२०८३ बैशाख १७ बिहीबार
२०८३ बैशाख १७ बिहीबार

काठमाडौँ । त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा भइरहेको भलिबलको छात्रामा सेमिफाइनल समीकरण तयार भएको छ ।

समूह ‘ए’ बाट बागमती र गण्डकी प्रदेश तथा समूह ‘बी’ बाट लुम्बिनी र कोशी प्रदेशले सेमिफाइनल यात्रा तय गरेको हो । बेस्ट अफ थ्रीमा भएको प्रतिस्पर्धामा समूह ‘ए’ मा चार र समूह ‘बी’ मा तीन प्रदेशले प्रतिस्पर्धा गरका थिए ।

अब बिहीबार हुने सेमिफाइनलमा बागमती र कोशी तथा लुम्बिनी गण्डकीबीच प्रतिस्पर्धा हुनेछ । समूह ‘ए’ मा बागमतीले पहिलो खेलमा गण्डकीलाई २५–१३ र २६–२४, दोस्रो खेलमा कर्णालीलाई २७–२५ र २५–१२ तथा तेस्रो खेलमा सुदूरपश्चिम प्रदेशलाई २५–१० र २५–८ ले हराउँदै समूह विजेता बन्यो ।

गण्डकीले भने कर्णालीलाई २५–२०, २५–२७ र १५–८ ले हराउँदा सुदूरपश्चिममाथि २५–२० र २५–२२ को जित निकालेको थियो । समूह ‘बी’ विजेता लुम्बिनीले कोशीलाई २५–२३ र २५–१७ तथा मधेश प्रदेशलाई २५–१४ र २५–२१ ले हराएको थियो । यस समूहको उपविजेता कोशीले एक मात्र जित मधेश प्रदेशमाथि २५–१८ र २५–१८ ले निकालेको थियो ।

पुरुष भलिबलमा भने समूह ‘ए’ का कर्णाली र लुम्बिनी प्रदेशले सेमिफाइनलमा स्थान बनाइसकेका छन् ।

चार प्रदेश रहेको यो समूहमा कर्णाली र लुम्बिनीले एकअर्कासँग खेल्न बाँकी छ । जित्ने टोली समूह विजेता बन्नेछ । कर्णालीले पहिलो खेलमा सुदूरपश्चिमलाई २५–२०, १९–२५ र १५–८ तथा दोस्रो खेल कोशीलाई २५–२२ र २५–१९ ले हरायो । लुम्बिनीले यो समूहमा दुई जित निकाल्दा पहिलो खेलमा कोशीलाई २५–२० र २५–१९ तथा दोस्रो खेलमा सुदूरपश्चिमलाई २५–२२ र २५–१५ ले हराउँदै सेमिफाइनलको यात्रा तय गरेको हो ।

काठमाडौं । एमालेबाट इलाम–२ का लागि उमेदवार बनेका सुहाङ नेम्वाङले कसैको टिकाटिप्पणी गर्नेभन्दा पनि काम गरेर देखाउने बेला आएको बताएका छन् ।

बुधबार इलाममा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले भने “कसैको दुस्प्रचार गरेर आफूलाई राम्रो बनाउने कुरामा कदापी राम्रो ठान्दिन । नयाँ ढंगले अघि बढ्नुपर्छ भन्ने लाग्छ । कसैलाई होचो नदेखाएर हामीले काम गरेर देखाउने बेला भएको छ ।”

नेम्वाङले राजनीतिमा आफू नयाँ हुँदाहुँदै पनि उमेदवार बनाएको भन्दै पार्टी नेतृत्वलाई धन्यवाद दिए । “राजनीतिमा नयाँ हुँदाहुँदै पनि मलाई अभिभावकहरूले जुन तरिकाले विश्वास गर्नुभयो । जुन तरिकाको जिम्मेवारी दिनुभयो धन्यवाद भन्न चाहन्छु,” उनले भने।

बर्दिया : बढैयाताल गाउँपालिका-२ फुटाहाबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ २२ किलो ९ सय ५० ग्रामसहित रूकुम पश्चिम सानो भेरी गाउँपालिका-५ बस्ने ३४ वर्षीय बम बहादुर पुन पक्राउ परेका छन् । 

बिओपी फुटाहाबाट खटिएको सशस्त्र प्रहरी बलको टोलीले नेपालबाट भारततर्फ पैदल जाँदै गरेका पुनलाई उक्त पर्दाथसहित नियन्त्रणमा लिएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी जमुनी र इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा सोही ठाउँस्थित घर भाडा लिई बस्ने रूकुम पश्चिम सानो भेरी गाउँपालिका-६ कोतगाउँ घर भएका ३० वर्षीय तिलक पुनको घर तलासी गर्दा लुकाई छिपाई राखेको ४ किलो चरेस जस्तो देखिने   पर्दाथ फेला पारी उनलाई समेत प्रहरीले पक्राउ गरेको छ । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

काठमाडौं । सातौं शेरबहादुर खड्का स्मृति राष्ट्रिय भलिबल प्रतियोगिता यही वैशाख १२ देखि १५ गतेसम्म आयोजना हुने भएको छ ।

शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा हुने प्रतियोगितामा साविक विजेता  न्यु डायमन्ड युथ स्पोर्ट्स क्लब, नेपाल पुलिस, एपीएफ, त्रिभुवन आर्मी र जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको सहभागिता रहने प्रतिष्ठानका अध्यक्ष रञ्जन खड्काले जानकारी दिए । उनले प्रतियोगितामा सहभागिताका लागि तीन विभागीय, विभिन्न प्रदेश तथा क्लबलाई आमन्त्रण गरे पनि अहिलेसम्म ६ टोलीको मात्रै टुंगो लागेको मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।


महिला भलिबल खेलाडीको सशक्तिकरण र क्षमता अभिवृद्धि गर्ने उद्देश्यले २०७० सालदेखि हरेक वर्ष आयोजना हुँदै आएको प्रतियोगिता नेपाल भलिबल संघको प्राविधिक सहयोगमा सञ्चालन हुनेछ । प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरी लिगकम नकआउटका आधारमा खेल सञ्चालन गरिने अध्यक्ष खड्काले जानकारी दिए ।


त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सञ्चालन हुने प्रतियोगिताका विजेताले चार लाख ९९ हजार रुपैयाँ नगद पुरस्कार पाउने छ । यस्तै उपविजेताले दुई लाख ५० हजार र तेस्रो हुने टोलीले एक लाख २५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने छन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५० हजार, विधागततर्फ उत्कृष्ट हुनेले जनही २५ हजार र हरेक खेलको प्लेयर अफ दी म्याचलाई १५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने अध्यक्ष खड्काले जानकारी दिए । यसअघिको विजेतालाई तीन लाख, उपविजेतालाइ एक लाख ५० हजार र तेस्रो हुने टोलीलाई ७५ हजार नगद पुरस्कार प्रदान गरिएको थियो ।


यसैगरी सातौं संस्करणको उद्घाटनका अवसरमा एक जना राष्ट्रिय खेलाडीलाई नगद ५० हजार रुपैयाँसहित स्पेसल अवार्डबाट सम्मान गरिने भएको छ । बहुराष्ट्रिय पेन्ट कम्पनी केएनपी नेरोलेकको मुख्य प्रायोजनमा सञ्चालन हुने यस प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद्, प्रदेश खेलकुद परिषद्, बागमती प्रदेश, विभिन्न नगरपालिका र कर्पोरेट हाउसहरुले सहयोग गरेको अध्यक्ष खड्काले जानकारी दिए ।


मंगलबार आयोजित पत्रकार सम्मेलनमा मुख्य प्रायोजनसम्बन्धी समझौतामा हस्ताक्षरसमेत गरिएको थियो । बहुराष्ट्रिय पेन्ट कम्पनी केएनपी नेरोलेकका कन्ट्री हेड मनोज मिश्र र शेरबहादुर खड्का स्मृति प्रतिष्ठानकी संरक्षक गमली खड्काले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । कार्यक्रममा नेपाल भलिबल संघका उपाध्यक्ष तया पूर्वअन्तर्राष्ट्रिय खेलाडी भरत शाह, संघका उपाध्यक्ष भीम ओली, कोषाध्यक्ष श्याम श्रेष्ठ, अन्तर्राष्ट्रिय भलिबल रेफ्री पूर्णप्रसाद चौलागाईं र प्रतिष्ठानका पदाधिकारीको उपस्थिति रहेको थियो ।

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राज्यका हरेक स्थानीय तहबाटै सरकारले खेलकुदको विकास गर्नुपर्ने धारणा राखेका छन् ।


राष्ट्रिय खेलकुद परिषद्को (राखेप) को आयोजनामा मंगलबारदेखि सुरु १४औं केन्द्रीयस्तरी राष्ट्रपति रनिङ शिल्डको उद्घाटनको अवसरमा राष्ट्रपति पौडेलले नेपालको खेलकुद विकास गर्नका लागि हरेक स्थानीय तहबाट काम गर्नुपर्ने धारणा राखेका हुन् । साथै राष्ट्रपति पौडेलले हरेक स्थानीय क्षेत्रमा खेलकुदको संरचना निर्माणका लागि सरकारको अग्रसरता हुनुपर्ने बताएका छन् ।


राष्ट्रपति पौडेलले खेलकुदमै लागेर भविष्य बन्छ भन्ने वातावरण सिर्जना गर्न पनि सरकारले काम गर्नुपर्ने धारणा राख्दै राष्ट्रपति रनिङ शिल्डजस्ता खेलकुद प्रतियोगितालाई प्रवर्धन गर्न सके नेपाली खेलकुदले अझ फड्को मार्ने बताए ।


युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले राष्ट्रपति रनिङ शिल्डमा सहभागी खेलाडीले नै एकदिन देशको झन्डा बोक्ने विश्वास व्यक्त गरे ।


राखेपका सदस्य–सचिव टंकलाल घिसिङले राष्ट्रपति रनिङ शिल्ड राष्ट्रिय टिम निर्माणको जगसमेत रहेको उल्लेख गर्दै सात सय ३५ मध्ये ६३५ स्थानीय तहबाट छनोट भएको जानकारी दिए ।


उद्घाटन कार्यक्रमको सुरुआतमा सहभागी सातै प्रदेशका खेलाडी, प्रशिक्षक, प्रतियोगिताका निर्णायक तथा विभिन्न कला, संस्कृति र पहिचान बोकेका समूहको मार्च पास्ट भएको थियो । विभिन्न खेलका ओलम्पियन दशरथ रंगशालामा ओलम्पिक टर्च ¥यालीका साथै तेक्वान्दोकी पारा ओलम्पियन पलेशाले ओलम्पिक टर्च प्रज्ज्वलन गरेकी थिइन् । उद्घाटन सत्रमा खेलाडीको तर्पmबाट कर्णाली प्रदेशकी उसु खेलाडी सन्ध्या राणा क्षेत्री तथा निर्णायकको तर्पmबाट करातेका प्रकाश मोहन धौबडेलले शपथ लिएका थिए । साथै उक्त समारोहमा विभिन्न सांस्कृति नृत्य र तेक्वान्दो, डान्स स्पोर्ट्स र तेक्वान्दो खेलाडीको डेमोन्स्ट्रेसन भएको थियो । तृष्णा गुरुङ एन्ड दि कोल्याब समूहले प्रस्तुती दिएको थियो ।
तीन दिने प्रतियोगितामा एथ्लेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्दो र उसु गरी ६ खेलमा प्रतिस्पर्धा हुँदै  छ । पहिलो दिन एथलेटिक्सको ८ स्पर्धाको फाइनल सम्पन्न भएको छ भने भलिबल र कबड्डीको प्रतिस्पर्धा पनि सुरु भएको छ ।

काठमाडौँ । चर्चित गायिका एलिना चौहान आज विवाह बन्धनमा बाँधिँदै छिन् ।

उनले बुधबार बागलुङ निवासी प्रेमी विष्णु सापकोटासँग परम्परागत विवाह गर्न लागेकी हुन् ।

विवाह समारोह एलिनाको गृह जिल्ला झापाको बिर्तामोडस्थित बिर्ता पार्टी प्यालेसमा आयोजना गरिएको छ। मंगलबार उनको मेहन्दी समारोह आयोजना भएको थियो ।

एलिना र विष्णु केही वर्षदेखि प्रेममा रहेका थिए ।

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रसँगको सहकार्यबाटै अर्थतन्त्रलाई गतिशील बनाउन सकिने बताएका छन्। नेपाल उद्योग परिसंघको २१ औँ वार्षिकोत्सव समारोहका अवसरमा उनले निजी क्षेत्रको मनोबल बढाउन सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे।

‘अर्थतन्त्रको सुधारका लागि सरकार गम्भीर छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘निजी क्षेत्रसँगको सहकार्यबाटै अर्थतन्त्रलाई गतिशील बनाउन सकिन्छ भन्नेमा म स्पष्ट पनि छु। अर्थतन्त्र सुधारका लागि सरकारले सकारात्मक हस्तक्षेप गरेको छ, गरिरहन्छ।’े

उनले निजी क्षेत्रको मनोबल बढाउने, लगानीमैत्री वातावरण निर्माण गर्ने र परिणाममुखी कामका लागि प्रोत्साहित गर्ने काममा सरकार जिम्मेवार भएर लागिरहेको स्पष्ट पारे। चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटबाट सरकारले सुधार गर्न खोजेको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रको सवलीकरण मात्रै नभई देखिने गरी नयाँ उत्साह र सन्देश प्रवाह गर्ने तयारीमा सरकार लागिपरेको बताए।

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।