२०८३ बैशाख १६ बुधबार
२०८३ बैशाख १६ बुधबार

काठमाडौँ । युवायुवतीलाई वैदेशिक रोजगारीमा पठाउने भनि आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाउने भन्दै ठगी गरेको आरोपमा प्रहरीले पाँचजनालाई पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धानको टोलीले काठमाडौंका विभिन्न स्थानबाट नियन्त्रणमा लिएका उनीहरुलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाएको छ।

प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक मेलम्चीका ३५ वर्षीय पुरुषोत्तम गिरी, काठमाडाैंकाे बूढानीलकण्ठकी १९ वर्षीया श्रृति शाही, सोही स्थानका ३५ वर्षीया मन्दिरा बोम्जन गुरुङ कैलाली टिकापुरकी २६ वर्षीया अस्मिता बम र सुनसरीको भोक्राहाकी वर्ष ३० की अनिता कुमारी यादव रहेका छन्।

काठमाडौँ । रामेछाप काठमाडौ सृजनशिल समाजले रामेछाप विकास वहस सामूहिक विमोचन एवम् अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ । सनिवार भक्तपुर नयाँ ठिमी स्थित तावे रेस्टुरेन्टमा कार्यक्रमको आयोजना गरिएको संस्थाको संयोजक कृष्णहरि बुढाथोकीले जानकारी दिए ।

समाजमा सामाजिक, मानवीय एवम् समृद्धिको लागि भूमिका खेल्ने गरि २०७३ सालमा स्थापित यस संस्थाले निरन्तर रुपमा रामेछाप विकास वहस संचालन गरि विदेश एवम् स्थानिय स्तरमा छरिएर रहेको विकासका विचार, स्रोत साधन, व्यक्तिहरुको भूमिका, मानसिकता, समृद्धिको भावना, उद्यमशील सीप कौशलता, प्रविधि तथा पँहुचलाई जोडी समृद्ध रामेछापको लागि प्रयोग गर्न उत्साहीत गर्दै आइरहेको संयोजक बुढाथोकीले बताए ।

`विभिन्न चरणमा रामेछाप विकास वहस कार्यक्रम आयोजना भएको छ´ -संयोजक बुढाथोकीले भने ´मन्थली नगर विकास वहस कार्यक्रम, नौलो प्रतिस्पर्धा , शिक्षालाई सीप संग जोडी उद्यमशिलता अभिबृद्धि गर्ने शैक्षिक प्रवर्द्धन कार्यक्रम, समृद्ध रामेछापको लागि रामेछाप व्यापी शिक्षक वक्तृत्वकला प्रतियोगिता, विद्यार्थी वक्तृत्वकला प्रतियोगिता जस्ता कार्यक्रमहरु पनि गरिसकेका छौँ ।´

संस्थाले रामेछाप स्थायी घर भइ काठमाडौँमा विभिन्न पेशामा आवद्ध भएर बसेकाहरुलाई कार्यक्रममा सहभागी भएर आफ्नो विचार प्रस्तुत गर्न अनुरोध समेत गरिएको छ ।

काठमाडौँ — दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई पक्राउ गरिएको छ । भारतीय प्रवर्तन निर्देशनालय(ईडी) ले मुख्यमन्त्री केजरीवाललाई केही बेरअघि पक्राउ गरेको हो । कथित मदिरा घोटाला प्रकरणमा करिब २ घण्टाको सोधपुछपछि ईडीले मुख्यमन्त्री केजरीवाललाई पक्राउ गरेको हो ।

दिल्ली सरकारका स्वास्थ्य, पर्यटन तथा सहरी विकासमन्त्रीसमेत रहेका आम आदमी पार्टीका नेता सौरभ भारद्वाजले सामाजिक सञ्जालमार्फत मुख्यमन्त्री केजरीवाललाई पक्राउ गरिएको पुष्टि गरेका छन् । साथै पक्राउविरुद्ध पार्टी सर्वोच्च अदालत पुगेको पनि उनले बताएका छन् ।

भारतमा यसै वर्ष बहालवाला मुख्यमन्त्रीलाई पक्राउ गरिएको यो दोस्रो पटक हो । यसअघि झारखण्डका मुख्यमन्त्री हेमन्त सोरेनलाई पक्राउ गरिएको थियो ।

दिल्लीमा यसअघि शिक्षामन्त्रीसमेत रहेका उपमुख्यमन्त्री मनीष सिसोदिया र स्वास्थ्यमन्त्री सत्येन्द्र जैनलाई पनि भ्रष्टाचार आरोपमा पक्राउ गरिएको थियो । दिल्लीमा कथित शराब मामिलामा करिब १०० करोड भारतीय रुपैयाँबराबरको भ्रष्टाचार भएको आरोप लगाइएको छ ।

लोकसभा चुनावअघि दिल्लीका मुख्यमन्त्री पक्राउ पर्नुलाई राजनीतिक हिसाबले अर्थपूर्ण रूपमा हेरिएको छ । दिल्लीमा मुख्यमन्त्री निवासबाहिर पार्टीका नेता कार्यकर्ताको भिड लागेको छ । पार्टीका वरिष्ठ नेताहरूले पक्राउ परे पनि केजरीवाल मुख्यमन्त्री पदमा रहिरहने दाबी गर्दै आएका छन् ।

अफगानिस्तानको दक्षिणी भागमा पर्ने कान्दाहारमा भएको आत्मघाती आक्रमणमा परी कम्तीमा २१ जनाको मृत्यु भएको छ । स्थानीय अस्पतालमा उपस्थित एक चिकित्सकले बीबीसीलाई यो जानकारी दिएका हुन् ।

यता तालिबान सरकारले मृत्यु हुनेको सङ्ख्या तीन जना भएको जानकारी दिएको छ । बाँकी घाइते भएको प्रहरीले जनाएको छ । स्थानीय समय अनुसार बिहान ८ बजे कान्दाहारको एक बैंकमा यो आत्मघाती हमला भएको तालिबानले जनाएको छ ।

हालसम्म कुनै पनि संगठनले यस आक्रमणको जिम्मेवारी लिएको छैन। यो अफगानिस्तानमा यस वर्षको सबैभन्दा ठुलो आक्रमण मानिएको छ।

अफगानिस्तानका सरकारी कर्मचारी तलब लिन लाइनमा उभिएका बैंकको शाखामा विस्फोट भएको हो । मृत्यु हुनेहरू बाहेक करिब ५० जना घाइतेहरूलाई नजिकैको मिरवाइज अस्पतालमा लगिएको थियो। यो अस्पताल यस क्षेत्रमा सबैभन्दा ठुलो हो। कान्दाहार तालिवानको केन्द्र मानिन्छ। यो तालिवानका धेरै सर्वोच्च कमाण्डरहरूको लुक्ने ठाउँ हो।

बीबीसी

काठमाडौं । नेपाल प्रहरीका हवल्दार चक्रबहादुर शाही लुटपाटमा संलग्न भएको भन्दै पक्राउ परेका छन् । बानेश्वर वृत्तमा कार्यरत उनलाई लुटपाटको अभियोग छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौंले उनलाई बुधबार पक्राउ गरेको हो । डलर साट्ने नाममा ठगी गर्नेलाई लुटेको अनुसन्धानमा खुलेपछि उनी पक्राउ परेका हुन् । करिब पाँच लाख रुपैयाँ उनले लुटेको खुलेको छ । यसमा अन्य प्रहरीको समेत मिलमेतोको आशंका गरिएको छ ।

काठमाडौँ । सरकारले राष्ट्रिय भूमि आयोग खारेज गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय भूमि आयोग खारेज गर्ने निर्णय गरेको श्रममन्त्री डोलप्रसाद (डीपी) अर्यालले जानकारी दिए ।

सत्ता गठबन्धन फेरिएसँगै नयाँ आयोग गठन गर्ने सरकारले तयारी गरेको छ । भूमि आयोगको अध्यक्षमा केशव निरौला रहेका थिए । यसअघि एमाले नेता देवी ज्ञवाली नेतृत्वमा भूमिसम्बन्धी समस्या समाधान आयोग थियो । आयोगले भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण गर्दै आएको थियो ।

काठमाडौं : नेकपाका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ आज साँझ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्न बालकोट पुगेका छन्। नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई लिएर विप्लव ओली निवास पुगेका हुन्।

विप्लव माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र नेकपा सहभागी रहेको समाजवादी मोर्चाको संयोजक हुन्। उनी गत फाल्गुण ६ संयोजक चयन भएका हुन्। नेकपा एमालेलाई समाजवादी मोर्चामा सहभागी बनाउने लगायतका समसामयिक राजनीतिक विषयमा छलफल गर्न उनी गएका हुन्।

चार/चार महिनामा आलोपालो नेतृत्व सम्हाल्ने सहमति अनुसार यसअघि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सम्हालेका मोर्चाको संयोजक थिए। नयाँ सत्ता समिकरण बनेसँग वामपन्थीको एकता गर्नुपर्ने भन्दै दलहरुबीच छलफल चलिरहेको छ।

सामाजिक सञ्जाललाई मर्यादित र साइबर अपराध नियन्त्रण गर्न डेस्क सञ्‍चालन गर्न गृहमन्त्री रवि लामिछानेले निर्देशन दिएका छन । सामाजिक सञ्जाल र छापा माध्यमबाट भ्रामक सन्देश प्रवाह गर्ने कार्यहरु नियन्त्रण गरी दोषीलाई कारबाही गर्न जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयमा एक/एक जना अधिकृतस्तरको कर्मचारी खटाई डेस्क सञ्‍चालन गर्न गृहमन्त्री रवि लामिछानेले निर्देशन दिएका हुन् ।

७७ वटै प्रमुख जिल्ला अधिकारीलाई पठाइएको  निर्देशनमा भनिएको छ,  ‘अनलाइन न्यूज, फेसबुक, ट्वीटर लगायतका सामाजिक सञ्जाल र छापा माध्यमबाट अर्नगल, आधारहीन, भ्रामक सन्देशहरु प्रचार प्रसार गर्ने, जातीय सांस्कृतिक सदभाव भड्काउने, राष्ट्रिय एकता, अखण्डता, सार्वभौमिकतामा आँच आउने सामग्री राख्‍ने, कुनै व्यक्तिको गोपनीयताको हक अतिक्रमण गर्ने, सार्वजनिक प्रतिष्ठार सम्मानमा नोक्सान पुग्ने गरी अभिव्यक्ति दिने, अश्‍लिलता प्रवर्द्धन गर्ने जस्ता कार्यहरु नियन्त्रण गरी दोषीलाई कारवाही गर्न जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयमा एक/एक जना अधिकृत स्तरको कर्मचारी खटाई डेस्क सञ्‍चालन गर्ने। यस प्रकारका कार्यमा संलग्न उपर प्रचलित कानून बमोजिम कारवाही गरी सोको सार्वजनिकरण गर्ने।’

मन्त्रालयले सरकारी कार्यालयले जिल्लास्तरमा निर्माण गरी सञ्चालन गरेका वेबसाईट तथा सफ्टवेयरहरु सूचना प्रविधि विभागबाट सुरक्षा अडिट गर्न र साइबर अपराध नियन्त्रणका लागि जिल्ला स्तरमा अपराध अनुसन्धानको क्षमता विकास गर्दै लैजान निर्देशन दिएको छ। यसैगरी जिल्लास्तरबाट समाधान हुन नसक्ने अपराधका लागि नेपाल प्रहरीको साइबर व्यूरोसँग समन्वय र सहकार्य गर्न आग्रह गरेको छ।

सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटे पनि कारोबार रकम भने अघिल्लो दिनका तुलनामा बढेको छ । १५.३७ अंकले घट्दै नेप्से परिसूचक २०४८.५७ विन्दुमा रहँदा कारोबार रकम भने ४ अर्ब ३१ करोड ३० लाख रुपैयाँ छ ।

जबकि बुधबार ३.३४ अंकले घट्दै २०६३.९५ विन्दुमा रहँदा कारोबार रकम ३ अर्ब ४९ करोड ६२ लाख रुपैयाँ थियो । आज ४९ कम्पनीका सेयरमूल्य बढ्दा लगानीकर्ताले कमाएका छन् । १८७ कम्पनीका सेयर लगानीकर्तालाई नोक्सान भएको छ । ८ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन भएन ।

१३ उपसमूहमा व्यापारबाहेकका सबै घटेका छन् । माइक्रोफाइनान्स उपसमूह सर्वाधिक १.३२ प्रतिशतले घटेको छ । आज धौलागिरी लघुवित्तको सेयरमूल्य भने बढेर सर्किट लागेको छ । सर्वोत्तम सिमेन्ट, किसान लघुवित्त र कर्णाली विकास बैंकका सेयरमूल्य पनि बढेका छन् । सर्वाधिक कारोबार हुने कम्पनीहरुमा आज माछापुछ्रे विकास बैंक अगाडि छ । उक्त बैंकको संस्थापक सेयर १ अर्ब २१ करोड ३२ लाख ८१ हजार रुपैयाँको किनबेच भएको छ ।

यस्तै गुर्खाज फाइनान्सको २८ करोड ५३ लाख, शिवम् सिमेन्टको १४ करोड ८८ लाख र सोनापुर मिनरल्सको १२ करोड ७७ लाखको कारोबार भएको छ । घटेका १८७ कम्पनीमा शीर्ष स्थानमा बुद्धभूमि नेपाल हाइड्रोपावर अगाडि छ । बुद्धभूमिको सेयरमा नेगेटिभ सर्किट लागेको छ । गुर्खाज फाइनान्स, बोटलर्स बालाजु, गुराँस लघुवित्त र लक्ष्मी लघुवित्त घटेका छन् ।

काठमाडौं: क्यास एप एप्लिकेसन मार्फत हारजीत हुनेगरी अनलाइन क्यासिनो गेम खेलाएको अभियोगमा ६ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा सर्लाही ब्रम्हपुरी नगरपालिका-७ घर भई काठमाडौं टोखा नगरपालिका-६ मिलनटोल बस्ने २४ वर्षीय सुनिल ठाकुर, २६ वर्षीय रामबीर ठाकुर, मोरङ बेलबारी नगरपालिका-१० घर भई काठमाडौं टोखा नगरपालिका-६ भत्केपुल बस्ने २२ वर्षीय प्रमिस श्रेष्ठ, काठमाडौं बुढानिलकण्ठ नगरपालिका-१२ तेन्जीङचोक बस्ने २२ वर्षीय प्रसय जमकट्टेल, झापा गौरादह नगरपालिका घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-१२ बालुवाखानी बस्ने २२ वर्षीय दिप्नोज खत्री र काठमाडौं महानगरपालिका-१४ कुलेश्वर बस्ने २९ वर्षीय स्वराज श्रेष्ठ रहेका छन् । 

विभिन्न खेलहरूमा अनलाईन मार्फत बाजी राख्दा जितिन्छ भन्ने विश्वास दिलाई हारजीत हुने र आफूले लाभ लिने उद्देश्य राखी रकमको बाजी राख्न लगाई सट्टावाजी गराई खेल खेलाउने गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएका प्रहरीले उनीहरूलाई अनलाइन गेम खेलाउन प्रयोग भएका ल्यापटप ५ थान, मोबाइल ८ थान, सिपियु १ थानसहित उपत्यकाको विभिन्न स्थानबाट पक्राउ गरेको हो । 

उनीहरूलाई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौं पठाइएको छ । 

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।