
रुपन्देही । सहकारी ठगी मुद्दामा थुनामा रहेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन धरौटीमा रिहा भएलगत्तै पुन: पक्राउ परेका छन् ।
पुनलाई प्रहरीले रुपन्देहीबाट पक्राउ गरेको हो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले दीपेश पुनलाई सीआईबीको कार्यालयमा उपस्थिति गराउन पत्राचार गरेकाले उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
उनी अहिले इलाका प्रहरी कार्यालयको हिरासतमा छन् ।
फुट–टेक फुटसल प्रतियोगिताको दोस्रो संस्करण आगामी जेठको पहिलो सातादेखि हुने भएको छ । सूचना प्रविधिको क्षेत्रमा काम गर्दै आएका संस्थाहरुको सहभागिता रहने यो प्रतियोगितााका खेलहरु पेप्सीकोलास्थित रोयल नेपाल फुटसलमा हुनेछ । आयोजक लेट्स प्ले स्पोर्टले आज पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा पुरुषतर्फ ३२ र महिलातर्फ आठ टिमको सहभागिता रहने जानकारी गरायो ।
प्रतियोगिताका खेलहरु जेठ ५ गतेदेखि प्रत्येक शनिबार संचालन हुनेछन् । जसअन्तर्गत पहिलो र दोस्रो शनिबार समूह चरणका तथा तेस्रो र चौथो शनिबार नकआउट चरणका खेलहरु संचालन हुनेछन् ।
प्रतियोगिताको पुरुषतर्फको विजेताले उपाधिसहित एक लाख ५० हजार र उपविजेताले ७५ हजार रुपैयाँ जित्नेछ भने महिलातर्फको च्याम्पियनले ३० र उपविजेताले २० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।
प्रतियोगितासँगै फुटसलका प्रतिभाहरुको प्रस्तुतीसहितको फ्रिस्टाईल स्कील च्यालेञ्ज पनि आयोजना हुनेछ । जसमा फुटसलमा विषेश कला भएकाले प्रस्तुती गर्ने र उत्कृष्ट कला प्रस्तुत गर्नेलाई पुस्कार वितरण गरिनेछ ।
प्रतियोगितामा धेरैभन्दा धेरैको सहभागिता गराउनका लागि हामीले यो पटक सहभागी कम्पनीहरुमा ट्रफी टुरको आयोजना गरिने आयोजकले जनाएको छ ।
सिमकोट । दैखेल जिल्ला भैरवी गाउँपालिका– १ को जल्जलेमा निर्माण तीब्र पारिएको पेट्रोलियम पदार्थ अन्वेषणका लागि मेशिन जडान कार्य अन्तिम चरणको पुगेको पाइएको छ । मेशिन अन्वेषण स्थलमा डुवानी भएर आई पुगे लगत्तै जडान कार्यलाई तिब्रता पारिएपछि सो कार्य अन्तिम चरणमा पुगेको हो।
पेट्रोलियम पदार्थ अन्वेषण आयोजना प्रमुख दिनेश नापितले हालसम्म नब्बे प्रतिशत मेशिनहरुको जडान कार्य पुरु भएको बताए। उनले यो काम गर्नका लागि चिनीया प्राबिधिक र नेपाली कामदारले तीन सिफ्टमा कामलाई तिब्रता दिई रहेको बताए। उनले अब बढीमा पन्द्र दिनमा मेशिन जडान पूरा गरिसक्ने बताए।
बुटवल । सहकारी प्रकरण मुछिएका दीपेशकुमार पुन रिहा भएका छन् । बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा अदालतले रिहा गर्न आदेश दिएको एक हप्तापछि आज पुन धरौटीमा रकम जम्मा गरेर रिहा भएका हुन् ।
उनी पूर्व उपराष्ट्रपति नन्दकिशोर पुनका छोरा हुन् । न्यायाधीश डा.श्रीप्रकाश उप्रेतीको इजलासले पुनसँग ४ लाख धरौटी माग गरेको थियो । उक्त रकम आज (एक हप्ता पछि) बुझाएर पुन छुटेका जिल्ला अदालत रुपन्देहीका सूचना अधिकारी अनन्तराम मरासिनीले बताए ।
अदालतले गत शुक्रवार अध्यक्ष ओमप्रकाश गुरुङबाहेक अन्यलाई धरौटीमा छाड्न आदेश दिएको थियो । अध्यक्ष गुरुङ भने भैरहवास्थित कारागारमा छन् ।
काठमाडौं । क्यानडा पठाईदिन्छु भनि दुवई पुर्याई मानवबेचबिखन गरेको अभियोगमा बारा सिम्रौनगढ नगरपालिका-३ ठेगाना भई काठमाडौं नागर्जुन नगरपालिका-१ बस्ने फिरोज खाँन भन्ने २६ वर्षीय फरमान हवारीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
टिकटकको माध्यमबाट चिनजान भएका हवारीले धेरै मानिसहरूलाई क्यानडा पठाईसकेको भनि प्रलोभन देखाउँदै पीडितलाई दुवई पुर्याई बन्धक बनाई राखेको अवस्थामा पीडितको आफन्तको सहयोगमा नेपाल फिर्ता हुन सफल भएका थिए । घटनामा संलग्न रही फरार रहेका हवारीलाई मानवबेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनसँगको समन्वयमा काठमाडौं नयाँ बानेश्वरबाट पक्राउ गरेको हो ।
हवारीले क्यानडा जानको लागि ३० लाख रूपैयाँ लाग्ने बताएको, पीडितलाई बिहे गर्ने सम्म प्रलोभन देखाई नेपालमै पटक पटक यौन शोषण गरेको र विभिन्न समयमा ११ लाख २८ हजार रूपैयाँ रकम समेत ठगी गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ ।
उनी उपर मानवबेचबिखन तथा ओसार पसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान गर्नुका साथै घटनामा संलग्न अन्य प्रतिवादीहरूको समेत प्रहरीले खोजी गरिरहेको छ ।
काठमाडौं । अढाई वर्षकी बालिकालाई बेचबिखन गरेको अभियोगमा ललितपुर गोदावरी नगरपालिका-१३ घर भई काठमाडौं जडिबुटी बस्ने उर्मिला भन्ने ४३ वर्षीय कल्पना विश्वकर्मालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
विश्वकर्माले मकवानपुरको एक परिवारकी बालिकालाई होस्टेलमा राखि पढाई दिने प्रलोभन देखाई काठमाडौंस्थित आफ्नै घरमा राखेको र झापाको काकरभिट्टा पुर्याई भारत सिलगुडीबाट आएकी उनकै साथीलाई सुम्पिएको भन्ने सूचनाको आधारमा प्रहरी, राष्ट्रिय बालबालिका खोजतलास केन्द्र तथा राष्ट्रिय बाल अधिकार परिषद्को पहलमा सोमबार ती बालिकाको उद्दार गरि हाल सुरक्षित आवासगृहमा राखिएको छ । मानवबेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न विश्वकर्मालाई काठमाडौं भृकुटीमण्डपबाट पक्राउ गरेको हो ।
उनी उपर मानवबेचबिखन तथा ओसार पसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
एजेन्सी । हामीले सपनामा के देख्न सक्ने कसैको नियन्त्रणमा छैन । सपना एउटा यस्तो सत्य हो जुन सबैका लागि सामान्य छ र हरेक व्यक्तिले जीवनमा कहिलेकाहीं सपना अवश्य देख्छ । आज हामी कुरा गर्दैछौं सर्पको सपनाको बारेमा ।
हो, सपनामा सर्प देखेर डराउनु सामान्य छ । यसलाई लिएर हाम्रो समाजमा थुप्रै प्रकारका विश्वासहरू छन् । धार्मिक ग्रंथहरूमा, सर्पको सपना लिएर धेरै कुराहरू भनिएको छ। आउँनुहोस जानौं सपना सँग सर्पको के सम्बन्ध हुन्छ ।
१, यौ’न जीवन र सर्प
केही अध्यनहरुमा यो पनि भनिएको छ कि तपाईले सपनामा सर्प देख्नु र तपाईको यौ’न जीवनको निकैं नजिकैको सम्बन्ध रहेको छ । यदि सपनामा सर्प तपाईंको ओछ्यानमा देखिन्छ वा सर्पसँग जोडिएको अन्य पुरात देख्नुभयो भने त्यसको सिधै असर तपाईंको यौ’न ऊ’र्जासँग हुन्छ । साथै सपनामा स’र्प देख्नाले तपाई आफ्नो यौ’न सा’थिका बारेमा धेरै कुराहरु जान्न सकनुहुन्छ भन्ने विश्वास छ ।
२, सर्प र समृद्धि
पुरानो समयमा, सर्पलाई सद्धृदिसँग जोडेर हेर्ने गरिएको थिँयो । यस विश्वासको अनुसार, यदि तपाईंले आफ्नो सपनामा सर्प देख्नुभयो भने, तपाईंले चाँडै सफलता र पैसा पाउँदै हुनुहुन्छ । तपाईले थालेको काममा तपाई सफलताको नजिक हुनुहुनछ । यर्सथ तपाईंले सफलताको मार्गमा आउँने सबै बाधाहरु पार गर्नुभयो ।
३, सर्प र चेतावनी
सपनामा सर्पको बारेमा अर्को धारणा यो हो कि तपाईंको वरिपरि कसैले त्यस्ता व्यक्ति छ, जसलाई तपाईले अत्याधिक मात्रामा विश्वास गर्नुहुँदैन । दोस्रो तथ्य के हो भने तपाईं कुनै पनि सत्यलाई बेवास्ता गरेर गलत मार्गमा अगाडि बढ्दै हुदैँन, यसलाई पनि जान्नुहोस्।
४, सर्प र आध्यात्मिकता
पूर्वी देशहरूमा प्रचलित विश्वासका अनुसार, सपनामा सर्प आउँनु भनेको तपाईंको कुन्डलिनी जागृत हुनु हो । तपाईंको शरीरले नयाँ प्रकारको ऊर्जा पाउँदैछ, जसमा तपाईंले सफलताको मुकुट प्राप्त गर्न सक्नुहुनेछ। सपनामा सर्प हुनुको अर्थ आध्यात्मिक उपलब्धिहरु संग पनि जोडिएको छ।
५, सपनामा सर्पले ड’स्नु
यदि सपनामा तपाईलाई सर्पले ड’स्यो वा तपाईलाई नि’ल्ने कोशिस गर्दैछ भने,यसको अर्थ हुन्छ तपाईंले कुनै पनि संघर्ष वा जीवनमा चलिरहेको परिस्थितिहरूलाई यथास्थितमा छोड्नु पर्छ । भविष्यमा यो स्थिति एक बोझ हुन सक्छ किनभने,यसको साथ बलियो रूपमा संलग्न हुनु तपाईको लागि बोझ भन्दा अरु केही हुँदैन ।
६, सर्प र मन पर्ने वा नपर्ने
वातावरणको अनुसार तपाईं जहाँ बस्नुहुन्छ, सपनामा सर्प आउनुको अर्थ फरक हुन सक्छ। तर सर्पको बारेमा तपाईं कसरी सोच्नुहुन्छ ? चाहे तपाईं तिनीहरूसँग डराउनु हुन्छ वा हुँदैन, तपाईंको सपना पनि यस कुरामा निर्भर गर्दछ । किनकी यदि तपाईं सर्पदेखि डराउँनुहुन्छ भने, सपनामा सर्प देखेर तपाईंको अनुभव कुनै सर्प पालेर बसेको मानिसको भन्दा फरक हुन सक्छ । यो भनिएको छ, हामी अक्सर हाम्रो सपनाहरु मा त्यहि चीजहरू देख्छौं, जसको हामी वरिपरि छौं वा त्यसका बारेमा हामी अधिक सोच्न सक्छौं।
काठमाडौं। जिल्ला अदालत रौतहटले नेपाली काँग्रेसका नेता मोहम्मद अफताब आलमसहित चार जनालाई जन्मकैदको सजाय सुनाएको छ। रौतहटका न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले बिहीबार आलमसहित चार जनालाई जन्मकैदको फैसला सुनाएको हो।
अदालतका स्रेस्तेदार उद्धव ढोडारीका अनुसार जन्मकैदको सजाय पाउनेहरूमा काँग्रेस नेता आलम, उनका भाइ मोहम्मद महताब आलम, शेख सराज र बद्री सहनी रहेका छन्। उनीहरूलाई पुरानो मुलुकी ऐन अनुसार जन्मकैद बापत २० वर्ष जेल सजाय हुने छ। त्यस्तै, घटनाका अभियुक्त बनाइएका मुक्ति साहलाई भने सफाइ मिलेको छ। यसैगरी, ६ जनाको हकमा मुद्दा मुल्तबीमा राखिएको छ।
पहिलो संविधानसभाको निर्वाचनको पूर्वसन्ध्यामा २०६४ चैत २७ गते राति अहिलेको राजपुर नगरपालिकाको फरदवा गाउँमा भएको बम विस्फोटको घटना र त्यसपछि प्रमाण नष्ट गर्न २३ जनालाई इँटाभट्टामा जिउँदै जलाएर मारेको अभियोगमा नेता आलम, उनका भाइ मोहम्मद महताब आलम र शेख सराजसहित ११ जनाविरुद्ध ०७६ साल कात्तिक १८ गते मुद्दा दर्ता भएको थियो। सोही मुद्दामा काँग्रेस नेता आलम ०७६ असोज २६ मा पक्राउ परेका थिए।
काठमाडौं । जनता समाजवादी पार्टी(जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्ने भएको छ ।
बैठक बिहान ११ बजे पार्टी कार्यालय बालकुमारीमा बस्ने प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
उनका अनुसार बैठकमा पार्टीको राष्ट्रिय महाधिवेशनको तयारीका विषयमा छलफल हुनेछ।
जसपाले जेठ २८ गतेदेखि जनकपुरमा महाधिवेशन गर्ने तय गरेको छ ।
भक्तपुर । कक्षा १२ परीक्षा आजदेखि देशभर सुरु भएको छ । बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते सम्पन्न हुने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिए ।
उनका अनुसार यसवर्ष परीक्षामा नियमिततर्फ एक लाख ९६ हजार नौ सय १४ छात्रा र एक लाख ९३ हजार नौ सय ३३ जना छात्र गरी तीन लाख ९० हजार आठ ४७ परीक्षार्थीहरु सहभागी हुने भएका छन् । त्यस्तै ग्रेड वृद्धितर्फ एक लाख छ सय ५० विद्यार्थी सहभागी हुने भएका छन् । देशभरका पाँच हजार पाँच सय ४२ विद्यालयका विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी हुनेछन् ।
परीक्षाका लागि बोर्डले देशभर एक हजार पाँच सय २५ परीक्षा र देशबाहिर जापानमा एक गरि कूल एक हजार पाँच सय २६ परीक्षा केन्द्रमा निर्धारण गरेको उनले जानकारी दिए । सबैभन्दा बढी काठमाडौँमा एक सय ४४ र मनाङ÷मुस्ताङमा एक÷एक वटा परीक्षा केन्द्र निर्धारण गरेको छ । पहिलो पटक बोर्डले यसवर्ष स्वचालित (स्यान्डम) प्रक्रियाबाट काडमाडौँका परीक्षा केन्द्र निर्धारण गरेको हो ।
परीक्षा सञ्चालनका लागि केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, कर्मचारी, कार्यालय सहयोगी गरी ३४ हजार एक सय ७१ जनशक्ति र १८ हजार तीन सय प्रहरी परिचालन हुने भएका छन् ।





