२०८३ बैशाख १८ शुक्रबार
२०८३ बैशाख १८ शुक्रबार

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत पाएसँगै मन्त्रिपरिषद् विस्तार गरेका छन् । एकीकृत समाजवादीकी प्रदेशसभा सदस्य रमा आले मगरलाई बिना विभागीय मन्त्रीमा नियुक्त गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेटौंडाले जनाएको छ ।

कार्यालयका अनुसार आलेलाई मंगलबार बिहान ९ बजेलाई शपथ ग्रहण गराउने तयारी भएको छ। सोमबार जम्कट्टेलले प्रदेशसभाबाट ५६ मतका साथ विश्वासको मत पाएका थिए । उनले छिट्टै अन्य रिक्त मन्त्रालयमा पनि पदपूर्ति गरेर मन्त्रिपरिषद्लाई पूर्णता दिने बताइएको छ ।

काठमाण्डाै : बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले तेस्राे पटक विश्वासकाे मत प्राप्त गरेका छन् । आज बसेकाे प्रदेश सभा बैठकमा मुख्यमन्त्रीले विश्वासकाे मत प्राप्त गरेका हुन् ।

एक सय १० सदस्यीय प्रदेश सभामा आज मतदानका क्रममा एक सय आठ जना सांसद उपस्थित थिए । बहुमतका लागि ५६ जना सांसदकाे समर्थन चाहिनेमा मुख्यमन्त्री जम्कट्टेलले त्यति नै सांसदकाे समर्थन प्राप्त गरे ।

उनलाई माओवादी केन्द्र, नेकपा (एमाले), नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टी (हानेपा) ले विश्वासको पक्षमा मत दिएका थिए ।

२०७९ साल पुस २५ गते मुख्यमन्त्रीमा नियुक्त भएका माओवादी संसदीय दलका नेता जम्कट्टेलले यसअघि २०७९ साल माघ ३ गते पहिलाे पटक र त्यही वर्षको चैत १० गते दोस्रो पटक विश्वासको मत लिएको थियाे ।

 

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासको मत दिन सांसद युवराज चौलागाईंले आग्रह गरेका छन् ।

 

सोमबार मुख्यन्त्री जम्कट्टेलले प्रदेशसभा बैठकमा पेस गरेको विश्वासको मतको पक्षमा बोल्दै माओवादी केन्द्रबाट निर्वाचित चौलागाईंले अन्य दललाई पनि विश्वासको मत दिन आग्रह गरेका हुन् ।

 

‘विगतमा कांग्रेस सरकारमा रहँदा प्रदेश सरकारको सेवा र प्रभाव विस्तारमा राम्रो काम भएका छन् । त्यो हाम्रो साझा उपलब्धि हो । त्यसलाई कार्यान्वयन गर्दै अगाडि बढौं,’ उनले भने ।

 

रूपन्देही,:सिद्धार्थनगर नगरपालिका-७ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्रामसहित गडहवा गाउँपालिका-३ बस्ने २३ वर्षिय रियाजुदिन मुसलमानलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रूपन्देहीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।