
काठमाडौं । नेकपा एमाले नेता महेश बस्नेतविरुद्ध जबरजस्ती करणी गरेको अभियोगमा मुद्धा दर्ता भएको छ ।
हुलाकमार्फत जिल्ला सरकारी वकिलको कार्यालयमा एक महिलाले बस्नेतले जबरजस्ती करणी गरेको भन्दै जाहेरी दिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी भूपेन्द्र खत्रीले जानकारी दिए ।
एमालेमै सङ्गठित ३१ वर्षीय युवतीले उनलाई भ्रूण हत्या, बलात्कार र डाँका चोरी मुद्दामा प्रतिवादी बनाएर जाहेरी दर्ता गराएकी हुन् ।
काठमाडौं: बैतडी, दशरथचन्द नगरपालिका-८ झुलाघाटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय मिलिग्रामसहित सोही नगरपालिका-५ बस्ने २२ वर्षीय विरेन्द्र रावललाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । सिमा प्रहरी चौकी झूलाघाटबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
सुनसरी, ईटहरी उपमहानगरपालिका-८ बसपार्कस्थित होटलबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ५ सय ५८ मिलिग्रामसहित सोही उपमहानगरपालिका-१७ पकली बस्ने १९ वर्षीय सनवाज महमदलाई शनिबार दिउँसो प्रहरी पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
झापा, झापा गाउँपालिका-१ लसुनाबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १९ ग्राम १ सय ७० मिलिग्रामसहित सोही ठाउँ बस्ने १७ वर्षीय किशोरलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कुमारखोदबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
मोरङ, सुन्दरहरैचा नगरपालिका-८ सलकपुर चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्रामसहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने बस्ने २१ वर्षीय समिर बस्नेत र २९ वर्षीय प्रकास बिस्ट रहेका छन् । इलाका प्रहरी कार्यालय बिराटचोकबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
बर्दिया, गुलरिया नगरपालिका-११ गणेशपुरबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ २ सय ६० मिलिग्रामसहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गुलरिया नगरपालिका-४ तुलापुर बस्ने २१ वर्षीय युवराज वली क्षेत्री र ३० वर्षीय कृष्ण बहादुर वली रहेका छन् । प्रहरी चौकी मोहम्मदपुरबाट खटिएको प्रहरीले भारतको लौकाही बोर्डरबाट गणेशपुरतर्फ पैदल आउँदै गरेका युवराजलाई २ सय ३० मिलिग्राम र कृष्णलाई ३० मिलिग्राम उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी तुल्याएर अझ सेवामैत्री बनाउन भुक्तानी व्यवस्थालाई सरल बनाउन सुझाव दिएका छन् । आइतबार आठौँ स्वास्थ्य बीमा दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले स्वास्थ्य बीमा बोर्डले लागू गरेको सह भुक्तानीको व्यवस्थालाई सेवामैत्री बनाउनुपर्नेमा जोड दिएका हुन् ।
कार्यक्रममा आकर्षण बढाउन राज्य र सेवा प्रदायक निकायबाट लिनुपर्ने महत्त्वपूर्ण कार्यभारहरूलाई पूरा गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्री प्रचण्डले बीमितले सेवा लिने प्रक्रिया सरल बनाउने, सेवाको गुणस्तर कायम गर्ने, सेवा प्रदायक संस्थाहरूलाई अझ सेवामैत्री बनाउने लगायतका विषयमा ध्यान निर्देशन दिए ।
बीमा रकमलाई बढोत्तरी गरी स्वास्थ्य कार्यक्रममा आकर्षण एवं प्रभावकारिता बढाउन सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले यस कार्यक्रमलाई राष्ट्रिय गौरवको कार्यक्रमका रूपमा विकास गर्न सकिने पनि बताए ।
बुटवल । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य चन्द्र भण्डारीले गृहमन्त्री रवि लामिछाने विषयमा संसदीय बन्नुपर्ने बताएका छन् ।
आइतबार नेपाल प्रेस युनियनको बुटवलमा राखेको पत्रकार सम्मेलन बोल्दै भण्डारीले प्रजातान्त्रिक व्यवस्था प्रश्न उठेपछि संसदीय छानबिन गरेर प्रस्ट पार्नु स्वाभाविक रहेको बताएका हुन् ।
उनले नेपाली कांग्रेसले सोही अनुसार संसदमा विरोध गरेको प्रस्ट पारे । उनले सांसदले प्रश्न उठाएपछि विगतमा कांग्रेसका मन्त्री रामशरण महतले पनि राजीनामा दिएको स्मरण गरे।
उनले सङ्घ र प्रदेशमा जनप्रतिनिधि र कर्मचारी सङ्ख्या आधा घटाउनुपर्ने बताए। अहिले रहेका ३६ हजार जनप्रतिनिधि घटाएर १८ हजार बनाउनु पर्ने उनको भनाइ थियो ।
काठमाडौँ । आज पाँच वटा संसदीय समितिको बैठक बस्दै छ । जसअनुसार बिहान ११ बजे बस्ने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयस सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, कृषि तथा पशुपक्षी विकास मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँग सम्बन्धित दफाहरूका सम्बन्धमा छलफल हुनेछ ।
त्यस्तै दिउँसो साढे १ बजे उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्नेछ । बैठकमा उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ४१ मा व्यवस्था भए बमोजिमको उपभोक्ता अदालत गठनका सम्बन्धमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका पदाधिकारीसँग छलफल हुनेछ ।
मध्यान्ह १२ बजे बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूको वर्तमान अवस्था र अनुगमन सम्बन्धमा छलफल हुनेछ । त्यस्तै बिहान ११ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका सम्बन्धमा संशोधनकर्ता सदस्यहरूसँग छलफल हुनेछ ।
त्यस्तै मध्यान्ह साढे १२ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा उपसमिति गठन सम्बन्धमा छलफल हुनेछ ।





