
काठमाडौँ । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको भ्रातृ संगठनको रूपमा अखिल नेपाल खेलकुद महासंघ अन्तर्गत अखिल नेपाल ब्याडमिन्टन संघ गठन गरिएको छ ।
राजधानीमा शुक्रबार भएको भेलाले नेपाल ब्याडमिन्टन संघका कोषाध्यक्ष तिलक पाण्डेको अध्यक्षतामा ४३ सदस्यीय अखिल नेपाल ब्याडमिन्टन संघ गठन गरिएको हो ।
यसैगरी बागमती प्रदेश संयोजकमा रबिन बस्नेत तोकिएको छ । कार्यक्रममा अखिल नेपाल खेलकुद महासंघका अध्यक्ष शिब कोइराला ‘ज्वाला’ महासंघका उपाध्यक्षहरू राजकुमार कार्की रामजी बहादुर श्रेष्ठ (अध्यक्ष–नेपाल ब्याडमिन्टन संघ), प्रकाश कुसारी र महासचिव अन्जन धमलाको उपस्थिति रहेकोे थियो ।
ब्याडमिन्टन
काठमाडौँ । डा. गोविन्द केसीले पशुपति मृगस्थलीमा २२औं अनशन सुरू गरेका छन् । अन्तिम अल्टिमेटमको अवधिमा पनि माग सम्बोधन नभएको भन्दै शनिबार अपरान्हदेखि डा. केसी अनसनमा बसेका हुन् ।
डा. केसीले विगतका सम्झौताहरू कार्यान्वयनको मागसहित संक्रमणकालीन न्यायको प्रक्रिया टुंगोका पुग्ने सुनिश्चित गर्नुपर्ने, सबै नेपालीलाई गुणस्तरीय साथै नि:शुल्क औषधि उपचारको व्यवस्था गर्नुपर्ने, शिक्षा, स्वास्थ्य क्षेत्रमा सुधार र सबैको समान पहुँचसम्बन्धी गेटामा तुरुन्त प्रतिष्ठान सञ्चालन गर्नेलगायत मागहरू कार्यान्वयन र कार्की आयोगले दोषी ठहर्याएका व्यक्तिहरूलाई कारबाहीको माग अघि सारेका छन् ।
सर्लाही । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको पूर्व–पश्चिम विद्युतीय रेलमार्ग निर्माणको काम सर्लाहीमा मात्र ९० प्रतिशत सकिएको छ । यस खण्डअन्तर्गत पूर्वमा बाँके खोलादेखि पश्चिम बागमती नदीसम्म ३० किलोमिटर ट्र्याक निर्माणको काम भइरहेको हो ।
परियोजनाको जारी पहिलो चरणको कामअन्तर्गत रेल मार्गको ट्र्याकमा बेस हाल्नेसम्मको काम सम्पन्न हुने इन्जिनियर भुवनेश्वर यादवले बताउनुभयो । चालु आर्थिक वर्षको अन्तिमसम्ममा ठेक्का अवधिसमेत सकिने भएकाले ठेकेदार कम्पनीले कामको रफ्तार बढाएको उहाँको भनाइ छ ।
यस खण्डको केही स्थानमा भने ट्र्याक निर्माणको कामसमेत बाँकी रहेको छ । सागरनाथ वन परियोजना र मूर्तिया वन कार्यालयले रूख कटान नगर्दा काम रोकिएको छ । हरिवन नगरपालिका–५ घुर्कौली क्षेत्रका केही किसानले अझै मुआब्जा लिन नमानेका कारण काम अगाडि बढ्न सकेको छैन ।
किसानले जग्गाको मूल्याङ्कन बढाउन माग गर्दै काम गर्न अवरोध गरिरहँदा त्यस क्षेत्रमा कामको प्रगति शून्य छ । वन कार्यालयलेसमेत भर्खरै रूख कटानको ठेक्का लगाएको रेल्वे आयोजना कार्यालय लालबन्दीले जनाएको हो । ढिलो गरी रूख कटानको तयारी भएकाले समयमै काम सम्पन्न हुनेमा अझै शङ्का रहेको परियोजनाका सूचना अधिकारी यादवले बताउनुभयो ।
यस योजनाको आर्थिक वर्ष २०७४/७५ मा ठेक्का लागेको थियो । लगत्तै ठेकेदार कम्पनीले निर्माण आरम्भ गरेको थियो । पछिल्लो समय बजेट अभावलेसमेत कामको गति सुस्त बनेको उहाँको भनाइ छ । ठेकेदार कम्पनीले काम सम्पन्न गरिसक्दासमेत भुक्तानी पाउन बाँकी रहेको आयोजना कार्यालय लालबन्दीले जनाएको छ । रासस
काठमाडौं । प्रमुख सत्तारूढ दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले प्रधानमन्त्री बन्न गरेको प्रस्ताव अस्वीकार गरेपछि गृहमन्त्री रवि लामिछानेलाई सहकारी ठगीको आरोप लगाइएको बताएका छन् ।
सनिबार पार्टीको काठमाडांै महानगरपालिका कमिटीले आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।
ओलीले भने ”रातिसम्म त्यो मान्छे कांग्रेसको पछि लाग्ने हो भने प्रधानमन्त्री बन्न लायक भयो । कांग्रेसको पछि लागेर प्रधानमन्त्री हुन्नँ भन्यो भने त्यो मान्छे भ्रष्टाचारी भयो । के भएको हो कांग्रेस ?”
उनले कांग्रेसले सत्तास्वार्थका निम्ति उपप्रधानमन्त्री लामिछानेले सहकारीको बचत अपचलन गरेको भन्दै हिँडेको दावी गरे ।
‘संसद् चल्न दिन्न भन्छ, किन ? आफू बोल्छ, अरूलाई आरोप लगाउँछ । आरोपित मान्छेले जवाफ दिन्छु भन्दा जवाफ दिन दिँदैन । बोल्न दिँदैन । आरोप लगाउने, संसद्मा आरोप लगाउने, आरोपको खण्डन गर्छु म, बोल्छु म भन्दा अर्कोलाई बोल्न नदिने । यस्तो लोकतन्त्र हुन्छ कहीँ ? जुन नेपाली कांग्रेसले गरेको छ ’ ओलीले भने ।
सुनसरी : धरान उपमहानगरपालिका-८ स्थिमा बुढासुव्वा वर्कसपबाट अवैध लागूऔषध गाँजा ३ सय १३ किलोसहित सोही वर्कसपमा काम गर्ने धरान उपमहानगरपालिका-१५ बस्ने २८ वर्षीय आशिष कार्कीलाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको संयुक्त टोलीले वर्कसपको कम्पाउण्डभित्र शंकास्पद अवस्थामा रहेको बा.१० च ६८३८ नम्बरको स्कार्पियो गाडीलाई जाँच गर्दा उक्त परिमाणको गाँजा फेला पारी कार्कीलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा राजनीतिक अस्थीरताका कारण विकासको काम अघि बढ्न नसकेको दाबी गरेका छन् ।
एमाले भौतिक पूर्वाधार तथा यातायात विभागले शनिबार ललितपुरमा आयोजना गरेको कार्यशाला गोष्ठि उद्घाटन गर्दै ओलीले मुलुकका देखिएको पटक पटकको राजनीतिक अस्थीरताका कारण समग्र विकास निर्माणका काममा असर देखिएको बताएका हुन् ।
ओलीले हरेक पालिकाका सदरमुकाममा पक्की बाटोले जोड्ने, स्वास्थ्यका साथै शैक्षिक क्षेत्रलाई पनि प्राथमिकतामा राखेपनि विभिन्न कारणले पूरा हुन नसकेको बताए ।
उनले विकासका कुरा जनतालाई बुझाउँदै विकास निर्माणका कामलाई अघि बढाउनुपर्नेमा जोड दिए । ओलीले पूर्वाधारहरुलाई उपयोग गरेर रोजगारीका साथै स्थानीय उत्पादनलाई बजारीकरण गर्नुपर्ने धारणा राखे ।
गण्डकी। राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत कास्कीको हरिचोक-याम्दी खण्डको दुवैतिर चार लेनको चिल्लो सडक छ । बिचको करिब दुई हजार दुई सय मिटर सडक भने अहिले पनि कच्ची छ ।
निर्माण कम्पनीको ढिलासुस्तीले सडक विस्तार र स्तरोन्नतिले गति लिन नसकेको पर्वतस्थित लोकमार्ग आयोजना कार्यालयले जनाएको छ । कार्यालय प्रमुख कल्पना अधिकारीका अनुसार दुई वर्षमा सक्ने गरी वि.सं.२०७९ साउनमा काठमाडौँको मोतिदान कन्स्ट्रक्सन सेवा प्रालिले सडक निर्माणको जिम्मा लिएको थियो । समयमा काम पूरा हुन नसक्ने देखिएपछि ठेक्का म्याद आउँदो चैतसम्म थप भएको उहाँले जानकारी दिनुभयो ।
विद्युतका खम्बा, खानेपानी व्यवस्थापन, भुक्तानी समस्या जस्ता कारणले पनि सडक निर्माणमा ढिलाइ भएको कार्यालय प्रमुख अधिकारीले बताउनुभयो । “ठेक्का तोड्ने तयारीमा थियौँ, पछि निर्माण कम्पनीबाट कामलाई तीव्रता दिने प्रतिबद्धता आएपछि म्याद थपिएको हो”, उहाँले भन्नुभयो, “समयमा भुक्तानी दिन नसक्नेजस्ता कमजोरी आयोजना व्यवस्थापनबाट पनि भए, त्यसले पनि काम केही प्रभावित भयो ।”
आयोजना कार्यालयले समयमा काम सक्न निर्माण कम्पनीलाई पटक पटक ताकेता गर्दै आएको थियो । सुरुको ठेक्का अवधि सकिन लाग्दा पनि कामको प्रगति न्यून रहेको प्रमुख अधिकारीले बताउनुभयो । पोखरा महानगरपालिका-१ का अध्यक्ष सहारा प्रधानले प्रदेश राजधानी जोड्ने मुख्य सडक दुई वर्षदेखि नाजुक अवस्थामा रहेको बताउनुभयो । “हामीले पटक पटक दबाबमूलक कार्यक्रम पनि गर्यौ तर निर्माण कम्पनीले विभिन्न बहाना बनाउँदै काममा ढिलासुस्ती गरिरहेको छ”, उहाँले भन्नुभयो, “पोखरा प्रवेश गर्ने मुख्य सडक मार्गको अवस्था साह्रै दयनीय छ, स्थानीय पनि धूलो र हिलोले हैरान छन् ।”
केही दिनअघि निर्माणका विषयमा प्रमुख जिल्ला अधिकारीसहित, स्थानीय जनप्रतिनिधि, आयोजनाका प्रतिनिधिलगायतको छलफलमा निर्माण कम्पनीका प्रतिनिधिले कामलाई गति दिने प्रतिबद्धता जनाएको वडाध्यक्ष प्रधानले बताउनुभयो । “मौसमको प्रतिकूलता, भुक्तानी नपाएको जस्ता समस्या देखाएर निर्माण कम्पनीले काममा ढिलासुस्ती गरिरहेको छ”, उहाँले भन्नुभयो, “अहिले पनि भने जसरी काम भएको छैन ।”
पोखरा–बागलुङ चल्ने जिपका चालक लक्ष्मण क्षेत्रीले समयमा सडक नबन्दा यात्रामा सास्ती खेप्नुपरेको सुनाउनुभयो । “एकातिर गाडीलाई मार अर्कातिर यात्रुलाई सकस”, उहाँले भन्नुभयो, “दुवैतर्फ चार लेन कालोपत्र सडक छ, बिचको बाटो किन बनेन अचम्म छ ।” ग्राभेल हालेर खाल्डाखुल्डी पुर्ने र पानी तर्काउनेसम्मको काम पनि नभएकामा उहाँले दुःखेसो पोख्नुभयो । सोही सडकका कारण पोखरासम्मको यात्रा झन्झटिलो र लामो बनेको यात्रुको गुनासो छ ।
पोखराको जिरो किमीदेखि हरिचोक र याम्दीदेखि फेदीसम्मको सडक दुई वर्षअघि नै कालोपत्र गरिएको थियो । प्रदेश राजधानी पोखरा जोड्ने मुख्य सडकको दूरावस्थाप्रति जनगुनासो पनि बढ्दै गएको छ । पश्चिमतर्फ पर्वत, बागलुङ, म्याग्दी, मुस्ताङ, रुकुम पूर्वलगायत जिल्लाबाट लोकमार्ग हुँदै दैनिक सयौँ गाडी पोखरा आउजाउ गर्छन् । सडक जीर्ण र अस्तव्यस्त हुँदा सवारी जामको समस्या छ । दुर्घटनाको पनि जोखिम बढेको छ । रासस
जनकपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य विमलेन्द्र निधिले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन नभएसम्म संसद चल्न नदिने बताउनुभएको छ । नेता निधिले जनकपुरमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै वर्तमान सत्तापक्षले सहकारी ठगी प्रकरणका विषयमा छानबिन समिति बनाउन नदिएको आरोप लगाउनुभयो ।
उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि लागेको सहकारी ठगी प्रकरणको आरोप सत्य हो वा होइन भन्ने विषयको संसदीय छानबिनमार्फत छिनोफानो हुनुपर्ने उहाँको भनाइ थियो । “गृहमन्त्री लामिछानेले संसदमा स्पष्टीकरण दिएर मात्र हुँदैन, त्यसका लागि संसदीय छानबिन समिति गठन नै एक मात्र निकास हो”, नेता निधिले भन्नुभयो । छानबिन समिति गठन गर्न सरकार तयार नभएसम्म सदन चल्न नदिने अडान दोहोर्याउँदै उहाँले सांसदहरुले जनसरोकारका विषय सदनमा उठाउन नपाएपछि सदनको बैठक बस्नुको कुनै अर्थ नरहेको स्पष्ट पार्नुभयो ।
चितवन, भैरहवा तथा पोखरामा सहकारीमा भएका अनियमितताबारे प्रहरीले छानबिनसमेत गरेको नेता निधिले उल्लेख गर्नुभयो । फरक प्रसङ्गमा उहाँले मुलुकभरिका आगलागी पीडितलाई सरकारी पक्षबाट आवश्यक सहयोगका लागि उहाँले आग्रह गर्नुभयो । रासस
ललितपुर । योग अमूर्त सम्पदा भएको भन्दै यसलाई अझ परिष्कृत गर्दै लैजानुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । त्रिभुवन विश्वविद्यालय केन्द्रीय संस्कृत विभाग योगविज्ञान अधिस्नातक २०७९ विद्यार्थीद्वारा आयोजित गुरुवर्ग, संस्कृत केन्द्रीय विभाग तथा ललितपुर महानगरपालिकालाई धन्यवाद ज्ञापन कार्यक्रममा धारणा राख्दै वक्ताहरूले योगको आशय आफूसहित अरूलाई सुखी राख्ने भएको बताएका छन् ।
मानव जातिलाई मानसिक, आत्मिक स्वास्थ्य राख्न सक्ने शक्ति योगमा भएकाले यो महत्त्वपूर्ण रहेको सहभागीको भनाइ छ । कार्यक्रममा ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जनले पछिल्लो समय योगले अन्तर्राष्ट्रिय बजार पाउन थालेको उल्लेख गर्दै यसलाई अझै परिष्कृत गरेर व्यापकता दिँदै प्रभाकारी बनाउन लाग्नुपर्ने बताउनुभयो । “योग अमूर्त सम्पदा हो, यसलाई अझ परिष्कृत गरेर अगाडि लैजानुपर्छ । हामी सानोमा पिटी भनेर सूर्यप्रणाम गर्थ्यौ, त्यतिबेला योग भन्ने चलन थिएन । मलाई संस्कृतमा पनि चासो छ । योग र संस्कृतको अन्तरसम्बन्धले मानिसलाई आध्यात्मिकतातिर आकर्षित गर्छ, जसबाट हामीलाई राम्रो ऊर्जा प्राप्त हुन्छ”, उहाँले भन्नुभयो ।
महानगर प्रमुख महर्जनले त्रिभुवन विश्वविद्यालयसँगको सहकार्यमा भएको योगाभ्यासको अध्ययन अध्यापनबाट शतप्रतिशत लक्ष्य प्राप्त हुनेमा आफू विश्वस्त रहेको उहाँले बताउनुभयो । उहाँले आगामी दिनमा पनि यो कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । महानगर प्रमुख महर्जनले प्रत्येक वडामा योगाभ्यास गर्ने कार्यविधिका लागि सामाजिक विकास समितिसँग समन्वय गर्न आग्रह गर्नुभयो । उहाँले आगामी वर्ष योग क्षेत्रका लागि बजेट व्यवस्थापन गर्नुपर्ने भन्दै सोका लागि कार्ययोजना प्रस्तुत गर्न प्रत्येक वडाध्यक्षलाई आग्रह गर्नुभयो ।
उहाँले वडाबाट आएका कार्ययोजनालाई मार्गनिर्देश गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । त्रिभुवन विश्वविद्यालय केन्द्रीय संस्कृत विभाग प्रमुख डा.माधवप्रसाद उपाध्यायले आफूसहित सारा संसारको सुखको कामना गर्ने भाव योगमा मात्रै व्यक्त हुने बताउनुभयो । उहाँले नेपालमा पहिलो पटक योग शिक्षाको औपचारिक अध्ययनका लागि ललितपुर महानगरपालिकाले सुरु गरेकामा धन्यवाद व्यक्त गर्नुभयो । “योग शिक्षाका लागि ललितपुर महानगरको प्रयास र योगदान सराहनीय छ । यसै पनि ललितपुर रमणीय लाग्छ, ऊर्जा र चेतना भएको व्यक्ति महानगर प्रमुख हुनुहुन्छ । योग शिक्षाका लागि महानगरसँग निरन्तर साथ र सहयोग रहने विश्वास छ”, विभाग प्रमुख डा.उपाध्यायले भन्नुभयो ।
योग प्रशिक्षक डा.आकाश निलमले मानवीय आत्मीयता विना भौतिक संरचनाले मात्रै महानगर बन्न सक्दैन भन्नुहुँदै ललितपुर महानगरले लोकप्रियताबादभन्दा माथि उठेर काम गरेको भन्दै प्रशंसा गर्नुभयो । उहाँले अधिस्नातक तहको अध्यापनमा सहयोग गरेर औपचारिक योग शिक्षामा सफलता हासिल गरेको महानगरले स्नातकोत्तर तहको अध्यापन गराउन सहयोग गरोस् भन्ने कामना व्यक्त गर्नुभयो । योग प्रशिक्षक डा.निलमले संस्कृति भाषा, अध्यात्ममा नेपाल विश्वको गुरु भएको बताउँदै प्राचीनताको इतिहास कायम राख्न प्रयत्नशील रहनुपर्ने बताउनुभयो ।
वडा नम्बर २४ का अध्यक्ष दिनेशजङ्ग पाण्डेले वडा तहमा निरन्तर योग शिविर गरिरहेको बताउनुहुँदै खेलकुद र योग शिविरका लागि वडा तहमा निर्माण भएका कबर्ड हलहरू प्रभावकारी भएको बताउनुभयो । कार्यक्रम स्वागत गर्नुहुँदै अधिस्नातक २०७९ समूहकी योग प्रशिक्षार्थी महेश्वरी विष्ट रावलले सबै वडामा योग शिविरहरू सञ्चालनका लागि एक वर्षसम्म अध्ययन गर्न ललितपुर महानगरपालिकाले सहयोग गरेकामा आभार व्यक्त गर्नुभयो । उहाँले नगरवासीलाई स्वास्थ्य बनाउने महानगरको लक्ष्यअनुरूप आफूहरूले एक वर्ष अध्ययन गर्न सफल भएको बताउँदै अब वडा वडामा योग शिविर सञ्चालन गर्न सफल हुने बताउनुभयो । रासस
काठमाडौँ । चाइनिज अभिनेत्री डाइना पेङ्ग नेपाल आएकी छन् । उनी आफ्नो टिमसहित शुक्रबार काठमाडौँ उत्रिएकी हुन् ।
चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले उनलाई नेपालमा स्वागत गरेका छन् । पेङ्ग नेपाल आएको जानकारी भुवनले सामाजिक सञ्जालमा तस्बिर शेयर गर्दै गराएका छन् । पेङ्गको नेपाल भ्रमणको उद्देश्य व्यवसायिक काम तथा चाइनिज फिल्मको बजार बिस्तार रहेको बताइन्छ ।





