
प्रकाश दाहाल स्मृति पहिलो बाग्मती अन्तरपालिका भलिबल प्रतियोगिताको उपाधि हेटौडा महानगरपालिकाले जितेको छ । उपाधि जित्ने क्रममा हेटौंडाले बुधबार भएको फाइनल खेलमा उत्कृष्ट कमब्याक गर्दै थाहा नगरपालिकालाई २१–२५, १७–२५, २५–१६, २५–१५, १५–४ ले पराजित गर्यो ।
प्रतियोगितामा महांकाल गाउँपालिका र घ्याकलेक गाउँपालिका तेस्रो भए । उपाधि विजेताले ३ लाख, उपविजेताले २ लाख तथा तेस्रो हुने दुवै टोलीले एक–एक लाख रुपैयाँ पुरस्कार पाए ।
राष्ट्रिय रेफ्री श्रीराम बोगटी र जितेन्द्र श्रेष्ठले दिएको जानकारी अनुसार थाहा नगरपालिकाका विष्णु क्षेत्री उत्कृष्ट खेलाडी घोषित भए । उपाधि विजेता हेटौडाका सुजन चोखालले उत्कृष्ट सेटर, उत्कृष्ट लिबरो, हेटौंडाका राजन दर्लामी मगर घोषित भए । महांकाल गाउँपालिकाका जिबन सुनार उत्कृष्ट ब्लकर भए । यसैगरी, उपाधि विजेता हेटौडाका पुष्प मैनाली उत्कृष्ट प्रशिक्षक भए । विधागत उत्कृष्ट हुनेले ५० हजार रुपैयाँ पुरस्कार पाए । उपाधि विजेता टोली तथा खेलाडीलाई आयोजक टोलीकी संयोजक डोल्मामाया गोले लगायतले पुरस्कार प्रदान गरे ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का छोरी ज्ञानी दाहाल र छोरा प्रकाश दाहालको स्मृतिमा स्थापित प्रज्ञा स्मृति प्रतिष्ठानको आयोजनामा प्रतियोगिता सञ्चालन भएको हो ।
प्रतियोगितामा राष्ट्रिय खेलकुद परिषद् र प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशको सहयोग रहेको छ । यसै गरी नेपाल भलिबल संघको प्राविधिक सहयोग रहेको छ । ललितपुर जिल्ला खेलकुद विकास समिति सह–आयोजक रहेको थियो ।
रामेछाप । नेकपा एमाले रामेछापको नवौ जिल्ला अधिवेशन आजबाट सुरु भएको छ । बुधबार पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले मन्थली स्थित तिनलाल पार्कमा उद्घाटन गर्दै एमाले रामेछापको नवौ जिल्ला अधिवेशन सुरु गरिएको हो ।

अहिले बन्दसत्र सुरु भएको एमाले रामेछापले जनाएको छ ।
अध्यक्षका लागि चार जनाको दावी, पुरुषोत्तम र प्रेमबीच कडा टक्कर हुने
एमालेले एक पद एक व्यक्तिको निति लिएसँगै वर्तमान अध्यक्ष आनन्द कुमार श्रेष्ठ बागमती प्रदेश सभा सदस्य भएको कारण विदा हुँदैछन् । त्यसैबीच अध्यक्ष पदका लागि वर्तमान जिल्ला सचिव पुरुषोत्तम कडरिया, वर्तमान जिल्ला कमिटी उपाध्यक्ष इन्द्र तामाङ,उद्धब कडेरिया र खाँडादेवी गाउँपालिकाका पूर्वअध्यक्ष प्रेम तामाङ रहेका छन् । प्रेम वागमती प्रदेश कमिटीका निर्वाचित सदस्य तथा क्षेत्र नम्बर २ प्रदेश सभाका इन्चार्ज समेत हुन् ।
आकांक्षीमा चार जना देखिएपनि पुरुषोत्तम र प्रेमबीच प्रतिस्पर्धा हुने देखिएको छ । ‘दावी गर्नु स्वभाविक छ । तर पुरुषोत्तम र प्रेमबीच प्रतिस्पर्धा हुन्छ ‘ एमाले रामेछापका एक नेताले भने । इन्द्र तामाङले प्रेमलाई समर्थन गर्दै दावी छाडेपनि उद्धबले भने आफ्नो दावी अन्तिमसम्म राखिराख्ने ती नेताको बुझाइ छ । बागमती प्रदेश कमिटी अध्यक्ष कैलाश ढुंगेल,एमाले केन्द्रीय संगठन विभाग सचिव माधव ढुंगेल लगायतका नेताको समर्थन प्रेमलाई रहेको प्रेम निकट एक नेताले बताए । उनका अनुसार पुरुषोत्तमलाई भने वर्तमान अध्यक्ष आनन्द श्रेष्ठ,रत्न गौतम लगायतका नेताहरुको समर्थन रहेको छ ।
एमाले केन्द्रिय कमिटि उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पुरुषोत्तमलाई बनाउन लबिङ्ग गरिरहेको छ भने एमाले केन्द्रिय कमिटि महासचिव शंकर पोखरेलले प्रेमलाई अध्यक्ष बनाउन आफ्नो गुट अन्तर्गत रहेका नेताहरुलाई निर्देशन दिइसकेको बुझिएको छ । द्वय ढुंगेल सर्वसहमतिले प्रेमलाई बनाउन चाहिरहेका छन् भने रत्न, आनन्द लगायतका नेताहरु पुरुषोत्तमलाई अध्यक्ष बनाउने कसरतमा जुटेका छन् । आफ्नो नाम नखुलाउने सर्तमा एमालेका एक नेताले भने ‘अध्यक्षमा पुरुषोत्तम र प्रेममा एकजना हुन्छन् । जसको समर्थन जता भएपनि एउटा कुरामा ढुक्क हुनुस । सहमतिमा चुनिए प्रेम र चुनाव भएमा पुरुषोत्तम निर्वाचित हुन्छ । ‘ पुरुषोत्तम सचिव भएकोले सबै कार्यकर्ता संग नजिक रहेर काम गरेको कारण प्रेमले भन्दा बढी भोट ल्याउने उनको बुझाइ छ । प्रेम द्वय ढुंगेलको समर्थन सहित प्रतिस्पर्धामा उत्रने भएकोले प्रेमले सजिलै चुनाव जित्ने एमाले रामेछापका अर्को एक नेताले बताए ।
त्यस्तै सचिवमा वर्तमान उपसचिव प्रकाश कुमार कार्की,अर्का उपसचिव होतराज ढकाल, खेलकुद महासंघका केन्द्रीय कोषाध्यक्ष उज्ज्वल सुवेदीले, मिलन घिसिङ र रोशन पाख्रिन आकांक्षी छन् । महिला सचिवमा मखमली श्रेष्ठ, राधिका श्रेष्ठ र मन्जुमाया कार्कीको दावी रहेको छ ।
एमालेको पार्टी विधान अनुसार एक अध्यक्षसहित, उपाध्यक्ष, सचिव, उप–सचिव दुई जना मध्ये एक जना महिला अनिवार्य हुने गरी पाँच जना पदाधिकारी सहित ९० जना सदस्यीय जिल्ला कमिटी निर्वाचित हुने प्रावधान रहेको छ ।
एमाले रामेछापको सात सय जना प्रतिनिधिहरु रहेका छन् । प्रतिनिधिहरुमा उमाकुण्ड गाउँपालिकाबाट ४८ जना, गोकुलगंगा गाउँपालिकाबाट ५७ जना ,लिखु तामाकोशी गाउँपालिकाबाट ६६ जना,मन्थली नगरपालिका बाट १३५ जना , रामेछाप नगरपालिका बाट ५६ जना ,खाँडादेवी गाउँपालिकाबाट ९३ जना,दोरम्बा शैलुङ गाउँपालिकाबाट ७३ जना र सुनापति गाउँपालिकाबाट ४३ जना गरि भूगोल तर्फबाट जम्मा ५७१ रहेका छन् ।
त्यस्तै जनसंगठनबाट ५२, जिल्ला सल्लाहकार बाट २५ जना,विभिन्न विभाग बाट १६ जना, जिल्ला कार्यालय बाट ३ जना, मनोनित (५ प्रतिशत) ३३ जना गरि जम्मा सात सय प्रतिनिधि रहेको हो ।
रामेछाप । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले संविधानको रक्षा र संविधानले निर्दिष्ट गरेको दिशामा देशलाई अघि बढाउन एमालेले एकल बहुमत लयाए मात्रै सम्भव रहेको बताएका छन् ।
बुधबार नेकपा एमाले रामेछापको नवौँ जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रमलाई मन्थलीमा सम्बोधन गर्दै पौडेलले एमाले कमजोर भयो भने देश पनि कमजोर हुने बताए । ‘संविधानको रक्षा, कार्यान्वयन र समाजवादवादको बाटोमा अघि बढ्ने प्रश्न नेकपा एमालेसँग जोडिएको छ, नेकपा एमालेको भविष्य सिङ्गो राष्ट्रको भविष्यसँग जोडिएको छ’, पौडेलले भने ।
अहिलेको सत्ता समीकरणको न्यूनतम साझा सहमति बनेको र जनतामा आशा जगाउने काम भएको उनले बताए । ‘हामीले गुच्चा खेलिरहेका छैनौँ, यो सरकार विरुद्ध कस्ता षडयन्त्र भइरहेका छन् भन्ने हामीलाई थाहा छ, ती षडयन्त्रलाई हामी एक एक गरेर तोडेर अघि बढ्ने छौँ, यो सरकारलाई सकारात्मक हिसाबले काम गर्ने दिशामा अघि बढाइरहने छौँ’, उनले भने ।
काठमाडौँ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) को छुट्टा–छुट्टै बैठक बसिरहेको छ ।
जसपा नेपालको बैठक ललितपुरको ज्यापु प्रज्ञा भवनमा जारी छ भने जसपाको बैठक बसेर होटलमा चलिरहेको छ ।
पार्टी विभाजनपछिको अवस्थाबारे छलफल गर्ने र अगामी कार्यनीतिको विषयमा छलफल गर्न जसपा नेपालका अध्यक्ष यादवले केन्द्रीय समितिको बैठक बोलाएका हुन् ।
यस्तै राई नेतृत्वको जसपाको पदाधिकारीको बैठकले अगामी रणनीतिको बारेमा छलफल गरिरहेको छ ।
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ दाँतको उपचार गराउन चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल पुगेका छन् ।
बुधवार बिहानदेखि नै दाँत दुखाई सुरु भएपछि चेकजाँच तथा उपचारका लागि वीर अस्पतालमा पुगेका प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।
उनका अनुसार वीर अस्पतालमा रहेको भीभीआईपी कक्षमा अस्पतालका डा. ऋतु श्रेष्ठ नेतृत्वको टोलीले चेकजाँच तथा उपचार गरिरहेको छ ।
काठमाडौं । दक्षिण कोरियाले नेपाललाई गर्दै आएको विभिन्न सहयोगलाई थप वृद्धि गर्दै जाने भएको छ ।
नेपाल र गणतन्त्र कोरियाबीच कूटनीतिक सम्बन्धको ५० वर्ष पुगेका अवसरमा नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क ताई योङले सञ्चारकर्मीसँगको अन्तरक्रियामा सो जानकारी दिएका हुन् ।
राजदूत पार्कले नेपाललाई प्रदान गरिँदै आएका विविध सहयोगमा आगामी दिनमा वृद्धि हुँदै जाने उल्लेख गरे ।
गणतन्त्र कोरियाले नेपाललाई खासगरी स्वास्थ्य, शिक्षा, कृषि र सुशासनका क्षेत्रमा सहयोग गर्दै आएको छ । राजदूत पार्कले अन्य मुलुकको तुलनामा आफूहरूले नेपाललाई गरेको सहयोग नमूनाका रूपमा रहेको उल्लेख गर्दै सन् २००७ मा नेपालसँग रोजगार अनुमति प्रणाली सम्झौता भएयता हालसम्म एक लाखभन्दा बढी नेपालीले दक्षिण कोरियामा रोजगारी प्राप्त गरिसकेका छन् ।
हाल दक्षिण कोरियामा इपीएसअन्तर्गत ४३ हजार नौ सय ६३ नेपाली विभिन्न क्षेत्रमा रोजगारीमा छन् ।
“कोरियामा हाल जन्मदर न्यून भएकाले श्रमिकको खाँचो छ, नेपालबाट श्रमिक कामदार लैजाने प्रक्रियाअन्तर्गत आगामी दिनमा अझ वृद्धि हुनेछ”, राजदूत पार्कले भने ।
हाल दक्षिण कोरियाको उत्पादनमूलक, कृषि, पानीजहाजलगायत क्षेत्रमा नेपाली श्रमिक कार्यरत छन् । आगामी वर्ष दक्षिण कोरियाले वन्यजन्तु र वन क्षेत्रमा समेत नेपाली श्रमिक लैजाने योजना रहेको राजदूत पार्कले बताए ।
दक्षिण कोरियाले विभिन्न १६ देशबाट वार्षिक एक लाख श्रमिक माग गर्ने गरेको छ । त्यसमध्ये नेपाल पहिलो स्थानमा छ । रासस
काठमाडौं । मानव तस्करीमा संलग्न रहेको अभियोगमा कैलाली गौरीगंगा नगरपालिका-२ घर भई ललितपुर, ललितपुर महानगरपालिका-७ झम्सिखेल बस्ने ४१ वर्षीय तेज राम चौधरीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई ललितपुर झम्सिखेलबाट पक्राउ गरेको हो ।
चौधरीले अमेरिका पठाइदिन्छु केही समय ब्राजिलमा गएर काम गर्नुपर्ने र फिलिपिन्स हुँदै जानु पर्छ भनि भन्दै ४ जना पीडितहरूबाट पटक पटक गरी जम्मा १ करोड १८ लाख ५९ हजार रूपैयाँ लिई सम्पर्क विहीन भएको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । साथै पीडितहरूलाई ब्राजिलको वर्किङ भिसामा लगाई श्रम स्वीकृति समेत निकाली फिलिपिन्स पुर्याएकोमा त्यहाँको अध्यागमनले नक्कली कागजात भनि फिर्ता पठाएको, पीडितहरू नेपाल फर्केपछि पुन: दिल्ली पुर्याई होटलमा बन्धक बनाएको र पीडितहरूले ३९ लाख रूपैयाँ बुझाएपछि होटलबाट मुक्त भएको समेत खुल्न आएको छ ।
उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।
काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले अहिलेसम्म कांग्रेस एमालेको सरकार बनाउने विषयमा कुनै छलफल नभएको बताएका छन् । बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सो कुरा बताएका हुन् ।
‘एमालेसँग सरकार बनाउने कुरामा अहिलेसम्म कुनै छलफल भएको छैन । तर अहिले आम रूपमा ठुला दलहरू मिलेर सरकार बनाए हुन्थ्यो भन्ने धारणा आउन थालेको छ’ लेखकले भने, ‘साना साना दलहरू लिएर सरकार बनाउँदा सरकार अस्थिर भयो भन्ने धारणा जनमानसमा छ, एमाले, कांग्रेसमा पनि छ । तर अहिलेसम्म कांग्रेस एमालेको सरकार बनाउने विषयमा कुनै छलफल भएको छैन ।’
उनले अहिलेको सत्ता समीकरण भत्काउने पक्षमा नभएको बताउँदै राजनीतिक दलहरूसँग छलफल हुनु सामान्य रहेको बताए ।
काठमाडौं । मानव तस्करीमा संलग्न रहेको अभियोगमा कैलाली गौरीगंगा नगरपालिका-२ घर भई ललितपुर, ललितपुर महानगरपालिका-७ झम्सिखेल बस्ने ४१ वर्षीय तेज राम चौधरीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई ललितपुर झम्सिखेलबाट पक्राउ गरेको हो ।
चौधरीले अमेरिका पठाइदिन्छु केही समय ब्राजिलमा गएर काम गर्नुपर्ने र फिलिपिन्स हुँदै जानु पर्छ भनि भन्दै ४ जना पीडितहरूबाट पटक पटक गरी जम्मा १ करोड १८ लाख ५९ हजार रूपैयाँ लिई सम्पर्क विहीन भएको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । साथै पीडितहरूलाई ब्राजिलको वर्किङ भिसामा लगाई श्रम स्वीकृति समेत निकाली फिलिपिन्स पुर्याएकोमा त्यहाँको अध्यागमनले नक्कली कागजात भनि फिर्ता पठाएको, पीडितहरू नेपाल फर्केपछि पुन: दिल्ली पुर्याई होटलमा बन्धक बनाएको र पीडितहरूले ३९ लाख रूपैयाँ बुझाएपछि होटलबाट मुक्त भएको समेत खुल्न आएको छ ।
उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टी विभाजनपछि पनि पार्टीको बहुमत सदस्य आफ्नो पक्षमा रहेको बताएका छन्।
पार्टी विभाजनपछि पछिल्लो राजनीतिक अवस्थाबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा बोल्दै पार्टी फुटायौँ भनेर प्रचार गर्नेहरूको पक्षमा जनमत नहुने बताए ।
उनले भने- लाखौँ पार्टी सदस्य र नेताहरू हामीसँगै छन्, केन्द्रीय समितिमा दुई तिहाइभन्दा बढी हामीसँगै छन्, कार्यकारिणी समितिको बहुमत सदस्य यही बसिराख्नुभएको छ। ५÷७ सांसदहरू मन्त्री बनाइदिने, अनेक प्रलोभन, खर्च पनि निकै गरिएको देखियो, खर्च गरेरै भए पनि पार्टी फुटाए भनेर जुन किसिमको प्रचार गरिएको छ त्यसले जनआधार पाउँदैन, पार्टी अझै सुदृढ भएर जान्छन्।
उनले आफूले कार्यवाहक अध्यक्ष दिएकै व्यक्तिले पार्टी फुटाएर हिँडेको बताए।
उनले भने- पार्टीमा कुरा सुनिएर रे, बाहिर भएको बेलामा कसरी सुन्न सकिन्छ। उहाँलाई कार्यवाहक अध्यक्ष बनाएर गएको हो, आजका समस्याको त उहाँले नै पो हल गर्ने हो त। मन्त्री बनाइदिएन भनौँ भने बनाइदिएकै हो। पहिला बनी बनाइदिएकै हो, अहिले पनि हुनुहुन्छ, सांसद पनि बनाइदिएकै हो। के चाहिँ बनाइदिन सक्ने थिए र यहाँभन्दा मैले।





