
मोडल अन्जु खड्काको र आशुतोश राइको अभिनयमा कसम बोलको गितको म्युजिक भिडियो सार्बजनिक भएको छ।
र्यान राइको सब्द, आशुतोस राइको सङ्गीत र गायन रहेको गितमा दिनेश न्यौपानेको एरेन्ज रहेको छ।
गायक मोडल आशुतोश राइकै कथा निर्देशन रहेको भिडियोमा गम्भीर बिस्टले कोरियोग्राफी गरेका भिडियोलाइ बिनोद लामाले छायान्कन गरेका हुन भने मनोज कार्कीले एडिट गरेका हुन ।भिडियो आशुतोस राइकै युटुब च्यानल मा हेर्न सकिन्छ ।
काठमाडौं । एपीएफ क्लबले सातौं केएनपी नेरोलेक शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगितामा बिहीबार लगातार दोश्रो जित हात पारेको छ ।
केएनपी नेरोलेकको मुख्य प्रायोजनमा शेरबहादुर खड्का स्मृति प्रतिष्ठानद्वारा आयोजित प्रतियोगितामा एपीएफले नेपाल आर्मीलाई २५–२३, २५–२३, १३–२५, १४–२५ र १५–९ ले पराजित गरेको हो । एपीएफकी निरुता ठगुन्ना ‘प्लेयर अफ दि म्याच’ घोषित भइन् । दुई खेलमा आर्मीको भने लगातार हार भयो । पहिलो दिन बुधबार आर्मी न्यु डायमन्डसंग ३–१ ले पछि परेको थियो ।
नेपाल प्रहरी क्लबले पहिलो जित दर्ता गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा प्रहरीले साविक विजेता न्यु डायमन्डलाई १८–२५, २५–२२, २५–२२ र २५–१८ को सेटमा हरायो । पहिलो खेलमा प्रहरी एपीएफसंग ३–१ ले चुकेको थियो । दुई खेलमा न्यु डायमन्डको भने पहिलो हार हो । प्रहरीकी कोपिला राना ‘प्लेयर अफ दि म्याच’ बनिन् ।
प्रतियोगिताअन्तर्गत शुक्रबार २ खेल हुनेछ । पहिलो खेलमा प्रहरीले आर्मीको सामना गर्ने छ भने दोश्रोमा न्यु डायमन्डले एपीएफ विरुद्ध प्रतिस्पर्धा गर्ने छ ।
काठमाडौं, बैशाख १३ःयुवा तथा खेलकूद मन्त्री विराजभक्त श्रेष्ठ र अन्तराष्ट्रिय ओलम्पिक कमिटीकी सदस्य तथा विश्व ट्रायथलनकी अध्यक्ष मारिसोल कसाडोबीच आज भेटवार्ता भएको छ । आज नेपाल आइपुगेकी कसाडो र मन्त्री श्रेष्ठबीच युवा तथा खेलकूद मन्त्रालयमा भेट भएको हो ।
भेटमा नेपाली ट्रायथलनको विकासका लागि छलफल भयो । यस्तै ट्रायथलनको विकासको लागि हुन सक्ने सहयोग र संभावनाको विषयमा पनि कुराकानी भएको थियो । यस्तै अन्तर्राष्ट्रिय लगानी, खेल पर्यटनको प्रचुर सम्भावनाको विषयमा पनि छलफल भएको छ ।
कसाडो पछिल्लो १६ वर्षदेखि विश्व ट्रायथलनकी अध्यक्ष पदमा रहेकी छिन् । उनको यो तेस्रो नेपाल भ्रमण हो । यसअघि उनी १० वर्ष अगाडि नेपाल आएकी थिइन् । उनी शनिबार पोखरामा हुने एसियन कप एन्ड साउथ एसियन ट्रायथलन च्याम्पिनयसपमा सहभागी हुने छिन् । सो च्याम्पियनसिपमा १५ देशका ६५ भन्दा बढी खेलाडीको सहभागीता रहने छ । विश्व ट्रायथलनका महासचिव आन्टोनियो अरमानी पनि शुक्रबार नेपाल आइपुग्ने छन् ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ र विश्व ट्रायथलन महासंघकी अध्यक्ष एवं अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीकी सदस्य मारिसोल कासाडोबीच भेटवार्ता भएको छ । त्रिपुरेश्वरस्थित राखेपका सदस्य–सचिव घिसिङको कार्यकक्षमा भएको भेटमा दुई पक्षबीच नेपाल र विश्वमा ट्रायथलनको अवस्था बारे छलफल भएको थियो ।
भेटका अवसरमा सदस्य–सचिव टंकलाल घिसिङले नेपालमा ट्रायथलन खेलको विकासका लागि विश्व ट्रायथलन महासंघबाट सहयोगका लागि आग्रह गरेका थिए ।
प्रेम कुमार कार्की (सेवक) २०३४ असार ५ गते रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका वडा नं. ६ गुप्तेश्वरमा जन्मिएका हुन् । अध्ययन गर्दागदै सानै उमेरमा राजनीतिमा लागेका सेवक भर्खरै नेकपा माओवादी केन्द्रका जिल्ला समन्वय समिति रामेछापको सचिव बनेका छन् ।
विद्यालय पढ्दा देखिनै राजनीतिक जीवनको शुरुवात गरेका सेवक विभिन्न विधार्थी संगठनमा रहि काम समेत गरेका थिए ।
जनयुद्ध सुरुहुन पहिले नै माओवादी धारबाट उदायका सेवक २०५३ सलादेखि माओवादी आन्दोलनका गतिविधि सञ्चालन गर्दै आएका थिए । २०५४ सालमा अनेरास्ववियु (क्रान्तिकारी) आर आर क्याम्पस इकाई सदस्य बनेका थिए सेवक ।
२०६० मा उपव्युरो सदस्य बनी जनमुक्ति सेनाको कम्पनी कमिसारको जिम्मेवारीका साथ जनमुक्ति सेनाको फर्मेसनको जिम्मेवारी बहन गरेका सेवकले विभिन्न महत्वपूर्ण लडाई समेत लडेका छन् ।
२०६३ मा वाइसीएल केन्द्रीय सदस्य तथा रामेछाप जिल्ला को अध्यक्ष समेत बनेका सेवक २०६९ मा नेकपा माओवादी जिल्ला संगठन समिति सचिव हुदै पार्टी केन्द्रीय सम्मेलन आयोजक समिति सदस्य बनेका थिए ।
सेवक संघियता आएपछि बागमती प्रदेश सचिवालय सदस्य भएका थिए । नेकपा माओवादी केन्द्रका प्रदेश सचिवालय सदस्य रहेका सेवक हाल जिल्ला समन्वय समिति रामेछापको सचिव बनेका हुन् । पार्टी संगठनलाई मजबुत बनाउन सबैको सल्लाह सुझावलाई लिएर अगाडी बढ्ने उनले बताएका छन् ।
काठमाडौं । नक्कली भुटार्नी शरणार्थी प्रकरणमा पूर्वसांसद एवं कांग्रेस नेता आङटावा शेर्पालाई ३० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।
सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले शेर्पालाई पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालत काठमाडौं र उच्च अदालत पाटनको आदेश बदर गरेको हो ।
यस्तै उच्चले थुनामा पठाएका गोबिन्दकुमार चौधरीलाई पनि सर्वोच्चले धरौटीमा छाड्न आदेश दिएको छ ।
तत्कालिन हज समितिका अध्यक्ष शमशेर मियालाई पनि सर्वोच्चले साधारण तारेखमा छाड्न आदेश दिएको छ । उनलाई उच्च अदालतले १० लाख धरौटीमा छाड्न आदेश दिएको थियो ।
तर पीडितहरुले उनलाई रकम दिएको भनेर नाम उल्लेख नगरेको, इन्कारी बयान दिएको र कसैले उनको नामसमेत नपोलेकाले १० लाख धरौटी लिने आदेश बदर भएको छ ।
सोसल मिडिया प्लाटफर्म टिकटकले कम्पनी बिक्री गर्नुपर्ने अन्यथा प्रतिबन्धको सामना गर्नुपर्ने प्रावधान सहितको ‘असंवैधानिक’ अमेरिकी कानुनलाई अदालतमा चुनौती दिने बताएको छ ।
अमेरिकी संसदका दुबै सदनले पारित गरेको उक्त विधेयकलाई राष्ट्रपति जो बाइडेनले हस्ताक्षर गरेसँगै लागू भएको छ । नयाँ कानूनअनुसार टिकटकको मातृ कम्पनी बाइटडान्सलाई अमेरिकामा टिकटक प्लाटफर्म बिक्री गर्नका लागि ९ महिनाको समय दिइएको छ, अन्यथा टिकटक एप अमेरिकामा प्रतिबन्धित हुनेछ ।
टिकटकले प्रयोगकर्ताका विवरणहरु चीन सरकारलाई दिनसक्ने भन्दै अमेरिकाले उक्त कानून लागू गरेको हो । तथापि टिकटकले भने त्यस्तो आरोप अस्वीकार गर्दै आएको छ । ‘हामी तथ्यमा विश्वास गर्दछौँ र कानुनहरु प्रष्ट रुपमा हाम्रो पक्षमा छन् । अन्ततः हाम्रै जित हुनेछ’, एक विज्ञप्तिमा टिकटकले भनेको छ, ‘तथ्य के हो भने हामीले अमेरिकी प्रयोगकर्ताका विवरण सुरक्षित राख्नका लागि अर्बौँ डलर लगानी गरेका छौँ र हाम्रो प्लाटफर्म बाह्य प्रभाव तथा हस्तक्षेपबाट मुक्त छ ।’
यस्तो प्रतिबन्धले ७० लाख व्यवसायलाई ध्वस्त पार्नुका साथै १७ करोड अमेरिकीको आवाज बन्द गरिदिनेछ ।
टिकटक विरुद्धको उक्त विधेयकमाथि माथिल्लो सदन सिनेटमा मतदान हुने क्रममा ७९ जना सांसदले पक्षमा मतदान गरे भने केवल १८ जनामात्रै विपक्षमा रहे ।
इन्टेलिजेन्स कमिटीका रिपब्लिकन सिनेटर मार्को रुबियो भन्छन्, ‘हामीले वर्षौँदेखि अमेरिकाको सबैभन्दा लोकप्रिय मध्येको एक एपमाथि चिनियाँ कम्युनिस्ट पार्टीलाई नियन्त्रण गर्न छुट दियौं । त्यो खतरनाक अदूरदृष्टि थियो ।’
टिकटकले भने बाइटडान्स चीन वा कुनै अरु देशको एजेन्ट नभएको बताएको छ । साथै बाइटडान्सले आफु चिनिया कम्पनी नरहेको दाबी गर्दै यसमा विश्वव्यापी लगानी कम्पनीहरुको ६० प्रतिशत शेयर रहेको जनाएको छ ।
कम्पनीका प्रमुख कार्यकारी शोउ जी चेवले टिकटक प्लाटफर्मको सुरक्षाका लागि कानूनी अधिकारको अभ्यास लगायतका सबैखाले प्रयास गर्ने बताएका छन् ।
विज्ञहरुका अनुसार अमेरिकाले लागू गरेको नयाँ कानुन ठूलो विषय भएपनि यसको कार्यान्वयनमा भने धेरैखाले अवरोध रहेका छन् ।
उसो त अमेरिकामा कानून बमोजिम टिकटक प्रतिबन्धित हुन वर्षौं लाग्नसक्छ र यसका लागि विषय सर्वोच्च अदालतसम्म पनि पुग्नसक्छ, जसले यस प्रक्रियालाई ढिला बनाउनेछ । गत नोभेम्बरमा मोन्टानास्थित एक अमेरिकी संघीय न्यायाधीशले उक्त राज्यमा टिकटक प्रतिबन्ध गर्ने कार्यमाथि रोक लगाएको थिए ।
साथै अमेरिकी युवाबीच टिकटकको लोकप्रियताले पनि समस्या खडा गर्न सक्दछ । अमेरिकामा दुई तिहाई युवाहरुको टिकटक अकाउन्ट छ । पहिलो चुनौति भनेको वाक स्वतन्त्रता तथा अभिव्यक्तिको स्वतन्त्रता प्राप्त गर्नु हो ।
साथै बाल अधिकार सम्बन्धी राष्ट्रसघीय घोषणापत्र अनुसार पनि बालबालिकामा सूचना थाहा पाउने र खेल्ने अधिकार छ । यी सबै आधारमा अमेरिकी काननूलाई चुनौति दिइने सम्भावना छ ।
वाशिंटनस्थित काटो इन्स्टिच्युटका जेनिफर हडलस्टोनका अनुसार उल्लेख्य नियामक जाँचका कारण टिकटकको सम्भावित बिक्री ढिला हुनसक्छ ।
अर्को महत्वपूर्ण प्रश्न भनेको के अमेरिकामा टिकटकको बिक्री वास्तवमै सम्भव छ त रु भएमा यसको खरीदकर्ता को होला रु
वास्तवमा अमेरिकामा टिकटक कसले खरीद गर्ला र सञ्चालन गर्ला भन्ने कुरा ठूलो प्रश्नको रुपमा रहेको छ । यसको मूल्य नै दशौँ अर्ब डलर हुनसक्छ । त्यसैले सम्भावित खरीदकर्ताको संख्या पनि निकै सानो हुनेछ ।-बीबीसी
काठमाडौं । वैचारिक बहसको मञ्च डिस्कोर्स डबली सुरूआतको १० वर्ष पुगेको उपलक्ष्यमा काठमाडौंमा २ दिने विचार उत्सवको आयोजना हुने भएको छ ।
नेपाल ल क्याम्पस, रत्नराज्य क्याम्पस र विश्वभाषा क्याम्पसमा हुने विचार उत्सवमा वैशाख २२ र २३ गते बहसका विभिन्न सत्र सञ्चालन हुने कार्यक्रमका संयोजक तथा नेपाल ल क्याम्पसका स्ववियु सभापति विष्णु ढुंगेलले जानकारी दिए ।
दुई दिन सञ्चालन हुने विचारको उत्सवमा २० वटा सत्रमा नेपाल र भारतका करिब ८० जना वक्ता सहभागी हुनेछन् । समसामयिक राजनीति, विश्वविद्यालयका समस्या, युवा जनशक्तिको विदेश पलायन, सिनेमा, पर्यावरण, साहित्य, संगीत, कला, शहरी सौन्दर्य लगायतका २ दर्जन विषयमा बहस हुनेछ ।
कार्यक्रममा राजनीतिज्ञ, लेखक, विश्लेषक, प्राध्यापक, कलाकार, कवि, चलचित्र निर्देशक लगायतले आ-आफ्नो विषयमा बहस गर्नेछन् । कार्यक्रममा लेखक तथा विश्लेषक सिके लालले ‘बौद्धिकताको कसीमा नेपाली समाज’ शीर्षकमा मूलप्रवचन दिने छन् । यस्तै, भारतको बद्लिँदो राजनीतिबारे दिल्ली विश्वविद्यालयका सह-प्राध्यापक तथा विश्लेषक डा.सरोज गिरीले बहस गर्नेछन् । यस्तै शिक्षा मन्त्रि सुमना श्रेष्ठले नेपालको शिक्षामा शिक्षा मन्त्रीको भुकिका बारे विचार प्रस्तुत गर्ने छिन ।
समसामयिक राजनीति, विश्वविद्यालयका समस्या, युवा जनशक्तिको विदेश पलायन, सिनेमा, पर्यावरण, साहित्य, संगीत, कला, शहरी सौन्दर्य लगायत दुई दर्जन विषयमा बहस हुनेछ। राजनीतिज्ञ, लेखक, विश्लेषक, प्राध्यापक, कलाकार, कवि, चलचित्र निर्देशकको बहस सुन्न सकिनेछ।
उत्सवमा वैचारिक बहस बाहेक नाटक प्रदर्शनी हुने छ । यस्तै, चित्रकला प्रदर्शनी, कार्टुन प्रदर्शनी र सांगितिक उत्सव पनि आयोजना गरिने ढुंगेलले बताए ।
१० वर्षमा करिब १० सय वटा बहसका कार्यक्रम आयोजना गरिसकिएको डबलीका संस्थापक नरेश रेग्मीले बताए । विश्वविद्यालयमा वैचारिकक अध्ययन र बहसलाई प्रोत्सिहत गर्न ‘विचार उत्सव’ क्याम्पस परिसरमै गर्न लागिएको संयोजक ढुंगेलले बताए ।
के हो डिस्कोर्स डबली
डिस्कोर्स डबली २०७१ सालमा रत्न राज्य क्याम्पस, ल क्याम्पस लगायतका कलेजमा अध्ययनरत विद्यार्थीहरुको सक्रियतामा सुरूवात भएको थियो । यसपछि मासिक रूपमा बहस शृङ्खला यो मञ्चले सञ्चालन गर्दै आएको थियो ।
विश्वविद्यालयमा वैचारिक अध्ययन र बहसलाई प्रोत्सिहत गर्न स्थापन गरेको डिस्कोर्स डबली विशुद्ध बहस र छलफल गर्नी थलो भएकाले यसको कुनै कमिटि छैन । डिस्कोर्स डबली अहिले सम्म कुनै ठाउमा दर्ता छैन ।
डिस्कोर्स डबली जसले मेरो हो भनेर सोच्छ उसकै हो जसले मेरो हैन भन्छ उसको हैन । बहस गर्न र विचार प्रबाह गर्न कुनै कमिटि, सस्था चाहिदैन भनेर अहिले सम्म कतै दर्ता र कुनै कमिटि नबनाएको नरेश रेग्मीले बताए ।
कास्की । कास्कीको पोखराबाट प्रहरीले अटोमेटिक पेस्तोलसहित पोखरा महानगरपालिका–१८ स्थित सराङकोट घर भएका ३८ वर्षीय राजु विक भनिने नरबहादुर विकलाइ पक्राउ गरेको छ ।
उनको साथबाट पोखरा–२४ स्थित बाँस्कोटमा निर्माणाधीन घरमा लुकाएर राखेको अवस्थामा ९–एमएमको अटोमेटिक पेस्तोल १ थान र गोली बरामद गरिएको कास्कीका एसपी मोहन थापाले बताए ।
पोखरामा डाँका चोरी र लुटपाटमा संलग्न आरोपी नरबहादुरलाई १३ वटा मुद्दा लागेको भेटिएको छ । लागुऔषध,चोरी,डाँका,लुटपाट र अभद्र व्यवहार सहित उनी विरुद्ध प्रहरीले यसअघि १३ वटा मुद्दामा अनुसन्धान गरेको प्रहरीको अपराध तथ्याङ्क रेकर्डमा भेटिएको छ । २०६२ सालदेखि नै उनी अपराधमा संलग्न रहेको एसपी थापाले जानकारी दिए ।
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको लक्ष्य सुखी नेपाली र समृद्ध नेपाल नै भएको बताएका छन् । बिहीबार काठमाडौंमा भएको राष्ट्रिय विकास परिषद्को बैठकमा प्रधानमन्त्रीले सरकारको अन्तिम लक्ष्य सुखी नेपाली र समृद्ध नेपाल रहेको बताएका हुन् ।
प्रधानमन्त्री दाहालले नेपालको सम्बन्धमा कृषिलाई उच्च प्राथमिकतामा नराखिकन कृषि उत्पादन वृद्धि र कृषि रोजगारी सृष्टि गर्ने कृषिमा आधारित उद्योगहरू स्थापना गर्ने यो कुरालाई उच्च प्राथमिकता नदिइकन उत्पादन र उत्पादन र उत्पादकत्व वृद्धिको मात्रै कुरा गरेर कुनै पनि परिणाम ननिस्किने बताए ।
उनले कृषि, ऊर्जा, पर्यटन र सूचना प्रविधिमा रोजगारी सिर्जनाको प्रचुर सम्भावना रहेको पनि बताए । युवा जनशक्तिको सीप, सामर्थ्य र क्षमतालाई विकासप्रतिको हुटुहुटीमा उपयोग गर्दै उपलब्ध प्राकृतिक श्रोत एवं साधनको कुसल एवं प्रभावकारी परिचालन गर्नसके देशको समृद्धि छोटो अवधिमा नै सम्भव रहेको बताए।
प्रधानमन्त्री दाहालले १६ औँ योजनामा एकीकृत पूर्वाधार निर्माण र सूचना प्रविधिको बिस्तार तथा उपयोगमा विशेष जोड दिएको बताए । आर्थिक समृद्धिको सम्वाहकका रूपमा निजी क्षेत्रलाई आत्मसात गर्दै सहकारी, सामुदायिक एवं गैरसरकारी क्षेत्र र विकास साझेदारलाई सहयोगी भूमिकामा योजनाले अंगीकार गरेको उनले उल्लेख गरेका थिए ।