२०८३ बैशाख १७ बिहीबार
२०८३ बैशाख १७ बिहीबार

काठमाडौँ । राष्ट्रियसभाको बैठक साढे ४ बजेका लागि सारिएको छ । आज दिउँसो १ः१५ बजेका लागि बैठक बस्ने गरी निर्धारण गरे पनि विशेष कारण देखाउँदै सूचना टाँस गरेर बैठक सारिएको छ ।

राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम सम्माननीय अध्यक्षले आजै अपराह्न ४ः ३० बजे बस्ने गरी निर्धारण गरिएको संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेयले जनाएका छन् ।

नेपालमा चिसो हावापानी भएको ठाउँमा स्याउखेती हुँदै आए पनि तराईको गर्मीमा किसान गोकर्ण ओलीले लटरम्म स्याउ फलाएका छन्।

कैलाली– तराईको प्रचण्ड गर्मीमा स्याउ फल्यो भनेको सुन्दा अचम्म लाग्न सक्छ, तर कैलालीको लम्कीचुहा नगरपालिका–९ प्रतापपुरका एक जना किसानको बगैँचामा लटरम्म स्याउ फलेका छन्। चिसो हावापानी भएको ठाउँमा मात्रै स्याउखेती हुँदै आए पनि तराईको गर्मीमा किसान गोकर्ण ओलीले लटरम्म स्याउ फलाएका हुन्।

किसान ओलीले फलाएको हर्मन ९९ जातको स्याउ ४८ डिग्री सेल्सियस तापक्रम भएको ठाउँमा लगाउन सकिन्छ। उनले तीन बिघा जग्गामा व्यावसायिक रूपमा नै स्याउखेती गरेका छन्। कैलालीमा उनले पहिलोपटक व्यावसायिक रूपमा नै स्याउखेती गरेका हुन्।

विसं २०७८ माघमा ओलीले भारतको हिमाचल प्रदेशको विलासपुरबाट स्याउका बिरुवा ल्याएर रोपेका हुन्। रोपेको एक वर्षमा नै सबै बोट फुलेका बताउँदै उनले भने, “अहिले फुलेको स्याउलाई औषधि हालेर झारेको छु, अघिल्लो वर्ष पनि परीक्षणका रूपमा २० बोटमा मात्र फलाएको थिएँ, अहिले पनि ३०–४० बोटमा मात्र फलाएको छु।”

उनका अनुसार बिरुवा लगाएको दुई वर्ष पूरा भएको छ, अर्को वर्षदेखि एक बोटबाट आठदेखि १० किलोग्रामसम्म आम्दानी लिन सकिनेछ। बिरुवा लगाएको तीन वर्षपछि मात्रै आम्दानी गर्न सकिन्छ भने पाँच वर्षपछि भने एउटै बोटमा ५० देखि एक सय किलो ग्रामसम्म स्याउ फल्ने गर्दछ ।

तराईका क्षेत्रमा नौलो मानिएको स्याउखेतीका लागि हालसम्म ८० लाख लागत लागिसकेको ओलीले बताए। ओलीले स्याउसँगै अम्बा र बयर पनि रोपका छन्। एक हजार दुई सय स्याउ, पाँच सय अम्बा र एक सय बयर उनले लगाएका छन्।

तराईमा पनि स्याउ फल्ने विषय इन्टरनेटका माध्यमबाट थाहा पाएको बताउँदै ओलीले भने, “कृषि निर्देशक यज्ञराज जोशीको सल्लाहले मैले यो खेती गर्ने हौसला पाएँ र मलाई काम गर्न सहयोग मिल्यो।”

हाललाई अम्बा र बयर बेचेर आम्दानी गरिरहेका ओलीले स्याउको बेर्नाबाट पनि आम्दानी लिइरहेका छन्। प्रतिबेर्ना तीन सयका दरले बेचेको बताउँदै उनले भने, “हालसम्म एक हजार आठ सय बेर्ना बेचिसकेको छु।”

ओलीका अनुसार सिरहा, सप्तरीलगायत तराई क्षेत्रबाट र सिन्धुपाल्चोकबाट पाँच सय बिरुवा किन्न किसान आएका थिए तर पहाड क्षेत्र भएकाले बेर्ना बेचिएन। ओलीले प्रदेश कृषि निर्देशनालय र कृषि ज्ञान केन्द्र कैलालीबाट १५ लाख रुपैयाँ अनुदानसमेत पाएका छन्।

स्याउखेती गर्दाको शुरूआतमा नै बिरुवा खरिदका लागि प्रदेश कृषि निर्देशनालयले चार लाख रुपैयाँ दिएको बताउँदै उनले भने, “कृषि ज्ञान केन्द्र कैलालीले तारबारका लागि ११ लाख पचास हजार अनुदान दिएको थियो र हाल सिँचाइका लागि ज्ञान केन्द्रले चार लाख २८ हजार अनुदान दिएको छ।”

विगतमा कञ्चनपुरको भीमदत्त नगरपालिका–४ भासीमा बस्दै आएका ओली स्याउखेती गर्नका लागि कैलालीको प्रतापपुरमा आएका हुन्। उनले एक करोड ४६ लाख रुपैयाँमा जमिन खरिद गरी स्याउखेती थालेका हुन्। शुरूमा तराईमा स्याउ लगाउनेभन्दा छिमेकीले विश्वास नगरे पनि अहिले बगैँचामा फलेको स्याउ हेर्न विभिन्न ठाउँबाट मानिस आउने गरेका छन्। आफूले गरेको खेती सफल भएमा त्यसलाई बढाउँदै लैजाने उनले बताए । रासस

काठमाडौँ । नेपाली खेलाडीले भियतनाममा आयोजना हुने नवौँ एसियाली पारा तेक्वान्दो च्याम्पियनसिप (जी– ४) मा सहभागिता जनाउने भएका छन् । प्रतियोगितामा सहभागी हुन तीन खेलाडीसहित चार सदस्यीय नेपाली टोली शुक्रबार भियतनामको दनाङ प्रस्थान गर्नेछ ।

टोलीलाई बिहीबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले बिदाइ गरे । सदस्यसचिव घिसिङले खेलाडीलाई उत्कृष्ट प्रदर्शनका लागि शुभकामना दिँदै विदेशी प्रशिक्षक झिकाउन नेपाल तेक्वान्दो संघले तदारुकता देखाउनुपर्नेमा जोड दिए ।

प्रतियोगितामा पलेशा गोवर्धनले महिला ५७ केजीमुनि, भरतसिंह महताले पुरुष ५८ केजीमुनि र अमिर भ्लोनले पुरुष ६३ केजीमुनिको तौलसमूहमा प्रतिस्पर्धा गर्नेछन् । नेपाली टोलीको प्रशिक्षकमा कविराज नेगी लामा रहेका छन् । प्रतियोगितामा ३१ राष्ट्रिका खेलाडी सहभागी हुने बताइएको छ ।

पलेशाले छनोट चरण पार गरेर पेरिस पारा ओलम्पिकमा सहभागिता निश्चित गरिसकेकी छिन् । छनोट चरण पार गरेर पारा ओलम्पिकमा सहभागिता पक्का गर्ने पलेशाले पहिलो र एकमात्र नेपाली खेलाडी पनि हुन् ।

पलेशा गत चैतमा चीनमा भएको एसियाली छनोटमा स्वर्ण पदक जित्दै पेरिस पारा ओलम्पिकमा छनोट भएकी थिइन् । पलेशा चौथो एसियाली पारा खेलकुदको कांस्य पदक विजेता खेलाडी पनि हुन् । उक्त पदक नेपालले पारा एसियाली खेलकुदमा हासिल गरेको एकमात्र पदक हो ।

पलेशाले सन् २०२१ मा बहराइनमा भएको युथ एसियन गेम्समा स्वर्ण पदक र सन् २०१८ मा भियतनाममा भएको एसियन पारा तेक्वान्दो च्याम्पियनसिपमा कांस्य पदक जितेकी थिइन् ।

अमिर र भरतलाई पेरिस पारा ओलम्पिकमा सहभागिता गराउन ‘वाइल्ड कार्ड’ का लागि नेपाल तेक्वान्दो संघले आवेदन दिएको छ । एसियन च्याम्पिनसिपबाट र्याङ्किङमा आउन र ¥याङ्किङमा सुधार गर्न मद्दत पुग्ने भएकाले अमिर र भरतलाई प्रतियोगितामा सहभागी गराइएको हो ।

प्रशिक्षकको भूमिकामा रहेका लामाले सन् २०१५ देखि पारा तेक्वान्दो प्रशिक्षकको जिम्मेवारी सम्हाल्दै आएका छन् । उनको प्रशिक्षणमा नेपालले अहिलेसम्म १० वटा अन्तर्राष्ट्रिय पदक जितिसकेको छ ।

सुनसरी।भोक्राहा नरसिंह गाउँपालिका-६ ढलान रोडबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ५ सय मिलिग्रामसहित इटहरी उपमहानगरपालिका-५ बस्ने २५ वर्षीय संजिब रिजाल र सोही बस्ने संजिब प्रधानलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो विराटनगर र इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्र.१-०२-०५३ प ७६१७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

लमजुङ।सुन्दरबजार नगरपालिका-७ छबिसे टोल बस्ने ४२ वर्षीय रामशरण सापकोटालाई अवैध लागूऔषध गाँजा ४ किलो ३ सय ५ ग्रामसहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सुन्दरबजार र इलाका प्रहरी कार्यालय भोटेओडारबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।

बारा।जितपुरसिमरा उपमहानगरपालिका-२१ स्थित सडकबाट अवैध लागूऔषध गाँजा ५ किलो ४ सय ग्रामसहित मकवानपुर हेटौंडा उपमहानगरपालिका-१९ बस्ने ३१ वर्षीय दिपक बैजुलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरीले बनेपाबाट पर्सा ठोरीतर्फ जाँदै गरेको ना.७ ख ७१३२ नम्बरको बसमा सवार उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

काठमाडौं । बिहीबार बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठक स्थगित भएको छ ।

बैठक स्थगित गरी आजै अपराह्न ४ बजेका लागि डाकिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आग्रहमा सभामुख देवराज घिमिरेले बैठक स्थगित गरेका हुन् ।

बिहीबार बिहान प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच टेलिफोन वार्ता भएको थियो । वार्तामा संसद्‌को अवरोध खुलाउने विषयमा छलफल भएको थियो ।

सहकारीको रकम हिनामिनामा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नताको आरोप लगाउँदै नेपाली कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गर्दै आएको छ ।

काठमाडौं । आज बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक आधा घण्टा बितिसक्दा पनि सुरु हन सकेको छैन ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससँग सहमतिको प्रयास भइरहेकाले बैठक केही ढिला गर्न सभामुखलाई आग्रह गरेपछि बैठक बस्न ढिलाइ भएको हो।

प्रधानमन्त्रीले आजको बैठकमा नै गृहमन्त्रीलाई बोल्ने गरी वातावरण निर्माण गरिरहेको जानकारी सभामुखलाई दिएका थिए। बैठक चल्ने वातावरण बनेपछि समय तोकिने बताइएको छ।

सभामुखले आजै संसद् भवन नयाँ बानेश्वरमा कानुन मन्त्रीसहित प्रमुख दलका मुख्य सचेतक, प्रमुख सचेतक र सचेतकसँग छलफल गरेका छन्।

छलफलमा कानून मन्त्री पदम गिरी, उपसभामुख इन्दिरा राना, कांग्रेस सचेतक सुशीला थिङ, एमाले प्रमुख सचेतक महेश बर्तौला, माओवादी मुख्य सचेतक हितराज पाण्डे, रास्वपा प्रमुख सचेतक सन्तोष परियार र राप्रपा सचेतक बिनाकुमारी लामा सहभागी थिए।

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफूहरूले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई संसदमा बोल्न नदिने नभनेको बताएका छन्।

उनले भने- हामीले गृहमन्त्रीलाई बोल्न दिँदैनौँ भनेका छैनौँ, गृहमन्त्रीले रोष्ट्रममा आएर बोल्नुहुन्छ। पाउनुहुन्छ बोल्नुस्। हामीहरूलाई चित्त बुझ्यो भने ठिकै छ बुझेन भने हामी बोल्छौँ त्यसपछि भन्दा न गृहमन्त्रीले स्वीकार्नुहुन्छ, न एमाले स्वीकार्छ, हामीले संसद अवरुद्ध गर्ने कारण यति मात्रै हो। लोकतान्त्रिक व्यवस्थामा संसद अवरुद्ध गर्न हुन्छ हुँदैन आफ्नो ठाउँमा छ।

उनले उनले कांग्रेसले गृहमन्त्रीको राजीनामा पनि नमागेको प्रष्ट पारे।

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।