२०८३ बैशाख १७ बिहीबार
२०८३ बैशाख १७ बिहीबार

मन्थली । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको आयोजनामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । 

शुक्रबार मन्थली नगरपालिका वडा न. १४ फुलासीमा वित्तीय साक्षरता कार्यक्रमको आयोजना गर्दै उत्कृष्टक कारोबार गर्ने सदस्यहरुलाई पुरस्कृत गरिएको मन्थली शाखा प्रमुख अमर यादवले जानकारी दिए । 

संस्थाका  प्रमुख कार्यकारी अधिकृत सन्जय कुमार मण्डलको  सभाअध्यक्ष र मन्थली नगरपालिका उप- प्रमुख ईश्वरी बस्नेतको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा पाँच वटा केन्द्र सहित तीन जना उत्कृष्ट बचतकर्ता लाई सम्मान गरिएको थियो ।

यस्तै तीन जना उत्कृष्ट ऋणि, तीन जना उत्कृष्ट उद्यमी सदस्यहरुलाई पुरस्कृत गरिएको मन्थली शाखा प्रमुख यादवले बताए । कार्यक्रममा पाँच परिवारका पाँच जना विद्यार्थीहरुलाई एक बर्षको छात्रवृती सहित शैक्षिक सामग्री पनि हस्तान्तरण गरिएको थियो ।

दुई बर्ष अघि फुलासी पोखरीमा शाखा स्थापना गर्दै सेवा सुरु गरेको सो संस्थामा मन्थली नगरपालिका,दोरम्बा गाउँपालिका र खाँडादेवि गाउँपालिका कार्यक्षेत्र रहेको छ । यादवका अनुसार  उक्त संस्थामा पाँच सय ७९ जना सदस्य रहेका छन् भने  ४९ वटा केन्द्र रहेको छ ।  सो संस्थाले वित्तीय, डिजिटल र सामाजिक क्षेत्रमा सेवा प्रदान गर्दै आइरहेको छ  ।

कार्यक्रममा वित्तीय साक्षरताका विषयमा प्रशिक्षण दिँदै केन्द्रीय कार्यालयका तालीम विभागीय रन्जना निरौलाले ऋण लगानी र बचत संकलनलाई सदस्यहरुको हितमा राखेर व्यवस्थित गरिएको बताए । देशको २४ जिल्लामा १६० वटा शाखा रहेको सो संस्थामा हाल सम्म ३ लाख २५ हजार सदस्य र १ लाख ९६ हजार सदस्यलाई ऋण लगानी गरिएको निरौलाले बताए ।

कार्यक्रममा संस्थाका  प्रमुख कार्यकारी अधिकृत मण्डलले गरिवी निवारण र विपन्न समुदायको जीवन स्तर उकास्न ग्रामिण क्षेत्रमा सेवा सञ्चालन गरिएको बताए । उनले भने `हामीले मुनाफा भन्दा पनि गरिव तथा विपन्न वर्गलाई हितमा राखेर ऋण लगानी र बचत संकलनमा जोड दिएका छौँ ।´

विभिन्न वचतकर्ता र स्थानीय गरि झन्डै तीन सय जनाको उपस्थिति रहेकोे कार्यक्रममा मन्थली  नगरपालिका उप-प्रमुख बस्नेत सँगै वडा नं १४ का वडाअध्यक्ष मोतिलाल तामाङ, वडासदस्य सरिता तामाङ र केन्द्र प्रमुख सन्जु तामाङ लगायतले समेत मन्तव्य राखेका थिए । 

जीवन विकास लघुवित्तका प्रमुख कार्यकारी अधिकृत मण्डल नेपाल लघुवित्तको वैकर्ष संघका महासचिव समेत हुन् ।

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले आफुले जति पटक विश्वासको मत लिए पनि पाउनेमा ढुक्क रहेको बताएका छन् ।

शनिबार नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पुस्तक विमोचन कार्यक्रममा उनले चौथो पटक लिन लागेको विश्वासको मत प्राप्त हुँदैन कि भन्ने चिन्ता नलिन आग्रह समेत गरे ।

‘७ गतेको दिन विश्वासको मत लिनेछु । यो अवधिमा १३ पटक जति विश्वासको मत लिनुपर्ने परिस्थिति आएको देख्दैछु भनेर कांग्रेसको एक जना नेताले भन्नुभएको थियो, अहिले चौथो पटक लिनु परेको हुनाले यो पाँचौँ, छैटौं पटक लिनुपर्ने हो कि जस्तो त देखिन्छ तर जति पटक लिनुपरे पनि विश्वासको मत प्राप्त हुन्छ भन्ने कुरामा म विश्वस्त छु । धेरै टेन्सन लिनुपर्दैन’, उनले भने ।

३१ वैशाखमा जनता समाजवादी पार्टी नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन् । यसअघि प्रधानमन्त्री प्रचण्डले नियुक्ति हुँदा, एमालेले सत्ता गठबन्धन छाड्दा र कांग्रेसले सत्ता गठबन्धन छाड्दा गरी तीन पटक विश्वासको मत लिइसकेका छन् ।

https://www.khabarpetika.com/2024/05/18/2928

काठमाडौँ । चालू आर्थिक वर्षको ९ महिनाको अवधिमा फलफूल आयातमा अर्बौँ रुपैयाँ बाहिरिएको देखिएको छ ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार साउनदेखि चैत महिनासम्मको अवधिमा विदेशबाट ११ अर्ब २८ करोड रुपैयाँभन्दा बढीको फलफूल आयात भएको हो ।

यस अवधिमा सबैभन्दा धेरै स्याउ आयातमा रकम बाहिरिएको तथ्याङ्क विभागले दिएको छ । विभागका अनुसार स्याउ आयातमा ६ अर्ब १४ करोड ७९ लाख रुपैयाँ बाहिरिएको छ । यस्तै, अङ्गुर आयातमा १ अर्ब ६७ करोड ५५ लाख रुपैयाँ बाहिरिएको छ ।

अङ्गुरको आयात स्याउपछि सबैभन्दा धेरै हुने गरेको छ । यसपछि सुन्तलाको आयातमा १ अर्ब ३५ करोड १२ लाख रुपैयाँ बाहिरिएको देखिएको छ । सुन्तलाको आयात तेस्रो नम्बरमा छ । यसबाहेक विदेशबाट ९ करोडको भुइँकटर, चार करोडको एभोकाडो आयात भएको छ ।

यस्तै अम्बाको आयातमा ४० करोड बाहिरिँदा ४९ करोडको कागती आयात भएको छ । कागतीजस्तै अमिलो प्रकारका फलफूलको आयातमा ९ करोड बाहिरिँदा ड्राइ अङ्गुर आयातमा १७ करोड बाहिरिएको छ ।

यसबाहेक वाटर मेलोनको आयातमा ३६ करोड, मेवामा आयत १८ करोड तथा नासपतिको आयातमा २३ करोड ८५ लाख रुपैयाँ बाहिरिएको छ ।

https://www.khabarpetika.com/2024/05/18/2922

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय राजनीतिमा तमासा भइरहेको बताएका छन् ।

शनिबार नेकपा (माओवादी केन्द्र) को पार्टी केन्द्रिय कार्यालयमा आयोजित पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

नेपालले राष्ट्रिय राजनीतिमा आफूहरूलाई बेवास्ता गरिरहेको उनले आरोप लगाए ।

साथै, राजनीतिक दिशा कतातिर जाने हो भन्ने चिन्ता रहेको नेपालको भनाइ छ ।

देशमा स्थायित्व र वामपन्थी कम्युनिष्टहरू बीचको एकता र समझदारी नयाँ उचाईमा पुग्नुपर्ने उनले बताए ।

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चौथो पटक पनि विश्वासको मत पाउनेमा आफू ढुक्क रहेको बताएका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित किताव बिमेचन कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले जेठ ७ गते विश्वासको मत लिन लागेको र विश्वास मत पाउनेमा ढुक्क रहेको बताएका हुन् ।

विश्वास मत नपाउनेमा दुविधामा नपर्न पार्टीका नेताहरूलाई प्रधानमन्त्री प्रचण्डले आग्रह गरे। ‘एक पटक त झन्डै शतप्रतिशत विश्वासको मत प्राप्त भयो र यो पटक पनि विश्वासको मत प्राप्त हुन्छ । म कुनै दुविधामा छैन, तपाईंहरु पनि दुविधामा पर्नु पर्दैन,’उनले भने।

काठमाडौं । कांग्रेसले अवरोध गरेको सदन खुलाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, ​​​​​​​प्रतिनिधि सभाका सभामुख देबराज घिमिरे र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच छलफल सुरु भएको छ ।

शनिबार दिउँसो २ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा संयुक्त छलफल सुरु भएको सभामुख घिमिरेको सचिवालयले जानकारी दिएको छ।

कांग्रेसले गृहमन्त्रीलाई सदनमा बोल्न दिएको छैन । तर अन्य प्रतिपक्ष दलहरूले भने एक पटक बोल्न दिएर समिति बनाउने बताइरहेका छन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार पहिला एमाले र सभामुखसँग छलफल गर्ने र वार्ता निष्कर्मा नपुगे अन्य सत्ता दललाई पनि बोलाइने छ ।

सचिवालयले भन्यो, ‘कांग्रेसलाई सो बैठकमा राख्ने नराख्ने विकसित घटनाले देखाउँछ ।’

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहकारी ठगी प्रकरणबारे छानबिन गर्न संसदीय छानबिन समिति बनाउन सकारात्मक भएका छन् ।

शनिबार बिहान बालुवाटारमा कांग्रेस सभापति शेरबहादुर देउवासहित नेताहरूसँगको छलफलमा प्रधानमन्त्री प्रचण्ड संसदीय छानबिन समिति बनाउन सकारात्मक देखिएका हुन् । प्रधानमन्त्री प्रचण्ड सहकारी ठगी प्रकरणको छानबिन गर्न संसदीय छानबिन समिति बनाएर संघीय संसदका दुवै सदनको बैठकमा जारी अवरोध हटाउन सकारात्मक भएको कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।

कांग्रेसकै अवरोधका कारण शुक्रबार बसेको राष्ट्रियसभा बैठक पनि कार्यसूचीमै प्रवेश नगरी स्थगित भएको थियो भने प्रतिनिधिसभा बैठक सूचना टाँस गरेर ६ जेठका लागि सारिएको थियो । कांग्रेसले संसदीय छानबिन समिति गठन नभएसम्म संसद चल्न नदिने चेतावनी पनि दिएको छ ।

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।