
काठमाडौँ । बाबु जिम्बा र झाँक्री प्रकाश भुजेलको ‘आत्माकथा नाफाको जिन्दगी’ बोलको गित सार्वजनिक भएको छ ।
बाबु जिम्बा र कारसाङ लामाको शब्द तथा संगीत रहेको गितलाई कारसाङ लामाले एरेन्ज गरेका छन् ।
बाबु जिम्बा र झाँक्री प्रकाश भुजेलको अभिनय रहेको भिडियोलाई सेवा फिल्म्स प्रा. लि. ले निर्माण तथा सम्पादन गरेको छन् ।
भिडियो हेर्नुहोस :
मोरङ: विराटनगर महानगरपालिका-१६ हुलास चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ४४ मिलिग्रामसहित कानेपोखरी गाउँपालिका-५ बस्ने ३१ वर्षीय आकाश धिमाललाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यसैगरी मोरङ, पथरी शनिश्चरे नगरपालिका-३ मुक्ति चोक बस्ने २१ वर्षीय अनी मगर र २० वर्षीय आनिहान लिम्बुलाई अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब ५ सय ग्राम, ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ४ सय मिलिग्राम र नगद १९ हजार ९ सय रूपैयाँसहित आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
झापा, अर्जुनधारा नगरपालिका-५ पानीकलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४० ग्राम ८ सय २० मिलिग्रामसहित कनकाइ नगरपालिका-८ बाँङगेडागी बस्ने ३१ वर्षीय रविन चौधरीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काकरभिट्टाबाट खटिएको संयुक्त टोलीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । साथै प्रहरी टोलीलाई देख्नासाथ फरार भएका सोही नगरपालिका-४ बस्ने २७ वर्षीय बिमल राईको प्रहरीले खोजी गरिरहेको छ ।
यसैगरी झापा, दमक नगरपालिका-३ भुटानी शरणार्थी शिविर सेक्टर नम्बर सि २ हट नम्बर ९९ बस्ने इलाम चुलाचुली गाउँपालिका-५ आपझोला ठेगाना भएका ३३ वर्षीय फुर्वा तामाङलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ६ सय मिलिग्राम र नगद १५ हजार ४ सय ५० रूपैयाँसहित गएराति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बाघखोर र सशस्त्र प्रहरी बल बेस क्याम्प बेलडागीबाट खटिएको संयुक्त टोलीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
काठमाडौं। मन्त्रिपरिषद्को आज (सोमबार) बसेको बैठकले मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ। कतारका अमिर शेख तमिम बिन हमाद अल थानी भ्रमणका अवसरमा सरकारले मंगलबार सार्वजनिक बिदा दिएको हो।
यस्तै सरकारले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेश गर्ने निर्णय गरेको छ।
आज बसेको मन्त्रिपरिषद् बैठकले विपदबाट क्षति भएका तथा जोखिममा रहेका निजी आवास प्रबलीकरण, पुनस्र्थापना तथा पुनर्निर्माण गर्न तीन तहको सहलगानी हुनसक्ने गरी विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन नियमावलीमा संशोधन गर्ने निर्णय पनि गरेको छ।
त्यस्तै अर्थसचिवमा मधुकुमार मरासिनीलाई र अर्थसचिव कृष्णहरि पुष्करलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गर्ने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ।
काठमाडौं। मन्त्रिपरिषद्को आज (सोमबार) बसेको बैठकले मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
कतारका अमिर शेख तमिम बिन हमाद अल थानी भ्रमणका अवसरमा सरकारले मंगलबार सार्वजनिक बिदा दिएको हो।
सरकारले सार्वजनिक विदा दिए सँगै सामाजिक संजालमा आलोचना समेत सुरु भएको छ ।

काठमाडौं । सरकारले भ्रष्टाचार मुद्दामा सफाइ पाएका मधु कुमार मरासिनीलाई अर्थ सचिवको जिम्मेवारी दिएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले अर्थ मन्त्रालयको सचिवमा र मरासिनीलाई सरुवा गर्ने निर्णय गरेको हो ।
हाल अर्थसचिव रहेका कृष्णहरि पुष्करलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको छ ।
पेमेन्ट गेटवे अनियमितता प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत असोज १५ गते विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि मरासिनी निलम्बनमा परेका थिए । तर अदालतले सफाइ दिएपछि उनको निलम्बन फुकुवा भएको थियो ।
भ्रष्टाचार मुद्दा दायर हुँदा मरासिनी उद्योग मन्त्रालयमा सचिव थिए ।
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मदन भण्डारीको हत्यारा पत्ता लगाउन छोडेर कांग्रेसलाई गाली गर्नमात्र लागेको टिप्पणी गरेका छन् ।
सोमबार नेकपाको हीरक महोत्सवमा अतिथिको रुपमा उपस्थित भएका देउवाले आफू मदन भण्डारीको बारेमा बोल्नेगरी आएपनि कार्यक्रममा कांग्रेसलाई गाली गरेको भन्दै त्यसको जवाफ दिनुपर्ने बताए ।
“म आज वास्तवमा भन्ने हो भने मदन भण्डारीको विषयमा बोल्न आएको थिएँ तर कांग्रेसलाई कांग्रेसलाई गाली गर्नसम्म गर्नुभयो । अब मैले जवाफ दिन परिहाल्यो,” देउवाले भने,“मलाई गाली गरेको गर्यै गर्नेले मदन भण्डारीको हत्यारा खोज्न किन सक्दैन? मदन भण्डारीको हत्यारा को हो पहिला पत्ता लगाउनुस् । मदन भण्डारीको ड्राइभर पनि मारियो । मार्ने को हो अहिलेसम्म किन पत्ता लागेन रु कांग्रेसको विरोध गर्न सजिलो छ, तर मदन भण्डारीको हत्यारा पत्ता लगाउन किन सक्नुभएन रु दुईपल्ट राष्ट्रपति बन्नुभयो, प्रधानमन्त्री बन्नुभयो पत्ता लगाउनुपर्यो तपाईंहरुले ।”
उनले कांग्रेसलाई गाली गरेर केही नहुने भन्दै गाली गर्न छुट रहेको पनि बताए ।
काठमाडौ । तराई विकास तथा सन्चार केन्द्र नेपालले वृक्षारोपण गरेको छ ।
संस्थाले सोमबार बिहानै पशुपति नजिकै मृगस्थलीमा वृक्षारोपण गरेको हो।
वृक्षारोपण कार्यक्रममा अर्थ मन्त्रालयका सह-सचिव तथा बजेट लेखन समितिका सदस्य पार्वती शर्मा,नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ ,जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रमुख जितेन्द्र बस्नेत ,कलाकार दिपाश्री निरौला र केकि अधिकारी लगायत ओ उपस्थिति रहेकोे थियो ।
काठमाडौं । सरकारले भोलि सार्वजनिक बिदा दिएको छ । मंगलबार कतारका राजा नेपाल भ्रमणमा आउने दिन सरकारले सार्वजनिक बिदा दिएको हो ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी दुई दिने नेपाल भ्रमणका लागि मंगलबार नेपाल आउँदैछन् ।
विदेशी राष्ट्र प्रमुख नेपाल भ्रमणमा आउँदा यसअघि पनि सरकारले सार्वजनिक बिदा दिने गरेको थियो ।
काठमाडौं: नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागको आयोजनामा आपराधिक घटनाको समाचार सम्प्रेषण सम्बन्धी अन्तरक्रिया कार्यक्रम नेपाल प्रहरी प्रधान कार्यालयमा आइतबार सम्पन्न भएको छ ।
कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले सञ्चारकर्मीहरूसँग साक्षात्कार गर्दै अपराध अनुसन्धानसँग सम्बन्धित विषयमा छलफल समेत गर्नुभयो ।
कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक तामाङले सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको निरूपण गर्दै व्यक्ति विशेष भन्दा पनि सेवाग्राही केन्द्रीत प्रहरी सेवा प्रवाह तथा अपराध अनुसन्धानसँग सम्बन्धित विषयमा काम गर्न विभाग कटिवद्ध रहेको बताउनुभयो । प्रहरीबाट प्रवाह हुने अपराधका घटना लगायत जनचासो सम्बन्धी कुनै पनि सूचनाहरू नेपाल प्रहरीको मिडिया नीति, सांगठनिक कार्य नीतिको अधिनमा रहि सम्बन्धित कार्यालयका सूचना अधिकारी वा कार्यालय प्रमुख वा तोकिएको अधिकृतबाट प्राप्त गर्न सकिने उल्लेख गर्नुभयो । सो कार्यमा देखा परेका समस्याहरूलाई सुधार गर्दै आगामी दिनमा अझ प्रभावकारी रूपमा कार्यसम्पादन हुने उहाँले बताउनुभयो । यस्ता कार्यक्रम मार्फत सूचना प्रवाहमा देखा पर्ने समस्या एवम् चुनौतिहरूको पहिचान भई त्यसको निराकरणका लागि अन्तरक्रियाबाट प्राप्त सुझाव एवम् अपेक्षा अत्यन्तै फलदायी हुने र त्यसको कार्यान्वयनमा विभाग कटिवद्ध रहने प्रतिवद्धता उहाँले व्यक्त गर्नुभयो ।
कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका शाखा अधिकृत सारदा चालिसे र प्रेस काउन्सिल नेपालका शाखा अधिकृत महेन्द्र राज सिंह समेतले सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको निरूपण गर्नुभएको थियो । सो क्रममा उहाँहरूले सञ्चार माध्यमहरूबाट सम्प्रेषण हुने कुनै पनि घटनाहरूले अपराध अनुसन्धान तथा नियन्त्रणमा प्रभाव नपार्ने हिसाबले आफ्नो क्षेत्राधिकारभित्र रहेर कुनै पनि पूर्वाग्रह नराखी सम्प्रेषण हुनुपर्नेमा जोड दिनुभयो ।
सो अवसरमा नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रहरी उपरीक्षक दिपेन्द्र शाहीले आपराधिक घटनाको समाचार सम्प्रेषण गर्ने सम्बन्धी प्रस्तुतीकरण गर्नुभएको थियो । सो क्रममा उहाँले नेपाल प्रहरीको मिडिया नीति, नेपाल प्रहरीको अपेक्षा/ मातहत कार्यालयहरूबाट संकलित सुझावहरू बारे जानकारी दिनुभएको थियो ।
अपराध अनुसन्धान तथा नियन्त्रण सम्बन्धी विविध एवम् सो सम्बन्धी समसामयिक विषयमा सञ्चारकर्मीहरूसँग छलफल तथा अन्तरक्रिया गरिएको उक्त कार्यक्रममा विभिन्न संचारमाध्यमका सञ्चारकर्मीहरू तथा नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रहरी अधिकृतहरूको सहभागिता रहेको थियो ।
काभ्रेपलाञ्चोक, १० वैशाख । अरनिको राजमार्गअन्तर्गतको काभ्रेपलाञ्चोकको सिमास्थल साँगादेखि धुलिखेलसम्मको विस्तार कार्य निरन्तर अघि बढ्ने भएको छ । आयोजनाअन्तर्गत डेढ महिनादेखि रोकिएको बनेपा–बुडोल क्षेत्रको निर्माण कार्यलाई निरन्तरता दिने सहमति भएको हो ।
बनेपा–बुडोल खण्डमा निर्माणाधीन कल्भर्टलगायत संरचनाको निर्माण कार्य रोक्न उच्च अदालत पाटनले उत्प्रेषण आदेश जारी गरेपछि करिब डेढ महिनादेखि निर्माण कार्य रोकिएको थियो । स्थानीयस्तरमा सरोकारवालाबीच भएको बैठकले तत्कालै मुद्दा फिर्ता लिने सहमति भएपछि निर्माणलाई निरन्तरता दिइने भएको हो । जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका उपप्रमुख रिमबहादुर तामाङको अध्यक्षतामा सरोकारवाला एवं मुद्दा हाल्ने स्थानीयबीचको आइतबारको बैठकमा उक्त सहमति भएको हो ।
यस्तै उक्त बैठकले हाल निर्माणाधीन कल्भर्टको पानीलाई व्यक्तिगत जग्गामार्फत निकास नगराई सडक सिमाभित्र छुट्टै ड्रेनमार्फत चण्डेश्वरी खोलामा निकासी गराउने तथा आवश्यकताअनुसार सिँचाइ निकासका लागि व्यवस्थापन गरी अघि बढ्ने सहमति भएको छ ।
प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले अदालतको मुद्दा फिर्ता लिने र निर्माणाधीन कल्भर्टबाट पानीलाई ‘डाइभर्ट’ गरी खोलामा मिसाउने सहमति भएपछि आयोजनाको निर्माणले निकास पाएको बताए।
बनेपा नगरपालिका–६ बुडोलका १३ जनाले सुर्यविनायक–धुलिखेल–सिन्धुली–बर्दिवास सडक आयोजनाको कार्यालय भक्तपुरसहित आयोजना प्रमुख राजेन्द्र दास, बनेपास्थित ६ र ७ नं वडा कार्यालयलाई विपक्षी बनाई गत फागुन २० गते रिट दर्ता गरेका थिए । दर्ता गरिएको रिटमा गत फागुन २१ गते नै प्रारम्भिक सुनुवाइ भएको थियो
विसं २०१६ मा सडक निर्माणका बेला खेतका लागि पानी निकास गर्न राखिएको ह्युमपाइपसहितको ढलको स्थानमा हाल सडक विस्तारका क्रममा नयाँ डिजाइनमा कल्भर्ट निर्माण गरिएको थियो । हाल बस्ती विकास भए पनि उक्त कल्भर्टबाट पानी निकास हुँदा सडकको तल्लो क्षेत्रको बस्तीमा क्षति पुग्ने भन्दै स्थानीयले रिट दर्ता गरेका थिए । उक्त क्षेत्रको निर्माण कार्य रोकिँदा ‘डाइभर्ट’ गरिएको सडकमा दुर्घटनासमेत बढेका थिए भने पानी परेका बेला राजमार्गमा सवारीसाधन ठप्प हुने गरेको छ ।
तीन वर्षमा सक्ने गरी सूर्यविनायक–साँगा र साँगा–धुलिखेलको सडकखण्ड विस्तार गर्न छुट्टाछुट्टै दुई चरणमा सम्झौता भएअनुसार २०७९ फागुन १६ गतेदेखि साँगाबाट धुलिखेलसम्मको आठ दशमलव ४ किमी सडकखण्ड चार अर्ब पाँच करोड ६४ लाखको लागतमा निर्माण थालिएको थियो । रासस





