वतन्त्रता र अखण्ड चीनको राष्ट्रवादी विचारलाई अत्यन्त ध्यान पुराउँदै चीनको एकतालाई अझ मजबुत पार्ने दृष्टिकोण राखेको पाइयो । ताइवान, हङ्गकङ्ग, मकाउ, तिब्बत, सेचुवान(उइगुर क्षेत्र), इनर मंगोलिया आदिमा साम्राज्यवादको विघटनकारी षड्यन्त्र र गडबडी विरुद्ध चीन अत्यन्त सचेत देखिन्छ । यो पाठ सीले रुस विघटनबाट सिकेको थाहा हुन्छ । चीन साम्राज्यवादी चरित्र र विस्तारवादी विचारबाट अलग्गै रहेको र आफूमाथि आइलाग्नेलाई नछोड्ने नीतिमा दृढ रहेको पाइयो । चिनियाँ विशेषता सहितको समाजवादको योे एउटा पक्ष हो ।
ख) अर्थ व्यवस्था
चीन विश्वकै धनी, विकसित देशमध्ये एक बन्न पुगेको छ । उसको अर्थव्यवस्था सफल हुँदै गएको पनि मानिन्छ । चीनले भौतिक पूवाधारलाई सबै प्रान्त, क्षेत्र, गाउँ, वस्तीसम्म पुराउने योजना र लक्ष्य अनुसार निरन्तर तीव्रगतिमा रहेको स्पष्ट देखिन्छ । यातायात, सञ्चार, कल–कारखाना, उद्योग, व्यापार, व्यवसाय आदि प्रवद्र्धनमा अहिले गाउँलाई पनि महत्व र जोड दिएको देखिन्छ । आर्थिक समुन्नतिमा विश्वकै दोस्रो ठुलो अर्थव्यवस्था बन्न पुगेको चीन कमजोर र गरिब मुलुकको पनि आर्थिक समुन्नतिमा सहयोगी बन्दै गएको रहेछ । त्यस्तै विश्व मानवता, शान्ति र समानताका लागि आवाज उठाइरहेको तथा अविचल रहेको पनि पाइयो । यसले विकास, निर्माण, उत्पादन, श्रम सुव्यवस्था र सुशासनमा पनि ध्यान दिइरहेको छ । मिश्रित अर्थव्यवस्था र एक देश दुई पद्धति अँगालेको चीनले ठुलाठुला व्यापारिक समूह, ठुलाठुला उत्पादन कम्पनी, सहकारीकरण, सरकारी र निजी साझेदारी, समानुपातिक आर्थिक वितरण, गरिब, विपन्न, कमजोर क्षेत्रको विकासलाई पहिलो प्राथमिकता दिएको रहेछ । ठाउँठाउँमा पीपीपी मोडेलको अर्थ व्यवस्था पनि लागु गरिरहेको छ । एक देश दुई व्यवस्था अनुरुप राज्य सञ्चालन गरिरहेको चीन आर्थिक पद्धतिमा नै परिवर्तन गर्दै खुला बजारलाई पनि स्थान दिइरहेको छ । अर्थतन्त्रमा आएको वृद्धिसँगै हामीले कल्पना नै गर्न नसकेका काम उसले गरेर देखाएको छ । तीव्रगतिको रेलको विकासले अर्थतन्त्र र प्रविधिलाई झन्झन् सहज तुल्याएको रहेछ भने अनुसन्धान, खोज, अन्वेषण, आविष्कारमा दिएको जोडले उच्च आर्थिक विकासलाई बढी सम्भव बनाएको पनि देखिन्छ ।
ग) कृषि पद्धति/नीति
चीनको कृषि प्रणाली अत्यन्त विकसित रहेको पाइयो । विकसित कृषि पद्धतिमा थोरै जमिनबाट धेरै उत्पादन गर्ने, उन्नत जातका बिउ विजन आविष्कार गर्ने, यान्त्रीकरण र उच्चस्तरीय कृषिसामग्री प्रयोग गर्ने, जैविक श्रमशक्तिलाई क्रमशः यान्त्रिक शक्तिद्वारा विस्थापन गर्ने, कृषि पद्धतिलाई सरलीकरण गर्ने, चक्ला प्रथा, सामूहिक खेती, सहकारी मार्फत खेती गर्ने, कृषि व्यवसायीकरण र सर्वसुलभ कृषि सामग्री, उन्नत विउविजन तथा उन्नत कृषि प्रविधि उपलब्ध गराएको तथा कृषि अनुसन्धान केन्द्रलाई विभिन्न ठाउँमा व्यापक बनाउने नीति लिएको रहेछ । विशेष अन्नबाली, फलफूल, तरकारी, पशुपालन, चिया बगान, जरीबुटीका विशेष क्षेत्र निर्धारण र तिनमा सम्पूर्ण साधन–सुविधा, उद्योगको व्यवस्था, व्यवसाय–व्यापार केन्द्रको व्यवस्था, कृषि प्रयोगशाला, रोग अनुसन्धान र उपचार व्यवस्था, कृषि उद्योग तथा कृषिप्रशोधन केन्द्रको स्थापना, कृषिविज्ञहरुको व्यवस्था आदि गर्दै अत्यन्त वैज्ञानिक ढंग र विधिको प्रयोग पनि गरिएको रहेछ । हरेक क्षेत्रमा जमिनलाई कृषि, वन, चरन, आवास, उद्योग, शिक्षा आदि तोकेर कृषि उत्पादन हुने क्षेत्रलाई मास्न नपाउने नियम लागु गरिएको रहेछ । आधुनिक र वैज्ञानिक खेती प्रणालीमा सकेसम्म नियमित सिञ्चाइ पुर्याउने कुरामा जोड दिइएको छ । ठाउँठाउँमा ठुलाठुला सिञ्चाइका लागि पोखरी, ताल, जलाशय, जलाधार बनाई, बर्खे पानी संकलन र भण्डारण गर्दै कुलो सिञ्चाइ, पाइप सिञ्चाइ, थोपा सिञ्चाइद्वारा नियमित सिञ्चाइ सुविधा किसानलाई उपलब्ध गर्ने व्यवस्थापन मिलाइएको रहेछ । खाद्यान्नमा ‘हाई ब्रिड’को विकास र अनुसन्धानले छिटोछिटो खेती पाक्ने र वर्षमा चार पटकसम्म खेती लगाउने समेत गरिएको रहेछ । एउटै मकैको बोटमा छ वटा घोंगा लाग्ने, एउटै धानको गाँजमा एक माना धान फल्ने, एउटै फूलको बोटमा फरक रंगका फूल फुल्ने, एउटै फलको बोटमा फरक फलफुल फल्ने आदि समेत गरेको देखियो । कलमे विधिले गमलामा पनि सानासाना बोटमा फलफूल फलाउने गरिंदो रहेछ । फूलको व्यावसायिक खेती र विश्वव्यापी निर्यात मात्रले वर्षमा अरबौं युआन भित्रिने रहेछ । कृषि पद्धतिमा गरिएको आधुनिकीकरण र वैज्ञानिकीकरणले परम्परागत उत्पादनमा दश गुणासम्म उत्पादन वृद्धि भएको रहेछ । कृषि विश्व विद्यालयलाई यन्त्र विकास, प्रयोगशाला, अन्वेषण केन्द्रका रुपमा विकास गरेर रिमोट–कृषियन्त्र, विषादि छर्ने मसिन, शक्तिशाली पम्प, हाते हलो, धान काट्ने, मकै छोडाउने, खेती गोडमेल गर्ने यन्त्रहरु पनि उत्पादन गर्ने स्थान बनाइएको रहेछ । कृषि क्षेत्रहरुलाई पर्यटन, अवलोकन–भ्रमण केन्द्र आदिमा विकास गरिएको छ ।
घ) पर्यटन
हरेक प्राकृतिक स्थललाई कुनै न कुनै पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने, त्यसको भौतिक सौन्दर्यीकरण गर्ने, नयाँ नयाँ पर्यटन स्थल निर्माण गर्ने र यसरी पर्यटन केन्द्रहरुको व्यापकता सिर्जना गर्ने काम पनि वर्तमान चीनको विशेषता रहेको देखिएको छ । यसो गर्दा प्रकृतिको यथारुपको जगेर्ना गर्न जोड दिइएको पाइयो । प्राकृतिक भौगोलिक रुपलाई मासेर वा बिगारेर पूर्वाधार विकास गरिएको देखिएन । माओको जन्मस्थलको पुरातात्विक प्राचीनतालाई यथावत् राखेर नै पर्यटन स्थलको विकास गरिएको रहेछ । युनान प्रान्तको झिजिन गुफाको चित्ताकर्षक बनोट र परिमार्जित अवस्था हेर्दा पर्यटनलाई कति महत्व दिइएको रहेछ भन्ने स्पट हुन्छ । यसको तिलस्मि सौन्दर्य मनमोहक छ । पार्कहरु र व्यवस्थित पारिएका कृषि उत्पादन एकाइहरु पनि पर्यटन अवलोकन केन्द्र बनेका छन् । वार म्युजियम, वनस्पति म्युजियम, ऐतिहासिक स्थल, पुरातात्विक स्थल, तियानमेन चोक, ग्रेटहल अफ द पिपुल, अरनिको ग्राम, पुरानो चीनको जेल म्युजियम, डाटा प्रदर्शनी स्थल, कृषि म्युजियम र प्रदर्शनी स्थल, ठुला ठुला उद्यान र बगानहरुको निर्माण, विकास, संरक्षण गरी पर्यटनमा प्रगति गरिएको रहेछ । एउटै माओको लकेटबाट मात्रै करोडौं आम्दानी गर्नु सानो कुरा होइन । विशाल भौतिक संरचना, तिनको आकर्षक बनोट, विशिष्ट प्रकारको शैली, कलात्मक रुप–रचना आदिले ती ठाउँ पनि दर्शनीय पर्यटक स्थल बनेका रहेछन् । ‘जनताको सेवा गर’, ‘तथ्यबाट सत्य पत्ता लगाऊ’, ‘परिश्रमबाट आत्मनिर्भरता’ ‘एक चीन एक सम्बन्ध’ जस्ता नाराहरुलाई विशाल ढुङ्गाहरुमा कपेर सजाइएको र पर्यटनलाई टेवा पुर्याएको दृश्य देखेर आश्चर्य लाग्छ । ढुङ्गै ढुङ्गा भएको चट्टानी थुम्के डाँडालाई ढुङगे बगैचामा विकास गरेर पनि पर्यटन विस्तार गरिएको देखेर मान्छेले गर्न नसक्ने केही रहेनछ भन्ने अनुभूति हुन्छ । यसरी पर्यटन विकासमा जोड दिइएको छ ।
ङ) यातायात र विशाल संरचना
यातायात सुविधालाई आधारभूत र अनिवार्य पूर्वाधारका रुपमा लिइएको रहेछ । फलस्वरुप ठुला ठुला छ लेनदेखि दश लेनसम्मका राष्ट्रिय राजमार्गहरु बनाइएको छ । ठुलाठुला विशाल भौतिक संरचना, अग्ला अग्ला खम्बा भएका (तीन सय मिटरसम्म अग्ला) पुल, पुलमाथि पुल, घुमाउरा र आकर्षक पुल, सत्तरी तलासम्मका प्रत्येक बजार क्षेत्रमा दर्जनौं घरहरु, यत्रतत्र सुरुङ मार्ग निर्माण, ८ सय किमिमा ७५ प्रतिशत बाटो सुरुङ नै रहेको पनि देखियो । गाउँ गाउँसम्म कृषि मार्ग पुगेको रहेछ । अन्तर प्रादेशिक मार्गहरु दश लेनसम्मका रहेछन् । ठुला सहर जोड्ने छ लेनका राजमार्गहरु ३–३ वटासम्म बनेका रहेछन् । लाखौं किमि बाटो पनि सफा र सुग्घर राखिएको रहेछ । तीव्रगतिको रेल लाइन जताततै बिछाइएको छ । भव्य र विशाल रेलवे स्टेसन बनेका छन् । हामी घुमेका सबै ठाउँमा ८ लेनका समानान्तर राजमार्ग बनेको पनि देखियो जुन प्रशस्त चौडा छन् । सबै क्षेत्रमा यातायातको पहुँच पुर्याइएको रहेछ । गाउँगाउँमा दर्जनौं तले भवनहरुले पर्यटनलाई निम्तो दिएको पनि देखियो । यातायात क्षेत्र विकासको मुख्य र पहिलो आधार हो भन्ने नीति नै बनाइएको रहेछ ।
च) उद्योग/कारखाना विकास
हामीले ‘एसएएनवाई’ यन्त्र उद्योग भ्रमण गर्यौं । यो ठुलो क्षेत्रमा फैलेको रहेछ । जसमा यन्त्रशाला र प्रदर्शन केन्द्र पनि थिए । यसले जेसीबी, डोजर, लोडर, ड्रिलर, क्रेन, टनेल मसिन, अत्यन्त शक्तिशाली पम्प, मोटर, टे«क्टर, एकैपटक धेरै गाडी ओसार्ने ठुला ट्रक बनाउने रहेछ र निर्यात गर्दो रहेछ । हजारौं टन सम्बहन गर्न सक्ने विशालकाय मोटरहरु बनाइदो रहेछ । यस्ता ठुला उद्योग देशैभरि हजारौंको सङ्ख्यामा बनेका रहेछन् । यन्त्र उद्योग, इलेक्ट्रोनिक उद्योग, व्यावसायिक उद्योग, कृषि उद्योग, खाद्य उद्योग आदि स्थानीय विशेषता अनुरुप ठाउँठाउँमा समानुपातिक र सन्तुलित रुपमा खोलिएको रहेछ ।
यो ‘सानी’ उद्योगमा साना हवाइ इञ्जिन पनि बनाइँदो रहेछ । कैयो यन्त्र त स्वचालित मिसिनबाट बिना मानिस नै बनाइदो रहेछ । प्रदेश प्रदेशमा फरक प्रकृतिका उद्योग, कल–कारखाना आवश्यकता अनुरुप खोलिएको रहेछ । ठुलाठुला उद्योग, कारखाना सबै प्रान्तमा देशैभरि खोलिएका रहेछन् । उद्योगहरु सरकारी, प्राइभेट समूह, साझा कम्पनी, सरकार र जनताको साझेदारीमा खोलिएको पाइयो । जसले विश्वभरि आफ्ना उत्पादन पुर्याएका छन् । गाउँगाउँमा कृषि उद्योग व्यवस्थित गरिएको रहेछ ।
छ) समाजवादी आधुनिकीकरण र गरिबी उन्मूलन
यो भ्रमणमा चीनले गरेको प्रगति विकास आश्चर्य लाग्दो रुपमा रहेको थाहा भयो । तेस्रो विश्वका नेपाल जस्ता मुलुकले असम्भव ठानेका कामहरु चीनले सम्भव बनाएको छ । समाजवादको आधुनिक रुपले अर्थतन्त्रको समानुपातिक वितरण, सन्तुलित औद्योगिक विकास, कृषि क्षेत्रमा विकास र प्रचुर उत्पादन गर्दै ‘गरिबी उन्मुलन’ सफल पारिएको पाइयो । यातायातको विस्तारले त्यसमा सहयोग गरेको छ । सहरीकरण र वर्गीय असमानता पाट्ने काम, अन्तर्राष्ट्रिय सम्बन्ध र मित्रता विस्तार, बीआरआई परियोजना, विश्वमानवता, शान्ति, र पर्यावरणमा पनि पूरा ध्यान पुर्याइएको रहेछ । त्यस्तै विश्व साम्रज्यवाद र विस्तारवादको विरोध, स्वाधीन स्वाभिमानी आत्मनिर्भर समृद्ध चीन निर्माण, सरकारको जनताप्रतिको उत्तरदायित्वको पालना, भ्रष्टाचार विरुद्ध अभियान एवम् कडा दण्ड विधान, प्रशासनिक पद्धतिमा व्यापक सुधार र राष्ट्रिय अनुशासन, सामाजिकीकरण, जनसेवामा जोड, मिश्रित अर्थव्यवस्था जस्ता विशेषता सामाजवादको आधुनिकीकरणका विशेषता रहेको पाइयो । जसबाट गरिब वस्तीहरुमा गरिबी निवारणका प्याकेज लिएर सरकार गाउँमा पुग्ने गर्दछ । माछा खान दिने भन्दा माछा मार्न सिकाउने नीति गरिबी उन्मूलनको दिगो आधार बनाइएको र अशक्त, कमजोर, अपाङ्ग, दीर्घरोगीहरुलाई सरकारले जीविका–भत्ता प्रदान गरिरहेको छ तथा तिनका छोराछोरीलाई निःशुल्क शिक्षा, स्वास्थ्य, यातायात आदि दिएको रहेछ । सबै जनताको आवास, खाद्यान्न, पोशाक, स्वास्थ्योपचार, कृषिउत्पादन, शिक्षामा समानता ल्याउन जोड दिइएको छ । यो सबै परिवर्तित व्यवस्थाको श्रेय भने सी जिङ्ग पिङलाई दिइएको छ ।
ज) शिक्षा
चीनमा वैज्ञानिक प्राविधिक उपयोगी शिक्षाका साथै कृषि शिक्षालाई पनि उत्तिकै महत्व दिइएको छ । प्रायोगिक र व्यावहारिक शिक्षालाई पनि जोड दिइएको छ । खोज, अनुसन्धान, आविष्कार, अन्वेषणमूलक शिक्षाका केन्द्रहरु बनाइएको रहेछ । माओले अध्ययन गरेको प्राचीन पेकिङ विश्वविद्यालयलाई आधुनिक विश्वविद्यालयमा रुपान्तर गरी सञ्चालन गरिएको छ भने शिक्षालाई सर्वसुलभ बनाइएको रहेछ । शिक्षाले मात्र गरिबी हटाउन सक्छ र देशलाई आत्मनिर्भर बनाउन सक्छ भन्ने धारणा बनाइएको छ । शिक्षा र ज्ञानलाई गाउँगाउँसम्म पुर्याउन र जनतालाई सचेत र जागरुक बनाउन नै यसो गरिएको रहेछ । कृषि शिक्षा, प्रविधि शिक्षा, प्रयोगमूलक शिक्षा, व्यावहारिक शिक्षा, खोजमूलक शिक्षा, ऐतिहासिक शिक्षा, आधुनिक शिक्षालाई व्यापक विस्तार गरिएको छ । विद्यार्थीहरु पढाइ सकेर निस्कँदा उनका हातमा शीप, दक्षता, क्षमता, विशेषज्ञता, प्राविधिक–यन्त्र शिक्षाको योग्यता लिएर निस्कियून् र स्वरोजगारी, स्वव्यवसाय गर्न सक्ने आत्मनिर्भर बनून् भन्नेमा जोड दिइएको छ । उच्च गुणस्तरीय, वैज्ञानिक शिक्षा चीनको आधुनिक शिक्षाको रुप रहेको देखिन्छ । ‘शिक्षा सबैलाई’ भन्ने नारा बनाइएको रहेछ ।
झ) उपरोक्त पाठ तथा सन्देश नै हाम्रो टोलीले चीन भ्रमणमा प्राप्त गरेको पाठ हो । तसर्थ यो भ्रमण अत्यन्त सार्थक र उपलब्धिपूर्ण बन्न पुगेको महसुस हुन्छ । हामीले पनि चीनले गरेको यो प्रयोगलाई आफ्नो विशेषतामा प्रयोग गरेमा दिगो प्रगति र समृद्धि हासिल गर्न सकिन्छ । चीनले गरेका हरेक प्रयास व्यावहारिक देखिन्छन् । उनीहरुले जुन विधि र पद्धति अपनाएका छन् ती अत्यन्त अनुकरणीय छन् । खासगरी कृषि र उद्योगमा चीनसंग नेपालले सहकार्य गर्नु पर्ने आवश्यकता बोध हुन्छ । यसले चिनियाँ कम्युनिष्ट पार्टी र माओवादी केन्द्रका वीच सम्बन्धको घनिष्टता, प्रगाढता, सामीप्यता, कमरेडली भावना सिर्जना पनि गर्छ । त्यस्तै दुई देशवीचको मित्रता र सम्बन्धलाई पनि अझ विकसित र मजबुत बनाउन सक्छ । तसर्थ चीनको आधुनिक पथ हाम्रा लागि अनुकरणीय रहेको छ ।
लेखक : ईश्वरचन्द्र ज्ञवाली केन्द्रिय सदस्य (माओवादी केन्द्र)
काठमाडौं, जेठ ७ गते । राष्ट्रिय खेलकुद परिषद्(राखेप) ले मिसन २०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षणमा विभिन्न ५ खेल थप गरेको छ । मिसन– २०२६ अन्तर्गत दोश्रो चरणमा ५ खेल थप गरिएको हो । पहिलो चरणमा पनि पाँचै खेल समावेश थिए ।
मिसन– २०२६ अन्तर्गत पहिलो चरणको विशेष प्रशिक्षणमा रहेका खेलाडी र प्रशिक्षकका लागि सोमबार लाजिम्पाटमा आयोजित उत्प्रेरणा कार्यक्रममा राखेपका सदस्य–सचिव टंकलाल घिसिङले दोश्रो चरणमा पनि ५ खेल थप गरिएको घोषणा गरे ।

थप गरिएका खेलहरुमा महिला कबड्डी, महिला भलिबल, भारोत्तोलन, कुस्ती र एथलेटिक्स रहेका छन् । ५२ खेलाडी र १० प्रशिक्षकलाई दोश्रो चरणमा समावेश गरिएको छ । कबड्डी र भलिबलमा समान १२–१२ खेलाडीले स्थान पाएका छन् । भारोत्तोलन र कुस्तीमा समान ५–५ तथा एथलेटिक्समा समान ४–४ पुरुष÷महिला खेलाडीलाई समावेश गरिएको छ । पहिलो चरणमा कराते, तेक्वान्दो, उसु, जुडो र बक्सिङका ५० खेलाडी र १० प्रशिक्षक तयारी प्रशिक्षणमा छन् ।
जापानमा हुने २० औं एसियाली खेलकुदलाई केन्द्रमा राखेर त्यस अगाडि हुने विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितालाई समेत मध्यनजर गरी राखेपले २०८० साल माघ १५ देखि मिसन– २०२६ अन्तर्गत पहिलो चरणमा ५ खेल समावेश गर्दै राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षणको सुरुआत गरेको थियो । एसियाली खेलकुदपछि अर्को संस्करण लागि राखेपले लगत्तै लामो तयारी थालेको पहिलो पटक हो ।
सदस्य–सचिव घिसिङले छोटो तयारीले खेलाडीबाट ठूलो उपलब्धीको अपेक्षा गर्नु जायज नहुने भएकाले १९ औं एसियाली खेलकुदपछि स्वर्णसहित दोहोरो अंकमा पदक जित्ने लक्ष्यसहित राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षण सुरु गरिएको बताए ।
नायक राजेश हमालको उपस्थितिमा भएको उत्प्रेरणा कार्यक्रममा सदस्य–सचिव घिसिङले भने– ‘आजको कार्यक्रम महानायक राजेश हमालको उपस्थितिमा भइरहेको छ । हामी पनि एसियाली खेलकुदमा हाम्रो लक्ष्य पूरा गर्ने नायकहरु खोजिरहेका छौं । तपाईंहरु (खेलाडी) मध्येबाट नै हामीले खेलकुदको नायक पाउने छौं भन्ने मलाई पूर्ण विश्वास छ ।’
उत्प्रेरणा कार्यक्रममा नायक हमालले विगतको कमीकजोरीबाट पाठ सिकेर तयारीलाई अझ परिस्कृत गर्नु पर्ने बताउदै खेलाडीले जस्तोसुकै चुनौती पनि पार गर्न सक्छु भन्ने आत्मविश्वास पैदा गर्न सक्नु पर्ने धारणा व्यक्त गरे ।
राष्ट्रिय टिम तयारीका निर्देशक दीपक विष्टले विगतमा अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि हुने छोटो अवधिको तयारीको अन्त्य गर्दै विगतको भन्दा राम्रो उपलब्धी हासिल गर्न सदस्य–सचिवले चाल्नु भएको कदमको प्रशंसा गर्दै एसियाली खेलकुदमा आफूले जित्न नसकेको स्वर्ण अहिलेको विशेष प्रशिक्षणमा रहेका खेलाडीले जित्ने विश्वास व्यक्त गरे ।
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सिंहदरबार केन्द्रित नेताहरुमाथि आक्रोस पोखेका छन् । आइतबार साँझ बालेनले सामाजिक सञ्जालमार्फत फोहोर बोक्ने गाडीका चालकलाई नियन्त्रणमा लिइएको बताउँदै आक्रोश पोखेका हुन् ।
उनले फोहोर बोक्ने सवारी चालकहरूलाई प्रहरीले रिहा नगरेसम्म सिंहदरबारलगायत सबै पार्टी कार्यालयको र नेताहरूको घरको फोहोर नउठाउने चेतावनी समेत दिएका छन् । भ्रष्टलाई समाउन सक्नुभएन, काठमाडौंमा फोहोर बोक्ने चार चालकलाई समाउनुभएछ, यो सरकारले । जबसम्म ससम्मान चालकहरू रिहा हुन्नन्, सिंहदरबारलगायत सबै पार्टी कार्यालयको र नेताहरूको घरको फोहोर उठ्दैन । को को जुध्न आउने हो, आए हुन्छ, कसैलाई बाँकी छोडिदैन, उनले लेखेका छन् ।
उनले भनेका छन् -‘को को जुध्न आउने हो, आए हुन्छ , कसैलाई बाकिँ छाडिदैन ।’
बालेनले आज विहान गिरीबन्धुमा जग्गा लिन खोज्ने केपी ओली ट्रस्टसहित १०१ वटा कम्पनीको नाम पनि सार्वजनिक गरेको थियो ।
काठमाडौं : कुटपिट अङ्गभङ्ग सम्बन्धी कसूर मुद्दाका दुई जना फरार प्रतिवादीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काभ्रेपलाञ्चोक रोशी गाउँपालिका-४ घर भई ललितपुर इमाडोल बस्ने २६ वर्षीय मिलन तामाङ र काभ्रेपलाञ्चोक तेमाल गाउँपालिका-७ भक्तपुर सल्लाघारी बस्ने २८ वर्षीय विजय लामा रहेका छन् ।
उनीहरूले काठमाडौं कोटेश्वरस्थित केएलसी क्लव अगाडि २०८० फागुन १७ गते एक जना पुरूषलाई अङ्गभङ्ग हुने गरी कुटपिट गरी घटना पश्चात फरार रहेकोमा ललितपुरका विभिन्न स्थानहरूमा लुकिछिपी बसेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले ललितपुर महानगरपालिका-१४ महालक्ष्मीस्थानबाट पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि प्रहरी वृत्त नयाँबानेश्वर पठाइएको छ ।
गण्डकी । कास्कीमा ग्रामीण क्षेत्रका किसान धानखेती छोडेर कागतीखेती गर्न थालेका छन् । जनशक्ति, मलखाद्, कृषि पूर्वाधारको अभावका बीच जेनतेन खेती गरे पनि बाँदरबाट जोगाउन नसकिएपछि स्थानीय किसान धानको विकल्पमा कागतीखेती गर्न थालेका हुन् ।
केही वर्षअघिसम्म बाँदर धपाएर बाली जोगाइए पनि पछिल्लो समय उल्टै आक्रमण गर्न थालेपछि पोखरा महानगरपालिकाका वडा नं १८, १९, २१, २२, २६, ३१, ३३ लगायतका स्थानका किसान धानखेती छोड्न बाध्य भएका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले जानकारी दिए ।
पोखरा महानगरपालिकाको वडा नं ३३ को बरमाझथर, बाँसपानी, चाउका, आँगेटारी, बूढीखोरिया, हुँडिकोटदेखि सुरौदी फाँटसम्म बाँदरले दुःख दिएकै कारण खेती गर्नेक्रम बर्सेनि कम हुँदै गएको अगुवा कृषक रमेश आचार्य बताउँछन् ।
“फाँट तिर जेनतेन धानखेती भइरहेपनि पाखा तथा टारीतिर अधिकांश स्थानमा बाँदरकै कारण खेतबारी बाँझो छन्”, उनले भने, “राज्यले बाँदरको व्यवस्थापनसँगै त्यसबाट पीडित किसानको समस्यालाई समाधान गर्नेतर्फ ध्यान दिन नदिँदा बाध्य भएर अन्य खेतीतर्फ लाग्नु परेको छ ।”
वन्यजन्तु संरक्षण ऐनले बाँदरलाई मार्न नपाइने जनावरका रुपमा सूचीकृत गरेको छ । आँफूहरूले बाँदरको व्यवस्थापन एवम् क्षतिपूर्तिको माग गर्दै आए पनि त्यस सम्बन्धमा स्पष्ट नीति तयार नहुँदा राहत तथा क्षतिपूर्तिसमेत पाउन नसकेको उनले गुनासो गरे ।
बाँदरकै कारण धानखेती जोगाउन मुस्किल हुँदै गएपछि पोखरा महानगरपालिका–२६ खास्टेताल पारी भुसालटारीका स्थानीय सामूहिकरुपमा कागतीखेतीतर्फ लागेको भुसालटारी कृषक समूहका कोषाध्यक्ष विश्वराज अधिकारीले जानकारी दिए । “खास्टेतालपारीको भुसालटारी विगतमा राम्रो धानखेती हुने ठाउँ हो । पछिल्ला वर्षमा बाँदर आतंकका कारण खेती जोगाउन मुस्किल छ । त्यसैले विकल्पका रूपमा हामीले सामूहिकरुपमा कागतीखेती गर्न थालेका छौँ ।”
कागतीखेतीलाई बाँदरले पनि खासै क्षति नगराउने भएकाले विकल्पका रुपमा यहाँको एक सय ७० रोपनी क्षेत्रफलमा कागतीखेती सुरु गरेका छन् । त्यहाँ तीन वर्षयता तीन हजार कागतीका बिरुवा रोपिएका छन्, तिमध्ये दुई हजार सात सय बिरुवा राम्रैसँग हुर्किरहेका छन् । सो खेतीका लागि हालसम्म ५० लाखभन्दा बढी लगानी भइसकेको छ । “हामीले सुरूका वर्षमा लगाएका एक हजार कागतीका बिरुवा २२ महिना पुगिसकेका छन्, दोस्रो वर्ष दुई हजार सङ्ख्यामा कागतीका बिरुवा लगाएका हौँ”, अधिकारीले भने, “यस वर्ष थप एक हजार पाँच सयदेखि दुई हजारसम्म बिरुवा थप्ने समूहको तयारी छ ।”
सो समूहका सञ्चालक समिति सदस्य नवराज अधिकारीले लेखनाथमा रहेका सात तालमध्येको एक खास्टेतालमा पर्यटकीय गतिविधि बढाउने गरी कागतीको बगैँचालाई व्यवस्थित र आकर्षित गर्ने समूहको दीर्घकालीन सोच रहेको बताए । पोखरा पर्यटन राजधानी घोषणा भइसकेकाले बगैँचा व्यवस्थापन हुनसके खास्टेतालमा आउने पर्यटकको बसाई थप केही समय लम्ब्याउन सकिने सो उनको बुझाइ छ ।
महानगर कृषि महाशाखा प्रमुख कडरिया पनि बाँझा जग्गामा कागतीखेती गर्नसकेमा त्यसले कृषकको आम्दानी वृद्धिका साथै पर्यटन विकासमा समेत टेवा पुग्ने बताउँछन् । कागतीमा रोग सहने शक्ति बढी हुने भएकाले बाँझा जग्गामा कागतीखेती गर्न महानगरले पनि सहयोगको नीति बनाउने उनले बताए ।
“कृषकलाई बाँझा जग्गामा कागतीखेतीमा लगाउन सके जमिनको उपयोगका साथै रोजगारी पनि सिर्जना गर्नै सकिन्छ । त्यसैले महानगर र सरोकार भएका निकाय मिलेर यस्ता योजना अगाडि बढाउन जरूरी छ”, उनले भने । रासस
हुम्ला । हुम्लाको एक मात्र जिल्ला अस्पतालमा औषधि अभाव हुँदा उपचारमा आउने बिरामी मर्कामा परेका छन् । मौसमी बिरामीको सङ्ख्या बढ्दै गएपनि अस्पतालमा औषधि अभाव हुँदा समस्या भइरहेको छ ।
पन्ध्र शय्याको जिल्ला अस्पतालमा गत वैशाखदेखि औषधि अभाव हुँदा चिकित्सकले लेखेका औषधि निजी मेडिकलबाट किनेर सेवन गर्न बाध्य भएको बिरामीको गुनासो छ । पानी नपर्दा यो समय अस्पतालमा बिरामीको चाप बढेको छ ।
रुघाखोकी, झापापखालालगायत रोगका औषधि वितरण कक्षमा नपाउने गरेको सेवाग्राहीको गुनासो छ । अस्पतालमा पाइने निःशुल्क औषधिसमेत नभएको खार्पुनाथ गाउँपालिका–३ रायाका धनबहादुर टमटाले गुनासो गरे । बहिनीको उपचारका लागि दुई दिनदेखि भर्ना भएर अस्पतालमा बसेको भन्दै चिकित्सकले लेखेको औषधि निजी मेडिकलबाट किन्नु परेको उनले बताए । चार हजारसम्मको औषधि निजी मेडिकलबाट किनेको भन्दै अस्पतालमा भिटामिनसमेत नभएको टमटाले गुनासो गरे ।
अस्पतालको औषधि वितरण कक्षमा जाँदा औषधि नपाएर निजी मेडिकलमा जानुपर्ने बाध्यता रहेको सिमकोट गाउँपालिका–२ ठेहेका झप्रि सुनारले बताए । निजी मेडिकलबाट औषधि किन्न आर्थिक अवस्था कमजोर भएकाले समस्या भइरहेको उनको भनाइ छ ।
वैशाख यतादेखि अस्पतालमा बिरामीको चाँप बढेको (मेडिकल अफिसर) तथा डाक्टर सुर्जनकुमार सिंहले बताए । उनको अनुसार आइतबार र सोमबार मात्रै ८०÷८० जनाले सेवा लिएका छन् ।
अन्य दिनमा ५० जना भन्दा कम नहुने डा सिंहले जानकारी दिए । लामो समय हुम्लामा पानी नपर्दा मौसमी बिरामीको चाप थपिँदै आएको उनको भनाइ छ । गाउँघरबाट एकरदुई दिनको पैदल हिँडेर सवारी पुगेको ठाउँबाट जिल्ला अस्पतालमा उपचारका लागि बिरामी आउने गरेका उनले बताए ।
डा सिंहले भने, “अस्पतालमा औषधिको अभाव छ । इमर्जेन्सी, सघन उपचार कक्ष सेवाका लागि भर्ना भएका बिरामीले समेत उल्टि रोक्ने औषधि नभए गुनासो गरिरहेका छन् ।” बहिरङ् (ओपिडी) मा औषधि अभाव रहेको उनले बताए ।
अस्पतालमा औषधिको अभाव भएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेमबहादुर सिंहले स्वीकार गरे । हवाई उडान नभएकाले खरिद गरेर हुम्ला ल्याइने औषधि नेपालगञ्जमा थन्किएकाले समस्या भएको उनले जानकारी दिए ।
अबको एकरदुर्ई दिनमा हवाई उडान सञ्चालन भएमा नेपालगञ्ज थन्किएका औषधि ढुवानी भएर यहाँ आइपुग्ने प्रमुख सिंहले बताए । रासस
काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व गृहमन्त्री डा. भीम रावलले नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई राज्यका सूचना बेचेको अभियोगमा तत्काल गिरफ्तार गरिनुपर्ने बताएका छन् ।
सोमबार उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले संसद्मा सम्बोधन गर्ने क्रममा महामन्त्री थापाले देशका गोप्य सूचना विदेशीलाई बेचेको आरोप लगाएका थिए ।
उक्त अभिव्यक्तिमा केन्द्रित भएर नेता रावलले गगनलाई कारबाही नगर्ने हो भने गृहमन्त्री लामिछाने देशद्रोहीको मतियार ठहरिने बताएका हुन् ।
उनले देशको सूचना बेचेको आरोप लागेका गगनलाई गिरफ्तार गरेर कारबाही प्रक्रिया अगाडि नबढाएको खण्डमा प्रधानमन्त्रीले लामिछानेलाई बरखास्त गर्नुपर्ने बताएका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्-
राज्यका सूचना बेच्नु देशद्रोह हो । यसरी सूचना नेपाली कांग्रेसका महामन्त्री, सांसद गगन थापाले बेचेको गम्भीर आरोप गृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेले लगाएका छन् । यस्तो देशद्रोह गगन थापाले गरेको भनी गृहमन्त्रीले संसद्मा नै घोषणा गरेकोले थापालाई गिरफ्तार गरी तत्काल कानूनी कारवाही गरियोस् । यदि गगन थापालाई गिरफ्तार गरी गृहमन्त्रीले कारबाही अघि बढाउँदैनन् भने उनी पनि देशद्रोहीका मतियार ठहरिने छन् र निजलाई प्रम प्रचण्डले तुरुन्त बर्खास्त गरी गिरफ्तार गर्नुपर्छ ।
गृहमन्त्रीले गगन थापाले भ्रष्टाचार गरेको भनी विभिन्न मुद्दाबारे समेत संसद्मा प्रस्तुत गरेका छन् । ती मुद्दामा राज्यका सम्बन्धित निकायबाट तत्काल अनुसन्धान गरियोस् । यस्ता आरोप झुटा ठहरे देशको गृहमन्त्री जस्तो जिम्मेवार पदमा बसेर अनर्गल कुरा गरेकोमा निजलाई कानूनी कारवाही होस् । राज्य कानून र मर्यादामा आधारित हुन्छ भन्ने सामान्य कुराको हेक्का नराख्ने हो भने देश र जनता प्रति गद्दारी गरेको ठहर्छ ।

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले गिरिबन्धुले जसरी जग्गा सट्टापट्टा गर्न निवेदन दिने केपी ओली ट्रस्टसहित १०१ वटा कम्पनीको नाम सार्वजनिक गरेका छन् ।
सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत बालेनले गिरिबन्धुलाई जग्गा सट्टाभर्ना गर्दै बेच्न दिने भने पछि अरू १०० भन्दा बढी कम्पनीले गिरीबन्धु जसरी नै हदबन्दी छुट र सट्टापट्टा पाउनुपर्ने भन्दै हजारौँ बिगा जमिन बेच्न पाउने निवेदन हालेको बताएका हुन् ।
‘सर्वोच्च अदालतको एउटा फैसलाले अहिले यसरी निवेदन दिने कम्पनीको खेलमा केही धक्का लागेको छ । तर, बिचौलियाको गिरोह र नीतिगत तहमा बसेर निर्णय गराउनेहरू भने खुलेआम राजनीतिक शक्ति केन्द्रमा रहेका छन् । उनीहरूको स्वर घटेको छैन’, उनले भनेका छन् ।
‘जुन रकम राज्यसँग हुने हो र सदुपयोग गर्ने हो भने १० हजार मेगावाट बिजुली निस्किने आयोजना बन्ला, २२ खर्ब नेपाली को ऋण तिर्न सकिएला , स्वास्थ्य बिमामा झन् धेरै सुविधा दिन सकिएला, हजारौँ किलोमिटर रेलको लिक बन्ला । देशले ऋण नै लिन नपर्न सक्ला’, बालेनको भनेका छन् ।
यस्तो छ बालेनको स्टाटस :
कामकुरो एकातिर ‘कुम्लो बोकी ठिमी तिर’
गिरिबन्धुलाई जग्गा सट्टाभर्ना गर्दै बेच्न दिने भने पछि अरु १०० भन्दा बढि कम्पनीले गिरीबन्धु जसरी नै हदबन्दी छुट र सट्टापट्टा पाउनुपर्ने भन्दै हजारौँ बिगा जमीन बेच्न पाउने निवेदन हालेका थिए ।
यसरी सबै कम्पनीलाई हदबन्दी छुटको नीतिगत निर्णय गर्दा कम्तीमा पनि ५० खर्बसम्मको खेलोफड्को हुने सम्भावना रहेको आँकलन गरिएको छ ।
सर्वोच्च अदालतको एउटा फैसलाले अहिले यसरी निवेदन दिने कम्पनीको खेलमा केही धक्का लागेको छ । तर, बिचौलियाको गिरोह र नीतिगत तहमा बसेर निर्णय गराउनेहरू भने खुलेआम राजनीतिक शक्ति केन्द्रमा रहेका छन् । उनीहरूको स्वर घटेको छैन । कानून नै परिवर्तन गर्न कुरेर बसेका छन् । यदि त्यस्तो भयो भने यसले राज्यको खर्बौं रकम अपचलनको ढोका खोलिदिन्छ । जुन रकम राज्यसँग हुने हो र सदुपयोग गर्ने हो भने १० हजार मेघावाट बिजुली निस्किने आयोजना बन्ला, २२ खर्ब नेपाली को ऋण तिर्न सकिएला , स्वास्थ्य बिमामा झन् धेरै सुविधा दिन सकिएला, हजारौं किलोमीटर रेलको लिक बन्ला । देशले ऋण नै लिन नपर्न सक्ला ।
यो तर्फ दायाँबायाँ नसोची, सरकार भत्केला कि भन्ने नडराई, तेरो यो अपराधसँग मेरो यो अपराध मिलाऊँ भन्ने बार्गेनिङ नगरी तत्काल पहलकदमीको आवश्यकता छ । यसै पनि सर्वोच्चले बाँझो भए वा अरू नै प्रयोजनमा भए सरकारीकरण गर्नु भनिसकेको छ । त्यो गरीहालौं । अनि, घडेरी दिने प्रलोभनमा धेरै मान्छेसँग बैना पनि लिइएको छ । त्यो रकम करोडौं हुन सक्छ । ती मान्छेलाई विश्वासमा लिई घडेरी बेच्न बैना लिनेहरू बिरुद्द ठगी उजुरी शुरू गरौँ ।
संसदमा उभिएर गालीगलौज र savage हान्ने कोसिस त बर्षौं देखि चलेकैछ । त्यो तिनलाई नै छोडिदिउँ । काम गर्नका पक्षमा जनता सँधै छन् ।
जग्गा सट्टापट्टा गर्न निवेदन दिने कम्पनीहरू :
१. केपी ओली ट्रस्ट
२ . रेराङ्ग हाइड्रोपावर डेभलपमेन्ट पाँचथर
३ . केशरी चिया बगान पाँचथर
४. ओमटी गार्डेन प्रालि इलाम
५. सिद्धपोखरी टी–स्टेट प्रालि इलाम
६. इलाम टी–स्टेट इलाम
७. सान्भी इनर्जी प्रालि सानाजलविद्युत् आयोजना इलाम
८. माङमालुङ चियाबगान लि. इलाम
९. किरातेश्वर टी गार्डेन प्रालि त्रिशूल इलाम
१०. हिम चियाबगान प्रालि इलाम
११. फिक्कल टी एन्ड कफी कम्पनी प्रालि कन्याम पशुपति, पञ्चकन्या इलाम
१२. रोनक टी–स्टेट झापा
१३. गोमादेवी टी–स्टेट झापा
१४. झापा टी–स्टेट झाप
१५. राजगढ चिया विकास कम्पनी प्रालि भद्रपुर झापा
१६. कल्पना टी–स्टेट झापा
१७. मोहन टी–स्टेट इन्डस्ट्रिज झापा
१८. बज्रायोगिनी टी–स्टेट प्रालि झापा
१९. ज्यामिरगढी टी–स्टेट झापा
२०. राज टी–स्टेट झापा
२१. पदम टी–टेट झापा
२२. इलाम चियाबारी प्रालि झापा
२३. पौडेल बन्धु टी–स्टेट प्रालि झापा
२४. हिमाल इन्टरनेसनल प्रालि झापा
२५. नक्कलबन्दा टी–स्टेट झापा
२६. चकचकी टी–स्टेट झापा
२७. लक्ष्मी टी–स्टेट झापा
२८. सौरभ चिया उद्योग प्रालि झापा
२९. इन्टरनेसनल इन्स्टिच्युट अफ हेल्थ साइन्स एन्ड सर्भिसेज प्रालि झापा
३०. चन्द्रगढी टी–स्टेट प्रालि झापा
३१. रोमन टी–स्टेट प्रालि झापा
३२. हडिया रियल टी–स्टेट प्रालि झापा
३३. प्रयास चिया उद्योग झापा
३४. ऋद्धि गणेश टी–स्टेट प्रालि झापा
३५. न्यू–गिरी एन्ड सन्स झापा
३६. गुप्ता टी–स्टेट प्रालि भद्रपुर झापा
३७. कुवाडीदेवी टी–स्टेट प्रालि पागनडुब्बा, झापा
३८. जीपीको इराला फाउन्डेसन मोरङ
३९. इस्टर्न स्टार कृषि तथा सहकारी स.लि मोरङ
४०. जिरी टी डेभलपमेन्ट प्रालि धनकुटा
४१. कुवापानी टी प्लान्टेसन प्रालि धनकुटा
४२. मुँगा टी गार्डेन्स प्रालि धनकुटा
४३. चुलाचुली टी–स्टेट प्र.लि धनकुटा
४४. मारुती सिमेन्ट प्रालि सिरहा
४५. केचना टी–स्टेट प्रालि दोलखा
४६. सोलु हाइड्रोपावर प्रालि (तल्लो सोलु) गार्मा र तिङला, सोलु र रसुवा
४७. अप्परसोलु हाइड्रो इलेक्ट्रिक कम्पनी प्रालि सल्लेरी, तिङला, गामा, रसुवार सोलु
४८ ग्रीनभेन्चर्स प्रालि रामेछाप
४९. हिमालय ऊर्जा विकास क.(अप्पर खिम्ती) चुचुरे रामेछाप
५०. रिलायन्स सुगुर एन्ड केमिकल्स इ.प्रालि बारा
५१. गिजरा खाडाखारी मिल प्रालि बाँके
५२. युनाइटेड सिमेन्ट प्रालि नौबीसे धादिङ
५३. इको अर्गानिक फार्मस प्रालि काभ्रे
५४. गेल्डेन फ्रार्मस प्रालि कफी, तरकारी पशुपन्छी काभ्रे
५५. तिमाल इन्ट्रगे्रटेड फाउन्डेसन काभे्र
५६. युलेन्स एजुकेसन फाउन्डेसन काभ्रेपलाञ्चोक
५७. द्वारिकाज हिमालयन सांग्रिला भिलेज रिसोर्ट काभे्र
५८. आदि शक्ति विद्युत विकास कं.प्रालि नुवाकोट
५९. नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कं. प्रालि (माथिल्लो त्रिशूली) हाकुगाविस रसुवा
६०. लिबर्टी इनर्जी हाइड्रो पावर लमजुङ
६१. आराभ नेपाल भोर्डन एग्रिकल्चर क. प्रालि लमजुङ
६२. हिमालयन पावर पार्टनरसिप लमजुङ
६३. होङ्गसी शिवम् सिमेन्ट प्रालि नवलपरासी पाल्पा
६४. सान्जेन जलविद्युत् कं.लि रसुवा
६५. सगरमाथा सिमेन्ट प्रालि हटिया, मकवानपुर
६६. घोरही सिमेन्ट उद्योग घोराही दाङ
६७. सोनापुर सिमेन्ट प्रालि दाङ
६८. रोल्पा सिमेन्ट प्रालि बुढागाउँ रोल्पा
६९. रोवष्ट इनर्जी प्रालि (मिष्ठी खोला जलविद्युत आयोजना) म्याग्दी
७०. रोड सो रियल स्टेट प्रालि कास्की
७१. सैबु भिलेज रिसोर्ट प्रालि भैंसेपाटी ललितपुर
ललितपुर
७२. नारायणी उष्ट प्रालि ललितपुर
७३. ओरियन्टल बिल्डर्स एन्ड डेभलपर्स प्रालि ललितपुर
७४. होमल्यान्ड हाउजिङ प्रा.िललितपुर
७५. सिभिल होम्स प्रालि ललितपुर काठमाडौं
७६. सैबु भिलेज रिसोर्ट प्रालि भैंसेपाटी ललितपुर
७७. पवनपुत्र सेक्युरिटी प्रालि ललितपुर
७८. उपहार हाउजिङ क.लि. बलम्बु काठमाडौं
७९. सिभिल इन्फ्रास्ट्रकचर काठमाडौं
८०. सिनर्जी प्रोपर्टिज डेभलप्र्स प्रालि दहचोक काठमाडौं
८१. एसबी कम्पनी प्रालि सीतापाइला, चितवन
८२. सांग्रिला हाउजिङ प्रालि काठमाडौं
८३. सि.ई कन्स्ट्रक्सन प्रालि काठमाडौं
८४. बागमती प्रपर्टी डिलर्स प्रालि. काठमाडौं भक्तपुर
८५. युरो इन्भेस्टमेन्ट् प्रालि काठमाडौं
८६. आयुषा डेभलपर्स प्रालि काठमाडौं
८७. कोहिनुर हिलहाउजिङ प्रालि काठमाडौं
८८. हेभेन्स भिलेज प्रालि काठमाडौं
८९. बृहत् इनभेन्टमेन्ट प्रालि काठमाडौं
९०. होमल्यान्ड हाउजिङ प्रालि काठमाडौं
९१. पदमा मर्चेन्ट कं. प्रालि सीतापाइला, काठमाडौं
९२. टावर हाउजिङ प्रालि काठमाडौं चितवन
९३. टचउड हाउजिङ प्रालि काठमाडौं
९४. सुभारम्भा हाउजिङ एन्ड डेभलपर्स प्रालि
९५. सीडी डेभलपर्स प्रालि काठमाडौं
९६. सिद्धार्थ हाउजिङ प्रालि काठमाडौं
९७. तनहुँ हाइड्रोपावर लि. तनहुँ
९८. लिवर्टी इनर्जी क.लि. लमजुङ
९९. काबेली इनर्जी पाँचथर
१००. हिमालय महालक्ष्मी गार्डेन प्रालि झापा
१०१. गिरिबन्धु टी–स्टेट प्रालि झापा
काठमाडौँ । कांग्रेसले प्रतिनिधि सभामा सरकारले बलमिच्याइँ र तानाशाही प्रबृत्ति देखाएको भन्दै आपत्ति जनाएको छ । प्रतिनिधिसभामा अवरोधमाबीच प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत पाएपछि बसेको कांग्रेस संसदीय दलको बैठकले सरकारको कार्यशैलीको समीक्षा गरेको हो ।
बैठकपछि पत्रकार सम्मेलन गर्दै कांग्रेस प्रमुख सचेतक रमेश लेखकले सरकारले संसदीय मुल्य मान्यताको खिलाफमा गएको बताए ।
१. धर्तीमा जून पनि कहिले खस्ने होला
मानवताको डोरी कहिले कस्ने होला
तिनै भगवानको मूर्ती बनाउने मान्छे
मन्दिरमा सजिलै कहिले पस्ने होला
२. माईती सम्झी अश्रुधारा नबगाउ माया
रातो सारी चूरा पोते टीका लगाउ माया
परापूर्वकालदेखि चली आको तीजमा
छमछम नाच डर त्रास सबै भगाउ माया
३. दिल मेरो सार्है ठूलो तर शरीर सानो छ
सधैं पेटमा मुसा कुद्छ गरिबीको गानो छ
कोही झुपडीमा त कोही महलमा बस्छन्
मेरो चाहिँ धर्ती ओछ्यान आकाश छानो छ
– डम्बर थामी ‘अनुपम’
कालिन्चोक गा.पा. – ६, दोलखा ।





