
रामेछाप । रामेछापका तीन स्थानीय तहका प्रमुखहरू वैदेशिक भ्रमणमाका लागि दक्षिण कोरिया जानी भएका छन् । उनीहरू कृषि सम्बन्धि अध्ययन अवलोकन गर्न त्यस तर्फ जान लागेका हुन् । उनीहरूले भ्रमणमा रहँदा कृषिको बारेमा वृहत् अवलोकन र अध्ययन गर्ने कार्यक्रम रहेको छ ।
जिल्ला सदरमुकाम समेत रहेको मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठसहित गोकुलगंगा गाउँपालिकाका प्रमुख एवं अध्यक्ष काजीबहादुर खड्का (दिनेश) र खाँडादेवी गाउँपालिका अध्यक्ष ज्ञान कुमार श्रेष्ठ दक्षिण कोरिया भ्रमणमा जानी भएका हुन् ।
तीनै तहका जनप्रतिनिधिहरू २०७९ मा निर्वाचित भएर जनप्रतिनिधि भएपछि पहिलो पटक वैदेशिक भ्रमणमा निस्किएका हुन् । दिगो विकासको लागि भावी सहरहरुको सशक्तिकरण सम्बन्धित गोष्ठिमा समेत उनीहरुले भाग लिने छन् ।
काठमाडौं । गोल्डेनपिक, भ्याली पब्लिक र सेबले सातौं बीएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि मंगलबार जितेका छन् । थ्री बाइ थ्रीको सिनियर ब्वाइजमा गोल्डेनपिक तथा गल्र्समा भ्याली पब्लिक च्याम्पियन बनेका हुन् । सेब जुनियर ब्वाइज उपाधि (फुल कोर्ट) जित्न सफल भयो ।
बसुन्धराको नमुना टोलस्थित आयोजक बसुन्धरा नेसनल एकेडेमी (बीएनए) को कोर्टमा भएको सिनियर ब्वाइजको फाइनलमा गोल्डेनपिकले टीआईएलाई १९–१८ ले पराजित गर्यो । सिनियर गल्र्सको उपाधि भिडन्तमा भ्याली पब्लिकले फेरिल्यान्डलाई १३–१० ले हरायो ।
जुनियर ब्वाइजको फाइनलमा सेबले एन्जल्स हार्टमाथि २३–२२ को कठिन जित दर्ता ग¥यो । सेबका जीवन खत्रीले ९ अंक जोडे ।
सिनियर ब्वाइजमा गोल्डेनपिकका सुविन तामाङ, सिनियर गल्र्समा भ्याली पब्लिककी प्रकृति खड्का र जुनियर ब्वाइजमा जीवन खत्री ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । सिनियर ब्वाइजमा सारथी पाठशाला, सिनियर गल्र्समा नेचर बोर्डिङ स्कुल र जुनियर ब्वाइजमा न्युटन हाइ स्कुल अनुशासित टिम बने ।
जुनियर ब्वाइजमा २ छुट्टै विधागत उत्कृष्टको ट्रफी पनि प्रदान गरिएको थियो । एन्जल्स हार्टका अदित पुन उत्कृष्ट ‘थ्री प्वाइन्टर’ तथा बीएनएका सिद्धान्त शर्मा (६० अंक) सर्वाधिक स्कोर भए ।
विजेतालाई टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसी, टोखा नगरपालिका वडा ५ का अध्यक्ष मदन गुरुङ, तार्केश्वर नगर प्याब्सनका अध्यक्ष धनबहादुर पुन, कीर्तिपुर नगर प्याब्सनका अध्यक्ष रवि भण्डारी, बीएनएका संस्थापक प्रिन्सिपल टंककुमार चापागाईं, बीएनएका स्कुल को–ओर्डिनेटर सन्तोष फुयाललगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । जेठ २८ गतेदेखि सुरु प्रतियोगिताको सिनियर ब्वाइजमा २०, सिनियर गल्र्समा १३ र जुनियर ब्वाइजमा १२ गरी ४५ टिमले प्रतिस्पर्धा गरेको बीएनएका बास्केटबल प्रशिक्षक नारायण खवासले जनाएका छन् ।
काठमाडौँ । सगरमाथा आरोहण गर्ने क्रममा दुई जना आरोही बेपत्ता भएका छन् । मङ्गोलियाका युखजर्गल सिडेनडम्बा र प्योरभिस्रन खाग्बाजाभ हिजो बिहानदेखि हराइरहेका पर्यटन विभागका निर्देशक राकेश गुरुङले जानकारी दिनुभयो ।
उनीहरूकाे आरोहण व्यवस्थापन गर्ने कम्पनीले अहिले खाेजी गरिरहेकाे विभागले जनाएको छ । अहिले सगरमाथा आरोहण चलिरहेको छ । अझै झन्डै दुई हप्ता आरोहण चल्ने विभागले जनाएको छ ।
मोरङ । रतुवामाइ नगरपालिका-६ कादुपाडाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ सय ५८ ग्रामसहित भारत घर बताउने ३४ वर्षीय भगिरथ हरिजनलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रणमा खटिएको प्रहरी टोलीले कारोबारीको खोजतलास गर्ने क्रममा शंकास्पद व्यक्ति बीआर ३८ क्यू ३८३० नम्बरको मोटरसाइकलमा भाग्दै गरेको अवस्थामा पिछा गरी नियन्त्रणमा लिने क्रममा हरिजनले प्रहरीतर्फ आक्रमणको प्रयास गरेपछि प्रतिकार स्वरूप गोली फायर गर्दा घाइते भएका हरिजनलाई उपचारको लागि अरनिको अस्पताल उर्लावारी लगिएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
मोरङ । बिराटनगर महानगरपालिका-१३ सैनिक टोलबाट नियन्त्रित लागूऔषध लुपिजेसीक १३ एम्पुल, डाईजेपाम १३ एम्पुल र फेनारागन १३ एम्पुलसहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा झापा दमक नगरपालिका-१ बस्ने २६ वर्षीय दिपक श्रेष्ठ र मोरङ बेलबारी नगरपालिका-६ बस्ने २१ वर्षीय भवेश मगर रहेका छन् । उक्त स्थानमा खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
काठमाडौं । प्रतिनिधि सभाको बैठकमा कांग्रेसले अवरोध गरेपछि सदन जेठ ३ गते सम्म स्थगित भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको तर्फबाट संघीय संसदका दुवै सदनलाई संयुक्त रुपमा नीति तथा कार्यक्रम सम्बोधन गरिसकेपछि बसेको राष्ट्रियसभा बैठक कांग्रेसले अवरोध गरेको हो ।
सहकारी ठगी प्रकरणमा जोडिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने माग राख्दै आएको छ । कांग्रेसको माग पुरा नगरे सम्म सदन चल्न नदिने नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताएका छन् ।
कांग्रेसले निरन्तर सदन अवरुद्ध पारेपछि सभामुख घिमिरेले कार्यसूचीमा रहेका कार्यक्रम हटाउँदै बैठक स्थगित गरेका थिए। अर्को बैठक जेठ ३ गते विहान ११ बजे बस्ने सभामुख घिमिरेले बताए।
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज फैसला हुन सकेन । दिनभरिको सुनवाइपछि न्यायाधीसले मुद्दालाई हेर्दाहेर्दैमा राखेका छन् ।
बहस नसकिए पछि मुद्दालाई हेर्दाहेर्दैमा राखिएको र भोलि मुद्दाको सुनवाइले निरन्तरता पाउने छ ।
न्यायाधीसद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासमा मुद्दाको सुनवाइ भएको हो । आजै बहस सकेर फैसला गर्ने तयारी रहे पनि न्यायाधीसद्वयले मुद्दालाई हेर्दाहेर्दैमा राखे ।
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधको कारण संघीय संसद अन्र्तगत राष्ट्रिय सभाबाट नीति तथा कार्यक्रम प्रस्तुत सकेपछि राष्ट्रपतिलाई धन्यवाद प्रस्तुत गर्ने कार्य रोकिएको छ ।
मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको तर्फबाट संघीय संसदका दुवै सदनलाई संयुक्त रुपमा नीति तथा कार्यक्रम सम्बोधन गरिसकेपछि बसेको राष्ट्रियसभा बैठक कांग्रेसले अवरोध गरेको हो।
संसदीय छानविन समिति गठन नभएसम्म बैठक चल्न नदिने उनले अडान राखेपछि अध्यक्षले आगामी बैठक जेष्ठ ३ गतेबस्ने गरी आजको बैठक स्थगित भएको घोषणा गरेका हुन्। उक्त समिति गठन नभएसम्म सदन चल्न नदिने कांग्रेसले अडान लिएको छ यद्यपी मंगलबार सदनमा राष्ट्रपतिलाई नीति तथा कार्यक्रम प्रस्तुत गर्न भने दिएको छ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रिय सभा बैठकमा अवरोध गरेको छ।
सरकारले ल्याएको नीति तथा कार्यक्रमको धन्यवाद प्रस्ताव प्रस्तुत गर्न बसेको राष्ट्रिय सभा बैठकमा कांग्रेस सांसदहरूले अवरोध गरेका हुन्।
प्रतिनिधिसभा बैठकमा पनि सोही माग राखेको भन्दै राष्ट्रिय सभा पनि चल्न नदिने कांग्रेसले बताएको छ। राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले धन्यवाद सभा मात्रै भएकाले बैठक चल्न दिन आग्रह गरेका थिए।
सरकारले खेलकुद पूर्वधार विकासलाई प्राथमिकता दिने प्रतिबद्धता जनाएको छ। सरकारको तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेले मंगलबार संघीय संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा खेलकुद पूर्वाधार निर्माणको कार्यलाई प्राथमकिता दिइने बताएका हुन्।
काठमाडौंको मुलपानी, मोरङको विराटनगर, कैलालीको भाप्लालाई प्राथमिकता दिइने उल्लेख गरिएको छ।
चितवनको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेत रंगशाला स्थानीय तहसँगको साझेदारीमा अघि बढाइने उल्लेख गरिएको छ।
क्रीर्तिपुर रंगशालाको स्तरोन्ती प्राथमिकताको साथ अघि बढाउने उल्लेख छ।





