२०८३ बैशाख १७ बिहीबार
२०८३ बैशाख १७ बिहीबार

काठमाडौँ । सत्तारुढ दल नेकपा (एमाले) ले सचिवालय बैठक बोलाएको छ । बैठक आइतबार ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बस्ने भएको छ ।

एमाले केन्द्रीय कार्यालयका सचिव डा.भीष्म अधिकारीका अनुसार बैठकमा राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकको तयारी, नेकपाको ७५ औँ स्थापना दिवस, यही वैशाख १५ गते हुने उपनिर्वाचनलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ ।

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धि र समुन्नतिका लागि स्वदेशी उत्पादनलाई बढावा दिनुका साथै उद्यमशीलता प्रवर्द्धन गर्नुपर्ने सुझाव दिनुभएको छ ।

शनिबार नयाँ वर्ष २०८१ सालको अवसरमा राष्ट्रपति पौडेलले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना दिँदै उनले राष्ट्रिय पुँजीको विकासद्वारा स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नेतर्फ अबका प्रयास केन्द्रीत हुनुपर्ने सुझाव दिनुभएको हो ।

“द्वन्द मच्चाउने र बाहुबलीयतातिर धकेल्ने होइन, निमुखालाई न्याय र विपन्नलाई आय दिलाउने तथा नेपालीलाई नेपाल नै रमाइलो लाग्ने सम्पन्नता र सभ्यताको निर्माण गर्न सफलता मिलोस्। यसका लागि नव वर्ष २०८१ ले हामी सबैलाई प्रेरणा प्रदान गर्न सकोस् भन्ने कामना गर्दछु”, राष्ट्रपति पौडेलको सन्देशमा उल्लेख छ।

काठमाडौं : बालक हुन वा वृद्ध कुनै पनि मानिस अचानक हराए भने त्यसको पीडा खप्न कसलाई पो सहज होला र ! तै पनि विभिन्न परिस्थितिका कारण वा जान अनजानमा मानिसहरू हराउने गरेका छन् । घरपरिवारबाट अचानक सम्पर्क विहीन हुने गरेका छन् । जसको कारण घरपरिवारका सदस्य, इस्टमित्र सबै त्यसको पीडा सहन बाध्य छन् । 

आफ्ना प्यारा सदस्य हराएको पीडाको खबर सुन्दा कस्को मन चसक्क नछोला र ! यही दुखद पीडापछि मानिसहरू प्रहरीलाई सम्झछन् र खोजीका लागि अनुरोध गर्दछन् । यसरी सूचना प्राप्त हुनासाथ खोजी गर्ने क्रममा हराएका मध्ये   सिन्धुपाल्चोकका ८ वर्षीय बालकलाई काठमाडौं ढुंगेअड्डामा प्रहरीले फेला पार्‍यो । उनलाई भ्वाइस अफ चिल्ड्रेन ललितपुरमा संरक्षणका लागि पठाइयो । यसै गरी धनुषाकी १४ वर्षीया बालिका कोही कसैलाई जानकारी नगराई घरबाट गत कात्तिक ८ गते हराई बेपत्ता भएको खबर प्राप्त भयो । तत्काल खटिएको प्रहरीले हुलियाका आधारमा खोजी गर्दा जनकपुरधाममा फेला पारी उनकी आमालाई जिम्मा लगायो । यसै गरी धनुषाकै २१ वर्षीया किशोरी जानकारी बिना नै गत फागुन २ गते हराई बेपत्ता भइन् । प्रहरीले खोजी गर्ने क्रममा क्षिरेश्वरनाथमा फेला पार्न सफल भयो ।  

उपरोक्त मानिसहरू बाहेक यसरी खोजी गर्ने क्रममा अन्यलाई समेत प्रहरीले फेला पारेको छ । प्रहरी खोजी तथा उद्दारमा जुट्ने क्रममा चालू आर्थिक वर्ष २०८०/०८१ को साउनदेखि हालसम्मको अवधिमा ६ हजार ४२ जना हराएका मानिस फेला परेका छन् । ती मध्ये १ हजार १७९ जना पुरूष, २ हजार ४३९ जना महिला, ७२७ जना बालक, १ हजार ६ सय जना बालिका र ९७ जना जेष्ठ नागरिक रहेका छन् । फेला परेका मानिसहरू मध्ये काठमाडौं उपत्यकाबाट १ हजार २७२ जना, कोशी प्रदेशबाट १ हजार २५४ जना, मधेस प्रदेशबाट ५५३ जना, बागमती प्रदेशबाट ६२४ जना, गण्डकी प्रदेशबाट ८३३ जना, लुम्बिनी प्रदेशबाट ७३४ जना, कर्णाली प्रदेशबाट ३०९ जना र सुदूरपश्चिम प्रदेशबाट ४६३ जना रहेका छन् । सो अवधिमा १० हजार ४९ जना मानिस हराएका थिए । हराएका मध्ये ३ हजार ३७९ जना पुरूष र ६ हजार ६७० जना महिला रहेका छन् । 

हराएका मानिसहरूको खोजी तथा उद्दारपछि परिवारसँग पुनर्मिलन गराउने गरिएको छ । पहिचान खुल्न नसकेका बालबालिकालाई संरक्षण गृहहरूमा संरक्षणका लागि जिम्मा लगाउने गरिएको छ । मानिस हराएपछि थपिएका पीडा हटाउन प्रहरी सदैव सक्रिय रहँदै आएको छ । खोजी तथा उद्दारका लागि प्रहरीले विभिन्न सरोकारवाला निकायहरूसँगको समन्वयमा काम गर्ने गरेको छ । खोजी सम्बन्धमा नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकाल भन्नुहुन्छ, “अनजान वा लापरवाहीले अप्ठ्‍यारोमा परेकाको खोजी तथा उद्दार गर्नु मानवीय कार्य हो । नागरिकको जीवन रक्षाको काम गर्ने प्रहरी संगठनले दु:खमा परेका नागरिकको पीडा घटाउन खोजी कार्यमा सक्रियता र तिब्रता अपनाएको छ । खोजी मात्रै होइन मानिस के कारण हराउँछन् ? यस्तो अवस्था आउँन नदिन सचेतना फैलाउने, सम्झाउने र पुन:घटना दोहोरिन नदिन वातावरण सिर्जना गर्न पनि प्रहरीको पहल रहने छ ।”

हराएका मानिसहरूको विवरण राख्न नेपाल प्रहरीले udb.nepalpolice.gov.np वेबसाइटको व्यवस्था गरेको छ ।  प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले उक्त वेबसाइटको गत भदौ १७ गते उद्‍घाटन गर्नुभएको थियो । तत्पश्चात वेबसाइटमा विवरण राख्न र हराएका व्यक्ति सनाखत गर्न सहज भएको छ । सरोकारवाला सबैले एकै स्थानबाट सूचना पाएपछि खोजीमा सक्रियता अपनाउन, पहिचान गर्न र उद्दार गर्न सजिलो भएको छ । आर्थिक वर्ष २०७१/०७२ देखि हालसम्म ३६ हजार ९८५ जना हराएका मानिस फेला परेका छन् । ती मध्ये ११ हजार ३५९ जना पुरूष र २५ हजार ६२६ जना महिला रहेका छन् । सो अवधिमा ९३ हजार ६९१ जना मानिस हराएका थिए । हराएका मध्ये २८ हजार ६९० जना पुरूष र ६५ हजार १ जना महिला रहेका छन् । तथ्याङ्क विश्‍लेषण गर्दा सबै भन्दा महिला हराउने गरेको देखिन्छ ।  

हराएका व्यक्ति खोजी गर्न नेपाल भर नेपाल प्रहरीका सबै युनिटहरू सक्रिय छन् । जंगलमा हराएकालाई साइरन बजाउँदै र ठूलो स्वरमा कराउन लगाउँदै खोजी गर्ने गरिएको छ । भौगोलिक अवस्था र परिस्थिति अनुसारको खोज तरिका अपनाउने गरिएको छ । लोकेशन थाहा पाउन प्रविधिको प्रयोग र अन्य विभिन्न तरिका अवलम्बन गर्ने गरिन्छ । खतराको अवस्थालाई आँकलन गरी सुरक्षा अपनाउने गरिएको छ । आफू जोगिएर खोजी तथा उद्दार गर्न प्रहरी सचेत छ । खोजी तथा उद्दार सम्बन्धमा जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक भुवनेश्‍वर तिवारी भन्नुहुन्छ, “हराएका मानिसहरू खोजी गर्न प्रहरी गस्ती बढाइएको छ । सूचना संकलन, प्रविधिको प्रयोग, सशक्त रूपमा प्रहरी परिचालन, सम्बन्धित प्रहरी कार्यालय तथा सरोकारवाला निकायसँग समन्वय लगायतका गतिविधि गरी सक्रिय रूपमा खोजी गर्ने गरिएको छ । प्रहरी र आफन्तको संयुक्त प्रयासबाट समेत तदारूकताका साथ खोजी हुने र हराएका मानिस फेला पर्ने गरेका छन् ।” 

खोजी गरी पत्ता लागिसकेपछि मानिसहरूले भन्ने गरेका छन, “अब म सचेत हुन्छु । अप्ठ्यारो स्थितिमा खोजी गर्नुजस्तो पुनित र राम्रो कामको लागि नेपाल प्रहरीलाई धन्यवाद छ ।”

हजारौंको संख्यामा रहेका नेपाली अनलाइनहरुको माझमा आजबाट खबर पेटिका डटकमले पनि औपचारिक रुपमा प्रारम्भ सुरु गरेको जानकारी गराउन पाउँदा हामी खुसी छौँ । खबर पेटिका अर्थात सत्य, तथ्य खबर उत्पादन,सम्पादन र प्रकाशन गर्ने र समाचारको भण्डार राख्ने ठाउँ । खबर पेटिका मिडिया प्रा.लि. द्वारा सञ्चालित खबर पेटिका डटकमले एउटा मात्रै बिटको विषयवस्तु र क्षेत्रलाई प्राथमिकतामा नराखेर समाचार बन्न योग्य र समाजलाई सकारात्मक दिशामा लैजान प्रेरित गर्ने सबैखाले जल्दाबल्दा समसामयिक मुद्दालाई प्राथमिकता दिने कोसिस गर्नेछौँ ।

पत्रकारिताको आदर्श, मुल्य, मान्यता र सिद्वान्तलाई ध्यानमा राख्दै कुनै व्यक्ति वा राजनीतिक विचारको एकलौटि मुखपत्र नबनी अनलाइन पत्रकारितामा बेग्लै उपस्थिति जनाउने प्रयास खबर पेटिकाले गर्नेछ । २१ औ शताब्दीको यो युगलाई सञ्चार तथा सुचना प्रविधिको रुपमा चिनिरहेको बेला हामीले यो पोर्टल सञ्चालनमा ल्याउनु नौलो होइन । नौलो त हामिले के गर्दछौ र अबको हाम्रो कदम कसरी अगााडि बढ्छ भन्ने प्रश्न महत्वपुर्ण हो । प्रविधिको विकास सँगै आम नागरिकमा सूचनाको भोक लाग्ने लत नै बसिसकेको छ । अहिलेको युगमा सूचना, समाचार, ज्ञान, मनोरन्जन दिने सबैभन्दा सहज माध्यम सञ्चार हो । त्यसमा पनि डिजिटल मिडिया अर्थात अनलाइन न्यूज पोर्टल ।

नेपालको संविधान २०७२ ले मुलुकलाई ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ को रुपमा औपचारिकता दिएको छ । हाल देशमा संघीयता लागु भएर शासन व्यवस्था त्यसै अनुरुप चलिरहेको छ । जसअनुसार अहिले मुलुकमा ६ वटा महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका र ४६० गाउँपालिका छन् । सबै पालिकामा गरी कूल ६ हजार ७४३ वडा र ३७ हजार २० जना जनप्रतिनिधि छन् । देशमा भ्रष्टाचार मौलाइ्हेको बेला हामी देशैभरका स्थानीय तहमा भएका जनप्रतिनिधिलाई थप जिम्मेवार, जवाफदेही र पारदर्शि बनाउन खबरदारी गर्दै अगाडि बढ्ने छौँ।

पत्रकारिताको अध्ययन गरिरहेको हाम्रो लागि यसले थप प्रयोगात्मक र व्यवहारिक बनाउनेछ । यस बीचमा हामीलाई प्रारम्भ गर्न होसला दिनुहुने, निरन्तर रुपमा सल्लाह दिइरहनेहुने आदरणीय व्यक्तित्वहरु प्रति हार्दिक आभार व्यक्त गर्दछौँ । साथै हरेक विचार, राजनीति र सचेत नागरिकसंग हातेमालो गर्दै यात्रा गर्ने उदेश्यका साथ यात्रामा निस्किएका छौं । तसर्थ सबै सरोकारवाला पक्ष र पाठकका रचनात्मक सुझाव र आलोचनालाई हामी सधैं स्वागत गर्ने छौं । तपाईंहरूसँग भएका महत्वपूर्ण जानकारी, सूचना, लेख, रचना र आफ्नो व्यवसायको विज्ञापन आदि उपलब्ध गराई यहाँहरुले हामीलाई सहयोग गर्न सक्नुहुनेछ । सहयोग र सम्पर्कका लागि खबर पेटिका डटकमको इमेल ठेगाना news@khabarpetika.com मा सम्पर्क गर्न सक्नुहुनेछ । धन्यवाद! #सम्पादकीय

नेपाल खेलकुद महासंघ (नेकोस) खाँडादेवी गाउँपालिकाले २०८१ नयाँ बर्षको उपलक्ष्यमा आयोजना गरेको डोरी तान्ने र हाडी फुटाउने प्रतियोगिता सम्पन्न भएको छ ।

नेपाल खेलकुद महासघ खाँडादेवी गाउँपालिका कमिटीले आयोजना गरेको कार्यक्रम नेपाल खेलकुद महासघको केन्द्रिय महासचिव धर्म लामाको प्रमुख आतिथ्यमा सुरु भएको कार्यक्रममा विभिन्न नेता तथा विशिष्ट ब्यक्तिहरुको पनि उपस्थिति थियो ।

डोरी तान्ने प्रतियोगिता खाँडादेवी गा.पा टिम प्रथम,दितिय ई.प्र.का चोप्राङ्ग र तृतीय खाँडादेवी गा.पा-६ माकादुम लाई क्रमस पाँच,तिन र दुई हजार नगद सहित मेडल र प्रमाणपत्र सम्मान स्वरुप प्रदान गरियको थियो । हाडि फुटाउने बिजेतालाइ पनि सम्मान स्वरुप रु १००० नगद प्रदान गरिएको नेकोस खाँडादेवी गाउँपालिका अध्यक्ष सपुत मोक्तानले बताए ।

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।