
रामेछाप । मन्थली नगरपालिका वडा नं १० चनखुको अक्षगाउँमा आगलागी भएको छ ।
आइतबार दिउँसो बिहान ११ बजेतिर जङ्गलमा लागेको आगो बस्तीमा पस्दा एउटा घर पुर्ण रुपमा जलेर पुर्ण क्षेती भएको स्थानीय दलसुर बोहोराले बताए ।
उनका अनुसार चार वटा घरमा आंशिक क्षती भएको छ भने चार वटा गोठ जलेर नष्ट भएको छ ।
`बालकृष्ण चौहानको घर पुर्ण रूपमा जले पनि गाइवस्तु भने स्थानीय मिलेर जोगाउन सफल भएका छौँ ´- बोहोराले भने । घर पुर्ण रूपमा जलेर घरबार विहिन भएका चौहान परिवारलाई मन्थली नगरपालिकाले राहत स्वरुप केही खाद्यान्न सामाग्री पनि वितरण गरिएको छ ।
अहिले आगो नेपाल प्रहरी , सशस्त्र प्रहरी , स्थानीय जनप्रतिनिधि र स्थानीयको सक्रियतामा नियन्त्रणमा लिइसकेको छ । यस्तै केही दिन अघि रामेछाप नगरपालिका ९ स्थित टार गाउँमा पनि आगलागी हुँदा दर्जनभन्दा बढी घर पुर्ण रूपमा क्षेती भएको थियो ।

काठमाडौँ । नागरिक लगानी कोष स्थापनाको ३४ औँ वार्षिक कार्यक्रम अर्थमन्त्री वर्षमान पुन द्वारा उदघाटन गरेका छन् । बचतमा प्रोत्साहन गरी लगानी बढाउने, अवकाश कोष तथा सामाजिक सुरक्षाका कार्यक्रम सञ्चालन गर्ने र पूँजी बजारमा गतिशीलता ल्याउने उद्देश्यले २०४८ सालमा स्थापना भएको कोषले हालसम्म रु दुई खर्बभन्दा बढी लगानी गरिसकेको जनाएको छ ।
कोषका अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा रु दुई खर्ब पाँच अर्ब ६९ करोड लगानी गरेको छ । सोही अवधिमा कोषको खुद कोष मौज्दात रकम रु दुई खर्ब छ अर्ब १९ करोड छ । हालसम्म मुद्दती निक्षेपमा रु एक खर्ब छ अर्ब २६ करोड, धितोपत्रमा रु २८ अर्ब २६ करोड १३ लाख, कोषका सहभागीलाई सापटी तथा आवास कर्जामा रु ४५ अर्ब ९२ करोड १५ लाख र समकालीन कर्जामा रु २२ अर्ब ६९ करोड ८० लाख लगानी गरेको कोषले जनाएको छ । पुस मसान्तसम्ममा अधिकृत पूँजी र जारी पूँजी समान रु आठ अर्ब रहेको कोषको चुक्ता पूँजी रु चार अर्ब २५ करोड १० लाख रहेको छ ।
नागरिक लगानी कोषमा सरकारको २३ दशमलव ३४ प्रतिशत शेयर स्वामित्व छ । त्यस्तै राष्ट्रिय बीमा संस्थानको ३१ दशमलव ५५, नेपाल स्टक एक्सचेन्जको १०, अन्य बैंक तथा वित्तीय संस्थाको १५ दशमलव ११ र सर्वसाधारणको २० प्रतिशत स्वामित्व छ । लगानी कोषले कर्मचारी बचत वृद्धि अवकाश कोष, बीमा कोष, उपदान तथा पेन्सन कोष, लगानीकर्ता हिसाब योजना, नागरिक एकाङ्क योजना, नागरिक पेन्सन योजना, लगानी व्यवस्थापन, ब्रिज ग्याप लोन, सहभागी कर्जा, परियोजना कर्जा, धितोपत्र लगानीजस्ता कार्यक्रम कार्यान्वयन गरिरहेको जनाएको छ ।
प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको गतिमा परिवर्तन ल्याउन र वामपन्थी शक्तिबीच सहकार्यका निम्ति नयाँ समीकरण बनाइएको बताएका छन्। आइतबार बिहान पोखरामा पार्टीका अगुवा नेता (कार्यकर्ता)लाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सो कुरा बताएका हुन् ।
प्रधानमन्त्रीले भने, “काँग्रेसबाट पटक पटक धोका भयो । काँग्रेसबाट हामीलाई भोट ट्रान्सफर हुने पनि देखिएन । सबैजसो निर्वाचनमा धोका भयो। भोलि पनि यस्तै हुने देखियो। एकातिर सरकारमा गति नआउने, अर्कोतर्फ गठबन्धनप्रति इमान्दार नहुने परिस्थितिले नयाँ गठबन्धनमा गएका हौँ।” प्रधानमन्त्री प्रचण्डले पार्टीलाई सुदृढ गर्न एक महिने अभियान चलाइने बताए।
उनले भने, “राष्ट्रिय जागरण अभियान सञ्चालन गर्दैछौँ। पूर्वदेखि पश्चिमसम्मको तराई-मधेशलाई समेटेर एउटा अभियान चल्नेछ। हिमाल, पहाड र तराई-मधेशलाई जोडेर उत्तर-दक्षिणका भूगोल जोडेर अभियान चलाइन्छ।”
गण्डकी प्रदेशमा माओवादीले नेतृत्व लिने सम्भावना रहेको उनले बताए । प्रधानमन्त्रीले भने, “गण्डकी प्रदेश सरकारका बारेमा पनि हामी छलफल गर्दैछौँ। प्रदेशमा सरकार गठनका लागि गृहकार्यमै छौँ। त्यो टुङ्गाएपछि एउटा निष्कर्षमा पुग्नेछौँ।”
केन्द्रमा नयाँ गठबन्धन बन्नुमा संविधानको रक्षा र सुदृढीकरण र वामपन्थी आन्दोलनको रक्षा नै मुख्य विषय भएको प्रधानमन्त्रीले बताए। उनले भने, “कम्युनिस्ट आन्दोलन विभाजित हुँदा राष्ट्रिय राजनीतिमा प्रतिगामी धारा बलियो हुँदै जान्छ। त्यसले व्यवस्थामाथि नै सङ्कट ल्याउँथ्यो। त्यो चुनौती पार गरिएको छ। देशका राजनीति सही बाटोमा आएको छ।”
काठमाडौं । आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै छ । प्रतिनिधिसभाको बैठक आइतबार बिहान ११ बजे बस्नेछ ।
बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले राष्ट्रियसभामा उत्पत्ति भएको ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।
आर्थिक वर्ष २०८१/०८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा ९कर प्रस्तावबाहेक० माथि छलफल जारी रहने संसद् सचिवालयले जनाएको छ ।
त्यस्तै राष्ट्रियसभाको बैठक दिउँसो १ स् १५ बजे बस्ने संसद् सचिवालयले जनाएको छ ।
मोरङ: बिराटनगर महानगरपालिका-१५ एक नम्बर ढाटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १६ ग्राम ८८ मिलिग्रामसहित सुनसरी बराह्रक्षेत्र नगरपालिका-६ बस्ने ३० वर्षीय बिजय कुमार राउतलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
कैलाली धनगढी उपमहानगरपालिका-१८ फुलबारी तुलसिबारी चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १७ ग्राम २ सय ४० मिलिग्रामसहित भारत लखिमपुर पलियाकला खिरी बस्ने २० वर्षीय करन रानालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर, लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय बहुलियाबाट खटिएको संयुक्त टोलीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-३ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ सय १० मिलिग्रामसहित सोही उपमहानगरपालिका-५ बस्ने २७ वर्षीय करन ऐरलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
धनुषा: क्षिरेश्वरनाथ नगरपालिका-५ हरैयाबाट अवैध लागूऔषध गाँजा करिब ५ किलोसहित सोही ठाउँ बस्ने ४० वर्षीय शिव कुमार महतोलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले महेन्द्रनगरबाट जनकपुरतर्फ जाँदै गरेको ज.१२ प ७० नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक महतोलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।
रूपन्देही: बुटवल उपमहानगरपालिका-२ श्रीराम टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय मिलिग्रामसहित सोही उपमहानगरपालिका-११ कालिकानगर बस्ने स्याङ्जा वालिङ नगरपालिका-१४ घर भएका ३० वर्षीय सुन्दर डुम्रेलाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट जितगढिकिल्लाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
झापा : अर्जुनधारा नगरपालिका-६ शिवालय टोलबाट अवैध लागूऔषध गाँजा ४ किलो ६ सय ५० ग्रामसहित ३ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ७४ वर्षीय भरोसी यादव, ३९ वर्षीय गोपाल यादव र कचनकवल गाउँपालिका- ७ बस्ने २७ वर्षीय अरबिन भट्टराई रहेका छन् । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले भरोसी यादवको घरबाट उक्त गाँजा फे





