
काठमाडौँ । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा रहेको पौडी पोखरी(आउटडोर) आइतबारदेखि सञ्चालनमा आएको छ ।
पौडी पोखरी तीन सिफ्टमा सञ्चालन हुने अन्तर्राष्ट्रिय खेलकुद परिसरका प्रमुख मधुसुदन बस्नेतले जनाएका छन् ।
बिहान १०ः०० बजेदेखि १२ः०० बजेसम्म तथा अपरान्ह १ः०० बजेदेखि ३ः०० बजेसम्म सर्वसाधारणका लागि पौडी पोखरी सञ्चालन गरिने छ ।
अपरान्ह ४ः०० बजेदेखि साँझ ७ः०० बजेसम्म खेलाडीको प्रशिक्षण र सदस्यका लागि सञ्चालन हुनेछ ।
पौडी पोखरी सञ्चालन गर्नुअघि राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले आइतबारै निरीक्षण गरेका थिए ।
काठमाडौं, बैशाख २ गते । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले राखेपको आयोजनामा हुने १४ औं केन्द्रस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगितालाई सबै मिलेर सफल बनाउनु पर्नेमा जोड दिएका छन् ।
राष्ट्रपति रनिङ सिल्डमा समावेश एथलेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्दो र उसुका राष्ट्रिय खेल संघका प्रतिनिधि र मुख्य प्रशिक्षकको उपस्थितिमा आइतबार भएको बैठकमा सदस्य–सचिव घिसिङले सो कुरा बताएका हुन् ।
‘राष्ट्रपति रनिङ सिल्ड जुनियरको सबै भन्दा ठूलो प्रतियोगिता हो । यसलाई भब्य र सफल बनाउनु हामी सबैको कर्तब्य हो । सबै मिलेर प्रतियोगितालाई सफल बनाउ ।’ सदस्य–सचिव घिसिङले भने– ‘प्रतियोगितासंग सम्बन्धित सबैले आ–आफ्नो जिम्मेवारी पूरा गर्नु जरुरी छ ।’
सदस्य–सचिव घिसिङले स्थानिय तह, ७७ जिल्ला र सातै प्रदेशमा छनोट प्रतियोगिता सम्पन्न भइ हुन लागेको केन्द्रस्तरीय प्रतियोगिता जुनियर स्तरको सबै भन्दा ठूलो प्रतियोगिता हो भन्ने स्थापित गर्न जरुरी रहेको बताउदै खेलाडीको अनुसन्धानका लागि राखेपअन्तर्गत नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) को टिमलाई परिचालन गरिने बताए ।
सदस्य–सचिव घिसिङले सहभागिता, पारदर्शी र जवाफदेहीमा विशेष ध्यान दिनु पर्ने आवश्यकता औल्याउदै आगामी दिनमा खेलाडीलाई खाना÷बसोवास बाहेक ‘पकेट मनी’ को पनि व्यवस्था गर्ने विषयमा परिषद्ले योजना बनाइरहेको बताए । राष्ट्रपति रनिङ सिल्ड बैशाख ४ गतेदेखि सुरु हुँदैछ ।
सिरहा: सखुवानन्कारकट्टि गाउँपालिका-५ महेशबारी चोकस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ५ सय ४० मिलिग्रामसहित सप्तरी खडक नगरपालिका-८ बस्ने ३९ वर्षीय पशुपति सरदारलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय महेशबारीबाट खटिएको प्रहरीले बा.८९ प ६०२२ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक सरदारलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ ५ किलो २ ग्रामसहित राक्शिराङ गाउँपालिका-८ कुनाले बस्ने २६ वर्षीय दिपक चेपाङलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले ना.७ ख ९०३५ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
दाङ, गढवा गाउँपालिका-८ कोईलावासबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ ६ किलो ८ सय २० ग्रामसहित घोराही उपमहानगरपालिका-१३ डुमरगाँउ बस्ने ४१ वर्षीया सुकमाया बुढालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोईलावासबाट खटिएको प्रहरीले नेपालबाट भारततर्फ जाँदै गरेकी उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

काठमाडौँ । श्री इन्द्रावती जनजागरण युवा समाजले नँया वर्ष २०८१ को लागि क्यालेन्डर विमोचन गरेको छ ।
सनिबार भक्तपुरको सल्लाघारीमा वनभोज कार्यक्रमको आयोजना गर्दै क्यालेन्डर विमोचन गरिएको संस्थाको अध्यक्ष शिवराम बुढाथोकीले जानकारी दिए ।
स्थापना कालदेखि नै विभिन्न सामाजिक कार्यहरु गर्दै आइरहेको इन्द्रावतीको गतिविधिहरुलाई सम्झने उदेश्यले क्यालेन्डर प्रकाशन गरिएको उनले बताए ।

कार्यक्रममा उपस्थितिहरुलाई लोक दोहोरी गायक राम कुमार पौडेल,सविन चौहान र गायिका कल्पना सुनुवारले आफ्नो प्रस्तुति दिएर मनोरञ्जन दिएका थिए । कार्यक्रममा विभिन्न रमाइला खेलहरु खेलाइनुका साथै खेलमा विजेता भएकाहरुलाई मायाको चिनोद्धारा सम्मान समेत गरिएको थियो ।

संस्थापक अध्यक्ष जित बहादुर खत्री(रमेश)को प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा नेपाली कांग्रेस बागमति प्रदेश महाधिवेशन प्रतिनिधि कपिल कार्की, माओवादी मन्थली नगर कमिटि सचिव राम बहादुर तामाङ लगायतका विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।


काठमाडौं : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले रोड टेस्ट नगरिकन लाईसेन्स दिने परिपाटीले सवारी दुर्घटना हुने गरेको बताएका छन ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथद्वारा आइतबार राष्ट्रिय सभागृह भृकुटीमण्डपमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन ।
गृहमन्त्री लामिछानेले ट्राफिक व्यवस्थापनमा सम्पूर्ण सरोकारवालाको भूमिका महत्वपूर्ण रहेको चर्चा गर्दै सरकारले ट्राफिक व्यवस्थापनलाई प्राथमिकतामा राखेर ऐन, नियमलाई समयानुकूल परिमार्जित, परिवर्तन तथा नयाँ कायम गर्नका लागि सक्रियताका साथ लागेको बताए । ‘दुर्घटना न्यूनीकण गरी नागरिकको ज्यान बचाउनु राज्यको प्राथमिकता हो । रोड टेस्ट नगरिकन लाईसेन्स दिने परिपाटीले धेरै सवारी दुर्घटनाहरू भएको छ । यसलाई नियन्त्रण गर्न लाईसेन्स परीक्षाको विद्यमान प्रक्रियामा सुधार गर्नुपर्छ’, उनले भने ।
गृहमन्त्री लामिछानेले सरकारका कामहरूमध्ये ट्राफिक व्यवस्थापन पनि एक महत्वपूर्ण काम रहेको चर्चा गर्दै हाल सम्मको काम सह्रानीय रहेको र आगामी दिनमा समेत ट्राफिक नियमलाई थप कडाईका साथ पालन गर्नरगराउन निर्देशन समेत दिए । ट्राफिक प्रहरीलाई छल्नलाई होइन आफू सुरक्षित हुनका लागि गम्भिर तथा सचेत भएर सार्वसाधारणले ट्रफिक नियम तथा लेन अनुशासनको पालना गर्नुपर्ने उनले बताए ।
कार्यक्रममा गृह सचिव एकनारायण अर्याल, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, गृह मन्त्रालयका प्रवक्ता सह(सचिव नारायण प्रसाद भट्टराई, काठमाडौं जिल्ला प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत, विभिन्न विभागका महानिर्देशकहरू, प्रहरी नायब महानिरीक्षकहरू, प्रहरी वरिष्ठ अधिकृत तथा जिल्ला सुरक्षा समितिका पदाधिकारीज्यूहरु, विभिन्न यातायात व्यवसायी संघसंस्थामा आवद्ध प्रतिनिधिहरू, हिसान, प्याव्सन तथा एन प्याव्सनका अध्यक्ष तथा प्रतिनिधिहरु र विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।
काठमाडौं: नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर) को २०८० चैत २८ गतेको निर्णयले प्रहरी निरीक्षकबाट प्रहरी नायव उपरीक्षकमा पदमा पदोन्नति भएका १९ जना प्रहरी अधिकृतहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनुभएको छ । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित एक समारोहबीच उहाँहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको हो ।
दर्ज्यानी चिन्हद्वारा सुशोभित हुने प्रहरी नायव उपरीक्षकहरूमा निर्मल पनेरू, ऋषिराम घर्तिमगर, दिपक मल्ल, धन बहादुर बोहोरा, जनार्दन घिमिरे, आयुश प्रसाद जोशी, लक्ष्मण ओली, शैलेश्वरी बोहरा, नविन पौडेल, योगेन्द्र तिमिल्सिना (उपाध्याय), पुरूषोत्तम कार्की, हिरेन्द्र बहादुर रोकाय, गुणराज बुढाथोकी, राम प्रसाद तिमल्सिना, भिषणबाबु राई, रूक बहादुर खड्का, रण बहादुर चन्द, राजन लामा र कमल कुमार खड्का रहनुभएको छ ।
समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले पदोन्नति भएका प्रहरी अधिकृतहरूबाट सम्पादित हुने कामकारवाही थप रचनात्मक र निष्ठापूर्ण भूमिकाको अपेक्षा गरिएको बताउनुभयो । व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सांगठनिक मूल्य र मान्यतालाई प्राथमिकतामा राखेर निरन्तर संगठनको प्रतिष्ठालाई उच्च बनाउन जिम्मेवार रहि खरो रूपमा उत्रिन उहाँले निर्देशन दिनुभयो ।
नेपाल प्रहरीमा प्रचालनमा रहेका कार्यशैली, अभ्यास, पद्धति, विधि, प्रक्रिया र प्रणालीलाई वैज्ञानिक, पारदर्शी, न्यायोचित र विश्वसनीय बनाउन समयानुकूल सुधार र परिवर्तनको आवश्यकता महसुस गरी चिन्तनशील भएर गृहकार्य अघि बढाइएको चर्चा गर्दै प्रहरी महानिरीक्षक कुँवरले भन्नुभयो, “सांगठनिक सुदृढिकरण र तोकिएको लक्ष्य प्राप्ति सामूहिक प्रयासबाट मात्र सम्भव हुने भएकोले संगठनलाई प्रणाली र पद्धतिमा डोर्याउन सबैको रचनात्मक सल्लाह, सुझाव र सहाकार्यको भूमिका रहन्छ ।”
उक्त अवसरमा पदोन्नति भएका अधिकृतहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्रहरी नायव उपरीक्षक निर्मल पनेरूले आपसी समझदारी, इमानदारी र जिम्मेवारी बोधका साथ स्वच्छ तथा व्यवसायिक प्रहरीको रूपमा कार्यसम्पादन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, प्रहरी अधिकृत एवं जवानहरूको समेत उपस्थिति रहेको थियो ।
काठमाडौंं । संघीय संसदको हिउँदे तेस्रो अधिवेशन आज राति १२ बजेदेखि अन्त्य हुने भएको छ ।
आइतबार बसेको प्रतिनिधसभाको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयको पत्र पढेर अधिवेशन आज राति १२ बजेदेखि लागु हुनेगरी अन्त्य भएको जानकारी गराए ।
प्रतिनिधिसभाको चालु अधिवेशन आज राति १२ बजेबाट स्वतःअन्त्य हुने जानकारी गराउँदछु उनले भने ।
यसअघि सरकारले आज रातिदेखि अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गरेको थियो ।
वासिङ्टन । आइतबार बिहान इरानले इजरायलमा प्रहार गरेका धेरै ड्रोन अमेरिकाले खसालेको छ । यसैबिच बेलायतले पनि आफ्नो रोयल एयर फोर्स (आरएएफ)ले आवश्यकता अनुसार ड्रोन रोक्ने बताएको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडेन र बेलायतका प्रधानमन्त्री ऋषि सुनकले इरानको आक्रमणको आलोचना गरेका छन् । जो बाइडेन र ऋषि सुनकले इजरायललाई समर्थन गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।
इरानले अप्रिल १ मा सिरियाली वाणिज्य दूतावासमा भएको आक्रमणको लागि इजरायललाई जिम्मेवार ठहर गरेको छ। यसको बदला लिन इरानले इजरायलमाथि हमला गरेको उसको भनाई छ । तर इजरायलले सिरियास्थित इरानको वाणिज्य दूतावासमा भएको आक्रमणको जिम्मेवारी लिएको छैन ।
दुई अमेरिकी अधिकारीहरूले सीबीएस न्यूजसँग कुराकानी गर्दै अमेरिकी सेनाले धेरै इरानी ड्रोनहरू खसालेको जानारी दिए । यी कुन प्रकारका ड्रोन थिए भन्ने जानकारी भने खुलाइएको छैन ।
बेलायतको सुरक्षा मन्त्रालयले इरानबाट हुने आक्रमण रोक्न थप लडाकु विमानहरू तैनाथ गरिएको जनाएको छ। अमेरिकी राष्ट्रपति बाइडेनले पनि आफ्नो देश इजरायलका जनताको सुरक्षाका लागि पूर्ण प्रतिबद्ध रहेको बताएका छन् ।-एजेन्सी
काठमाडौँ । इजरायलस्थित नेपाली राजदूतावासले इरानले गरेको आक्रमणलाई लक्षित गर्दै अतिआवश्यक काम नपरी घरबाहिर ननिस्कन नेपालीहरूलाई आग्रह गरेको छ ।
दूतावासले आज एक सूचना जारी इजरायलमाथि ईरानी हमला सुरु भएको सन्दर्भमा हालै इजरायली होम फ्रन्ट कमान्डद्वारा सर्वसाधारणका लागि नयाँ निर्देशनहरू जारी भएको उल्लेख गरेको छ ।
सूचनामा भनिएको छ,’आगामी सोमबार राती ११ बजे सम्म लागु हुने गरी शैक्षिक क्रियाकलाप बन्द गर्ने र ठुलो स्तरको सभा(भेल नगर्ने भनी निर्देशन जारी भएको हुँदा आवश्यक सुरक्षाकारलागि नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई स्थानीय सुरक्षा प्रोटोकलहरूको पालना गर्न, आफ्नो क्षेत्रका लागि जारी गरिएका अद्यावधिक सूचना बारेमा जानकार रहन र आफ्नो सुरक्षातर्फ विशेष ध्यान दिन, अत्यावश्यक अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कन तथा सुरक्षित आश्रय स्थलको सुविधा भएको स्थलको आसपासमै रहन समेत हार्दिक अनुरोध गर्दछौँ।
काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज बस्दैछ।
संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची छ।
त्यस्तै, चालू अधिवेशनमा विभिन्न मन्त्रालयबाट उत्तर प्राप्त भएका सबै मौखिक तथा लिखित प्रश्न र उत्तरह रूसम्बन्धित माननीय मन्त्रीहरुबाट टेबुल गरिने कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले सुरक्षण मुद्रणसम्बन्धी विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८०पेश गर्ने कार्यसूची रहेको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको पाँचौं वार्षिक प्रतिवेदन २०८० पेश गर्ने कार्यसूची पनि रहेको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०५० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले संघीय निजामति सेवा विधेयक, २०८० लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि रहेको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले राष्ट्रिय सभामा उत्पत्ति भएको विद्युतीय व्यापार विधेयक, २०८० लाई दफाबार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।
आजै सभामुख घिमिरेले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम २१३ को उपनियम ९१० बमोजिम १० वा सो भन्दा बढी बैठकमा अनुपस्थित माननीय सदस्यहरूको अनुपस्थितिको सूचनाहरू सभाको स्वीकृतिको लागि पेश गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ।





