
काठमाडौँ । श्री इन्द्रावती जनजागरण युवा समाजको दोस्रो अधिवेशन सम्पन्न भएको छ । सनिवार ललितपुर स्थित युनिभर्सल क्याफेमा सम्पन्न भएको दोस्रो अधिवेशनबाट शिबराम बुढाथोकीको अध्यक्षतामा एघार सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मतिले चयन गरिएको निवर्तमान अध्यक्ष ज्ञान बहादुर चौहानले जानकारी दिए ।
त्यस्तै उपाध्यक्षमा गंगा बुढाथोकी, सचिवमा कृष्ण बहादुर चौहान, सह-सचिवमा नानू बुढाथोकी,कोषाध्यक्षमा सरिता खड्का खत्री चयन भएका छन् ।
सदस्यहरुमा अबिता बोहोरा खत्री ,विनिता बुढाथोकी ,राजेन्द्र चौहान,मिन बहादुर खत्री ,माधव खत्री र खड्ग बहादुर खत्री रहेका छन् ।
नयाँ कार्यसमितिलाई काङ्ग्रेस रामेछाप जिल्ला कार्यसमिति सचिव विनोद कार्कीले प्रमाणपत्र हस्तान्तरण गरिएको थियो भने निर्वाचन अधिकृत समेत रहेका अधिवक्ता गोविन्द बहादुर चौहानले नयाँ कार्यसमितिलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएका थिए ।
नयाँ कार्यसमितिहरुलाई संस्थापक अध्यक्ष जित बहादुर खत्री ,निवर्तमान अध्यक्ष चौहान ,नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति सचिव विनोद कार्की,काङ्ग्रेस बागमती प्रदेश महाधिवेशन प्रतिनिधि कपिल कार्की लगायतले बधाई साथै सफल कार्यकालको शुभकामना व्यक्त गरिएको थियो ।
नव निर्वाचित अध्यक्ष बुढाथोकीले चनखुका सबैजनालाई समेटेर अगाडि बढ्ने बताए । उनले सबैको सल्लाह र सुझावलाई ध्यानमा राख्दै संस्थाको हित र सामाजिक विकासमा अगाडि बढ्ने प्रतिवद्वता समेत जनाए । सर्वसम्मतिले मलाई अध्यक्ष बनाउनुभएको छ । म सबैलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु ´-बुढाथोकीले भनेआज म धेरै बोल्दिन । म बोल्ने भन्दा पनि काम गरेर देखाउन चाहन्छु । संस्थाको आर्थिक पाटोलाई मजबुत हुनेगरी नयाँ काम गर्दै अगाडि बढ्नेछु ।´
रामेछाप जिल्लाको मन्थली नगरपालिका १० चनखुमा सक्रिय रहेको यस सामाजिक संस्था २०६६ साल मङ्सिर १ गते जिल्ला प्रशासन कार्यालय रामेछापमा दर्ता भएको थियो ।
यस संस्थाले स्थापना कालदेखि नै विभिन्न सामाजिक कार्यहरू गर्दै आइरहेको र लकडाउनको समयमा विपन्न वर्गलाई राहत सामाग्री पनि वितरण गरिएको थियो ।
काठमाडौँ । मकवानपुरको एक निम्न वर्गिय परिवारमा जन्मिएर अनेक आरोह अवरोह पार गर्दै सफल राजनीतिक छवि बनाएर नेपालको कम्युनिष्ट राजनितिमा प्रभावशाली ब्यक्तित्वको रुपमा उदाएकी एक प्रेरणादायी नेत्री हुन्, कुमारी मोक्तान । माओबादी पार्टीको राजनीतिक यात्रासँगै समाज र देश परिवर्तनमा होमिएर हाल बागमति प्रदेश सरकारमा सामाजिक विकास मन्त्रीका रुपमा रहेकी मोक्तानको जीवन यात्रा संघर्षशील र प्रेरणादायी छ ।
२०३६ साल कार्तिक २८ गते मकवानपुर जिल्लाको पदमपोखरी स्थित ठुल्थलीमा जन्मिएकी मोक्तान बुवा सानुकान्छा र आमा तीर्थमायाको जेठी सन्तान हुन् । उनका तीन दिदी बहिनी र दुई भाइ छन् । मोक्तान एघार वर्षको हुँदा उनको बुवाको निधन भएको थियो । बाल्यकालदेखि नै गरिबी र विपन्नताको चक्रवातसँग लडेकी उनी बुबाको देहान्तपछि राजनीतिमा होमिएकी हुन् । आमा तीर्थमाया पनि पहिलेबाटै क्रान्तिकारी आन्दोलनमा थिइन् । एकल आमा, त्यसमाथि धेरै छोराछोरीको जिम्मेवारी पुरा गर्नुपर्ने भएपछि आमालाई घरमै राखेर उनले २०५० सालमा विद्यार्थीबाट राजनीतिक यात्रा सुरु गरेकी थिइन् ।
तत्कालीन नेकपा माओवादीले ०५२ सालमा जनयुद्ध सुरु गरेलगत्तै मोक्तान विद्यालय शिक्षा छाडेर १६ वर्षको कलिलो उमेरमै जनयुद्धमा होमिएकी थिइन् । अखिल नेपाल महिला संघ क्रान्तिकारीमा संगठित हुँदै २०५५ सालमा संघको जिल्ला अध्यक्ष भएकी उनलाई पार्टीमा क्रियाशील रहँदै गर्दा २०५७ सालमा तत्कालीन शाही नेपाली सेनाले उनलाई हेटौंडाको बुद्ध चोकबाट गिरफ्तार गरेको थियो ।
जनयुद्धकी साहसिक महिला लडाकुका रुपमा रहेकी उनलाई सेनाले १६ दिन बेपत्ता बनाएको थियो । पछि मानवअधिकारकर्मी र पत्रकारहरुले आवाज उठाएपछि उनलाई महोत्तरीस्थित जलेश्वर कारागारमा राखिएको जानकारी गराइएको थियो । ६ महिना जलेश्वर कारागार र बाँकी ६ महिना गौर कारागारमा बसेकी उनले कारागारमा नजरबन्द र यातना समेत भोगिन् । एक वर्ष जेल जीवन बिताएपछि २०५८ सालमा माओबादी र सरकार पक्षले युद्धविरामको घोषणा गरेसँगै माक्तान जेलमुक्त भइन् । जेलमुक्त भएसँगै २०५८ सालमा तत्कालिन नेकपा माओवादीको जिल्ला जनसरकार प्रमुख बनेकी उनी २०५९ सालमा मकवानपुर जिल्ला पार्टी सेक्रेटरी भएकी थिइन् । २०६० मा पार्टीको क्षेत्रीय ब्युरो सचिव हुँदै ०६१ मा उनी तामाङ मोर्चाको केन्द्रीय उपाध्यक्ष र मकवानपुरको पार्टीको तत्कालीन जनसरकार प्रमुखसमेत बनेकी थिइन् ।
त्यसपछि मकवानपुर इन्चार्ज र पार्टीको केन्द्रिय सदस्य हुँदै मोक्तान शान्ति सम्झौतापछि ०६३ सालमा अन्तरिम संसदको सदस्य मनोनीत भएकी थिइन् भने २०६४ सालमा तत्कालीन मकवानपुर ४ नम्बर निर्वाचन क्षेत्रबाट संविधानसभा सदस्य निर्वाचित भएकी थिइन् । महिला र जनजातिका मुद्दालाई संविधानमा सुनिश्चित गर्ने मूल एजेण्डा बोकेर हिडेकी उनले संविधान निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरिन् । त्यसपछि २०७४ को प्रदेश सभा निर्वाचनमा पनि उनी हालकै क्षेत्रबाट प्रदेश सभा सदस्यमा निर्वाचित भएकी थिइन् । २०७५ सालमा दलको उपनेता हुँदै २०७८ सालमा बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्री बनेकी उनले १७ महिना काम गर्ने अवसर पाइन् ।
त्यसपछि २०७९ को प्रदेश सभा निर्वाचनमा पनि पुन बागमति प्रदेश साँसदकै रुपमा निर्वाचित भएकी मोक्तान हाल शालिकराम जम्कट्टेलको मन्त्रिमण्डलमा सामाजिक विकासमन्त्री कै रूपमा कार्यरत छिन् । पहिलो १७ महिने कार्यकालमा शिक्षा तथा खेलकुदको क्षेत्रमा थुप्रै काम गरेकी उनले अहिले पनि सामाजिक विकासका विभिन्न मुद्धालाई जनतामुखी बनाउने कोशिस गरिरहेकी छन् ।
विशेषगरी विपन्न, असहाय तथा अपाङ्गता भएका विद्यार्थीहरुलाई मध्येनजर गर्दै शिक्षालाई सबैका लागि सर्वसुलभ र पहुँचयोग्य बनाउँदै उनले प्राविधिक शिक्षालाई जोड दिएकी छन् । सोही अनुरुप उनी अनुदान मार्फत एक गाउँ एक प्राविधिक विद्यालयको स्थापनामा लागि परेकी छन् । त्यस्तै सबै जिल्लामा आवासिय विद्यालय स्थापना गर्नेदेखि बौद्धिक अपाङ्गता भएका विद्यार्थीका लागि विशेष विद्यालयको स्थापना गर्ने कार्यमा मन्त्री मोक्तानको भूमिका महत्वपूर्ण रहेको छ । यसका साथै शैक्षिक सुधार र विकासका लागि उनकै कार्यकालमा स्कूल ब्यबस्थापन तथा विद्यार्थी केन्द्रित सुधार कार्यक्रम लागु गरिएको छ भने उच्च प्रदेशमा प्रदेश विश्वविद्यालयको स्थापना समेत भएको छ ।
त्यस्तै प्रदेशमा खेलकूदको विकास गर्नमा पनि मन्त्री मोक्तानको महत्वपूर्ण भूमिका रहेको छ । खेलकूद विकासका लागि प्रशिक्षक नियुक्ती सँगै गाउँपालिका स्तरमा अन्तर्राष्ट्रिय स्तरका खेलकुद मैदान तथा रंगशाला निर्माणमा पनि उनले सक्रियताका साथ काम गरिरहेकी छन् । यसका साथै प्रदेशमा प्रदेशस्तरीय खेल हुन नसकेको अबस्थामा उनी मन्त्री भएपछि प्रदेश स्तरीय खेलको सुरुवात, साथै अन्तर प्रदेश स्तरीय खेलकुद प्रतियोगिता समेत सम्पन्न भएको छ । जुन प्रदेशको खेलकूद विकासमा अनुकरणीय काम थियो । त्यसैगरी प्रदेशमा युवा परिषद गठन गरी प्रदेश स्तरीय युवा सम्मेलन मार्फत सल्लाह सुझाव अनुरुप वर्षको ६ हजार भन्दा बढि युवाहरुलाई सिपमुलक कार्यक्रम संचालन गर्न उनी लागि परेकी छन् ।
यी लगायत नागरिकका समस्यामा उनले थुप्रै रणनीतिक र दीर्घकालिन योजना अघि सारेकी छन् । नीजि र ब्यक्तिगत जीवन भन्दा राजनीतिक यात्रामा बढि खुलेकी मोक्तान आफ्नो जिम्मेवारीमा निरन्तर प्रतिबद्ध छिन् ।
१० चैत । बझाङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने अन्य ७ जना घाइते भएका छन् । शुक्रबार राति ९ बजेतिर जयपृथ्वी नगरपालिका-६ को नौरामा चट्याङ लागेर ५२ वर्षीय गजेन्द्रबहादुर सिंहको मृत्यु भएको बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) भरतबहादुर शाहले बताए ।
मृतक सिंहकी छोरी शान्ति सिंह, धिरेन्द्रबहादुर सिंह, उनकी श्रीमती निशा सिंह, छोरी कृतिका सिंह, पञ्चादेवी सिंह, उनको छोरा नितेश सिंह र छोरी लक्ष्मी सिंह घाइते भएका छन् । उनीहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । सबै अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ । मृतकको शव परीक्षणका लागि जिल्ला अस्पतालको शव गृहमा राखिएको छ ।
काठमाडौँ। ई स्पोर्ट्स संघ नेपाल (ईसान) को पहिलो साधारणसभाले राष्ट्रिय खेलकुद परिषद् का सदस्य समेत रहनु भएको अञ्जन धमलाको अध्यक्षतामा १६ सदस्यीय केन्द्रीय कार्यसमिति शुक्रबार निर्विरोध चयन गरेको छ।
संघमा हिमविक्रम केसी वरिष्ठ उपाध्यक्ष, कल्दीप राई र पुरन खड्का उपाध्यक्ष, पवन कार्की महासचिव तथा आशिष दाहाल र बालकुमार केसी सचिव चयन भए । त्यसै गरि घनश्याम ढुंगेल, सञ्जीव भट्टराई, सिजन भट्टराई, पुकार केसी, डा. घनश्याम पाण्डे, प्रज्ज्वल कडरिया, विपुल भट्टराई, मौसमी लामा र विजय खड्का सदस्यमा चयन भए।
राखेपका उपाध्यक्ष शिव कोइरालाले नवनिर्वाचित पदाधिकारीलाई बधाइ दिदै सफल कार्यकालका लागि शुभकामना दिए। साधारण सभाको राखेपका सदस्य–सचिव टंकलाल घिसिङले उद्घाटन गरेका थिए। संघ को पहिलो साधारण सभाको उद्घाटन गर्नु हुँदै सदस्य सचीव घिसिङ ले नेपालमा इस्पोर्ट को महत्व र आवश्यकता बारे चर्चा गर्नु भयो । आफ्नो कार्यकाल मा करिब २०० संघ हरुलाइ खेलकुद बिकास ऎन २०७७ र नियामावली २०७९ अनुसार मर्ज तथा खारेज गरि ६१ वटा मा सिमित गरेको र इस्पोर्ट को प्रचुर सम्भावना देखेर नै नयाँ दर्ता गरिएको बताउनु भयो ।
को हुन धमला ?
बि. स. २०३७ मा गोरखामा जन्मनु भएको धमला हाल राष्ट्रिय खेलकुद परिषद को बोर्ड सदस्य हुन । नेपालमा आइटिएफ तेक्वान्दो को लामो समय सफल नेतृत्व गरि सक्नु भएको धमला तेक्वान्दो को ६ डान तथा आइटिएफ तेक्वान्दो को दक्षिण एसिया को उपाध्यक्ष पनि हुन । लामो समय खेल जिबनमा बिताएका धमला सङ्ग नेपाली खेलकुदको थुप्रै अनुभव छ । हालै चिनमा सप्पन्न एसियायी खेलकुदमा नेपालको तर्फबाट डेपुटी सेफ द मिसन को जिम्मेवारी बहन गरिसकेका धमला नेपाल खेलकुद महासङ्घ का महासचिव पनि हुन ।





